अष्ट्रेलियामा ६० हजारको भिजा रद्द

अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिजा रद्द गरेको यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले जनाएको छ। यो संख्या अार्थिक वर्ष २०१५-२०१६ को हो। विभिन्न देशबाट फरक फरक भिजामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिजा रद्द हुनुको कारण भने फरक फरक रहेको जनाएको छ। भिजा रद्द हुने मध्ये ठूलो संख्यामा अष्ट्रेलियामा भिजामा उल्लेख भएको समय भन्दा बढी समय यहाँ रहेका(ओभर स्टे)हरू रहेका छन्। भिजामा अनुमति मिलेको समय भन्दा बढी बसेको कारण रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ। यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन्।

अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा यहाँको सिनेटको कानुन तथा संवैधानिक मामला सम्बन्धी कमिटीलाई जानकारी दिने क्रममा भिजा रद्दबारेको यो तथ्यांक सार्वजनिक भएको हो। यही समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ।

अष्ट्रेलियामा ६० हजारको भिजा रद्द
अष्ट्रेलिया विद्यार्थी भिजामा आउनेहरूको पनि वर्षेनी ठूलो संख्यामा भिजा रद्द हुने गरेको छ। अष्ट्रेलिया आईसकेपछी विभिन्न वहानामा कलेज तथा कोर्ष परिवर्तन गर्ने साथै भिजामा रहेका सर्तहरू उल्लंघन गर्नेहरूको भिजा रद्द हुने गरेको छ। विभिन्न कारण विद्यार्थी भिजा रद्द हुने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य नै छ।

अष्ट्रेलियाको अध्यागमन एेनका आधारमा सन् २०१४ डिसेम्बर देखी जुन २०१६ का बीच १५३० भन्दा बढीको भिजा चरित्रका कारण रद्द भएको छ। त्यस्तै ४८८ जनाको भिजा आवेदन अस्विकार गरिएको विभागले जनाएको छ।

डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा सिनेटको लिगल एण्ड कन्स्टीच्युसनल अफेयर्स लेजिस्लेसन कमिटीमा दिएको लिखित मन्तव्यको पुरा पाठ यहाँबाट पढ्न सक्नुहुन्छ। 

यसबारे एसबीएसले लेखेको समाचार यहाँ छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …