माइग्रेसन

हृवात्तै बढे अष्ट्रेलियामा नेपाली

मानिस वास्तवमा जिवनको खोजमा आफ्नो घर, परिवार, समाज, सम्प्रदाय अनि देशको घेराबाट बाहिर निस्कन्छ। मानिसको यो यात्रा सुख, शान्ति अनि प्रगतिको लागि हो। आजको युगमा जुन देशमा आफ्नो ज्ञान, सीप, योग्यता, कुशलताको सम्मान हुन्छ अनि अवसरहरु मिल्छन् मानिसले त्यहीँ आफ्नो डेरा लगाउँछ। माइग्रेसनको सामान्य सिद्धान्त त्यही हो। स्वास्थ्य सुविधाको सहज उपलब्धता एवं शिक्षा र रोजगारीको उपलब्धताका कारण आरामदायी जिवन धेरै नेपालीहरुलाई अष्ट्रेलियाले आकर्षा गर्ने कारण यही नै हो। पछिल्लो १० वर्षमा अष्ट्रेलिया आउने र यहीँ बसोबास गर्ने नेपालीको संख्या बढ्नुको कारण पनि यही हो। विधिको शासन, स्वतन्त्र न्याय प्रणाली, रोजगारीको सहज उपलब्धता अनि विश्वव्यापी अवसर यही कारण हो विश्वका धेरै देशबाट मानिसहरु अष्ट्रेलिया ओइरने। त्यसमा पनि यो देशले क्षमता भएका विश्वका जो कोहीलाई पनि यहाँ बस्न र काम गर्न दिन्छ, भलै केही प्रक्रिया भने पुरयाउनु चैं पर्छ। अष्ट्रेलियाको स्किल्ड माइग्रेसन प्रोग्राम अर्न्तगत विश्वभरबाट यहाँ पढ्न आउने र परमानेन्ट रेसिडेन्सी (पीआर) लिएर बस्नेहरुको सँख्या उल्लेख्य हुँदै जाँदा नेपालीको पनि संख्या बढेको छ।

Read More »

७ महिनामा ९ हजार विद्यार्थिको भिजा क्यान्सिल

अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इम्रि्रेसन एण्ड बोर्डर प्रोटेक्सन) ले गत सात महिनामा करिब नौ हजार अर्न्तराष्ट्रिय विद्यार्थीहरुको भिसा खारेज गरेको छ। अष्ट्रेलियाको दैनिक अखबार द अष्ट्रेलियनमा प्रकाशित एक आलेखमा मार्च २०१६ सम्मको सात महिनामा विभागले नौ हजारको संख्यामा भिजाहरु क्यान्सिल गरेको उल्लेख छ। अष्ट्रेलियामा स्टुडेन्ट भिजामा विभिन्न कोर्स अध्ययनका लागि आउने अर्न्तराष्ट्रिय विद्यार्थीहरु मध्ये भिजामा उल्लेख भएका र्सतहरु पालन नगर्ने विद्यार्थीहरुको भिजा विभागले खारेज गर्ने गरेको छ। गत वर्षमात्र विभागले करिब ११ हजार विद्यार्थीको भिजा खारेज गरेको थियो। जसमध्ये २९८ जना विद्यार्थीलाई देश निकाला गरिएको थियो भने बाँकी भिजा खारेज पछि स्वेच्छिक रुपमा नै आफ्नो देश फर्केका थिए। अष्ट्रेलियामा अध्ययनका लागि भनेर स्टुडेन्ट भिजामा आउने अर्न्तराष्ट्रिय विद्यार्थी मध्ये हरेक वर्ष८ देखी १० हजारको भिजा क्यान्सिल हुने गरेको छ। 'फेक डकुमेन्ट' (जाली कागजात) बनाएर आउने, नक्कली विद्यार्थी तथा अष्ट्रेलियामा आइसकेपछि पढाइ भन्दा पनि अरु काममा बढी लाग्ने विद्यार्थीहरुको भिजा धेरै क्यान्सिल हुने गरेको छ। अष्ट्रेलियाको रजिर्स्र्टज माइग्रेसन एजेन्टहरुको एक समुहले सात महिनामा भएको ९ हजार जनाको भिजा क्यान्सिलको तथ्यांकले यो वर्षभिजा क्यान्सिल हुनेको संख्या १५ हजार नाघ्ने अनुमान गरेको छ।

Read More »

अष्ट्रेलिया प्रोसेस गर्न कुन कन्सल्टेन्सी ठीक?

अष्ट्रेलिया आउने सोच बनाएका सबैको मनमा खड्कने प्रश्न हो यो। कुन कन्सल्टेन्सी ठीक होला, कुनबाट प्रोसेस गरे छिटो भिजा लाग्ला अनि रिफ्युज नहुने गरी कसले गरि देला भन्ने सबैलाई लागिरहेको हुन्छ। त्यसैले त अष्ट्रेलिया आउने सोच बनाएका नेपालमा हुने धेरैले अष्ट्रेलिया आएका साथीभाई तथा आफन्तलाई सोध्ने एउटा प्रमुख प्रश्न हो ‘कुन कन्सल्टेन्सीबाट प्रोसेस गरेको?’ धेरैलाई अष्ट्रेलिया आइपुगेको साथी वा आफन्त कुनै कन्सल्टेन्सी विशेषको विशेष योग्यता वा क्षमताका कारण पुगेको हो कि भन्ने पनि हुन सक्छ। तर अष्ट्रेलिया पुगेको साथी वा आफन्तले यूनिभर्सिटी छनौट, भर्ना तथा भिजा प्रोसेस गरेको कन्सल्टेन्सी नै वा मात्रै ठीक हो कि भन्ने सोच्नु चैं गलत हो। तर अष्ट्रेलिया आइसकेका साथीभाईको अनुभवबाट सिक्न खोज्नु सहि भएपनि यसमा विचार गर्नुपर्ने कुरा चैं उक्त कन्सल्टेन्सीले प्रतिनिधित्व गर्ने वा विद्यार्थी पठाउने कलेज वा यूनिभर्सिटी हुन्। ति कलेज र युनिभर्सिटीको ट्युसन फी, लोकेसन र उक्त लोकेसनमा काम पाउने सम्भावना र बस्नको लागी युनिट तथा घरको उपलब्धता र शुल्कबारे पहिले नै बुझ्नु उपयुक्त हुन्छ। यतिखेर काठमाडौं र देशका प्रमुख शहरहरूमा अष्ट्रेलिया विद्यार्थी पठाउने कन्सल्टेन्सीको संख्या यसरी बढिरहेको छ कि हरेक चार तले घरको एउटा तलामा कन्सल्टेन्सीको अफिस छ। यसरी संख्यामा भएको बढोत्तरीले सृजना गरेको सकारात्मक छनौटको अवसर पनि दिएको छ। त्यसो त अष्ट्रेलिया जान चाहनेको भिडलाई प्रयोग गरेर छिटो पैसा कमाउँ भन्नेहरू पनि कम छैनन् वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा। त्यसैले अष्ट्रेलिया अध्ययनका लागी आउने सोच बनाएकाहरूले सबैभन्दा पहिले आफ्नो क्षमता, अष्ट्रेलियाको आवस्यकता र वास्तविकता बारे बुझ्नु अनिवार्य हुन्छ। जसले अष्ट्रेलिया आउनेक्रममा ठगिने, बढी खर्च हुने, गलत निर्णय लिने तथा अष्ट्रेलिया आइसकेपछी पछुतो लाग्ने, धेरै संघर्ष र दुख गर्न पर्ने हुन पनि सक्छ। त्यसैले कन्सल्टेन्सीहरूको भिडमा अष्ट्रेलिया आउन चाहनेले सही कन्सल्टेन्सीको छनौट गर्नु पनि आवश्यक हुन्छ।

Read More »