नेपालीका लागी क्रोएशिया पनि सजिलो

विश्वकप फुटबकको क्रममा पटक पटक नाम सुनिने मध्य तथा दक्षिणपूर्वी यूरोपको देश क्रोएशियाले तेस्रो मुलुकका कामदारको लागी ‘वर्क परमिट’ दिन सहज व्यवस्था गरेपछी यूरोप पुगेका नेपालीले सहज महशुस गरेका छन्। क्रोएशियामा यूरोप तथा वेलायतका नागरिकलाई काम र बसोबासमा सहज भएपनि नेपाल जस्ता तेस्रो मुलुकबाट जाने र काम गर्न चाहनेको लागी ‘वर्क परमिट’ पाउनु र काम गरेर बस्नु निक्कै मुस्किल थियो। पछिल्लो समय अर्थतन्त्रमा आएको परिवर्तन र काम गर्ने जनशक्तिको माग र आपूर्तिको अवस्थाले क्रोएशिया सरकार लचक व्यवस्था गर्ने अवस्थामा पुगेको हो।

नेपालीका लागी क्रोएशिया पनि सजिलो - NepaliPage

क्रोएशियाको काम गर्ने वातावरण सहज भएपछी त्यहाँ रहेका नेपालीहरू कमाई र काम प्रति खुसी देखिएको क्रोएशियाका समाचार माध्यमले उल्लेख गरेका छन्। गत शनिबार नोभाकले नेपाली कामदारहरू क्रोएशियामा आफ्नो काम प्रति निक्कै खुसी रहेको उल्लेख गरेको छ। क्रोएशियाका नागरिक तथा यूरोपका अन्य देशका नागरिकले भने क्रोएशियाका रोजगारदाताले दिने तलब तथा सुविधा कम भएको गुनासो गरेको अवस्था छ। यसै सन्दर्भमा समाचार माध्यम देनेभनिकले २३ वर्षिय नेपाली युवा दिवाकर बोगटीलाई प्रस्तुत गर्दै नेपाली कामदारहरू नेपालको तुलनामा निक्कै धेरै तलब पाएकाले क्रोएशियाको काम र कमाईमा सन्तुष्ट रहेको उल्लेख गरेको छ। ‘मेरो देशमा यही काम गर्दा यसको आधा मात्र तलब पाउँथें। जसका लागी यहाँ क्रोएशियामा एक हजार यूरो पाउँछु, त्यहाँ पाँचसय यूरो पाउँथें’। बोगटी क्रोएशियामा गोलभेंडा टिप्नेकाम गर्छन्।

 

क्रोएशियाका कम्पनी तथा रोजगारदाताहरूले वेटर, कुक, पसलमा काम गर्ने, क्लिनर, ड्राईभर साथै ‘लकस्मिथ’ लगायतका काम गर्ने मानिस पाउन निक्कै मुस्किल रहेको बताएका छन्। यतिखेर क्रोएशियामा यस्ता काम गर्नेहरूको माग निक्कै उच्च रहेको छ। क्रोएशियामा कामदार नपाएपछी रोजगारदाताहरू विदेशी कामदार भर्ना गर्नमा लागेका छन्। यस वर्ष मात्र क्रोएशियन कम्पनीहरूले एकलाख भन्दा बढी कामदार विदेशबाट भर्ना गर्नेछन्।

 

क्रोएशियाको वर्क परमिटको थप जानकारी यहाँबाट पाउनुहोस्,

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …