Tag Archives: अष्ट्रेलिया

विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

अष्ट्रेलियाले कोरोनाको नयाँ भेरियन्टका कारण सृजित कामदार अभावको अवस्थालाई सम्बोधन गर्न गरेको निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया आउनासाथ काम गर्ने अवसर दिएको छ। अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया आउनको लागी सार्वजनिक आव्हान समेत गरिसकेको छ। अब आउने विद्यार्थीहरूले कोरोनाको कारण पालना गर्नु पर्ने एकान्तबास (क्वारेन्टाईन)को व्यवस्था पछि पढाई सुरू नहुँदै काम सुरू गर्न पाउने भएका छन्। सरकारले यस निर्णयलाई अध्यामन विभाग मार्फत प्रष्टसँग सार्वजनिक गरेको छ। जसअनुसार अप्रिल २०२२ सम्म अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आउनासाथ काम गर्न सुरू गर्न सक्नेछन् भने उनीहरूले जतिपनि घण्टा काम गर्न पाउने छन्। यसभन्दा अघि अन्तर्राष्ट्रिय विद्यार्थीले पढाई सुरू नगरीकन काम गर्न नपाउने व्यवस्था थियो। साथै विद्यार्थीहरूले पाक्षिक ४० घण्टा मात्र काम गर्न पाउने व्यवस्था थियो। 

Read More »

अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै अष्ट्रेलियाका नेपाली

अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै अष्ट्रेलियाका नेपाली - NepaliPage

अष्ट्रेलियामा बस्ने नेपालीहरूले नेपाल एकीकरणका नायक तथा नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउने भएका छन्। अष्ट्रेलियामा यतिखेर रहेको कोरोनाको ओमिक्रोन प्रकोपका कारण सरकारले तोकेका कोभिड-१९ मापदण्डको पालना गर्दै सबै राज्यहरूमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ कार्यक्रमको तयारी पुरा भईसकेको आयोजक समितीले जनाएको छ।  कोभिड-१९ केशहरूको अवस्था हेरेर राज्य राज्य तथा शहर शहरका कार्यक्रमको विवरणको अपडेट सम्बन्धित राज्य तथा शहरमा रहेका नेपाली माझ पुरयाईने समेत आयोजकले जनाएको छ।

Read More »

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको छ। कोरोनाका कारण अन्य देशसँगको आवागमनको सम्बन्ध बिच्छेद भएको अवस्थामा …

Read More »

चाउचाउ खाँदा एकै परिवारका नौको मृत्यु

चाउचाउ खाँदा एकै परिवारका नौको मृत्यु - NepaliPage

लामो समय सम्म रसायनिक प्रतिक्रियाका लागी छोडेर (कुहाएर/फर्मेन्टेड) राखेको एक किसिमको बाक्लो चाउचाउ (सुवानतांग्जी) खाएका कारण उनीहरूको ज्यान गएको हो।

Read More »

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।

Read More »

सिड्नीकी युवतीले जितिन छ करोड डलर

सिड्नीकी युवतीले जितिन छ करोड डलर - NepaliPage

सिड्नीकी एक युवतीले चिट्ठामा ६० मिलियन अर्थात् छ करोड डलर जितेकी छिन्। बिसको वयमा रहेकी उनको नाम भने खुलाईएको छैन तर, सिड्नीको ‘ईनर सवअर्ब’मा बस्ने उनको भाग्य परिवर्तन गर्ने चिठ्ठाको बारेमा अष्ट्रेलियाको औपचारिक रूपमा ‘द लट’ले उनी एकजना मात्र ६० मिलियन डलरको भागिदार भएको जनाएको छ। यसका साथै उनको ‘पावरहिट’ ईन्ट्रीले डिभिजन टु समेत १९ पटक जितेको छ, जसका कारण …

Read More »

अष्ट्रेलियामा आर्थिक अपराधमा पक्राउ र जेल पर्दै नेपाली विद्यार्थी

केही समय देखी नेपाली विद्यार्थीहरू अष्ट्रेलियाको समाचार माध्यमहरूमा अपराधमा संलग्न भएको विषयलाई लिएर चर्चामा छन्। धेरै जसो गर्मीको मौसममा पानीमा डुबेर मृत्यु भएको विषयमा जोडिने नेपालीहरू पछिल्लो समयमा घरेलु हिंशा, काममा दुर्व्यवहार, सडक दुर्घटना साथै अपराधका क्रियाकलापमा पनि जोडिन थालेका छन्। अपराधिक विषयसँग जोडिएर अष्ट्रेलियाका समाचार माध्यममा नेपाली पहिचान खुल्दा धेरैलाई नेपालीको ईज्जत नै फालेको जस्तो महशुस हुने गरेको छ। …

Read More »

कोरोनाकै कारण बेच्नुपर्ने हुनसक्छ अष्ट्रेलियामा किनेको घर

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा आफ्नै घर, धेरैको सपना हो। तर, व्यवस्थापन गर्न सक्ने हो भने त्यत्रो धेरै मुस्किलको कुरा पनि होईन। देखासिकी र विज्ञापनको लहैलहैमा लागेर घर जग्गा खरिदमा लागियो भने चाहिँ घरले बास दिने हैन बासै उठाउन पनि बेर लाग्दैन। त्यस्तै बासै उठाउला कि भन्ने डर कोरोनाको कारण व्यवस्थित लगानी गरेकाहरूलाई पनि पर्ने भएको छ यतिखेर। कोरोना संक्रमणको कारण अर्थतन्त्र नै गम्भिर …

Read More »

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट - NepaliPage

यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलिया सरकारले भिजा सम्बन्धी केही प्रावधानहरू परिवर्तन गर्न लागेको छ। यसको घोषणा केही सातामा नै हुने दाबी दि अष्ट्रेलियनले गरेको छ। यो पनि पढ्नुस्: अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको …

Read More »

नहतारिनुस् ट्याक्स रिटर्न गर्न

नहतारिनुस् ट्याक्स रिटर्न गर्न - NepaliPage

हतार गरेर ट्याक्स रिटर्न गर्दा गल्ती हुने, धेरै पैसा फिर्ता गर्ने ध्यानमा गलत दाबी गरिने हुँदा त्यसले समग्र ट्याक्स रिटर्नको प्रक्रियालाई नै ढिलो गराउँदछ। जुलाईको आज पहिलो दिन, जुलाई सक्रान्ति। अष्ट्रेलियाको नयाँ आर्थिक वर्ष यसै दिनबाट सुरू हुन्छ। यो सँगै गत आर्थिक वर्षको आम्दानी खर्चको हिसाबको फरफारक पनि। त्यसैले यो समय कर व्यस्तताको पनि हो। अष्ट्रेलियन कर कार्यालय मात्र होईन …

Read More »