Tag Archives: अष्ट्रेलिया

अष्ट्रेलिया प्रोसेस गर्न कुन कन्सल्टेन्सी ठीक?

अष्ट्रेलिया आउने सोच बनाएका सबैको मनमा खड्कने प्रश्न हो यो। कुन कन्सल्टेन्सी ठीक होला, कुनबाट प्रोसेस गरे छिटो भिजा लाग्ला अनि रिफ्युज नहुने गरी कसले गरि देला भन्ने सबैलाई लागिरहेको हुन्छ। त्यसैले त अष्ट्रेलिया आउने सोच बनाएका नेपालमा हुने धेरैले अष्ट्रेलिया आएका साथीभाई तथा आफन्तलाई सोध्ने एउटा प्रमुख प्रश्न हो ‘कुन कन्सल्टेन्सीबाट प्रोसेस गरेको?’ धेरैलाई अष्ट्रेलिया आइपुगेको साथी वा आफन्त कुनै कन्सल्टेन्सी विशेषको विशेष योग्यता वा क्षमताका कारण पुगेको हो कि भन्ने पनि हुन सक्छ। तर अष्ट्रेलिया पुगेको साथी वा आफन्तले यूनिभर्सिटी छनौट, भर्ना तथा भिजा प्रोसेस गरेको कन्सल्टेन्सी नै वा मात्रै ठीक हो कि भन्ने सोच्नु चैं गलत हो। तर अष्ट्रेलिया आइसकेका साथीभाईको अनुभवबाट सिक्न खोज्नु सहि भएपनि यसमा विचार गर्नुपर्ने कुरा चैं उक्त कन्सल्टेन्सीले प्रतिनिधित्व गर्ने वा विद्यार्थी पठाउने कलेज वा यूनिभर्सिटी हुन्। ति कलेज र युनिभर्सिटीको ट्युसन फी, लोकेसन र उक्त लोकेसनमा काम पाउने सम्भावना र बस्नको लागी युनिट तथा घरको उपलब्धता र शुल्कबारे पहिले नै बुझ्नु उपयुक्त हुन्छ। यतिखेर काठमाडौं र देशका प्रमुख शहरहरूमा अष्ट्रेलिया विद्यार्थी पठाउने कन्सल्टेन्सीको संख्या यसरी बढिरहेको छ कि हरेक चार तले घरको एउटा तलामा कन्सल्टेन्सीको अफिस छ। यसरी संख्यामा भएको बढोत्तरीले सृजना गरेको सकारात्मक छनौटको अवसर पनि दिएको छ। त्यसो त अष्ट्रेलिया जान चाहनेको भिडलाई प्रयोग गरेर छिटो पैसा कमाउँ भन्नेहरू पनि कम छैनन् वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा। त्यसैले अष्ट्रेलिया अध्ययनका लागी आउने सोच बनाएकाहरूले सबैभन्दा पहिले आफ्नो क्षमता, अष्ट्रेलियाको आवस्यकता र वास्तविकता बारे बुझ्नु अनिवार्य हुन्छ। जसले अष्ट्रेलिया आउनेक्रममा ठगिने, बढी खर्च हुने, गलत निर्णय लिने तथा अष्ट्रेलिया आइसकेपछी पछुतो लाग्ने, धेरै संघर्ष र दुख गर्न पर्ने हुन पनि सक्छ। त्यसैले कन्सल्टेन्सीहरूको भिडमा अष्ट्रेलिया आउन चाहनेले सही कन्सल्टेन्सीको छनौट गर्नु पनि आवश्यक हुन्छ।

Read More »

यूनि वा कोर्ष चेन्ज गर्ने सोच्दैहुनहुन्छ?

अष्ट्रेलिया स्टुडेन्ट भिजामा जाने भनेपछी नेपालमा हरेकको पहिलो काम हुन्छ कुन कन्सल्टेन्सीले भिजा दिलाउन सक्छ त्यसको खोजी। यस क्रममा धेरैले यो कुराको ख्याल गरेका हुँदैनन् कि कन्सल्टेन्सीले हैन कि उनीहरू आफैमा भएको क्षमता, छनौट र योजनाले हो। नेपालमा जसरी हुन्छ अष्ट्रेलिया जाने भन्ने सोच हुन्छ तर यहाँ आइसकेपछी भने नेपालमा हुँदा बनाएको सोचेको भन्दा परिस्थीती फरक हुन्छ। जसले गर्दा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया आएको पाँच छ महिनामा नै कलेज, कोर्ष अनि यूनि चेन्ज गर्ने सोच र योजनामा हुन्छन्। पीआर र पढाईसँगै पैसाको ट्रयांगुलर स्टोरीले उनीहरूको नै स्टोरी परिवर्तन गरिदिन्छ। यसबारेमा हेर्नुस यो भिडियो प्रस्तुती:

Read More »

यी कुरा सिकौं सिड्नीबाट

नेपालीहरुका लागि यो सपनाको सहर हो। जहाँ कोही आफै अवतरण हुने सपना साँचेका छन् भने अभिभावक भएकाहरु यूवा सन्तानको भविष्यलाई यहाँ अवतरण गराउने योजनामा छन्। राजधानी काठमाडौंका चोक र गल्लीमा अनगिन्तीको संख्यामा रहेका शैक्षिक परामर्शदाताहरु नेपाली सपनालाई त्रिभूवन विमानस्थलबाट उडाउनका लागि इन्धन भर्ने काम गरिरहेका छन्, बैंकहरु त्यसैमा क्याटालिष्ट (उत्प्रेरक)को काम गर्छन्। अष्ट्रेलिया यतिखेर हरेक प्लस टु गर्नेहरुको सपनामा देखिन थालिसकेको छ। कम्तिमा दुई वर्षको विश्वविद्यालय शिक्षा त्यसपछिको अध्ययन पछिको दुईवर्षे काम गर्ने अनुमति र स्थायी बसोबास (पीआर) स्वयंभूका भरयाङ जसरी नै एक पछि अर्को गरि योजना गरिएका छन्। यही यूवा योजनाको अन्तर कुन्तरमा अभिभावका सपना र भविष्य पनि जोडिन्छन्। अष्ट्रेलियाको राजधानी नै थाहा नभएका धेरै छन् काठमाडौंमा अष्ट्रेलिया पुग्ने सपना बोक्ने। अष्ट्रेलियाको राजधानी सोध्दा ९० प्रतिशत भन्दा बढिले सिड्नी नै जवाफ दिन्छन्। यसको कारण हो नेपालीले सजिलै चिन्दछन् सिड्नी। सायद यो नेपालीका लागि अरु भन्दा नजिक छ। ओलम्पिक आयोजना भएकाले पनि हुनसक्छ नेपालीलाई अष्ट्रेलिया भन्नासाथ मानिसहरु सिड्नी नै सम्झन्छन्। त्यसो हुनाको कारण हो अष्ट्रेलिया चिनाउने दुई ठूला संरचना ‘ओपेरा हाउस’ र ‘हार्बर ब्रिज’ सिड्नीमा हुनु। जसले मानिसहरुलाई अष्ट्रेलिया भनेकै सिड्नी हो भन्ने बनाउँछ। सिड्नीको मुख्य आकर्षण यी दुई हुन्। साथै सिड्नीका ‘बोन्डाई’, ‘म्यान्ली’ लगायतका वीच अनि रोयल बोटानिकल गार्डेन र हाइड पार्क पनि सिड्नीका आकर्षक स्थल हुन् जहाँ यहाँ भित्रने पर्यटक र आगन्तुक घुम्न छुटाउँदैनन्।

Read More »