अष्ट्रेलिया अवार्डस् को निवेदन दिने मिती थपियो

कोरोना भाईरसको प्रकोपका कारण अष्ट्रेलिया सरकारले घोषणा गरेको अष्ट्रेलियामा पढ्न, बस्नकालागी नेपाली विद्यार्थीलाई दिन लागिएको छात्रवृत्तिको निवेदन दिने अन्तिम समय पर सरेको छ। नेपालमा रहेको अष्ट्रेलियाको राजदूतावासले नयाँ  छात्रवृत्तिको निवेदन दिने अन्तिम दिन ३० जुन रहेको जनाएको छ। यसले नेपालमा जारी लकडाउन र छात्रवृत्तीका लागी आवश्यक प्रक्रिया पुरयाउनका लागी समय नपुगेका विद्यार्थीहरूको लागी छात्रवृत्तिमा सहभागी हुनको लागी थप समय मिल्ने भएको छ।

कोरोना भाईरसको प्रकोपका कारण जारी लकडाउनको कारण अंग्रेजी भाषाको दक्षता सावित गर्ने परिक्षा समेत रोकिएको अवस्थामा भएको समयावधी थपले विद्यार्थीलाई प्रक्रियामा सहज हुनेछ। अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागी अष्ट्रेलिया  सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको अवसर वार्षिक रूपमा दिँदै आएको छ। ‘अष्ट्रेलिया अवार्डस्’को  २०२१ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनका लागि यस वर्ष पनि छात्रवृत्तिको अवसर खुलेको थियो। अष्ट्रेलियाले ‘अष्ट्रेलिया अवार्डस्’ मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका विद्यार्थीका लागी यसखालको अवसर दिने गर्दछ।

अष्ट्रेलियामा स्नातकोत्तर अध्ययनका लागि दिने यसखालको छात्रवृत्ति प्राप्त गर्नका लागि व्यवसायिक तथा व्यक्तिगत दक्षता साथै राम्रो शैक्षिक योग्यता आवस्यक पर्दछ। अष्ट्रेलियामा बस्ने र पढ्ने अवसरका लागि छात्रवृत्ति वितरणमा नेपालको विकास र परिवर्तनमा सकारात्मक छाप छोड्न सक्ने सम्भावनालाई पनि प्रमुख प्राथमिकताका साथ हेर्ने गरिन्छ। नेपालमा ‘अष्ट्रेलियन अवार्डस्’का लागि महिला, अपांगता भएका तथा सिमान्तकृत वर्गलाई प्राथमिकतामा राख्ने गरिएको छ।

विद्यार्थीलाई छात्रवृत्ति प्रक्रियामा सघाउन र थप जानकारी दिनका लागी नेपालमा रहेको अष्ट्रेलियाको राजदूतावासले अंग्रेजी पात्रोको मे महिनाको  ८ र २२ साथै जुन महिनाको ५ र १५ तारिखका दिन वेविनार गर्ने भएको छ।

अष्ट्रेलिया अवार्डस् र यसका छनौटको प्रक्रिया बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस्।

 

नेपाली विद्यार्थीहरूका लागी उपलब्ध हुने अष्ट्रेलिया अवार्डस् तथा अन्य अष्ट्रेलियाका छात्रवृत्तिहरूका बारेमा जानकार रहनका लागी नेपालीपेज र नेपालीपेजको फेसबुकमा रहेको ‘नेपलिज ईन सिड्नी‘ फेसबुक समुहमा जोडिनुहोस्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …