अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो

अष्ट्रेलियामा नेपालीहरूले राम्रो भविष्य भएको र पीआर अर्थात् स्थायी रूपमा नै अष्ट्रेलिया बस्न पाईने भिजाका लागी समेत सजिलो भनेर लिईएको विषय तथा पेशामा रहेकाले समेत पीआर पाउन निक्कै गाह्रो रहेको तथ्यांकले देखाएको छ। पछिल्लो अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)को विभिन्न पेशाका लागी छुट्टयाईएको कोटा र ति पेशामा रहेकाहरूले दिएको अष्ट्रेलियन पीआरका लागी ईच्छापत्र (इक्सप्रेसन अफ ईन्ट्रेष्ट, ईओआई)मा सरकारले दिएको भिजा भर्न आउने निम्तो (ईन्भिटेसन)को संख्या हेर्दा अष्ट्रेलियामा रजिष्टर्ड नर्स भएर पीआर पाउने र यहाँका अस्पतालहरूमा काम गर्ने सपना सजिलो नरहेको देखिएको छ। नेपालीहरूबीच आईटी, अकाउन्टिंङ र नर्सिङ अष्ट्रेलियामा पीआर पाउन सजिलो रहेको विषयको रूपमा स्थापित छन्। नेपाली एजुकेशन एजेन्टहरूको सल्लाह नै अष्ट्रेलियामा यी नै तिन मध्ये एउटा विषय पढ्नका लागी छान्न हुने गरेको थियो। तर पछिल्ला दुई वर्षको अष्ट्रेलियाको माईग्रेसन नीतिमा आएको परिवर्तनले यी विषय पढ्नेहरूका लागी समेत अष्ट्रेलियाको पिआर पाउनु निक्कै गाह्रो बनाएको छ। गत वर्ष मात्र अष्ट्रेलिया सरकारले पीआरका लागी पास मार्क्सलाई पाँच अंकले बढाएको थियो। पहिले ६० माईग्रेसन प्वाईन्टमा पास अंक थियो भने अहिले ६५ रहेको छ। तर पनि यति अंकका साथ पीआरका लागी ईच्छापत्र पेश गरेकाहरूले पीआर पाउने संभावना आजसम्म देखिएको छैन। अष्ट्रेलियामा पीआरका लागी सरकारले उमेर, पढाई, भाषिक क्षमता, कामको अनुभव आदी विषयहरूमा विभिन्न अंकहरूको व्यवस्था गरेको छ जसको आधारमा ‘स्किल सेलेक्ट’ (एक किसिमको योग्यता जाँच्ने प्रणाली)को माध्यमबाट उसले उत्कृष्ठहरूमा उत्कृष्ठलाई अष्ट्रेलियाको पीआरका लागि निवेदन दिन बोलाउने गरेको छ।

यो पनि पढ्नुस्: रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति

अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage
धेरै नेपालीहरूले अष्ट्रेलियामा नर्सिंङ पेशा तथा विषयलाई छान्ने गरेका छन्। तर पछिल्लो तथ्यांकले यो विषय पढेकालाई पनि पीआर पाउन निक्कै गाह्रो रहेको देखाएको छ।

अष्ट्रेलियन गृह विभागको ११ मार्च २०१९ को तथ्यांक र पीआरका लागी आमन्त्रण गर्ने चरणको नतिजाले नर्स तथा सुडेनी (मिड वाईफ)हरूलाई अष्ट्रेलियाको पीआर निक्कै नै मुस्किलको प्राप्ति रहेको देखाएको हो। यी पेशाको माध्यमबाट अष्ट्रेलियाको पीआरको चाहना राख्ने जम्मा १६७० जनालाई मात्र पीआरको लागी भिजा भर्ने आमन्त्रण आएको छ। जुन २०१८-२०१९ को आर्थिक वर्षको १० महिना भरीको संख्या हो। जसमा २० जना सुडेनी (मिड वाईफ) र १६५० जना रजिस्टर्ड नर्सले अष्ट्रेलियाको पीआर भर्ने मौका पाएका छन्। नर्सिंङलाई अष्ट्रेलियामा निक्कै लोकप्रिय र माग रहेको पेशाको रूपमा लिइन्छ। यस वर्षको लागी अष्ट्रेलियाले पीआर दिन भनेर नर्सिंङका लागी १७ हजार ३२२ कोटा छुट्याएको थियो। वर्षभरको लागी छुट्याएको कोटा मध्ये १० प्रतिशतलाई पनि वर्षको अन्त्य हुने समय सम्म पनि पीआरको लागी भिजा भर्न बोलाईएको छैन। पछिल्लो समय नर्सहरूलाई पनि पीआरको लागी आमन्त्रण पाउनका लागी ७५ अंक ‘स्किल सेलेक्ट’मा आवश्यक पर्न थालेको छ। यतिखेर सम्म जुन पुरा गर्न धेरैका लागी असम्भव नै छ।

नेपालीहरूबीच नर्सिंङ निक्कै लोकप्रिय पेशाको रूपमा रहेको छ। ‘छोरा बिग्रे कमर्श र छोरी बिग्रे नर्स’ भन्ने उक्ति कुनै बेला लोकप्रिय रहेको नेपाली समाजका छोराहरू अष्ट्रेलियाको पीआर र कमाईको आकर्षणले अष्ट्रेलिया छिरेपछी भटाभट नर्स बन्नमा लागेका छन्। केही वर्ष अघि सम्म अष्ट्रेलियामा नर्सिंङको छुट्टै आकर्षण रहेको थियो। आईटी वा अकाउन्टिंङमा जस्तो प्रतिस्पर्धा र धेरै माईग्रेसन अंक पुरयाउन नपर्ने छिटो र सजिलै पीआर हुने पेशा वा विषयका रूपमा नर्सिंङ रहेको थियो। नर्सिंङमा सजिलै पीआर हुन्छ भनेर नै धेरै नेपालीहरू नेपालबाट स-साना तहका शर्टिफिकेट, डिप्लोमा जस्ता कोर्षमा आउन थालेका थिए। जसमा पीआरको सम्भावना नै नभएपनि पछि सजिलो हुने भन्ने मान्यता र सुझाव मिलिरहेको थियो। नर्सिंङ सजिलै पीआर हुने विषय भनेर पढाई, कलेज र भविष्यको बारेमा कुनै अध्ययन नै नगरी कन्सल्टेन्सीको सल्लाहको भरमा आएका धेरै विद्यार्थीले गत वर्ष एआईबिटी, नर्स ट्रेनिङ अष्ट्रेलिया लगायतका कलेजमा पढ्न आएकाहरूले पढेको कोर्ष नै दर्ता नभएको भन्दै नेपालमा मिडिया गुहारेका थिए। नर्सिंङ भनेर आँखा चिम्लेर बाबुआमाको सम्पत्ति बैंकमा राखेर अष्ट्रेलिया पढ्ने भनेर दौडनेहरूका लागी पीआरको प्रणालीमा भएको यसखालको कडाईले झट्का नै दिने निश्चित छ।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा कामको तालमेल: थोरैले फी पुग्दैन, धेरै गरे डिपोर्ट

नेपालमा लामो अनुभव बटुलीसकेका रजिस्टर्ड नर्सहरू र अष्ट्रेलियाको ग्रामिण क्षेत्र जस्तै डार्बिन जस्ता शहरमा पढ्नेहरूको मामलामा भने पीआर सिड्नी वा मेलबर्नमा पढ्नेहरूलाई जस्तो मुस्किलको नहुनसक्छ। अष्ट्रेलियाको ग्रामिण क्षेत्र जस्तै डार्बिन,ले आफ्ना क्षेत्रमा पढ्न आउनेहरूको लागी पीआरको लागी सहज हुने गरी ‘स्पोन्सरसिप’को व्यवस्था गरेका छन्। तर, काम पाउने कम मात्र संभावना भएकाले त्यस्ता क्षेत्रमा पढ्न जान भने राम्रैसँग योजना बनाउनु पर्ने देखिन्छ।

यहाँ हेर्नुस वर्ष २०१८-२०१९ मा कुन कुन पेशाका कतिले पीआर भर्न पाए:

अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …