जातकै कारण कोठा दिएनन् अष्ट्रेलियामा

नेपालमा कुसंस्कारको चक्रका रूपमा रहेको जातपात र छुवाछुतले समाजले कथित तल्लो जातको वर्गमा राखेका नेपाली विदेशमा समेत विभेद र असमान व्यवहार भोग्न बाध्य छन्। नेपालमा अशिक्षा, अन्धविश्वास र रूढीवादका कारण धर्म र इतिहासमा नभएको जातिय विभेद भोग्न बाध्य भएपनि अष्ट्रेलिया जस्तो विकसित र सभ्यताको शिखरमा पुगेको देशमा समेत नेपालीहरूले कथित जातप्रथाको दुर्व्यवहार भोग्नुपरेको कुरा सार्वजनिक भएको छ। अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा ‘परियार’ थर भएका नेपाली युवाले जातपातको विभेदकै कारण कोठा पाउन नसकेको गुनासो गरेका छन्। क्विन्स्ल्याण्डमा रहेका नेपालीहरूको फेसबुक समुहमा गुनासो पोस्ट गर्दै उनले आफ्नो थर थाहा पाएपछी काम पनि खोजिदिन्छु कोठामा सेयरमा बस्न आउ भनेर स्वीकार गरिसकेकाहरूले पनि मिल्दैन सँगै कोठामा राख्न सक्दिन भनेर आफूलाई ‘रुम सेयरिङ’मा नराखेको उनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्।

कालु परियार नाम भएका ति नेपाली युवाले आफ्नो थरकै कारण कसैले कोठा नदिएकै कारंण आफू आफ्नो नाम नै फेरेर रबिन श्रेष्ठ राख्न बाध्य भएको बताए। सुरूमा एकजना खड्का थर भएका दाजुले कोठा दिने पक्का गरेपछी थर सोधेको र थर ‘परियार’ भनेपछी हुँदैन भनेको उनले ‘नेप्लिज कम्युनिटी इन क्वीन्स्ल्याण्ड’ नामको फेसबुक समुहमा लेखेका छन्। त्यस्तै अर्को एकजना कोठा दिने पक्का गरेर कोठामा ‘मेट्रेस’ नै लगिसको र काम समेत खोजिदिने भनेको मान्छेले थर ‘परियार’ रहेको थाहा पाएपछी हुँदैन समस्या हुन्छ भनेर कोठा नै दिएनन्। परियारले आफ्नो थरसँग मानिसहरूको किन समस्या… किन मानिसहरूले कोठा दिन अस्वीकार गरिरहेका छन्… भन्दै प्रश्न गरेका छन्, हामी नेपाल छोडेर आइसकेपछी पनि यस्तै व्यवहार सहनुपर्ने हो?

यसबारेमा थप यो पनि पढ्नुहोस् : नेपालीहरू जात बोकेरै अष्ट्रेलिया

पछील्लो समय नेपालमा नै शैक्षिक एवं वैश्वीक चेतनाले नेपाली पछिल्लो पुस्ता यस्ता जात वा वर्गका आधारमा हुने वर्गीकरण र विभेदको विरूद्धमा छ। खासमा शैक्षिक अवसर र बाँकी विश्वसँगको साक्षात्कारका कारण नेपालमा जातकै आधारमा हुने भेदभाव हट्दै गईरहेको छ। हजुरबाको पाला सम्म छोइछिटो हाल्ने चलन नातीको पालामा सँगै खानेबस्नेबाट बिहेबारीमा समेत पुगिसकेको छ। नेपाली चलचित्रमा मात्र हैन घर घरमा आमा मगर, बाबु बाहुन, ज्वाईं क्षेत्री, बुहारी दमाई हुने अवस्था छ। सबै ठाउँमा यस्तो स्थिती छैन भन्ने पनि होला, तर अखवारमा आउने समाचारमा समेटिएका घटनाहरू मात्र समग्र नेपालको तस्वीर होईन। एउटै मेलापात, स्कुल र कलेज पढ्दा जात भन्दा पनि क्षमता र भावना (आजकल कम्प्याटिबिलिटी पनि भन्छन्, जसमा आर्थिक, सामाजिक, शैक्षिक तथा भविष्यको संभावना हेरेर) मिलेर बिहे गर्नेको संख्या धेरै छ। त्यसो त अन्तर्जातिय विवाहलाई सरकार र समाजले नै प्रोत्साहन गरिरहेको छ। कथित तल्लो जातले छोएको वा सँग बिहे गरेको भनेर हुने प्रताडना वा विभेदका विरूद्ध र सम्बन्धीतको सहयोगका लागि उभिनेहरू पनि बढिरहेका छन्। तर अष्ट्रेलिया आएका पढेलेखेकाहरूले नै यसरी जात हेर्न थाले र त्यसको आधारमा यस्तो खालको विभेद हुन थाल्यो भने अष्ट्रेलिया पनि नेपाल जस्तै हुने संभावना बढ्ने देखिन्छ।

 

यदी तपाईंलाई कसैले जातकै आधारमा अष्ट्रेलियामा रूम सेयर वा युनिट सेयरमा राख्दैन वा विभेद गर्छ भने तपाईंले नजिकको प्रहरी वा अष्ट्रेलियन मानव अधिकार आयोगको सहयोग लिन सक्नहुन्छ। 

 

यस्ता घटनाहरूमा चुप लागेर नबसौं, आवाज उठाऔं ! तपाईंको पनि यस्तो अनुभव छ भने हामीसँग सेयर गर्नुस् !! तपाईंको परिचय गोप्य राखिनेछ। 

 

NAATI CCL Nepali

Check Also

किन धेरै फेल हुन्छन् NAATI मा? कसरी हुने पास?

एउटा महत्वपूर्ण र भुल्न नहुने कुरा के हो भने NAATI ले लिने यस्ता भाषा परिक्षा चाहे त्यो Translators को होस् या Interpreters को पास हुने संख्या साह्रै नै थोरै रहेको छ। जाँच दिने मध्ये १० देखी १५ प्रतिशत मात्र पास हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!