कोरोनाकै कारण बेच्नुपर्ने हुनसक्छ अष्ट्रेलियामा किनेको घर

अष्ट्रेलियामा आफ्नै घर, धेरैको सपना हो। तर, व्यवस्थापन गर्न सक्ने हो भने त्यत्रो धेरै मुस्किलको कुरा पनि होईन। देखासिकी र विज्ञापनको लहैलहैमा लागेर घर जग्गा खरिदमा लागियो भने चाहिँ घरले बास दिने हैन बासै उठाउन पनि बेर लाग्दैन। त्यस्तै बासै उठाउला कि भन्ने डर कोरोनाको कारण व्यवस्थित लगानी गरेकाहरूलाई पनि पर्ने भएको छ यतिखेर।

कोरोना संक्रमणको कारण अर्थतन्त्र नै गम्भिर संकटमा पर्न लागेको अवस्थामा अष्ट्रेलियन घरधनीहरू पनि ठूलो संकटमा पर्ने देखिएको छ। एक अध्ययनले अष्ट्रेलियामा घर किनेका मध्ये करिब आधाले केही महिना पछी घरको मासिक किस्ता तिर्न नसक्ने देखाएको छ। सरकारले व्यवसायीहरूलाई आम्दानी घट्दा पनि कामदारलाई रोजगारीमा राख्न दिँदै आएको अनुदान ‘जबकीपर’ हटाउँदा यस्तो अवस्था आउने अध्ययनले देखाएको हो।

यो पनि पढ्नुहोस्: अष्ट्रेलियामा घर किन्ने योजना छ भने ‘सपिङ’मा दिनुस ध्यान

 

कोरोनाकै कारण बेच्नुपर्ने हुनसक्छ अष्ट्रेलियामा किनेको घर - NepaliPage
अष्ट्रेलियामा आफ्नै घर, धेरैको सपना हो। तर, व्यवस्थापन गर्न सक्ने हो भने त्यत्रो धेरै मुस्किलको कुरा पनि होईन।

यो पनि पढ्नुस्: यसरी विद्यार्थीकालमै घर किन्नको लागी पैसा जोगाउन सकिन्छ

विभिन्न आर्थिक विश्लेषण साथै अध्ययन गर्ने संस्था ‘मोजो’को विश्लेषणको आधारमा याहु फाइनान्सले प्रकाशन गरेको समाचारमा अष्ट्रेलियामा घर कर्जा लिएकाहरूले ‘जबकीपर’ हटेपछी करिब ७५ बिलियन घर कर्जाको किस्ता तिर्न नसक्ने उल्लेख छ। मोजोका अनुसार जबकीपरको अनुदान रोकिएपछी ४३ प्रतिशत घरधनीहरूलाई घरको किस्ता तिर्न मुस्किल हुनेछ।

अष्ट्रेलियन बैंकिङ एशोसिएसनको तथ्यांकले एकसय ७५ दशमलव पाँच बिलियन डलर कोरोनाको कारण नै स्थगन (पज) मा परेको देखाएको छ। याहु फाइनान्सले मोजोका प्रवक्तालाई उदृत गर्दै धेरै घर कर्जावालाको देश भएकाले अष्ट्रेलियाका घरधनीहरूको दिन सरकारी र उद्योगको सहुलियत सकिएपछी मुस्किलको हुने उल्लेख गरेको छ। घट्दो व्यापार, घट्दो कामको घण्टाका कारण घटेको आमदानी साथै धेरै अष्ट्रेलियनहरूले काम गुमाउनु परेको स्थितीले गर्दा जबकीपर साथै ‘मोर्टगेज होलिडे’ धेरै अष्ट्रेलियनको घर जोगाउन आवश्यक पर्ने देखिन्छ।

मोजोको अनुसन्धानले ५३ प्रतिशत मोर्टगेज भएकाहरूले आगामी छ महिना सम्ममा मासिक किस्ता तिर्न सक्ने अवस्था बनाउन नसके घर बेच्न बाध्य हुनुपर्ने चिन्तामा रहेको देखाएको छ। त्यस्तै ३८ प्रतिशत जबकीपर पाईरहेका घर धनीहरूले जबकीपरको पैसा घरको सबै बिलहरू तिर्न कै लागी समेत अपुग रहेको बताएका छन्।

निकट भविष्यमा ठूलै संकटको सामना गर्नुपर्ने अवस्था देखिईरहेको बेलामा घर किन्नको लागी ऋणको ब्याजमा भने निक्कै आकर्षक योजना देखिएको छ। यतिखेर बैंकहरूले दुई प्रतिशत हाराहारीको ब्याजदरमा घर कर्जा दिईरहेका छन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस्

अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले …