मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

चाउचाउ खाँदा एकै परिवारका नौको मृत्यु

चाउचाउ खाँदा एकै परिवारका नौको मृत्यु - NepaliPage

लामो समय सम्म रसायनिक प्रतिक्रियाका लागी छोडेर (कुहाएर/फर्मेन्टेड) राखेको एक किसिमको बाक्लो चाउचाउ (सुवानतांग्जी) खाएका कारण उनीहरूको ज्यान गएको हो।

Read More »

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।

Read More »

सिड्नीकी युवतीले जितिन छ करोड डलर

सिड्नीकी युवतीले जितिन छ करोड डलर - NepaliPage

सिड्नीकी एक युवतीले चिट्ठामा ६० मिलियन अर्थात् छ करोड डलर जितेकी छिन्। बिसको वयमा रहेकी उनको नाम भने खुलाईएको छैन तर, सिड्नीको ‘ईनर सवअर्ब’मा बस्ने उनको भाग्य परिवर्तन गर्ने चिठ्ठाको बारेमा अष्ट्रेलियाको औपचारिक रूपमा ‘द लट’ले उनी एकजना मात्र ६० मिलियन डलरको भागिदार भएको जनाएको छ। यसका साथै उनको ‘पावरहिट’ ईन्ट्रीले डिभिजन टु समेत १९ पटक जितेको छ, जसका कारण …

Read More »

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

केही वर्ष अघि देखी अष्ट्रेलियामा पीआर पाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मुस्किल पर्न थालेको छ। पढ्नेबेलामा काम गर्न र पैसा कमाउन सजिलो हुने भएर मेलबर्न, सिड्नी जस्ता शहर रोज्नेहरुलाई पछील्ला वर्षमा अष्ट्रेलिया सरकारले राजनीतिक र आर्थिक रुपमा महत्वपूर्ण अर्थ राख्ने गरी जनसंख्या तथा आप्रवासन नीतिमा परिवर्तन गरेपछी समस्या परेको हो। यतिखेर सिधा अष्ट्रेलियाको पीआर भनेर बुझिने उपवर्ग १८९ को भिसाका लागी तोकिने …

Read More »

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी

केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु हिंशा, काममा दुर्व्यवहार, सडक दुर्घटना साथै अपराधका क्रियाकलापमा पनि जोडिन थालेका छन्। अपराधिक विषयसँग जोडिएर अष्ट्रेलियाका समाचार माध्यममा नेपाली पहिचान खुल्दा धेरैलाई नेपालीको ईज्जत नै फालेको जस्तो महशुस हुने गरेको छ। …

Read More »

कोरोनाकै कारण बेच्नुपर्ने हुनसक्छ अष्ट्रेलियामा किनेको घर

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा आफ्नै घर, धेरैको सपना हो। तर, व्यवस्थापन गर्न सक्ने हो भने त्यत्रो धेरै मुस्किलको कुरा पनि होईन। देखासिकी र विज्ञापनको लहैलहैमा लागेर घर जग्गा खरिदमा लागियो भने चाहिँ घरले बास दिने हैन बासै उठाउन पनि बेर लाग्दैन। त्यस्तै बासै उठाउला कि भन्ने डर कोरोनाको कारण व्यवस्थित लगानी गरेकाहरूलाई पनि पर्ने भएको छ यतिखेर। कोरोना संक्रमणको कारण अर्थतन्त्र नै गम्भिर …

Read More »

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट - NepaliPage

यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलिया सरकारले भिजा सम्बन्धी केही प्रावधानहरू परिवर्तन गर्न लागेको छ। यसको घोषणा केही सातामा नै हुने दाबी दि अष्ट्रेलियनले गरेको छ। यो पनि पढ्नुस्: अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको …

Read More »

हुलाकबाटै लिनुस् नेपाली राजदूतावासको सेवा

हुलाकबाटै लिनुस् नेपाली राजदूतावासको सेवा - NepaliPage

कोरोनाको प्रकोपमा कमी आउँदै जाँदा अष्ट्रेलियाको दैनिकी सजह बनिरहेको अवस्थामा नेपाली दूतावासको सेवा पनि सूचारू नै रहेको नेपाली राजदूतावासले जनाएको छ। उसले विज्ञप्ती जारी गर्दै, आफ्ना सवै सेवाहरू सुचारू रहेको जानकारी गराएको हो। साथै उसले दूतावासका सेवाहरू लिनको लागी कार्यालयमा भने नआउन भनेको छ। यतिखेर नेपाली राजदूतावास क्यानबेराले दिने राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासिय नेपाली परिचयपत्र, सवारीचालक अनुमनतीपत्र लगायतका कागजात …

Read More »

नहतारिनुस् ट्याक्स रिटर्न गर्न

नहतारिनुस् ट्याक्स रिटर्न गर्न - NepaliPage

हतार गरेर ट्याक्स रिटर्न गर्दा गल्ती हुने, धेरै पैसा फिर्ता गर्ने ध्यानमा गलत दाबी गरिने हुँदा त्यसले समग्र ट्याक्स रिटर्नको प्रक्रियालाई नै ढिलो गराउँदछ। जुलाईको आज पहिलो दिन, जुलाई सक्रान्ति। अष्ट्रेलियाको नयाँ आर्थिक वर्ष यसै दिनबाट सुरू हुन्छ। यो सँगै गत आर्थिक वर्षको आम्दानी खर्चको हिसाबको फरफारक पनि। त्यसैले यो समय कर व्यस्तताको पनि हो। अष्ट्रेलियन कर कार्यालय मात्र होईन …

Read More »

सिड्नीमा रेल र बसको भाडा बढ्यो, आईतबार घुम्न महँगो

सिड्नीमा रेल र बसको भाडा बढ्यो, आईतबार घुम्न महँगो - NepaliPage

सिड्नीमा रेल, बस चढेर काममा जानेहरूलाई ६ जुलाईबाट यात्रा महँगो पर्ने भएको छ।   नयाँ आर्थिक वर्षसँगै अष्ट्रेलियामा विभिन्न नयाँ परिवर्तन हुन्छन्। जुन जुलाई महिनामा हुने गर्दछ। विभिन्न सेवा तथा सामानको भाउ आर्थिक वर्षको सुरूसँगै बढ्ने घट्ने हुन्छ। यसै क्रममा सिड्नीको रेल तथा बसको भाडामा पनि यही ६ जुलाई देखी परिवर्तन हुने भएको छ। आगामी सोमबार देखी न्यूसाउथवेल्स सरकारले सिड्नीको …

Read More »