Tag Archives: अष्ट्रेलियामा नेपाली

अष्ट्रेलियाको तीन ‘पी’ कुन रोज्ने ?

अष्ट्रेलिया, अब नेपालीका लागी विदेश हुन छोडिसक्यो। हरेक वर्ष २० हजार भन्दा धेरै नेपालीहरू अष्ट्रेलियामा अध्ययन तथा कामका लागी आउन थालेपछी अष्ट्रेलियामा नेपालीको संख्या सँगै अष्ट्रेलिया आफ्नै लाग्नु स्वभाविक हो। त्यसो त अष्ट्रेलियालाई नेपालीहरूले नेपालको ‘आठौं प्रदेश’ भन्न थालिसकेका छन्। नेपालीको अष्ट्रेलिया बसाईं र त्यसको नेपालमा प्रभावले यतिखेर नेपालमा अष्ट्रेलियाको ‘चार्म’ मात्र बढेको छैन अष्ट्रेलिया नेपालका हरेक जसो शहरी युवाको …

Read More »

एएनएए नेतृत्वमा मधु पुडाशैनी

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एनएए)मा नयाँ नेतृत्व चुनिएको छ। संस्थाको ४२ औ बार्षिक साधारण सभाबाट डा. मधु पुडाशैनीलाई अध्यक्षमा चयन गरेको हो।

Read More »

के सिकेर आउने अष्ट्रेलिया?

नेपालबाट अष्ट्रेलियामा पढ्न आउनको लागी तयारी गर्दाको समयमा नै अष्ट्रेलियामा माग हुने काम तथा सेवाका बारे सोधपुछ गरेर त्यसको समेत तालिम लिने हो भने अष्ट्रेलिया आईसकेपछी सिपबाट नै आमदानीको मेलो मिलाउन सकिन्छ।

Read More »

कति कमाउनु हुन्छ तपाईं अष्ट्रेलियामा ?

नेपालीमा भनाई नै छ ‘लोग्ने मानिसको कमाई र स्वास्नी मानिसको उमेर नसोध्नु, तर अष्ट्रेलियामा धेरैको चासो भनेको अरूको कमाईमा नै हुने गर्दछ। नेपाली नेपाली बिच कमाउने र देखाउनेको प्रतिस्पर्धा नै छ। त्यति मात्र कहाँ हो र? अष्ट्रेलियामा आफूभन्दा साना वा पछी आएकाहरूले कमाएको देखेर जल्ने र छिर्के हान्न खोज्नेको पनि कमि छैन। काम र ‘सबकन्ट्र्याक्ट’को कुरामा यस्तो प्रतिस्पर्धाले नेपाली नेपालीमा …

Read More »

अष्ट्रेलियन संसारकै धनी, नेपालीको सम्पत्ति पाँचलाख हाराहारी

अमेरिकालाई शक्ति र सम्पत्तिको हिसाबमा संसारकै महाशक्ति मानिन्छ। संसारकै सबैभन्दा धेरै करोडपति र अर्बपतिको बसोबास भएको देशका रुपमा रहेको छ अमेरिका। अमेरिकाको सम्पन्ता र बैभवको आधार त्यही हो भन्दा पनि फरक नपर्ला। तर, कुनै पनि देश र समाजको सम्पन्नताको आधार के लाई मान्ने भन्ने कुराले पनि सम्पन्न र धनी देशको सूचिमा फरक पर्न सक्छ। यदी देशको जनसंख्याको ठूलो हिस्साको सम्पन्नता …

Read More »

नेपालीलाई अष्ट्रेलियामा ठूलो छात्रवृत्तिको अवसर

अष्ट्रेलियाले क्षमतावान नेपाली विद्यार्थी, अनुसन्धाता एवम् शिक्षाविद्ले समेत भाग लिन पाउने ठूलो राशीको छात्रवृत्तिको सन् २०१९ को संस्करणको लागी निवेदन खुला गरेको छ। अष्ट्रेलियन सरकारले ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाले आफ्ना साझेदार मुलुकका क्षमतावानहरूलाई अष्ट्रेलियामा पढ्न, तालिम लिन र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्ने गर्दछ। सन् २०१९ को लागी खुला गरिएको यो छात्रवृत्ति कार्यक्रमको निवेदन दिने म्याद १५ नोभेम्बरको …

Read More »

अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्

अष्ट्रेलिया अवार्डस्

पछिल्लो समय नेपालीहरूमा अष्ट्रेलिया आउनु नियमित प्रक्रिया बनेको छ। १२ कक्षा पछी पढ्न अष्ट्रेलिया आउने र यतै सेटल भएर बस्नेहरूको संख्या बढ्दै गएको छ। अघिल्लाहरूले लिएको बाटो नै पछ्याएर विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या पनि दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा नै करिअरको सफलता पाईसकेकाहरू पनि कम छैनन अष्ट्रेलिया हान्निनेमा। त्यसको …

Read More »

यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने पेशा भएका कारण हुनुपर्छ केही दशक अघि सम्म बालमस्तिष्कमा डाक्टर, …

Read More »

यताबाट खोज्नुस् डार्बिनमा काम

पीआरको अभिलाषा सहित धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू 'डार्बिन' जान थालेसँगै त्यहाँ काम पाउने र खोज्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ। 'सिड्नी' वा 'मेलबर्न'बाट 'डार्बिन' गएका साथीभाईहरूको संख्या हेरेर मात्र भन्दा पनि आफ्नो आर्थिक अवस्था, संभावना र 'भिजा'को समयावधि हेरेर निर्णय लिनु आवस्यक छ।

Read More »

जातकै कारण कोठा दिएनन् अष्ट्रेलियामा

अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा 'परियार' थर भएका नेपाली युवाले जातपातको विभेदकै कारण कोठा पाउन नसकेको गुनासो गरेका छन्।

Read More »