किन धेरै फेल हुन्छन् NAATI मा? कसरी हुने पास?

‘स्किल्ड माईग्रेसन प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाको पीआरको आशामा रहेका विद्यार्थीहरूलाई अष्ट्रेलियाले गरेको कडाईका कारण थप ‘माईग्रेसन प्वाईन्ट’ जोहो गर्नुपर्ने वाध्यतासँगै सुरू भएको अनुवादक तथा दोभाषेहरूको राष्ट्रीय प्रत्यायन प्राधिकरण (National Accreditation Authority for Translators and Interpreters (NAATI))ले अंग्रेजी भाषा बाहेकको मातृभाषा हुनेका लागी माईग्रेसन प्रोसेसमा सहयोगी हुने खालको नयाँ भाषा परिक्षा यति खेर चर्चामा छ। विद्यार्थीहरूको आवश्यकता र दबाबका बिच सुरू भएको परिक्षा र त्यसले ‘माईग्रेसन’ प्रक्रियामा दिने ‘प्वाइन्ट’का कारण Credentialed Community Language (CCL)लाई सहयोगीका रूपमा लिनेहरू धेरै छन्। Credentialed Community Language (CCL)परिक्षाका रूपमा NAATI ले सुरू गरेको भाषा परिक्षा पास हुनेले माईग्रेसन प्रक्रियामा थप ५ प्वाइन्ट पाउने भएकाले नेपाली विद्यार्थीहरूलाई  ‘स्किल्ड माईग्रेसन प्रोग्राम’ मा आफ्नो ‘स्कोर’ बढाउन यो सहयोगी हुने देखिन्छ। त्यसैले यतिखेर अष्ट्रेलियाभर नेपाली विद्यार्थीहरू यसमा सहभागी हुन र यसको परिक्षाको तयारी गर्नमा जुटेका छन्। अघिल्ला NAATI ले लिने गरेका परिक्षा भन्दा यसपालीको  Credentialed Community Language (CCL) को नतिजा पनि छिटो आउने भएकाले ‘माईग्रेसन प्वाईन्ट’ छिटो पुरयाउन यो यतिखेरको सबैभन्दा उपयुक्त विकल्प बनेको छ।

यो पनि पढ्नुस् : NAATI-CCL Nepali बाट पाउनुस् पीआरको लागी ५ प्वाइन्ट

NAATI को CCL परिक्षा सहयोगी र उत्तम विकल्पको रूपमा देखिँदा अनि भनिँदा एउटा महत्वपूर्ण र भुल्न नहुने कुरा के हो भने NAATI ले लिने यस्ता भाषा परिक्षा चाहे त्यो Translators को होस् या Interpreters को पास हुने संख्या साह्रै नै थोरै रहेको छ। सन् २००५ देखी २००८ सम्म  NAATI को ‘Examiners’ Manual’ को ‘co-author’ रहेर प्रमुख परिवर्तनहरूको नेतृत्व गरेका Dave Deck नै NAATI को परिक्षामा पास हुनेको संख्या जाँच दिने मध्ये १०-१५ प्रतिशत मात्र हुने बताएका थिए। जुन आजसम्म पनि उस्तै संख्या र प्रतिशतमा रहेको छ। उनले पास हुनका लागी विद्यार्थीले दुवै भाषा (अंग्रेजी र आफ्नो बोलचालको भाषा)मा बराबर क्षमता विकास गर्नुपर्ने र शब्दभण्डार बढाउनमा पनि ध्यान दिनुपर्नेमा जोड दिन्छन्। उनले धेरै विद्यार्थीले NAATI परिक्षा पास गर्न नसक्नुको कारणमा कमजोर र थोरै तयारी, अंग्रेजी भाषामा कम दक्ष हुनु, थोरै वा सानो शब्दज्ञान साथै सीप भन्दा पनि नोटमा धेरै ध्यान दिनुलाई मान्दछन्।

Advertisement:

२०१७ को सेप्टेम्बरमा ‘नाती प्याराप्रोफेसनल इन्टरप्रिटेटर’को ‘इक्रिडिटेसन’ खासै तयारी बिना दिएको र केही समय याशफिल्डको ओपेरा एकेडेमी र पारामाटाको ‘ईंगलिसवाइज’ मा NAATI को CCL परिक्षा सहयोगी कक्षा पढाउँदा विद्यार्थीहरूको यसबारेको धारणा र परिक्षा रणनीति हेर्दा मेरो बिचारमा यसमा थोरै मात्र परिक्षार्थी पास हुनुको कारण निम्न हुनसक्छन्, :

 

१. NAATI बारेको फरक बुझाई

धेरै NAATI को CCL परिक्षा दिने तयारीमा रहेका विद्यार्थीहरूमा यसबारेको बुझाई गलत त नभनौं वास्तविकता भन्दा फरक छ। हुन त धेरैले धारणा बनाए जस्तै NAATI को CCL परिक्षा नेपालीहरूका लागी नेपाली र अंग्रेजीमा कुनै वाक्यांश वा कुराकानीको अंशको अनुवाद गरेर भन्नु हो (दोभाषेको काम)। तर परिक्षामा पास हुनको लागी अंग्रेजी र नेपालीमा केही शब्द र व्याकरण जानेर वा घोकेर मात्र पुग्दैन। बोलेको केही सेकेण्डमा नै कुराकानीको अनुवाद गरेर भन्नु सजिलो कुरा होईन र त्यसको लागी शब्द भन्दा पनि सन्दर्भको ज्ञान हुनु जरूरी हुन्छ। सन्दर्भ, संस्कृती र समाजका बारेमा राम्रो जानकारी भएन भने दुई भाषाका शब्दभण्डारले पास हुन पुग्ने अंकको भण्डार नभरिने संभावना धेरै हुन्छ। NAATI को CCL परिक्षामा शब्दभण्डार सँगै शब्द चयन र सामाजिक शिक्षा अति जरूरी हुन्छ।

 

२. थोरै तयारी, धेरै अपेक्षा

NAATI को CCL परिक्षामा विद्यार्थीको पास हुने अपेक्षा धेरै हुन्छ तर तयारी भने कम, त्यसो हुनाको कारण यसले दिने ‘५ प्वाइन्ट’ हो। पाँच त हो  नि भनेर विद्यार्थीले PTE Academic मा जस्तो धेरै लगन र ध्यान लगाउँदैन। केही घण्टाको तयारी कक्षा अनि आरामको पढाईले यो परिक्षा पास गर्न सकिँदैन। त्यसको लागी केही समय देखी नै आफ्नो शब्द चयन साथै सामाजिक सन्दर्भहरूको ज्ञानलाई बढाई रहनुपर्छ।

 

३. सिमित रेकर्डिङ र मटरियलमा भर

NAATI को CCL परिक्षा तयारीमा विद्यार्थीको धेरै भर साथीभाईहरूबाट प्राप्त भएको सिमित रेकर्डिङ र मटरियलमा भर परेको हुन्छ। यसरी साथिभाईको सहयोगमा हात परेको सिमित रेकर्डिङ र मटरियल भनेका ‘बन्दुक’ जस्तो हो, जुन हुँदैमा मानिस ‘शिकारबाज’ हुन सक्दैन अर्थात् घरमा बन्दुक हुँदैमा सही निशाना लगाएर शिकार गर्न सकिन्छ भन्ने छैन। त्यसमा पनि NAATI को CCL परिक्षाका प्रश्नहरू व्यापक क्षेत्रबाट आउने भएकाले विद्यार्थीले आफ्नो ज्ञान र पढाईलाई अलिक धेरै नै व्यापक बनाउनु जरूरी हुन्छ।

 

४. तयारी कक्षा र कोचको चयनमा कमजोरी

NAATI को CCL परिक्षा PTE Academic भन्दा आकाश जमिनको फरक भएकाले तयारी गर्ने र तयारी कक्षा लिनेकुराले पनि पास फेलमा ठूलो भूमिका खेल्छ। सही ‘गाइडेन्स’ मिलेको खण्डमा विद्यार्थीले परिक्षा सहजै पास गर्न पनि सक्छ। PTE Academic मा Each Band 8 ल्याएकाले ‘ट्रिक’ र ‘टिप्स’ अनि पुराना दोरोरिइरहेका प्रश्न दिए जस्तो NAATI को CCL को तयारी नभएकाले यसको तयारी कक्षा र कोचको छनौटले पनि पास र फेलमा फरक पार्ने संभावना धेरै हुन्छ। NAATI को CCL को तयारी कक्षा लिने वा पढाउने ‘कोच’ अष्ट्रेलिया र नेपालको समाज र रहनसहन बुझेको हुनु अति आवश्यक हुन्छ, किनकी यो भाषाको मात्र नभएर सामाजिक संरचना समेतको क्षेत्र समेट्ने परिक्षा हो। त्यसैले NAATI को CCL परिक्षा तयारी कक्षा व्यापक जनसम्पर्क र भाषा धेरै प्रयोग गर्ने व्यक्तिबाट लिँदा राम्रो हुन्छ।

 

कसरी हुने पास?

NAATI को CCL परिक्षा PTE Academic जस्तो होइन,  PTE Academic मा जस्तो ‘टेम्प्लेट’ घोकेर ९० मा ९० ल्याउने जस्तो संभावना यसमा छैन। त्यसैले ‘रियल टाइम’ ‘स्किल’ को विकास नगरेसम्म NAATI को CCL परिक्षामा सफलता हात नपर्न सक्छ। त्यसैले अलिकता समय दिइर यसको तयारी गर्नु नै यसमा पास हुने उपाय हो। धेरै समाजका अंग र दैनिकीका पाटाहरूका बारेमा जानकारी राख्ने र त्यसबारेमा ‘अपडेट’ भईरहने हो भने यो परिक्षा पास गर्न सकिन्छ। NAATI को CCL परिक्षामा सफल हुनको लागी कतै कोसैसँग तयारी कक्षा लिनुपर्छ भन्ने नै चाहीँ छैन तर नेपाली र अंग्रेजी भाषा बोलिने दुई फरक देशको विभिन्न सन्दर्भ, संस्कृती र समाजका बारेमा राम्रो जानकारी भएका व्यक्तिबाट दुई भाषाका शब्दभण्डार तिनको एक आपसमा अनुवाद साथै शब्द चयन र सामाजिक अवस्थिती र परम्पराका बारेमा जानकारी लिन सकेको खण्डमा परिक्षा पास हुन गाह्रो पनि हुँदैन। पढ्ने र तयारी गर्ने सन्दर्भमा एसआइआइटी वा कुनै श्रोतबाट हात परेका रेकर्डिङ र मटरियलमा मात्र भर पर्नु ‘डिजास्टर’ हुन जान्छ (धेरै फेल हुनेहरू यसैमा मात्र भर परेर तयारी गरेकाहरू भेटेको छु मैले) त्यसैले ती सिमीत मटरियल भन्दा थप सामग्रीहरूको अध्ययन गर्नु जरूरी छ। र, एउटा सही ‘कोच’ वा मार्गदर्शक सफलताको सहयोगी पनि हुनसक्छ।

 

NAATI CCL Nepali

Check Also

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!