अष्ट्रेलियामा घर किन्ने योजना छ भने ‘सपिङ’मा दिनुस ध्यान

अष्ट्रेलियामा पढाई सकेपछी यतै स्थायी रूपमा बसोबास गर्ने सबैको योजना र चाहना हुन्छ। सँगै अर्को सपना हुन्छ हरेक नेपालीमा, ‘अष्ट्रेलियामा आफ्नै घर’। अष्ट्रेलियामा पढ्न आउँदा देखी भाडाको घर तथा युनिटमा ‘सेयरिंग’मा बस्दा बस्दा हैरान भएका कारण पनि स्थायी बसोबासको अनुमति अर्थात् पीआर पाएपछी घर किनिहाल्ने धेरैको चाहना हुन्छ। त्यसो त आर्थिक रूपमा हेर्ने हो भने पनि स्थायी रूपमा अष्ट्रेलियामा बस्ने हो भने आफ्नै घर किन्नु फाईदाको कुरा हुन आउँछ। एउटा विद्यार्थीले अष्ट्रेलियामा पढेर सक्दा अनि पीआर पाईसक्दा सम्मको समयावधीमा करिब एक लाख डलर जति त घर भाडामा नै बुझाईसकेको हुन्छ। जुन रकम घरको मूल्यको हिसाब गर्ने हो भने पनि १५ देखी २० प्रतिशत हुन आउँछ। स्थायी रुपमा बस्ने नै भएपछी भाडाको रूपमा अरूलाई पैसा बुझाउनु भन्दा घर किन्ने हो भने घरबेटी वा रियलस्टेटलाई तिर्ने पैसा नै घरको किस्ताका रूपमा मासिक मोर्टगेज तिर्दा फाईदाजनक हुन्छ। किनकी जुन पछी घर नै बेच्ने हो भने पनि आफैलाई फिर्ता आउँछ। तर, के अष्ट्रेलियामा घर किन्नु सजिलो छ त? अवश्य छैन।

 

घर किन्नको लागी बैंक खातामा रहेको बचत रकम साथसाथै आमदानी पनि राम्रै हुनुपर्दछ। त्यसो त सबैभन्दा महत्वको कुरा चाहिँ बचत गर्ने बानी हुनुपर्छ। आजकल ‘होमलोन’का लागी निवेदन दिँदा बैंकले बचतको बानी र खर्चको प्रवृत्ति विशेष ध्यान दिएर हेर्ने ‘मोर्टगेज ब्रोकर’हरू बताउँछन्। पछिल्लो समयमा अष्ट्रेलियाका बैंकहरूले ‘होमलोन’ दिने सबालमा केही कडा हुँदै गएको भन्ने धेरै सुनिन पनि थालेको छ। त्यसैले घर किन्ने योजना तथा सपना भएकाहरूले योजनासँगै खर्च र बचतको सन्तुलनलाई भविष्यको खर्च धान्नसक्ने गरि पहिलेदेखी नै मिलाउँदै जानुपर्छ। ताकी बैंकले पनि तपाईंलाई विश्वास गर्न सकोस्।

यो पनि पढ्नुस्: यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल

घर किन्ने योजना छ भने ‘सपिङ’मा दिनुस ध्यान – NepaliPage

अष्ट्रेलियामा खर्च गर्छु, सपिंङ गर्छु भन्ने हो भने अनेकन माध्यम छन् अनि बजार र अवसरहरु पनि छन्। त्यसका लागी पैसा खातामा हुनै पर्छ भन्ने पनि छैन। बैंकका क्रेडिटकार्ड त भईहाल्यो, आजकल सामान अहिले नै किन्ने र पैसा पछी तिर्ने (आफ्टर पे) सुविधा पनि उपलब्ध छ। जसले गर्दा ‘सपिंङ’का लागी पैसा र दह्रो कमाई हुनै पर्छ भन्ने छैन। यद्यपी यसका लागी पनि केही वित्तिय प्रक्रिया भने पुरयाउनै पर्छ। सरसर्ति हेर्दा आजै सामान किनेर पैसा चाहिँ पछि तिर्दै जाने व्यवस्था सजिलो लाग्छ यद्यपी मूल्य र सेवाको हिसाबमा यो अलिकता महँगो पर्न जान्छ। तर, घर किन्ने योजना भएकाहरुलाई यसखालको सामान खरिदले घरको सपनामा नै अल्पविराम लगाईदिनसक्छ। ‘बाई नाउ, पे आफ्टर’ भनेको पनि एक किसिमको ऋण नै हो र यसरी खरिदारी गर्दा व्यक्ति आफ्नो हैसियत भन्दा माथिको जीवन बिताईरहेको हुन्छ। त्यसैले उसलाई घर किन्ने ‘डिपोजिट’ देखी मासिक ‘मोर्टगेज’को किस्ता तिर्ने पैसाको व्यवस्था मिलाउन गाह्रो नै हुन्छ। जुन ‘होमलोन’का लागी ‘अप्लाई गर्ने बैंक मात्र नभएर अष्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्ब बैंक अफ अष्ट्रेलिया’ले समेत महशुस गरेको कुरा हो। यसै विषयलाई लिएर अष्ट्रेलियाका ‘मोर्टगेज ब्रोकर’हरूले घर किन्ने योजना भएकाहरूलाई ‘बाई नाउ, पे आफ्टर’ सेवा नलिन सचेत गराएका छन्। किनभने यस्ता सेवाबाट उनीहरूमा के कति दायित्व छ भन्नेकुराको जानकारी ऋण प्रदायक(लेण्डर)हरूलाई हुन्छ, जसले के कति ‘होमलोन’ दिने भन्ने निर्णयमा ठूलो प्रभाव पार्छ। यदी यस्तो सेवा मार्फत सामान खरिद गर्नै पर्ने अवस्था छ भने घर किनेपछी मात्र गर्न मोर्टगेज च्वाईसका नर्थ सिड्नी प्रमुख लिएन स्कट दि सिड्नी मर्निङ हेराल्डमा सुझाव दिन्छन्। स्कट घर किन्ने योजना भएकाहरुलाई परम्परागत साथै चलाख भएर यस्तो पछी तिर्नेगरी सामान किन्ने कुराबाट टाढा र खर्चमा अनुशासित हुन सुझाउँछन्। उनी भन्छन्, कम्तिमा पनि घर किन्ने समय भन्दा केही महिना देखी नै यस्तो अनुशासन हुनु जरूरी छ।

घर किन्ने योजना छ भने ‘सपिङ’मा दिनुस ध्यान – NepaliPage
अष्ट्रेलियामा घर किन्ने नेपालीको संख्या बढेसँगै घर बेचाउने र ऋण मिलाउने व्यवसायी पनि बढेका छन्। प्रतिस्पर्धा किन्ने र किनाउनेमा हुँदै गर्दा कतिपय घर किन्नेहरू महँगोमा परेको पनि सुनिन थालेको छ।

‘आफ्टर पे ले मानिस आफ्नो हैसियत भन्दा माथिको जीवनशैली त बाँचिरहेको छैन भन्ने प्रश्न उठाएको ‘होमलोन एक्सपर्टस्’का व्यवस्थापकीय निर्देशक ओटो ड्रागन सिड्नी मर्निङ हेराल्डमा नै भन्छन्। एउटा सर्वेक्षणले ‘बाई नाउ, पे आफ्टर’ सेवा प्रयोग गर्नेहरू धेरै प्रकारका ऋण बोकेका साथै पहिले नै बैंकबाट ‘क्रेडिट कार्ड’ अस्वीकृत भएका हुने संभावना धेरै रहेको देखाएको थियो। यस्ता सेवा लिनेहरू ऋण जोखिमको श्रेणीमा पर्ने सम्भावना धेरै भएकाले बैंक, ‘क्रेडिट स्कोर’ प्रदायक साथै अष्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्ब बैंक अफ अष्ट्रेलिया’ समेत सशंकित बनेको समेत समाचारहरू आईरहेका छन्।

 

यदी तपाईंको घर किन्ने योजना छ भने अहिले नै जीवनशैलीमा परिवर्तन गर्ने भन्दै गरिने खर्चालु ‘सपिङ’मा ध्यान दिनुस्। आफ्नो खाता र घरको लागी लिनुपर्ने ऋणको मात्रालाई प्रभाव नपार्ने गरी गर्नुस् सपिङ। दियो भन्दैमा क्रेडिटकार्ड र आफ्टर पे वाला खर्चालु नबन्नुस्। पहिले घर किन्नुस् घर।

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस्

अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले …