सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा

अष्ट्रेलियामा घर, यहाँ आउने सबैको सपना हो। अष्ट्रेलियामा घर सबैको सपना भएपनि केहीको मात्र सजिलैसँग पुरा हुने गर्दछ। कतिको घर सपना चाहिँ दुखद विपनामा टुंगिने गरेको छ। त्यस्तै एउटा पुरा हुन नसकेको सपनाको चर्चा अष्ट्रेलियाको मुख्य मिडियामा चलिरहेको छ यतिखेर। अष्ट्रेलियाको सिड्नी भन्दा करिब दुई घण्टाको सडक यात्रामा पुगिने ‘सेन्ट्रलकोस्ट’मा घर बनाउन भनेर किनेको जग्गामा घर नबनाई ‘क्याराभ्यान’मा बस्ने हर्वेन्दर भण्डारीको हर्कतले छिमेकीहरू हैरान भएपछी यो मुद्दाले राष्ट्रिय मिडियाको ध्यान तानेको हो।

यो पनि पढ्नुस्: अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस्

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा - NepaliPage
तस्वीर: अ करेन्ट अफेयरमा प्रशारित भिडियोबाट लिईएको

घर बनाउन भनेर किनेको जग्गामा भण्डारीले घर नबनाई  क्याराभ्यान र अस्थायी चर्पी बनाएर बस्न थालेपछी त्यसको गन्ध र घिनलाग्दो दृष्यले हैरान भएर छिमेकीले उनी विरूद्ध काउन्सिलमा उजुरी दिएका थिए। सन् २०१४ मा एकलाख ३५ हजार डलरमा किनेको जग्गामा भण्डारीले भव्य घर बनाउने योजना बनाएका थिए। त्यतिबेला पाँच तले घर बनाउने भनिएको उनका छिमेकी स्टेफन क्याम्पटनले करेन्ट अफेयर्सलाई  बताएका छन्। तर, घर नबनाई थोत्रो क्याराभ्यान र अस्थायी चर्पी राखेर भण्डारी सो जग्गामा बस्न थाले। उनले चर्पी प्रयोग गरेको पानी समेत छिमेकीको ‘ड्राईभ वे’मा पुग्ने गरेको थियो। कडा गन्ध र विरक्त दृष्य देखेपछी छिमेकीहरूले उनको गतिविधी खिचेर काउन्सिलमा उजुर समेत गरेका थिए।

झाडी र फोहरका कारण क्याराभ्यान र चर्पी राखेको ठाउँबाट मुसा, सर्प जस्ता जिवसमेत आउन थालेपछी छिमेकीहरूको लागी उनको गतिविधी असह्य हुन थालेको थियो। ‘अ करेन्ट अफेयर‘ले भन्डारीलाई सम्पर्क गर्न असफल भएपछी उनको जग्गा र त्यसमा रहेको चर्पी तथा क्याराभ्यानको अवलोकन गरेको थियो। उनले घर बनाउन भनेर जग्गा किनेको पाँच वर्ष भईसकेको छ भने उनलाई काउन्सिलले त्यसरी बस्नु गैरकानुनी रहेको भन्दै त्यसो गर्नबाट रोक लगाईसकेको छ।  भण्डारीले १७ जनवरी सम्ममा जग्गामा रहेका फोहर र संरचना नहटाए काउन्सिलले अस्थायी चर्पी भने हटाउने जनाएको ‘अ करेन्ट अफेयर’ले उल्लेख गरेको छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …