बिहानै उठे भईन्छ सफल र सकारात्मक

‘ब्राहृमे मुहूर्ते बुद्धे त धमार्था वनुचिन्तयत्’

 

यसरी नित्यकर्म पद्धतिमा भनिएको छ, विहान घाम नउदाउँदै उठ्नु धर्म र धनको चिन्तना गर्नु। पूर्विय सभ्यताले विहानको समय जिवनका दुई सारभूत कुरामा दिनुपर्ने बताउँछ। मानिसको जिवनका सबै भन्दा महत्वपूर्ण कुरा हुन् धर्म र धन। यहाँ भन्न खोजिएको धर्म मन्दिर जाने र भजन गर्ने मात्र होइन। आफू सहित सबै चराचर जगतको कल्याण गनुलाई धर्म भनिएको हो त्यसको एउटा पक्ष हो मन्दिर जाने, पुजाआजा गर्ने। विहान चिन्तन गर्नु पर्ने अर्को पक्ष हो धनको। विहानको सकारात्मक उर्जा र समयलाई धनआर्जन र त्यसको सदूपयोगका कुरामा लगायउनु पर्ने मान्यता राख्छ हाम्रो समाज। धर्मले धनलाई वशमा राख्ने र धनले धर्मको बाटो खोल्ने हो। धर्म विनाको धन भयो भने त्यसले समाजमा अनाचार र भ्रष्टाचार निम्त्याउँछ भने धन भएन भने धर्मको सार प्राप्त हुन सक्दैन।

 

तर समाज परिवर्तन भएको छ। पश्चिमा भौतिकवादी सोच हावी हुँदै जाँदा नेपाली समाजमा धर्म भन्दा धनमुखी प्रवृत्ति देखिन थालेको छ। धर्मको मान्यता भन्दा बाहिर गएर धन थुपार्ने प्रवृत्ति बढ्दो छ। जसले राजनीतिक, प्रशासनिक रुपमा थामिनसक्नु भ्रष्टाचार बढेको छ। देश हाँक्नुपर्ने राजनेता सरकारी गाडी कुम्ल्याउने सोच भन्दा माथि उठ्न सकेका छैनन्। न त आफूलाई सभ्य र सुसंस्कृत भनाउने अधिकारवादी, पेशाकर्मी, शिक्षक नै धर्म र अर्थसँगको आफ्नो सम्बन्धलाई समदूरीमा राख्न सक्षम छन्। त्यसो हुनुको कारण हो बदलिँदो जिवन शैली। प्रकृतिलाई दृष्टिगत गरि पूर्विय विद्वान अनुसन्धाता तथा ऋषिमुनिले तयार पारेको जिवन पद्धति छोड्दै गर्दा समाजका अंग असन्तुलित बनेको छ।

 

सुत्ने उठ्ने देखी आहार विहार र आचार विचार सबै पक्ष परिवर्तन भएका छन्। भौतिक मोह र प्रतिस्पर्धामा कामको चापले मानिसको शरिर राप्पिएको छ। जसले संस्कार, संस्कृति सागै आफ्नो पहिचान र स्वास्थ्य छोड्दै लगेको छ। काम र दामको पछि लाग्दा बोर्डिङ स्कुलका कक्षामा घोकेको र अभिनय गर्दै प्रस्तुत गरेको बेञ्जामिन फ्यांकलिनको ‘अर्लि टु बेड, अर्लि टु राइज मेक्स अ म्यान हेल्दी, वेल्दी एण्ड वाइज’ बिर्सिएको छ। ढिला सुत्ने र ढिला उठ्ने दैनिकीले न मानिस ‘वेल्दी’ न छ ‘हेल्दी’ नै। वैदिक जिवन पद्धतिमा प्रातः कृत्य विधि तोकिएको छ। भनिएको छ, ‘ कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती, करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम्, अर्थात् विहान उठेर लक्ष्मी, सरस्वती र ब्रहृममाको बास हुने हातमा हेर्नुपर्छ।’

 

आदर्श दैनिकी शरिर विज्ञान अनुसारको भएपनि त्यसको निरन्तरतामा क्रमभंग भएको छ आम दैनिकीमा। ‘काक चेष्टा बको ध्यानं, स्वान् निद्रा तथैव च अल्पाहारी, गृहत्यागी, विद्यार्थी पञ्चलक्षणम्’को संस्कार त्यागिसकेपनि विद्यार्थी कलेजको समय विहान भएकाले पनि विहान सवेरै उठ्छन्। कलाकार, पत्रकार, व्यवसायी, कामदार, मजदूर लगायत धेरै पेशामा रहेकाको दैनिकी भने राती ढिलो विच्छ्यौनामा पुग्ने र विहान घाम नचर्किंदा सम्म सुत्ने खालको छ। विहान मर्निङ वाक भन्दा पनि अमेरिकी पेन स्टेट विश्वविद्यालयको अनुसन्धान निष्कर्श फाइदाजनक मर्निङ सेक्सको बाटोमा छन् युवा अनि विहानको समयमा गरेका काम निस्फल हुँदैनन्, पौराणिककालमा ऋषि मनिषीले पाएको सफलताको एउटा कारण ब्रहृम मुहूर्तको समय पनि हो।

 

 

अस्पताल, कल सेन्टर देखी विभिन्न कार्यालयका रात्रीकालिन सेवामा रहनेको निन्द्राको दिवायात्रा त छादैछ। दिनभर डुकुलन्ठु भएर बरालिने पनि रातभर केवल र डिटिएचका च्यानलमा आँखा टिकाएर विहान सम्म सुत्छन्। फेसन टिभीले मध्यरातमा देखाउन शो ‘फोटोग्राफर’, एमटिभीको विच शो अनि एचबिओ, सिनेम्याक्स, जीक्याफे, स्टार मुभिजका सेक्सी सिन भएका चलचित्रले उठाउँछ धेरैलाई मध्यरात सम्म। त्यसो त रसियन ‘रेन टिभी’को रात्रीकालिन सेक्स शोमा पनि रमाउँछन् रातका टिभी पारखी। त्यसो त मध्यरातमा ठमेलको डिस्को या मसाजबाट निस्कन्छ आधुनिक प्रतिनिधि युवा पात्र। साँझ ठमेलकी नगरबधुको बहुपासमा यौनानन्द लिएर ‘नाइट लाइफ’को अनुभव पछि विहान झिसमिसेमा घर पुग्छ। अनि दिनभर निन्द्रादेवीको बहुपासमा। साकिरा भन्दा स्वामी तिर ध्यान मात्र गएको भएपनि सेलिब्रेटी तिनका प्रशंसक देखी राजनीतिज्ञ, समाजसेवी विहान उठ्दा हुन्। सक्रिय विहानीले दिनभर सक्रिय त्यो पनि सकारात्मक सोचका साथ।

विहानको समय मानिस मानसिक रुपले पनि शान्त र उर्जाले भरिएको हुन्छ। प्रकृति पनि ताजा हुन्छ। जसले सकारात्मक सोच र उर्जा दिन्छ मानिसलाई। विहान ब्रहृम मुहूर्त अर्थात् घाम उदाउनु अगाडीको समय मानिसको लागि महत्वपूर्ण छ। विहानको समयमा गरेका काम निस्फल हुँदैनन्, पौराणिककालमा ऋषि मनिषीले पाएको सफलताको एउटा कारण ब्रहृम मुहूर्तको समय पनि हो। समयलाई शरिर विज्ञान साथै प्रकृति विज्ञानले उत्तम मानेको छ विहानीको जागरणलाई। संस्कृतमा भनिएका पूर्विय चिन्तनका साश्वत पक्षलाई पश्चिमा शैलीमा आधुनिक हुँदै गएको नेपाली समाज विस्तारै छोड्दै छ। आफ्नो सभ्यता छोड्ने क्रममा रहेको समाजले न त पश्चिमा संस्कार नै ग्रहण गरिसकेको छ। यताको सभ्यताको केही र उताको सभ्यताको केही अपनाउने क्रममा समाज र यसका अंक खच्चड बनिसकेका छन् न घोडा जस्तो न त गधा नै। जसले न उत्तम प्रगती छ न अधम दूर्गती। सुतिरहेको समाजलाई भन्ने पर्ने भएको छ, बलिउडे चलचित्रको नाम नै सापट लिएर  ‘वेक अप सिड‘।

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।