मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको खुलासा - NepaliPage

अष्ट्रेलियाका दुई विश्वविद्यालयले गरेको एक अध्ययनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको श्रम शोषणको अवस्था डरलाग्दो रहेको देखाएको छ।  युनिभर्सिटी अफ न्यूसाउथवेल्स र युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले संयुक्त रूपमा  पाँचहजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेटेर गरिएको अध्ययनले ७७ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले कामका लागी तोकिएको न्यूनतम ज्यालाको आधा तथा त्यो भन्दाकम पैसामा काम गर्नुपर्ने स्थिती रहेको देखाएको हो। अध्ययनको नतिजाले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीमा चारमध्ये एकले …

Read More »

अष्ट्रेलियामा चक्कु देखाएर चर्चामा नेपाली युवती

अष्ट्रेलियामा चक्कु देखाएर चर्चामा नेपाली युवती - NepaliPage

नेपाली युवाहरूको विभिन्न अपराधमा संलग्नतालाई लिएर आलोचना भईरहेको बेलामा यतिखेर अष्ट्रेलियाको राष्ट्रिय मिडियामा हातमा चक्कु देखाएरै चर्चामा आएकी छिन्, एक नेपाली युवती। उनले भान्सामा प्रयोग हुने चक्कु देखाएर पसल लुट्न खोज्ने लुटेरालाई भगाएको कारण उनको चर्चा भएको हो। उनी काम गर्ने किराना पसलमा लुटपाट गर्ने मनसाय देखाएर छिरेको मध्यपूर्वी अनुहारको व्यक्तीलाई पसलको काउन्टरमा राखिएको चक्कु ताकेर भगाउन सफल भएकी थिईन। …

Read More »

सिड्नीको ओबनमा ग्याङ फाईट

अष्ट्रेलियाको प्रमुख शहर सिड्नीको पश्चिमी उपनगर ओबनमा शनिबार साँझ किशोरहरूको ठूलै समुहबीच ग्याङ फाईट चलेको छ। प्रहरीले उक्त ग्याङ फाईटमा २० जना संलग्न रहेको जनाएको छ। घटनामा घाईते चारजनलाई वेस्टमिडमा रहेको बालअस्पताल लगिएको छ। घटनामा एक १५ वर्षिय र दुई १४-१४ वर्षका किशोरहरूको शरिरमा धारिलो हतियार प्रहार भएको भेटिएको छ। चौंथो किशोरको शरिरमा काटेको घाउहरू भेटिएको न्यूसाउथवेल्स प्रहरीले जनाएको छ। …

Read More »

सिड्नीमा ठगी आरोपमा दुई नेपाली युवा पक्राउ

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी - NepaliPage

न्यूसाउथवेल्स प्रहरीले अष्ट्रेलियाको सिड्नीमा वृद्धवृद्धाहरूलाई ठगी गर्नमा सहभागी भएको आरोपमा दुई नेपाली युवा पक्राउ परेको जनाएको छ। उनीहरूलाई पश्चिम सिड्नीको टेलोपीमा एक घरबाट पक्राउ गरिएको हो। पक्राउ हुनेमा २२ वर्षकी महिला र १९ वर्षका पुरूष रहेका छन्।   उनीहरू आफूलाई अष्ट्रेलियाका वृद्धवृद्धाहरूलाई बैंक कर्मचारीका रूपमा चिनाउँदै उनीहरूको बैंकिंङ सूचनाहरू चोरी भएका कारण उनीहरूले नयाँ बैंक खाता खोल्नुपर्ने तथा उनीहरूसँग रहेको …

Read More »

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।

Read More »

विद्यार्थी हुँदै हो बचत गर्ने अष्ट्रेलियामा

विद्यार्थीहुँदैमा हो बचत गर्ने अष्ट्रेलियामा - NepaliPage

तपाईंलाई सल्लाह दिने साथी र अप्लाई गरेको कन्सल्टेन्सी राम्रो परेको छ भने तपाईंको आर्थिक र करिअरको सफलताले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहँदा नै आकार लिन सुरू गर्छ। 

Read More »

टिकटोकमा छोरीहरूसँग नाँच्दै हिमानी शाह

टिकटोकमा छोरीहरूसँग नाँच्दै हिमानी शाह - NepaliPage

नेपाली शाही परिवार पनि संसारको लोकप्रिय यापमा गीतको तालमा नाच्दै गरेको देखिएको छ। चिनियाँ याप टिकटोक लकडाउनको बेला सबैको

Read More »

नेपाल एअरलाईन्सको अष्ट्रेलिया उडान, हिस्स बुढी हरिया दाँत

नेपाल एअरलाईन्सको अष्ट्रेलिया उडान, हिस्स बुढी हरिया दाँत - NepaliPage

नेपाली ध्वजावाहक पाल एअरलाईन्सको उडान र अवतरणको समाचार, ब्लग र टिकटोक भिडियो राखेर नेपालीहरू 'राष्ट्रिय लज्जा'लाई गौरवमय बनाउनमा लागेकै छन्,

Read More »

अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी- NepaliPage

अष्ट्रेलियामा रहेका यस्ता धेरै रेमिट जसले अष्ट्रेलिया सरकारलाई कर तिरेर अष्ट्रेलियामै बसेर गरिने पैसाको कारोबार वैधानिक हो तर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुँदैनन जुनबाट नेपालमा पैसा पठाउँदा अवैधानिक मानिन्छन ।

Read More »

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

विद्यार्थी भिसामा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीको संख्या बढेसँगै अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने (रेमिट गर्ने)हरूको संख्या पनि बढिरहेको छ। नेपाल पैसा पठाउने संख्यासँगै नेपाललाई लक्षित गरेर रेमिट कम्पनी चलाउनेहरू बढ्ने नै भए। त्यसको सँगसँगै कानुनी छिद्रहरूको प्रयोग गरेर तथा गैरकानुनी रूपमा अष्ट्रेलियाबाट नेपाल र नेपालबाट अष्ट्रेलिया पैसा ल्याउने काम गर्नेहरू पनि उपस्थित हुने नै भईहाले। यस्तो उपस्थितीसँगै विद्यार्थीहरूले अष्ट्रेलियामा दुख गरेर …

Read More »