नयाँ अपडेट

‘महाभूकम्प ७२’ सिड्नीमा सम्झना

भौतिक रूपमा गत वर्षको 'महाभूकम्प ७२'ले अष्ट्रेलिया अनि सिडनीमा बस्ने नेपालीहरूलाई हल्लाएन। तर यहाँ रहे बसेका नेपालीको हंश भने धरहरा भन्दा धेरै डरलाग्दो पाराले हल्लियो जसको धक्का आजसम्म पनि महशुस गरिरहिएको छ। जुन आफन्त गुमाउनुमा जोडिएको हुनसक्छ या परिवारको भौतिक संचरना र सम्वृद्धी गुमाउनुमा। दुवै हिसाबमा सिडनीमा रहेका नेपालीलाई भूकम्पले हल्लाएको थियो र आज पनि पराकम्पनको समाचारले मुटुमा चसक्क हुन्छ।देशको माया मात्र होईन अवस्थाको पत्तो पनि विदेशमा रहँदा बस्दा धेरै हुन्छ। यतिखेर नेपालबाट अष्ट्रेलिया आएर यतैको संसारमा रमाइरहेका नेपालीले नेपालको वर्तमान मात्र हैन भविष्य पनि भयावह नै देखेका छन् जुन काठमाडौंमा देखिएका भत्किएका संरचना भन्दा बढी नै डरलाग्दो छ। नेपालका राजनीतिक दलको दिशा र दशाले नै स्पष्ट देखाइसकेको छ की उनीहरू यत्रो ठूलो संकट समाधानका लागी न तयार थिए, छन्। यो उनीहरूको बुता भन्दा बाहिरको साबित भइसकेको छ किनकी जनताले सिंहदरबारबाट हुने नियुक्तिमा आफन्तको भागबण्डा र माफियागिरीमा काँध थाप्ने बाहेक गएको वर्षमा राजनीतिक दल र सरकारको संरचनाबाट नगण्य मात्रै काम भएको भोगेका छन्।सिडनी सायद विदेशमा बसेका नेपालीहरू मध्ये ठूलो संख्या सम्वृद्ध छ यहाँ, ले सम्झनामा नेपालमा जस्तै धरहरा ठड्यायो बत्तिको प्रकाशको। सोमबार 'एनज्याक डे'को सार्वजनिक बिदाको दिन अष्ट्रेलिया इतिहास सम्झँदै थियो भने नेपालीहरू नेपालको महाबिपत्ति! 'कहिल्यै नहोस्' भन्दै सिडनीमा बसोबास गर्ने नेपालीहरू सिडनीको प्रमुख केन्द्र नजिकैको 'एशफिल्ड पार्क'मा भेला भएका थिए। कार्यक्रमको आयोजना गरेको थियो 'नेपाली अष्ट्रेलियन युथ एशोसिएसन' (नया)ले। कार्यक्रम आयोजनाका लागि नयाको टीमलाई धन्यवाद नै दिनुपर्छ

पुरा पढ्नुहोस् »

दर्शन गर्नै पर्ने सिड्नीका छ मन्दिर

मन्दिर, नेपाली मात्र हैन पूरा भारतवर्षको सभ्यताको सुरू बिन्दु यही हो। मन्दिरलाई कसैले हिन्दू देवी देवताको पूजा उपासनासँग मात्र जोडेर हेर्छ भने त्यो पूर्ण नहुन सक्छ। मन्दिर आस्था र विश्वासको प्रतिक मात्र नभएर मानव सभ्यताको पनि सूचक हो। पौराणिक भारतवर्ष अनि यतिखेरको एशिया र मध्यपूर्वको एउटा ठूलो हिस्साले बोकेको सभ्यताको एउटा महत्वपूर्ण बिन्दु हो मन्दिर। जहाँबाट हाम्रो दिन सुरू हुन्छ र अनि समाप्ति पनि। मन्दिर हाम्रो सभ्यता हो अनि आराधना र जिवनको एउटा स्कुलिङ।यो यस्तो ठाउँ हो जहाँ जिवन देख्न बुझ्न अनि अनुभव गर्न सकिन्छ। काठमाण्डौंको पशुपतिनाथको मन्दिर पुगेका हरेकले यो अनुभव गरेको हुनुपर्छ। त्यसो त भारतका मन्दिर पुग्नेले पनि त्यस्तै अनुभव गर्छन्। मन्दिरमा पुगिसकेपछी मानिसको मन संलिन्छ, भगवानको डरै सही त्यसले मानिसलाई केही भएपनि सतमार्गमा लाग्न प्रेरितै गर्छ भलै मानिसहरू मन्दिरबाट निस्कन पाएको छैन निच काममा किन नलागुन। मन्दिरको वातावरणले मानसिक र मनोवैग्यानिक रूपमा मानिसलाई स्फुर्त बनाउँछ। त्यसैले मानसिक तथा भावनात्मक स्वास्थ्यका लागी पनि मन्दिर जानु आवश्यक हुन्छ। अष्ट्रेलिया जस्तो व्यस्त, व्यक्तिवादी अनि भौतिक समाजमा त मन्दिर र सतसंग अत्यावश्यक नै छ।

पुरा पढ्नुहोस् »

‘एसाइनमेन्ट’ को कारण हुनसक्छ भिजा क्यान्सिल

यतिखेर अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश एसाइनमेन्ट तयार गर्न अनि मिड-सेमेस्टर परिक्षा दिनमा व्यस्त छन्। यो समय नै एसाइनमेन्ट अनि परिक्षाको हो। सन् २०१६ को पहिलो सेमेस्टर यतिखेर आधा आधी भएको छ। कतिको यहाँको अध्ययन भरखर सुरू भएको होला त कतिको सकिने तरखरमा होला। एसाइनमेन्ट तयार पार्ने हतारोमा धेरै विद्यार्थीले  त्यसको शुद्धता, शैली अनि त्यसमा अरूको विचार वा सामग्री प्रयोग अनि आफ्नो योगदान स्पष्ट छुट्याउँदैनन्। त्यसको त काम गरेर यूविभर्सिटीको फी तिर्नुपर्ने अनि घरमा पनि पैसा पठाउनु पर्ने दबाबका बीच एसाइनमेन्ट मिले र सकेसम्म कपि पेस्ट अनि प्याराफेज गरेर र नसक्ने नै छाँट आयो भने चैं किनेर पनि काम चलाउने अवस्था बन्छ। यसो गर्दा चलाख नहुने र आफ्नो क्षमता अनुसार वातावरण नबनाउने हो भने त्यसले विद्यार्थीको भिजा समेत क्यान्सिल हुने संभावना रहन्छ।पछिल्लो सात महिनामा मात्र अष्ट्रेलियामा ९,००० जति  विदेशी विद्यार्थीको भिजा क्यान्सिल भएको समाचार आयो। धेरैको मन, मस्तिष्कमा यसले डर र कम्पन पनि पैदा गरयो। हरेक चौमास अनि वर्ष आउने यस्ता समाचार र तथ्यांकले तिनलाई बढी झट्का दिन्छ जो काम बढी पढाई कम गर्छन् अनि विश्वविद्यालयमा उपस्थीति र परिक्षामा राम्रो नतिजा हुँदैन। त्यसो त अष्ट्रेलियाको विद्यार्थी भिसा पाउँदा स्वीकार गरेका सर्तहरू पूरा नगरेको अवस्थामा पनि डर धेरै लाग्छ 'कतै इल्लिगल हुने त होईन?'  पछिल्लो समय अष्ट्रेलियन दैनिक अखबार 'द अष्ट्रेलियन'मा प्रकाशित आलेखले एसाइनमेन्ट सही तरिकाले नगरेको कारण विद्यार्थीहरूको भिजा क्यान्सिल भएको उल्लेख गरेको छ। ईण्डियनसाइटडटकमडटएयूले प्रकाशन गरेको समाचार अनुसार पाकिस्तानबाट अष्ट्रेलिया पढ्न आएका एक विद्यार्थीको भिजा अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले एसाइनमेन्टको कारण नै खारेज गरिदिएको छ। 'प्लेजरिज्म' अर्थात बौद्धिक चोरीको कारण देखाएर अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले पाकिस्तानी विद्यार्थी शाहियार खानको विद्यार्थी भिजा खारेज गरेको हो। मेलबर्नको 'टेक्निकल एजुकेसन डेभलोपमेन्ट ईन्स्टिट्युट'मा अध्ययनरत उनले आफ्नो एसाइनमेन्टहरू ईन्टरनेटमा उपलब्ध सामग्रीहरू सारेर तयार पारेका थिए। उनले एसाइनमेन्टहरूमा अरूले तयार पारेको सामग्रीहरू हुबहु सारेर बुझाएकोअष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले जनाएको द अष्ट्रेलियनको आलेखमा उल्लेख छ। अनुसन्धान तथा अध्ययनमा प्रयोग भएका सामग्रीको स्रोत उल्लेख गर्न समेत खान चुकेका थिए। अरूको लेख तथा विचारलाई सारेर आफ्नो दाबी गर्नुलाई बौद्दिक चोरी (प्लेजरिज्म) मानिन्छ।

पुरा पढ्नुहोस् »

स्कल्पचर सम्झना साँच्ने साधन !

यो आलेख प्रबद्धनात्मक हो ! आलेखमा उल्लेखित व्यवसायका लागी नेपालीपेज विज्ञापन साझेदार हो सन्तान सुख, संसारमा नारी र पुरूष दुवैले अनुभव गर्ने सुखहरूमा सर्वोत्तम सुख यही नै हो। भरखर भरखर बाबु आमा बनेकालाई थाहा र अनुभव हुन्छ कस्तो हुन्छ दोस्रो पुस्ता संसारमा आउँदाको खुसी अनि मानसिकता। ‘साउँको भन्दा ब्याजको माया’ …

पुरा पढ्नुहोस् »

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश

माइग्रेसन, अर्थात बसाईं सराईं। यो मानिसको आदीकाल देखीको आवश्यकता अनि प्रक्रिया हो। आदीमकालमा मानिसहरू फिरन्ते प्रकृतिका थिए। कृषि युगमा आएपछी मात्र मानिसले खेती गर्ने र घरबास बाँध्न सुरू गरेका हुन्। औधोगिक कालमा आएपछी भने सुख, सुविधा र आय आर्जनको बाटो हेरेर शहरीकरण र आवाशिय विकास हुन थालेको हो। स्वास्थ्य, शिक्षा, व्यापारको विकासले मानिसले शहर, बजार अनि डाउनटाउन र सिबिडीको कन्सेप्ट विकास गरयो। पछिल्ला युगमा भएका अन्तर्राष्ट्रिय बजार, बाणिज्य अनि अर्थतन्रको विकासले हामी पूर्ण रूपमा विश्वग्राम अर्थात ग्लोबल भिलेजको रूपमा रूपान्तरण भइसकेका छौं। कुनै पनि देशको रक्षा, विकास अनि अर्थ र राजनीतिक व्यवस्था यतिखेर सबै विश्वकै साझा चासोको भएका छन्। अनि हामी नागरिक आफैमा ग्लोबल सिटिजन (ग्लोबल सिक) भइसकेका छौं। त्यसलै त जता अवसर छ उतै सर्छौं बसाईं। ईमिग्रेन्ट, माईग्रेन्ट वा पलायनवादी जे भने पनि यो सब अवसरले डोरयाएको यात्रा हो। हामी सामान्य मानिस त आफ्नो सिप र क्षमताले गरिखाने भनेर संसारका विभिन्न देशका सिमा नाघेर हिंड्छौं भने व्यापार गर्ने व्यापारीको त कुरै नगरे हुन्छ। दुईचार पैसा जता धेरै हुन्छ त्यतै लाग्नु व्यापारीको धर्म नै हो।‘मिलेनियर’, ‘मिलेनायर’ जे भने पनि धनी अनि करोड र अर्बका पतिहरू अवसरवादी हुन्छन्। हामी सामान्य नागरिक भन्दा त लाख चलाख। अवसर कता छ भन्ने पहिले आँकलन गरेर त्यसै अनुसारको व्यवहार गर्छन्। नेपालका धनाढ्य चौधरी चाचा देखी खेतान अंकल सम्मलाई नै हेर्नुस न। अनि एनआरएन भनेर छिरेका महतो अंकलको ट्याक्स हेभनको पैसा र एनसेलले छलेको कर नबिर्सनुस् नि। अन्तर्राष्ट्रिय वेपारीको त नकुरा गरम। पछील्लो न्यू वर्ड वेल्थ नामक रिपोर्टले सन् २०१५ मा विश्वका धनिमानिसहरू, उही के मिलेनायर कता कता बसाईं सरे, कुन देशबाट निस्के कुन देशमा छिरे भन्ने फेरिहस्त सार्वजनिक गरेको छ। जसले अष्ट्रेलिया, अमेरिका, क्यानडा, इजरायल, युएई र न्यूजिल्याण्डलाई धनीहरूले रुचाएको देशका रूपमा देखाएको छ।

पुरा पढ्नुहोस् »

५ डलरको नोटलाई लिएर हंगामा

रिजर्ब बैंक अफ अष्ट्रेलियाले नयाँ ५ डलरको नोट सार्वजनिक गरेपछी सामाजिक संजालमा हंगामा सृजना भएको छ। मंगलबार बैंकले १ सेप्टेम्बरबाट प्रचलनमा आउने नोटको डिजाईन सार्वजनिक गरेको हो।नयाँ नोटमा रहेको रानी एलिजावेथको फोटो, पार्लियामेन्ट हाउस साथै नयाँ राखिएका चरा र पहेंलो रंगको एक प्रकारको जिवाणुको तस्वीर धेरैलाई मन परेको छैन। अष्ट्रेलियामा पहिलो पटक ५ को नोट अष्ट्रेलियन पाउन्डको रूपमा सन् १९६७ मा छापिएको थियो। पछी यसलाई डलरको रूपमा छाप्न थालिएको हो।नयाँ नोटको डिजाइन सार्वजनिक भएपछी विहान देखी सामाजिक संजालमा नोटको डिजाइनलाई लिएर हंगामा सुरू भएको थियो। मानिसहरूले यो नयाँ डिजाइन मन पराएका छैनन्। रानीको तस्वीर उनी ९० वर्ष पुग्न लाग्दा पनि उही पुरानै युवा समयको छ। धेरैले यो नयाँ नोटलाई बकबास भनेका छन्।

पुरा पढ्नुहोस् »

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?

अष्ट्रेलियामा आउना साथ हरेकले किन्ने कुरा भनेको सायद मोबाइल फोन नै होला। यहाँ आईसकेपछीको पहिलो आवस्यकता पनि यही हो। सम्पर्कको माध्यम त चाहियो नि। धेरै जसो नेपालीहरूले फेरी मोबाईल लिने भनेको भोडाफोनको नै हो। आफन्त साथीभाईले भोडाफोन लिएको कारण पनि धेरै नेपालीको रोजाई र किनाईको फोनसेवा बनेको छ भोडाफोन। भोडाफोन टु भोडाफोन फोन गर्दा पैसा नलाग्ने नेपाल फोन गर्न पनि राम्रै मिनेट दिने भएकाले पनि धेरैलाई भोडाफोन लिनु फाईदाकै कुरा छ। डाटा पनि प्याकेज अनुसार धेरैको आवश्यकतालाई पुरा गर्ने खालको नै पाईन्छ।नेपालमा गर्व र शानको प्रतिक नै मानिने भएकाले यहाँ आएपछी आईफोन नलिने भन्ने त कुरै भएन। मोबाईल फोन लिने मध्ये पनि धेरैको हातमा आईफोन नै हुन्छ। कारण सबैलाई थाहा छ। फेरी अष्ट्रेलियामा मोबाईल लिनुअघी नै नेपालमा जस्तो त्यसको सबै मूल्य चुकाईहाल्नु पर्छ भन्ने छैन। महिनै पिच्छे फोनको प्लानको शुल्कसँगै मोबाईल सेवा प्रदायक (भोडाफोन बाहेक टेलष्ट्रा, अप्टस र अरू पनि)ले बैंक खाताबाट नै काटिहाल्छन्। जसले गर्दा मासिक किस्तामा तिर्ने भएपछी फोन किन्दा पैसा खर्च भएको जस्तो पनि लाग्दैन। त्यसमा पनि नेपालमा साथीभाईले आईफोन बोक्छ भन्ने थाहा पाउँदा बढ्ने शान पनि बेग्लै छ। कतिपयले त एउटा फोनको इन्सुरेन्स गरेर केही महिला पछि हराएको क्लेम गरेर नेपालमा दाजुभाई वा आफन्तलाई पठाउने पनि गर्दछन्। यसरी पठाउने करिब करिब सबै जसो यूरोप, अमेरिका बाहेकका देशका मानिसहरू छन्। अष्ट्रेलियामा नै बसोबास गरेका नेपाली फरक हुने त कुरै भएन।सामान्यतया मोबाईल फोनको सेट, प्लान गरेर मासिक एकजनाको ७५ डलर जति खर्च हुन्छ। (कतिको कस्तो प्लान लिएको छ त्यसमा भर पर्छ यहाँ एभरेजको कुरा गरेको) प्लान र मोबाईल सेट समेत गरेर। त्यसमा थप डाटा वा फोन गरियो भने त लाग्ने थप शुल्क छुट्टै छ। अष्ट्रेलिया आउनासाथ धेरैलाई कस्तो प्लान ठिक हुन्छ आफ्नो आवश्यकता के हो र कुन लिने भन्ने कुरामा अलिक धेरै नै कन्फ्युजन हुन्छ। साथीभाई वा आफूलाई अष्ट्रेलियामा जसले सुरूका पाइला चाल्न सिकाएको हुन्छ उसैको सल्लाह अनुसार फोनको प्लान खरिद गरिन्छ। पछी थाहा हुन्छ आफुले ७० डलर तिरेको प्लानमा भएको जति सुविधा त २५ को प्लानमा नै पाईने रहेछ। यस्तो हुँदा कम्ता थकथकी हुँदैन लाग्ने भन्दा धेरै तिर्नुपरेकोमा। त्यसैले अष्ट्रेलिया भरखरै आएका वा आउने तयारीमा रहेकाहरूले नेपालबाट नै यसका बारेमा पनि योजना बनाएर आउनु ठीक हुन्छ।

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव

धेरैले अष्ट्रेलियन जिवनको रौनक र चक्का चौंध का बीच नेपाली अनि अरू अन्तर्राष्ट्रिय विद्यार्थीले गर्नुपर्ने दुख र बाँच्नको लागी गरेको संघर्षको अर्को पाटोलाई ख्यालै नगरेको पाईन्छ। नेपालबाट अष्ट्रेलियाको सपना देख्दा नै यस्ता कुरामा ध्यान दिनु पर्छ यदी अष्ट्रेलिया आउने नै हो भने। नत् ट्वीटरका बरिष्टहरूले गरेझैं अंगुर अमिलो छ को शैली अपनाउँदा हुन्छ। ‘पलायनवादी’, ‘घण्टा हान्ने’, ‘भाँडा माझ्ने’ जस्ता टर्मिनोलोजी निशुल्क तयार छ। चिया पसलमा अनि ट्वीटरमा बस्नुस् विदेशमा काम गरेर दाम र भविष्य बनाउन खोज्नेलाई गाली गर्नुस्।स्नातक तथा स्नातकोत्तर तहमा अष्ट्रेलियामा पढ्ने अनि यतै सेटल हुने सोच भएकाहरूले माध्यमिक तहमा पटक पटक जाँचमा सप्रसंग ब्याख्या गरेको ‘जिन्दगी केबल फुलैफुलको बिछ्यौना होईन…यो त काँडै काँडाले भरिएको….संघर्ष पनि हो…।’ भन्ने लाईनलाई बिर्षनु भएन। अष्ट्रेलिया चम्किला गाडी, सुकिला साडी र सेक्सी नारीको मात्र देश होईन, क्लिनिङ, किचनह्याण्ड अनि हाउसकिपिङमा पसिना बगाएर यूनिभर्सिटीको फी र बैंकको ऋण चुक्ता गर्नेहरूको पनि हो। दुख, परिश्रम पनि गर्नुपर्छ, चोकै पिच्छे रहेका पब र युवतीका हब त जिन्दगीको अर्को पाटो मात्र हो।नेपाली विद्यार्थीको लागी पनि अरूको जस्तै काम र पढाईको पेलान नियमितता यहाँ कुरेर बसेकै छ। भिजा जोगाउनु पर्ने अनिवार्यतामा काम खोज्ने, गर्ने अनि पढाईमा पनि कमी हुन दिनु नहुने अरु मापदण्ड बन्छन् यहाँ जिन्दगीको त्यसैले नेपालमा बसेर अष्ट्रेलियाको गुलियो सपना देख्नेहरूले गुलियोले दाँत बिगार्न सक्ने तर्फ पनि सचेत हुनै पर्छ। त्यसको लागी यहाँका विद्यार्थीको अनुभवबाट सिकेर अष्ट्रेलियाको राम्रो प्लानिङ गर्नु उचित हुन्छ।

पुरा पढ्नुहोस् »

यो हो इलेक्ट्रोनिक्स सामान किन्ने सही समय

डिकस्मिथ बन्द भएका कारण अर्थतन्त्र र रोजगारीको अवस्थामा पर्ने असर जे भएपनि यतिखेर हाम्रो पकेटमा पर्ने प्रभाव चैं सकारात्मक छ। सबै स्टोटहरु बन्द गर्न लागेका कारण स्टोर खाली गराउन सबै सामान बेच्नुपर्ने बाध्यता डिकस्मिथसँग छ, जसका कारण यतिखेर डिकस्मिथका सबै स्टोरमा सामानहरुमा ब्यापक छुट छ। कुनै पनि यस्ता सामान छैनन् जसमा छुट नभएको होस्। यदी तपाइँ टिभी, हेडफोन, ल्यापटप, कम्युटर, ब्लुरे, डिभिडि प्लेयरहरु, मोबाइल, क्यामेरा, स्पिकर, होमथिएटर अथवा अन्य कुनै पनि इलेक्ट्रोनिक सामान किन्ने योजनामा भएकाका लागि डिकस्मिथ बन्द हुन लागेको यो समय उपयुक्त हुने देखिन्छ।डिकस्मिथका स्टोरमा रहेका हरेक ब्राण्ड सोनी, सामसुङ, नभम्यान, असुस, ओप्पो, एचपी, पानासोनिक, पायोनियर, फिलिप्स, इप्सन, लजिटेक देखी लिएर एप्पलका इलेक्ट्रोनिक सामान देखी सफ्टवेयर, प्रिपेड मोबाइल सिम, मोबाइल तथा अन्य ग्याजेट एसोसरिज सबैमा राम्रै छुट दिएको छ। सामान हेरेर कम्तिमा ३५ देखी ८० प्रतिशत सम्म छुट छ। एप्पलका उत्पादनमा समेत १० प्रतिशत छुट छ जुन अष्ट्रेलियामा विरलै पाउने छुट हो।त्यसमा पनि डिकस्मिथले आफ्नै ब्राण्डमा बेच्ने टेलिभिजन र अरु मनोरञ्जनका साधन नबिकेर थुप्रिएर बसेको छ भन्ने समाचा पनि आएको छ। र हरेक साता डिकस्मिथको स्टोरमा छुटको मात्रा बढिरहेको छ। यदी तपाइँको आवस्यताका इलेक्ट्रोनिक साधन नजिकको डिकस्मिथको स्टोरमा रहेछ र सस्तो लाग्यो भने किनिहाल्नुस किनकी यस्तो स्टोर बन्द हुने र यसरी नै सस्तोमा सामान पाइने अवसर पटक पटक हत्तपत्त आउँदैन।

पुरा पढ्नुहोस् »

यसकारण महत्वपूर्ण छ ‘डेलाइट सेभिङ’

पक्कै पनि घडीको समय मिलाईसक्नु भयो। आज अप्रिल ३ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त भएको छ। आज विहान ३ बजे घडिको घण्टा सुई फेरी दुईमा लैजानुपर्थ्यो। घरमा घडी भएकाले हिजो सुत्नु अघि वा आज उठेपछी समय मिलाउनु नै भयो होला। कसैले मिलाउन विर्सेको भए आज त पक्कै मिलाउनु हुन्छ किनभने भोली सोमबार देखी काममा जानु छ अनि मोबाईलमा समय १ घण्टा अघि भइसक्यो।अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। किनभने ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ।

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा करोडपति सपना !

पछिल्लो समय नेपालीहरू ‘एमवे’ र ‘एसीएन’मा कस्सिएर लागेका छन्। ‘एमवे’ र ‘एसीएन’मा लाग्ने नेपालीको संख्यामा उल्लेख्य रूपमा विद्यार्थीहरू पनि छन् जो शारिरीक परिश्रम पर्ने कामको बिकल्पमा यो नेटवर्क मार्केटिंगले वार्षिक १ लाख ५० हजार डलर सम्म कमाइने मिठो सपनामा छन्। र त्यसैको चक्करमा ५०० डलर खर्चेर सदस्य बन्दै आफ्नो लगानी उठाउन आफ्ना साथीभाई अनि आफन्तलाई यसमा लगाउन कम्मर कसेर लागेका छन्।

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा धेरै माग भएका ५ कामदार

अष्ट्रेलियालाई अवसरको राजधानीको रूपमा लिइन्छ विकासशील मुलुकहरूमा। त्यसैले अतिकम विकसित देखी विकासोन्मुख र विकासशील देशका शिक्षित जनशक्ति अष्ट्रेलिया ओइरिने क्रम बढ्दो छ। विशेष गरेर अष्ट्रेलियाको सुखद र आनन्दको जिवनले अरू देशका मानिसलाई यहाँ आउनको लागी उत्प्रेरित गर्दछ। यहाँको सार्वजनिक सेवा, यातायातको सुविधा, स्वास्थ्य, शिक्षा र करिअर सम्भावनाका कारण मानिसहरू अष्ट्रेलियालाई माइग्रेसनको सबैभन्दा उत्तम बिकल्पको रूपमा लिन्छन्। यही कारण नै संयुक्त राष्ट्र संघले अष्ट्रेलियालाई बस्नको लागि विश्वकै दोश्रो उत्तम मुलुकको रूपमा राखेको छ।विधिको शासन साथै अवसर र सुविधाले अष्ट्रेलियालाई जिवन यापनको लागी एउटा सुखद अवसरको भूमि बनाएको छ। धेरै नेपालीहरू विद्यार्थी तथा दक्ष आप्रवासीका रूपमा वर्षेनी अष्ट्रेलिया आउने गर्दछन्। अष्ट्रेलियाले दक्ष कामदारका रूपमा पनि धेरै विदेशीलाई ४५७ भिजाको माध्यमबाट यहाँ ल्याउने गर्दछ। यो ४५७ भिजा अष्ट्रेलियामा कामदारका रूपमा छिरेर यहाँको स्थायी बसोबासका लागी पीआर अर्थात परमानेन्ट रेसिडेन्सी पाउने एउटा बाटो हो। अष्ट्रेलियाको संघिय सरकारले हरेक वर्ष यो ४५७ भिजाको माध्यमबाट ५० हजार विदेशी कामदारलाई अष्ट्रेलिया आउने अनुमति दिन्छ।

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाको यस्तो अप्रिल फुल

अंग्रेजी क्यालेन्डरको अप्रिल महिनाको १ गतेलाई 'अप्रिल फुल' अर्थात् मूर्ख दिवसको रुपमा मनाउने चलन छ। पश्चिमा देशहरुमा यो दिन उटुँगा उटुँगा कामहरु गरेर आफ्ना आफन्त, साथीभाईलाई उल्लु बनाएर मजा लिइन्छ। अप्रिल फुलको मज्जा त्यतिबेला सम्म रहन्छ जतिबेला सम्म आफू नै उल्लु बनेको थाहा हुँदैन। आफूलाई अरुले उल्लु बनाएको पत्तो चलेपछि भने यसमा त्यति धेरै मजा आउँदैन। तर पनि यो झुक्याउने खेल र परम्परा निक्कै सहभागीतामुलक र रमाइलो छ। आजकल त प्रयांकको नामबाट वर्ष भर नै झुक्याउने खेल चलिरहेको हुन्छ। त्यसखालका गतिविधि फिल्ममा उतारेर यूट्युब च्यानलबाट वर्ष भर नै प्रशारण भइरहेको हुन्छ। यो एउटा कलाको विधाका रुपमा नै स्थापित भएको छ आजकल।यो झुक्याउने खेल खेल्ने चलन पश्चिम तिरको भएपनि पूर्विय संस्कारका नेपाल र भारतमा समेत 'अप्रिल फुल' भन्दै मानिसहरुलाई झुक्याउने वा अफवाह फैल्याउने काम वाषिर्क परम्परा नै बनेको छ। नेपालीहरु इतिहास देखी नै सोझा मानिन्छन् वर्तमानको राजनीति र कर्मचारीतन्त्रलाई बिर्सने हो भने आम नेपाली गाई जस्तै सोधा र सुधा छन्। छक्का पञ्जा जानेका छैनन्। गाउँ तहमा यो अप्रिल फुल नपुगे पनि शहरमा भने युवाहरु साथीभाईलाई झुक्याउने खेल खेलेर अप्रिल फुल मनाउँछन्। जुन सबै मजाक र रमाइलोको लागि हो र त्यसमा मात्र सिमित रहँदा मजा नै हुन्छ। नेपालमा पनि अप्रिल फुल मनाउने चलन स्थापित नै भएको छ यतिखेर। विशेष गरेर अंग्रेजी दैनिक दि हिमालयन टाइम्स र लोकप्रिय ब्लग माइसन्सारले 'अप्रिल फुल'मा मानिसले सजिलै पत्तो नपाउने सामग्री बनाउँछन् हरेक वर्ष माइसन्सारले बनाएको अप्रिल फुल सामग्रीलाई साँच्चै मानेर कतिपय दैनिक र समाचार पोर्टलले महत्वको समाचार नै बनाएका पनि थिए।अष्ट्रेलियाका बासिन्दाको लागि त यो रौनक र मस्तीले भरिएको अवसर नै भइहाल्यो। अप्रिलको पहिलो दिन नै साथीभाईलाई 'फुल' बनाउनका लागि करिब एकसाता जतिको तयारी नै पो हुन्छ। त्यसो त ठूला कर्पोरेट हाउस देखी सेना प्रहरी जस्ता राज्यका अंगहरुले पनि अप्रिल फुल मनाउन राम्रै तयारी गरेका हुन्छन्।

पुरा पढ्नुहोस् »

हृवात्तै बढे अष्ट्रेलियामा नेपाली

मानिस वास्तवमा जिवनको खोजमा आफ्नो घर, परिवार, समाज, सम्प्रदाय अनि देशको घेराबाट बाहिर निस्कन्छ। मानिसको यो यात्रा सुख, शान्ति अनि प्रगतिको लागि हो। आजको युगमा जुन देशमा आफ्नो ज्ञान, सीप, योग्यता, कुशलताको सम्मान हुन्छ अनि अवसरहरु मिल्छन् मानिसले त्यहीँ आफ्नो डेरा लगाउँछ। माइग्रेसनको सामान्य सिद्धान्त त्यही हो। स्वास्थ्य सुविधाको सहज उपलब्धता एवं शिक्षा र रोजगारीको उपलब्धताका कारण आरामदायी जिवन धेरै नेपालीहरुलाई अष्ट्रेलियाले आकर्षा गर्ने कारण यही नै हो।पछिल्लो १० वर्षमा अष्ट्रेलिया आउने र यहीँ बसोबास गर्ने नेपालीको संख्या बढ्नुको कारण पनि यही हो। विधिको शासन, स्वतन्त्र न्याय प्रणाली, रोजगारीको सहज उपलब्धता अनि विश्वव्यापी अवसर यही कारण हो विश्वका धेरै देशबाट मानिसहरु अष्ट्रेलिया ओइरने। त्यसमा पनि यो देशले क्षमता भएका विश्वका जो कोहीलाई पनि यहाँ बस्न र काम गर्न दिन्छ, भलै केही प्रक्रिया भने पुरयाउनु चैं पर्छ। अष्ट्रेलियाको स्किल्ड माइग्रेसन प्रोग्राम अर्न्तगत विश्वभरबाट यहाँ पढ्न आउने र परमानेन्ट रेसिडेन्सी (पीआर) लिएर बस्नेहरुको सँख्या उल्लेख्य हुँदै जाँदा नेपालीको पनि संख्या बढेको छ।

पुरा पढ्नुहोस् »

७ महिनामा ९ हजार विद्यार्थिको भिजा क्यान्सिल

अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इम्रि्रेसन एण्ड बोर्डर प्रोटेक्सन) ले गत सात महिनामा करिब नौ हजार अर्न्तराष्ट्रिय विद्यार्थीहरुको भिसा खारेज गरेको छ। अष्ट्रेलियाको दैनिक अखबार द अष्ट्रेलियनमा प्रकाशित एक आलेखमा मार्च २०१६ सम्मको सात महिनामा विभागले नौ हजारको संख्यामा भिजाहरु क्यान्सिल गरेको उल्लेख छ।अष्ट्रेलियामा स्टुडेन्ट भिजामा विभिन्न कोर्स अध्ययनका लागि आउने अर्न्तराष्ट्रिय विद्यार्थीहरु मध्ये भिजामा उल्लेख भएका र्सतहरु पालन नगर्ने विद्यार्थीहरुको भिजा विभागले खारेज गर्ने गरेको छ। गत वर्षमात्र विभागले करिब ११ हजार विद्यार्थीको भिजा खारेज गरेको थियो। जसमध्ये २९८ जना विद्यार्थीलाई देश निकाला गरिएको थियो भने बाँकी भिजा खारेज पछि स्वेच्छिक रुपमा नै आफ्नो देश फर्केका थिए।अष्ट्रेलियामा अध्ययनका लागि भनेर स्टुडेन्ट भिजामा आउने अर्न्तराष्ट्रिय विद्यार्थी मध्ये हरेक वर्ष८ देखी १० हजारको भिजा क्यान्सिल हुने गरेको छ। 'फेक डकुमेन्ट' (जाली कागजात) बनाएर आउने, नक्कली विद्यार्थी तथा अष्ट्रेलियामा आइसकेपछि पढाइ भन्दा पनि अरु काममा बढी लाग्ने विद्यार्थीहरुको भिजा धेरै क्यान्सिल हुने गरेको छ। अष्ट्रेलियाको रजिर्स्र्टज माइग्रेसन एजेन्टहरुको एक समुहले सात महिनामा भएको ९ हजार जनाको भिजा क्यान्सिलको तथ्यांकले यो वर्षभिजा क्यान्सिल हुनेको संख्या १५ हजार नाघ्ने अनुमान गरेको छ।

पुरा पढ्नुहोस् »

अष्ट्रेलिया प्रोसेस गर्न कुन कन्सल्टेन्सी ठीक?

अष्ट्रेलिया आउने सोच बनाएका सबैको मनमा खड्कने प्रश्न हो यो। कुन कन्सल्टेन्सी ठीक होला, कुनबाट प्रोसेस गरे छिटो भिजा लाग्ला अनि रिफ्युज नहुने गरी कसले गरि देला भन्ने सबैलाई लागिरहेको हुन्छ। त्यसैले त अष्ट्रेलिया आउने सोच बनाएका नेपालमा हुने धेरैले अष्ट्रेलिया आएका साथीभाई तथा आफन्तलाई सोध्ने एउटा प्रमुख प्रश्न हो ‘कुन कन्सल्टेन्सीबाट प्रोसेस गरेको?’ धेरैलाई अष्ट्रेलिया आइपुगेको साथी वा आफन्त कुनै कन्सल्टेन्सी विशेषको विशेष योग्यता वा क्षमताका कारण पुगेको हो कि भन्ने पनि हुन सक्छ। तर अष्ट्रेलिया पुगेको साथी वा आफन्तले यूनिभर्सिटी छनौट, भर्ना तथा भिजा प्रोसेस गरेको कन्सल्टेन्सी नै वा मात्रै ठीक हो कि भन्ने सोच्नु चैं गलत हो। तर अष्ट्रेलिया आइसकेका साथीभाईको अनुभवबाट सिक्न खोज्नु सहि भएपनि यसमा विचार गर्नुपर्ने कुरा चैं उक्त कन्सल्टेन्सीले प्रतिनिधित्व गर्ने वा विद्यार्थी पठाउने कलेज वा यूनिभर्सिटी हुन्। ति कलेज र युनिभर्सिटीको ट्युसन फी, लोकेसन र उक्त लोकेसनमा काम पाउने सम्भावना र बस्नको लागी युनिट तथा घरको उपलब्धता र शुल्कबारे पहिले नै बुझ्नु उपयुक्त हुन्छ।यतिखेर काठमाडौं र देशका प्रमुख शहरहरूमा अष्ट्रेलिया विद्यार्थी पठाउने कन्सल्टेन्सीको संख्या यसरी बढिरहेको छ कि हरेक चार तले घरको एउटा तलामा कन्सल्टेन्सीको अफिस छ। यसरी संख्यामा भएको बढोत्तरीले सृजना गरेको सकारात्मक छनौटको अवसर पनि दिएको छ। त्यसो त अष्ट्रेलिया जान चाहनेको भिडलाई प्रयोग गरेर छिटो पैसा कमाउँ भन्नेहरू पनि कम छैनन् वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा। त्यसैले अष्ट्रेलिया अध्ययनका लागी आउने सोच बनाएकाहरूले सबैभन्दा पहिले आफ्नो क्षमता, अष्ट्रेलियाको आवस्यकता र वास्तविकता बारे बुझ्नु अनिवार्य हुन्छ। जसले अष्ट्रेलिया आउनेक्रममा ठगिने, बढी खर्च हुने, गलत निर्णय लिने तथा अष्ट्रेलिया आइसकेपछी पछुतो लाग्ने, धेरै संघर्ष र दुख गर्न पर्ने हुन पनि सक्छ। त्यसैले कन्सल्टेन्सीहरूको भिडमा अष्ट्रेलिया आउन चाहनेले सही कन्सल्टेन्सीको छनौट गर्नु पनि आवश्यक हुन्छ।

पुरा पढ्नुहोस् »

यो सिड्नी, समुन्द्र र सुन्दरी

अष्ट्रेलियाको प्रमुख शहर र व्यवसायको केन्द्र अनि नेपाली सपनाले अवतरण पाउने शहर सिड्नीका सडकको कथा पनि त्यही हो। नेपाली सपनाहरु सहज रुपमा अवतरण हुन्छन् अनि जहाजको लामो यात्राले दिएको तनाव नसकिँदै बसाइँ, काम अनि विश्वविद्यालय, क्याम्पसका शूल्कहरुले दिने तनाव सुरु हुन्छ। सम्पन्नता र प्रजातन्त्र झल्काउने सडकसँगै सपनाहरु ट्राफिक छलेर अगाडी बढ्नछन्। सपना र अर्थतन्त्रको मेल गराउने चक्करमा विश्वविद्यालय, क्याम्पसका एसाइनमेन्टले पनि कम तनाब गराउँदैनन्। सबै तनाबहरु मेटाउने एउटै ठाउँ अनि उपाय हुन्छ समुन्द्र। पृथ्वी र चराचर जगतको विसर्जन समेट्ने समुन्द्र शान्त बनाउँछ तन मनलाई। सायद त्यसैले होला धेरै तनाव र दबाब सहन नसक्ने (नेपालीको तुलनामा, नेपालीलाई दुख र तनाबमा पनि हाँस्न सक्ने जातीका रुपमा लिइन्छ) अंग्रेजहरु शरिरमा न्यूनतम बस्त्र लगाएर समुन्द्रको किनारमा लम्पसार पुग्न पुग्छन्। वीच भनेर चिनिने समुन्द्रका किनाराहरु साँच्चै मानिसलाई तरंगको माध्यमबाट शान्त बनाउँछन्। मानसिक शान्ती दिन्छन् अनि शरिरलाई चुस्ती र ताजगी। साँच्चै यस्तो लाग्छ यी समुन्द्रका किनाराहरु मानिसका दुखलाई किनारा लगाएको अनुभूति गर्नका लागि नै सजाइएका हुन्। नेपाली त्यसमा पनि मध्यमवर्गको मनमा बसेको सिड्नीको अभिन्न अंगहरु हुन यहाँका सामुन्दी किनारा। पर्यटनको महत्वपूर्ण आकर्षण अनि जिवनकै अभिन्न अंग। जहाँ यहाँका हरेक मानिस स्वतन्त्र र सुरक्षित महशुस गरेर निक्कै कम बस्त्रले लाज ढाकेर प्राकृतिक रुपमा पुग्न अनि समुन्द्रको छाल सँगै आफूलाई बगाउने प्रयास गर्छन्। सायद त्यही प्रयासमा उनीहरुको तनाव पनि बग्छ। समुन्द्रबाट निस्केका हरेक सुन्दरी र सुन्दर(ब्यूटीफूल र ह्याण्डसम)हरु तनाव रहित देखिन्छन्। सिड्नी अवतरण गरेका नेपाली युवाका लागि समुन्द्रको यस्ता किनाराहरु रोमान्चक र मनोरञ्जनात्मक मात्र हुँदैन। अरु पनि केही थप हुन्छ, जो उसले नेपालमा देख्न र अनुभव गर्न पाएको हुँदैन। जसको अनुभवका लागि काठमाडौंका धनाढ्य र सम्पन्नहरु थाइल्याण्डको पताया पुग्छन्। समुन्द्र र सुन्दरीहरुको छालसँगको गतिविधि अनि बालुवाको सुताइ र मन्द मन्द हावा परमानन्द भै गो। सायद सामुन्द्री किनारा मानिसमा मादकता पनि भरिदिन्छ, त्यसैले होला धेरैले हनिमुन गन्तव्य पनि बनाउँछन् यसलाई। त्यो कुजी पनि हुन सक्छ, मेन्ली वा बोन्डी।

पुरा पढ्नुहोस् »

यूनि वा कोर्ष चेन्ज गर्ने सोच्दैहुनहुन्छ?

अष्ट्रेलिया स्टुडेन्ट भिजामा जाने भनेपछी नेपालमा हरेकको पहिलो काम हुन्छ कुन कन्सल्टेन्सीले भिजा दिलाउन सक्छ त्यसको खोजी। यस क्रममा धेरैले यो कुराको ख्याल गरेका हुँदैनन् कि कन्सल्टेन्सीले हैन कि उनीहरू आफैमा भएको क्षमता, छनौट र योजनाले हो। नेपालमा जसरी हुन्छ अष्ट्रेलिया जाने भन्ने सोच हुन्छ तर यहाँ आइसकेपछी भने नेपालमा हुँदा बनाएको सोचेको भन्दा परिस्थीती फरक हुन्छ। जसले गर्दा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया आएको पाँच छ महिनामा नै कलेज, कोर्ष अनि यूनि चेन्ज गर्ने सोच र योजनामा हुन्छन्। पीआर र पढाईसँगै पैसाको ट्रयांगुलर स्टोरीले उनीहरूको नै स्टोरी परिवर्तन गरिदिन्छ। यसबारेमा हेर्नुस यो भिडियो प्रस्तुती:

पुरा पढ्नुहोस् »

यी कुरा सिकौं सिड्नीबाट

नेपालीहरुका लागि यो सपनाको सहर हो। जहाँ कोही आफै अवतरण हुने सपना साँचेका छन् भने अभिभावक भएकाहरु यूवा सन्तानको भविष्यलाई यहाँ अवतरण गराउने योजनामा छन्। राजधानी काठमाडौंका चोक र गल्लीमा अनगिन्तीको संख्यामा रहेका शैक्षिक परामर्शदाताहरु नेपाली सपनालाई त्रिभूवन विमानस्थलबाट उडाउनका लागि इन्धन भर्ने काम गरिरहेका छन्, बैंकहरु त्यसैमा क्याटालिष्ट (उत्प्रेरक)को काम गर्छन्। अष्ट्रेलिया यतिखेर हरेक प्लस टु गर्नेहरुको सपनामा देखिन थालिसकेको छ। कम्तिमा दुई वर्षको विश्वविद्यालय शिक्षा त्यसपछिको अध्ययन पछिको दुईवर्षे काम गर्ने अनुमति र स्थायी बसोबास (पीआर) स्वयंभूका भरयाङ जसरी नै एक पछि अर्को गरि योजना गरिएका छन्। यही यूवा योजनाको अन्तर कुन्तरमा अभिभावका सपना र भविष्य पनि जोडिन्छन्। अष्ट्रेलियाको राजधानी नै थाहा नभएका धेरै छन् काठमाडौंमा अष्ट्रेलिया पुग्ने सपना बोक्ने। अष्ट्रेलियाको राजधानी सोध्दा ९० प्रतिशत भन्दा बढिले सिड्नी नै जवाफ दिन्छन्। यसको कारण हो नेपालीले सजिलै चिन्दछन् सिड्नी। सायद यो नेपालीका लागि अरु भन्दा नजिक छ। ओलम्पिक आयोजना भएकाले पनि हुनसक्छ नेपालीलाई अष्ट्रेलिया भन्नासाथ मानिसहरु सिड्नी नै सम्झन्छन्। त्यसो हुनाको कारण हो अष्ट्रेलिया चिनाउने दुई ठूला संरचना ‘ओपेरा हाउस’ र ‘हार्बर ब्रिज’ सिड्नीमा हुनु। जसले मानिसहरुलाई अष्ट्रेलिया भनेकै सिड्नी हो भन्ने बनाउँछ। सिड्नीको मुख्य आकर्षण यी दुई हुन्। साथै सिड्नीका ‘बोन्डाई’, ‘म्यान्ली’ लगायतका वीच अनि रोयल बोटानिकल गार्डेन र हाइड पार्क पनि सिड्नीका आकर्षक स्थल हुन् जहाँ यहाँ भित्रने पर्यटक र आगन्तुक घुम्न छुटाउँदैनन्।

पुरा पढ्नुहोस् »

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

भारतवर्ष शिक्षा र चेतनाको विकासमा संसारमा नै अग्रणी मानिन्छ तर यतिखेर उत्तरआधुनिक विश्व चेतमा पश्चिमा संसार शिक्षाको ‘हब’का रुपमा स्थापित छ । पश्चिमको भौतिक सम्पन्नता र सामरिक विकासले औद्योगिकरण साथै त्यसको आधारमा उभिएको शिक्षा व्यवस्थाले यूरोप, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकले यतिखेर नेपाल मात्र होइन विश्वका सबै विकासोन्मुख तथा कम विकसित मुलुकका युवालाई आकर्षित गरेका छन् । आप्रवासन, रोजगारी तथा शिक्षा यतिखेरको अर्थव्यवस्था कै मेरुदण्ड बनेको छ, त्यसैले त यूरोप, अमेरिका अनि अष्ट्रेलिया अरु महादेश र मुलुकका विद्यार्थी भित्रयाउनमा लागि परेका छन् । यतिखेरको ‘ट्रेण्ड’ बनेको छ नेपालमा अध्ययनका लागि विदेश जाने विषय ।भ्रष्टाचार, कुशासन, अस्थिर, अपराधीकरण भएको राजनीतिका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ । यतिखेर अभिभावकहरुमा रहेको छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविश्य बनाओस् भन्ने चाहनाका कारण विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ । काठमाडौंमा शैक्षिक परामर्शदाताको कार्यालमा अष्ट्रेलिया अध्ययनको बारेमा बुझ्दा धेरैलाई पहिले अष्ट्रेलिया त पुगुँ त्यसपछि त गरिहालिन्छ नि भन्ने लागिरहेको हुन्छ ।अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

पुरा पढ्नुहोस् »