यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा 

अष्ट्रेलिया नेपालीहरूबीच यतिखेर सबैभन्दा रूचाईएको गन्तव्य मुलुक बनेको छ। विद्यार्थी देखी कामदार र दक्ष जनशक्तिको रूपमा अष्ट्रेलिया आउनेको संख्या दिनानुदिन बढ्नुमा यहाँको अवसरको उपलब्धता नै हो। स्वच्छ तथा नेपालसँग मिल्दो जुल्दो हावापानी, कानुनी शासन, सामाजिक न्याय र क्षमता विकासको अपूर्व अवसरहरूको संभावनाले विश्वका अरू मुलुककासँगै नेपालीलाई पनि अष्ट्रेलिया बोलाएको छ। विकसित मुलुकहरूमा हेरिने अमेरिका, बेलायत, जापान, क्यानडा लगायतका देशको तुलनामा अष्ट्रेलियामा बसेका आमनेपालीहरूको जिवनशैली र नेपालसँगको भौगोलिक निकटताले पनि यता आउनको लागी आकर्षित गर्छ।जीवनशैलीको कुरा हेर्ने हो भने पनि लोभलाग्दो नै छ।

तर, अष्ट्रेलिया आऊने चाहना धेरैलाई भएपनि अवसर भने केहीलाई मात्र मिल्छ अनि त्यसमा पनि कमैलाई यहाँ जिन्दगी नै बिताउने गरेर बस्ने अवसर। अष्ट्रेलियाको विकास, अर्थन्त्रको प्रवाह र बदलिँदो प्रविधि अनि जिवनलाई ख्याल गर्ने हो भने अष्ट्रेलिया आएका धेरैले आफूलाई अष्ट्रेलियामा चाहे जति बस्न सक्ने बनाउन सक्छन्। दक्षता र सिप हुनेहरूलाई अष्ट्रेलिया धेरै नै सहज छ र यहाँको आप्रवासी सम्बन्धी नीतिमा रहेको लचकताले पनि उनीहरूलाई यहीँ बस्न प्रेरित गरिनै रहेको हुन्छ। पछील्लो समय प्रविधी, विकास र जिवनशैलीमा आएको परिवर्तनसँगै अष्ट्रेलियाले आफ्नो आप्रवासी सम्बन्धी नीतिमा केही फेरबदल गरेको छ। जसले गर्दा यहाँ पढेर विश्वविद्यालय सकेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सजिलैपीआरपाउन सक्ने संभावना छैन।त्यसो हुनुमा चाहिँ अष्ट्रेलियाको माग अनुसारको पढाई र दक्षता नमिल्नुहो।जुन अष्ट्रेलिया सरकारले जारीगर्ने आप्रवासी सम्बन्धी प्रतिवेदनहरुले पनि देखाउँछन्।

यो पनि पढ्नुस् : पीआरको लागी नक्कली बिहे गर्ने नेपाली युवकलाई सजायँ जेल

यस्ता पेशाकर्मीको माग छ अष्ट्रेलियामा - NepaliPage

यो पनि पढ्नुस्: यसकारण लिन छोडे नेपालीले एज्ड केयरको तालिम

अष्ट्रेलियाले दक्ष जनशक्तिका रूपमा पढ़ाई, भाषा, सिप र अनुभव जस्ता विभिन्न क्षेत्रको आधारमा केही नम्बरहरू प्रदान गर्छ। जसलाईप्वाईन्टमा आधारित माईग्रेसन वा आप्रवासन भनिन्छ। धेरै विदेशीहरूलाई यस्तै प्रक्रिया अपनाएर अष्ट्रेलियामा स्थायी बसोबास साथै यहाँको नागरिक बन्ने अवसर दिईन्छ। हरेक वर्ष अष्ट्रेलियाकोहोम अफेयर्स डिपार्टमेन्टले कुन कुन पेशाा हुनेलाई अष्ट्रेलियामा कति कति संख्यामापीआरको अवसर दिने भनेर संख्या निकाल्छ। यतिखेरकोमाईग्रेसन प्रोग्राममा एक वर्ष भरमा एकलाख ६० हजारलाई अष्ट्रेलियाको स्थायी बसोबासको अवसर दिने योजना छ। जस अनुसार कोटा विभाजन गर्दा निम्न पेशाहरूमा हुनेहरूले समग्ररूपमा धेरै अवसर पाएका छन्। योअकुपेशन सिलिङभनिने पेशागत रूपमा वार्षिक आप्रवासन प्रक्रियाबाट स्थायी बासिन्दा बन्ने प्रक्रियामा तोकिएको कोटाले अष्ट्रेलियामा कुन खालको जनशक्तिको बढी माग छ भन्ने पनि देखाउँछ। किनभने, सरकारले यसखालको कोटा प्रणाली निर्धारण गर्दा श्रम बजारबाट माग र आपूर्तिको अवस्थाको अनुसन्धान गरेको हुन्छ। यतिखेरकोअकुपेशन सिलिङलाई आधार मान्दा सबैभन्दा धेरै माग रजिस्टर्ड नर्सको छ भने त्यसपछी ईलेक्ट्रिसियन अनि कार्पेन्टर र ज्वाईनरको रहेको छ। धेरै माग भएका पेशाकर्मीहरू यी हुन्:

रजिस्टर्ड नर्स

रजिस्टर्ड नर्सको लागी चालु माईग्रेसन प्रोग्राममा  १७ हज़ार पाँचसय नौ स्थान उपलब्ध गराईएको छ।अष्ट्रेलियामा नर्सहरूको माँग सबैभन्दा धेरै देखिन्छ।

ईलेक्टिसियन

यस पटक आठ हज़ार छ सय २४ ईलेक्ट्रिसियनको लागी अष्ट्रेलियाले स्थायी आवासिय भिजा दिने योजना बनाएको छ। अष्ट्रेलियामा ईलेक्ट्रिसियनको माग उच्च छ। 

कार्पेन्टर र ज्वाईनर

यस पटक आठहज़ार पाँचसय ३६ कार्पेन्टर र ज्वाईनरले अष्ट्रेलियाको स्थायी आवासिय भिजा पाउनेछन्।

माध्यमिक विद्यालय शिक्षक (सेकेण्डरी स्कुल टिचर्स)

शिक्षा सरकारी लगानी र सबैको चासो भएपनि यस क्षेत्रमा अझै पनि पर्याप्तज नशक्ति छैन त्यसैले आठहजार ५२ जना माध्यमिक तहका शिक्षकको योग्यता भएकाले पीआर पाउन सक्नेछन्।

मेटलफिटर्स तथा मेसिनिस्ट

मेटल फिटर्स तथा मेसिनिस्टका लागी सात हज़ार सात कोटा तोकिएको छ।

मोटर मेकानिक

मोटर बिना हामी नै एकदिन गुज़ारा गर्न गाह्रो हुने अवस्थामा छ हज़ार तिनसय ९९ कोटा मोटर मेकानिकलाई छुट्याएको छ सरकारले स्किल भिजाको लागी। 

पशुपालक (लाईभस्टक फार्मर्स)

यसै नि बार्बिक्यु र अनेक परिकारका साथ मासु खाने अष्ट्रेलियन धेरै छन्। विदेश निर्यात हुने वस्तुमा पनि मासु धेरै नै छ, त्यसैको अनुपातमा यस क्षेत्रमा काम गर्ने कामदारको माग पनि उच्च नै छ। जसका लागी सरकारले यो वर्ष  पाँचहजार नौसय ३४ कोटा छुट्याएको छ।    

प्लम्बर

बढ्दो जनसंख्या अनि बढ्दो घर।त्यसलाई सम्बोधनका लागी यसपटकको कोटा पाँचहज़ार ६०।

 

यी कोटाहरुले अष्ट्रेलियामा कत्तिको माग छ भनेर देखाउँछन्। तर यसो हुँदैमा आजको आजै काम पाईन्छ भन्ने होईन। अष्ट्रेलियाको पीआर पाउने कुरामा भने यी पेशामा भएका मानिसहरूलाई सजिलो हुन्छ। यस्ता पेशामा रजिस्टर्ड नर्स बाहेक अरूमा त्यति धेरै प्रतिस्पर्धा हुँदैन।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …