Tag Archives: एजुकेशन कन्सल्टेन्सी

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

विद्यार्थीलाई करिअर र भविष्य सँगै खर्चको व्यवस्थापनका उपाय बुझाउनु भन्दा पनि राम्रो 'यूनिभर्सिटी'मा पढिरहेकोलाई सस्तो 'कलेज'मा सार्नेकाम पछिल्लो समय धेरै हुने गरेको छ

Read More »

कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छ नेपालमा जति आकर्षण हुन्छ अष्ट्रेलियाको त्यो भन्दा बढी चासो हुन्छ भिजा लाग्छ कि लाग्दैन। अनि आफुले चिनेका को को कुन कुन एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेर गएका हुन् त्यसको सोधी खोजी हुन्छ। अष्ट्रेलियाको स्टुडेन्ट भिजामा आफ्नो …

Read More »

नेपाली विद्यार्थीको आँखाबाट अष्ट्रेलिया

अष्ट्रेलिया, नेपालमा यतिखेरका युवा मात्र हैन अभिभावकको आँखामा पनि सपनाको स्वर्ग नै हो। काठमाडौं र देशका प्रमुख शहरहरूमा आईएलटीएसको टेस्ट तयारी गर्ने र टेस्ट दिनेको भिडले जतिलाई रोजगारी र पैसा कमाउने अवसर दिएको छ त्यो भन्दा धेरै बढीलाई प्रज्वलनशील हर्मोन उत्पादन गरेको छ। हर घरमा अष्ट्रेलियाको कुरा हुन्छ अनि नेपालमा अवसर नरहेको र राजनीतिले ध्वस्त भएको कुरा हुन्छ। अनि घरबारै बैंकमा राखेर अष्ट्रेलिया होमिनेको अर्को संख्या बढ्छ। हरेक प्लस टु पासले यतिखेर सिड्नीको सपना देख्ने भएको छ, नहोस् पनि किन अष्ट्रेलियाको लहर देशमा सुस्त हैन विद्युतमालीको बेगले फैलिएको छ। त्यसलाई बढाएको छ ओपेरा हाउसमा उभीएर खिचिएका अनि अष्ट्रेलियामा गाडी हाँकेर घुम्न हिँडेका फोटो र फेसबुकमा तिनले पाएका लाईकले। त्यसो त हाम्रा बा अनि बाजेका पालामा गाउँ गाउँ लाहुरे छान्न पुग्ने गल्ला जस्तै छोटेबडे शहरमा एजुकेशन कन्सल्टेन्सी अष्ट्रेलियाका कलेज र युनिभर्सिटीका एजेन्ट बनेर पुगेका छन्। अनि किन नदेखुन अलिक हुनेखानेले अष्ट्रेलिया सपना! सपना सबैको अधिकारको कुरा जो हो। तर सबैले सम्झनु पर्ने कुरा के हो भने सपना र विपनामा धेरै फरक हुन्छ, हुनसक्छ। अष्ट्रेलियाका बारेमा नेपालमा हुँदा सोचिने। देखिने कुरा र यहाँ आएपछी भोगिने कुरामा धेरै फरक हुनसक्छ, कतिलाई त यो आकाश जमिनको नै लाग्न पनि सक्छ। र यहाँ रहेका आफन्त अनि नेपालीहरूका बारेमा नेपालमा बसेर सोचिएको भन्दा फरक व्यवहार पनि पाउन सकिन्छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका सुरज ओलीले अष्ट्रेलियाको अनुभवलाई यसरी शब्दमा उतारेका छन्, हेर्नुस

Read More »