Tag Archives: सिडनी

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस्

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिल्नासाथ भाडाको घरमा किनबस्नु घर किनियो भने त भाडा तिर्ने पैसाले मासिक मोर्टगेजको किस्ता पुग्छ अनि केही वर्ष पछी घरै आफ्नो हुन्छ। अरूलाई किन धनी बनाउने? भन्ने सोच र संवृद्धिको सूचक भएकाले अष्ट्रेलियामा काम र भिजा स्थायी भएपछी हरेक नेपालीले घर किन्ने योजना बनाउँछ। घर भनेको भवन संरचना मात्र नभएर परिवार हो भन्ने नेपाली मान्यताले पनि …

Read More »

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।

Read More »

सिड्नीका पोलपोलमा नेपाली विज्ञापन

सिड्नीका पोलपोलमा नेपाली विज्ञापन - NepaliPage

आफ्नै व्यवसाय गर्छु वा आफ्नै सिपले केही गर्छु भन्नेका लागी पनि पोल चाहिँ विज्ञापन गर्ने राम्रो माध्यम हो। विशेष गरेर बाटो काट्ने ठाउँमा राखिएका पोलहरू जसमा पैदल यात्रुले बाटो काट्नका लागी सडकका सवारी रोक्न दबाउने ‘स्वीच’ सहितको भाँडो टाँसिएको हुन्छ तिनले विज्ञापन गर्नमा निक्कै सघाउँछन्।

Read More »

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति - NepaliPage

अष्ट्रेलिया सोच्दा अवसर र संभावनालाई आफ्नो धरातलिय यथार्थसँग मेल गराउन सकिएन भने त्यसले गम्भिर दुर्घटना निम्त्याउने पक्का छ। 

Read More »

सिड्नी शहर हेर्दा लाग्छ रहर…

अष्ट्रेलियामा भविष्य खोज्दै आउने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी तथा युवाहरूको बिचमा नेपालीहरूको संख्या पनि उल्लेख्य छ। यतिखेर नेपालमा अष्ट्रेलिया आउनु ‘स्टाटस’को कुरा हुन थालेको छ। ‘प्लस टु’ सकेपछी अष्ट्रेलिया जाने भन्ने ‘ट्रेण्ड’ नै बसिसकेको छ। राजनीति र विकासले उँधो बाटो देखाएपछी ‘…भुईं छोडेर उड्ने हजुर पश्चिम दिशामा….’ यतिखेर नेपाली सपना मात्र होईन बाध्यता बनेको छ भनियो भने फरक पर्दैन। पश्चिम अनि …

Read More »

कसरी बन्ने आकर्षक ?

कसरी बन्ने आकर्षक ?

आकर्षणको केन्द्रमा रहन र समाज वा समुहको चासोमा रहन सबैलाई मन पर्छ। मानव स्वभाव नै हो अरूले तारिफ गर्दा मख्खिने। आफूलाई धेरैले मन पराउन र तारिफ गरुन भन्ने चाहना सबैमा हुन्छ। विशेष गरेर युवा उमेरमा मानिस धेरै तारिफ र आकर्षण चाहन्छ। त्यसो त युवा उमेरमा मिल्ने विपरितलिंगीको तारिफ त स्वर्गिय अनुभव नै हुन्छ। उमेरको मनोविज्ञान हो यो। तर पनि मुख्य …

Read More »

धेरै गाह्रो छ अष्ट्रेलिया, आउनु अघि नै सोचौं

पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन - NepaliPage

'बैंगलोर पढ्न गएको साथी सिए बन्छ, ढाका गएको साथी डाक्टर बन्छ, म अष्ट्रेलिया आएर के हुने अब?' भाईको गुनासो एकदम जायज लाग्यो,

Read More »

नेपालीहरू जात बोकेरै अष्ट्रेलिया

जातवादी संस्थाहरू बढी सक्रिय हुने क्रमसँगै नेपालमा हट्दै गएको जातिय विभेद अष्ट्रेलियामा देखिन थालेको छ। एकै समुच्च जाति वा समुदाय नेपाली हुनुपर्नेमा यो जात र त्यो जात भन्नेहरू बढ्नु अष्ट्रेलियाको नेपाली समुदायका लागी गम्भिर संकेत हो। जसको नकारात्मक प्रभाव देखिन सुरू भईसकेको छ

Read More »

सन् २०१९ का लागी खुल्यो अष्ट्रेलिया अवार्डस्, पढ्न, बस्न र हवाईटिकट सहितको छात्रवृत्ति

अष्ट्रेलिया अवार्डस्

योग्य नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रम 'अष्ट्रेलिया अवार्डस्' मार्फत अष्ट्रेलियाका विश्वविद्यालयमा पढ्ने अवसर मिल्छ। साथै पढ्ने क्रममा हुने सबै खर्चहरू जस्तो कि फिल्डवर्क, हवाई टिकट र खानेबस्ने प्रवन्धका लागी समेत विद्यार्थीले सरकारबाट पैसा पाउँछन्।

Read More »

दरो मन चाहिन्छ अष्ट्रेलियामा

दरो मन चाहिन्छ अष्ट्रेलियामा - NepaliPage

अष्ट्रेलिया भनेपछी नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको छ यतिखेर। चाहे छोरालाई पढाउन होस् या छोरीको बिहे गर्न अभभावक अष्ट्रेलियासँग कै नाता खोज्छन्। जसले गर्दा यतिखेर ‘प्लस टु’ को पढाई सकिनासाथ अब माथिल्लो तहमा के पढ्ने भन्दा पनि कुन देश जाने अष्ट्रेलिया कि अमेरिका? भनेर रोज्नुपर्ने अवस्था बनिसकेको छ। राजनीतिक रूपमा अस्थिर देशमा भ्रष्ट्राचारका कारण आर्थिक सम्पन्नता र करिअर विकाको …

Read More »