पीआरको लागी नक्कली बिहे गर्ने नेपाली युवकलाई सजायँ जेल

पीआरका लागी नक्कली बिहे गर्ने एक नेपालीलाई जेल सजायँ सुनाईएको छ। यो अमेरिकाको ख़बर हो। अमेरिकाकोग्रिनकार्डपाउन सँधैको लागी अमेरिकामा काम गर्न, बस्नको लागी सजिलो बाटोको रूपमा नक्कली बिहे गरेको प्रमाणित भएोपछी एक २७ वर्षिय नेपालीलाई एक महिनाको जेल, दुई वर्षको परिक्षण काल (चालचलनको नियमन) साथै चार हजार डलर जरिवानाको सजायँ दिईएको छ। अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका ईआईलभ श्रेष्ठले अमेरिकी स्थायी आवाशका लागी नक्कली बिहे (म्यारिज फ्रड) गरेका थिए। उनलाई सजायँ सुनाउँदै बंगोरका जिल्ला न्यायाधिश लन्स वाल्करले श्रेष्ठ पढेको राम्रो मानिस भएर पनि खुला आँखाले सही गलत बाटो देख्दा देख्दै पनि गलत बाटो रोजेको टिप्पणी गरेका थिए। अमेरिकामा ‘ग्रिनकार्ड’ भनेको अष्ट्रेलियाको ‘पीआर’ जस्तै लामो समयसम्म बसोबास तथा काम गर्न पाउने अनुमती हो। अमेरिका पुगेका धेरैको पहिलो जोड नै ‘ग्रिनकार्ड’ लिने हुन्छ।

श्रेष्ठ फेब्रुअरी २६ मा जेलमा हाज़िर हुनेछन्। त्यतिन्जेल सम्मका लागी उनलाई अदालतले पाँचहजार अमेरिकी डलरमा जमानत दिएको छ। श्रेष्ठले आफ्नो मुद्दाको सुनुवाईका क्रममा आफ्नी आमा उनको व्यवसायका बारेमा चिन्ता व्यक्त गरेका थिए। उनले आफूले गरेको कामको लागी माफ़ी माग्दै, सारातोगा क्यालिफोर्नियामा रेस्टुरेन्ट चलाउने आमाले अंग्रेजी नजान्ने बताएका थिए। उनी रेस्टुरेन्ट चलाउनका लागी आमालाई सहयोग गर्दै आएका थिए। सन् २०१८ मा म्याद सकिनु अघी उनी अमेरिकाले नेपालीहरूलाई दिँदै आएको सहुलियतपूर्ण भिजा टेम्पोररी प्रोटेक्टिभ स्टाटस (टीपीएस)मा रहेका थिए।

यो पनि पढ्नुहोस्: पूर्वपतिले स्वीकारे नेपाली युवतीको हत्या 


पीआरको लागी नक्कली बिहे गर्ने नेपाली युवकलाई सजायँ जेल - NepaliPage

यो पनि पढ्नुहोस् : नेपालीलाई अष्ट्रेलियाको विद्यार्थी भिषा नदिन माग

समाचार अनुसार उनले २८ वर्षिय अमेरिकी नागरिक मरिना मुशरोसँग अमेरिकी ‘ग्रिनकार्ड’ पाउने आशामा पैसा तिरेर २५ जुन २०१८ मा बिहे गरेका थिए। अमेरिकामा ‘ग्रिनकार्ड’ भनेको अष्ट्रेलियाको ‘पीआर’ जस्तै लामो समयसम्म बसोबास तथा काम गर्न पाउने अनुमती हो। अमेरिका पुगेका धेरैको पहिलो जोड नै ‘ग्रिनकार्ड’ लिने हुन्छ।

श्रेष्ठले मुशरोलाई एउटा अनलाईन फोरम मार्फत भेटेका थिए जहाँ मुशरोले आफू अमेरिकी ‘ग्रिनकार्ड’ खोजिरहेको जो कसैसँग पनि पैसा लिएर बिहे गर्नको लागी तयार रहेको भन्ने विवरणको विज्ञापन छापेकी थिईन।मुशरो र श्रेष्ठबीच अमेरिकी डलर १३ हजारमा बिहेको सम्झौता भएको थियो। अमेरिकी न्याय विभागको दस्तावेजका अनुसार मुशरोको विज्ञापनको आधारमा श्रेष्ठले १३ जुन २०१८ मा उनलाई सम्पर्क गरेका थिए र २५ जुनमा उनीहरू बीच बेवर मेनमा विवाह भएको थियो। न्याय विभागको दस्तावेजमा बिहे अघी र पछी मुशरोले अमेरिकाको फरक राज्यमा बसोबास र काम गरिरहेका श्रेष्ठबाट विभिन्न समयमा पैसा प्राप्त गरेको उल्लेख छ।

उनीहरूको यसखालको बिहेको खुलासा मुशरोले ह्याम्डेनको स्थानिय प्रहरीको सोधपुछमा आफू फाइदाको लागी गरेको विवाहको सम्बन्धमा रहेको बताएकी थिईन। उनको यसखालको बयान पछी अमेरिकाको ‘होमल्याण्ड सेक्युरिटी’ले श्रेष्ठको खोजीलाई अघि बढाएको थियो। मुशरोलाई यस अघि नै अदालतले पाँच वर्षको परिक्षण काल (चालचलनको नियमन, प्रोबेसन)को सजायँ दिईसकेको छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: नेपालीपेज

NepaliPage.com is a striving idea to bring useful information to international students as well as newcomers recently immigrated into Australia. While writing and preparing our contents and stories we are focused to Nepalese in Australia, but our contents and stories are equally advantageous to those interested to study, live and migrate into Australia, no matter you are from India, China or other parts of the world.

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …