Tag Archives: नेपाली विद्यार्थी

काम खोज्दै हुनुहुन्छ, यी वेबसाइट नछुटाउनुस्

'राजाका छोरी खेलीखाई बढेका..' जस्ता नेपाली विद्यार्थीहरू एकै पटक अष्ट्रेलियामा 'क्लिनिङ', 'हाउसकिपिङ' अनि 'किचन ह्याण्ड'को शारिरीक फूर्तीका साथ गर्नुपर्ने काममा 'एडजस्ट' हुन सजिलै सक्दैनन्। त्यसको लागि दुई चार हप्ता समय लाग्नु पनि जरूरी नै छ।

Read More »

NAATI CCL Nepali बाट पाउनुस् पीआरको लागी ५ प्वाइन्ट

National Accreditation Authority for Translators and Interpreters (NAATI)ले अंग्रेजी भाषा बाहेकको मातृभाषा हुनेका लागी माईग्रेसन प्रोसेसमा सहयोगी हुने खालको नयाँ भाषा परिक्षा सुरू गरेको छ। Credentialed Community Language (CCL)परिक्षाका रूपमा NAATI ले सुरू गरेको यो भाषा परिक्षा पास हुनेले माईग्रेसन प्रक्रियामा थप ५ प्वाइन्ट पाउनेछन्।

Read More »

दरो मन चाहिन्छ अष्ट्रेलियामा

दरो मन चाहिन्छ अष्ट्रेलियामा - NepaliPage

अष्ट्रेलिया भनेपछी नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको छ यतिखेर। चाहे छोरालाई पढाउन होस् या छोरीको बिहे गर्न अभभावक अष्ट्रेलियासँग कै नाता खोज्छन्। जसले गर्दा यतिखेर ‘प्लस टु’ को पढाई सकिनासाथ अब माथिल्लो तहमा के पढ्ने भन्दा पनि कुन देश जाने अष्ट्रेलिया कि अमेरिका? भनेर रोज्नुपर्ने अवस्था बनिसकेको छ। राजनीतिक रूपमा अस्थिर देशमा भ्रष्ट्राचारका कारण आर्थिक सम्पन्नता र करिअर विकाको …

Read More »

PTE दिँदै हुनुहुन्छ? यता छन् Practice Material

यतिखेर अष्ट्रेलियामा रहेका अधिकाँश विद्यार्थीको चासो र तयारीको एउटै कुरा बनेको छ PTE (Pearson Test of English)। अष्ट्रेलियामा पीआर तथा पढ्नका लागी आफ्नो विषयको आवश्यकता हेरी सबै ब्याण्डमा 65+ वा 79+ ल्याउनुपर्ने भएकाले सबैलाई यसले तनाब नै दिएको छ। आ-आफ्नो आवश्यकता हेरेर यसमा चाहिने जति स्कोर ल्याउन कस्सिएर लाग्नुको विकल्प छैन। कसैको समस्या र आवश्यकता अरू कसैको लागी चैं अवसर बनेर आउँछ …

Read More »

स्वाद लिनै पर्ने सिड्नीका सात नेपाली रेष्टुरेन्ट

खाना र स्वादका लागी हामी नेपाली पनि विश्वका अरू देश र तिनका निवासी भन्दा कम छैनौं। नेपालमा रहेको जातिय, सांस्कृतिक अनि परम्परागत विविधताले गर्दा हाम्रो भात–भान्छाको स्वादमा पनि विविधता थपेको छ। जसले गर्दा तराई, पहाड र हिमालको समिश्रण हाम्रो खानाको थालीमा समेत पाउन सकिन्छ। जसले हाम्रो जिब्रो र ‘टेस्ट बड’हरूलाई धेरै मात्रामा सन्तुष्ट पारिरहेको हुन्छ। ‘नेपाली जहाँ जहाँ छन्, नेपाल …

Read More »

यहाँबाट हेर्नुस अष्ट्रेलियामा उपलब्ध हुने छात्रवृत्ति

यहाँबाट हेर्नुस अष्ट्रेलियामा उपलब्ध हुने छात्रवृत्ति

अष्ट्रेलियामा पढ्ने भनेपछी आफैले सबै ट्युसन फि तिरेर पढ्नुपर्ने र त्यो व्यवस्था गर्नको लागी दिनरात खटिएर काम गर्नुपर्ने भन्ने नै मनमा आउँछ। जुन सत्य पनि हो। अष्ट्रेलियाका विभिन्न शहरमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू चाहे नेपाली हुन् या भारतीय वा चाइनिज नै किन नहुन। सबैले कलेज र युनिभर्सिटीको फि तिर्नका लागी कस्सिएर काम गर्नै पर्छ अष्ट्रेलियामा रहेका हामी सबैले भोगेको सत्य यही …

Read More »

अष्ट्रेलियामा नेपालीले काम पाउन मुस्किल पर्ने कारणहरू

अष्ट्रेलियामा हरेक दिन नयाँ नयाँ अवसरहरू खुलिरहेका हुन्छन् काम तथा रोजगारीका लागी। यहाँका रोजगारीका सूचना दिने वेबसाइटहरू हेर्ने हो भने दैनिक ३५ हजार जति नयाँ कामदार तथा कर्मचारी माग भएका सूचना अपडेट भएको पाउन सकिन्छ। तर यहाँ धेरै जसो विदेशबाट आउने विद्यार्थी तथा आप्रवासीले रोजगार पाईहाल्न मुस्किल हुने कारण चाही यहाँको भाषा, रोजगारी प्रक्रिया र अनुभवको कमी हुने गरेको छ। …

Read More »

सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा आउने नेपालीहरू चाहे स्टुडेन्ट भिजामा होस् या नेपालबाट नै पीआर लिएर, उनीहरूको सुरूवाती दिनका अनुभवहरू खासै फरक हुँदैनन्। तर, स्टुडेन्ट भिजामा आउनेलाई पीआर लिएर आउनेलाई भन्दा आर्थिक दबाब बढी हुन्छ। अष्ट्रेलियामा आईसकेपछी सबैभन्दा सुरूमा नै उनीहरूलाई पर्ने समस्या भनेको काम र कोठाको हो। हुन त नेपालबाट आउनेहरूले आफन्त वा साथीभाईसँग सुरूवाती दिनमा सहयोगको लागि व्यवस्था मिलाएर नै आएका हुन्छन्। …

Read More »

नेपालीलाई अष्ट्रेलिया पढ्न छात्रवृत्ति, खान बस्न र हवाईटिकट पनि दिने

Australian Scholarship opens for Nepalese Students

अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागी अष्ट्रेलिया  सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको अवसर दिने भएको छ। ‘अष्ट्रेलिया अवार्डस्’को  २०१८ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनका लागि यसखालको अवसर मिल्न लागेको हो। अष्ट्रेलियाले ‘अष्ट्रेलिया अवार्डस्’ मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका …

Read More »

नेपाली विद्यार्थीको आँखाबाट अष्ट्रेलिया

अष्ट्रेलिया, नेपालमा यतिखेरका युवा मात्र हैन अभिभावकको आँखामा पनि सपनाको स्वर्ग नै हो। काठमाडौं र देशका प्रमुख शहरहरूमा आईएलटीएसको टेस्ट तयारी गर्ने र टेस्ट दिनेको भिडले जतिलाई रोजगारी र पैसा कमाउने अवसर दिएको छ त्यो भन्दा धेरै बढीलाई प्रज्वलनशील हर्मोन उत्पादन गरेको छ। हर घरमा अष्ट्रेलियाको कुरा हुन्छ अनि नेपालमा अवसर नरहेको र राजनीतिले ध्वस्त भएको कुरा हुन्छ। अनि घरबारै बैंकमा राखेर अष्ट्रेलिया होमिनेको अर्को संख्या बढ्छ। हरेक प्लस टु पासले यतिखेर सिड्नीको सपना देख्ने भएको छ, नहोस् पनि किन अष्ट्रेलियाको लहर देशमा सुस्त हैन विद्युतमालीको बेगले फैलिएको छ। त्यसलाई बढाएको छ ओपेरा हाउसमा उभीएर खिचिएका अनि अष्ट्रेलियामा गाडी हाँकेर घुम्न हिँडेका फोटो र फेसबुकमा तिनले पाएका लाईकले। त्यसो त हाम्रा बा अनि बाजेका पालामा गाउँ गाउँ लाहुरे छान्न पुग्ने गल्ला जस्तै छोटेबडे शहरमा एजुकेशन कन्सल्टेन्सी अष्ट्रेलियाका कलेज र युनिभर्सिटीका एजेन्ट बनेर पुगेका छन्। अनि किन नदेखुन अलिक हुनेखानेले अष्ट्रेलिया सपना! सपना सबैको अधिकारको कुरा जो हो। तर सबैले सम्झनु पर्ने कुरा के हो भने सपना र विपनामा धेरै फरक हुन्छ, हुनसक्छ। अष्ट्रेलियाका बारेमा नेपालमा हुँदा सोचिने। देखिने कुरा र यहाँ आएपछी भोगिने कुरामा धेरै फरक हुनसक्छ, कतिलाई त यो आकाश जमिनको नै लाग्न पनि सक्छ। र यहाँ रहेका आफन्त अनि नेपालीहरूका बारेमा नेपालमा बसेर सोचिएको भन्दा फरक व्यवहार पनि पाउन सकिन्छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका सुरज ओलीले अष्ट्रेलियाको अनुभवलाई यसरी शब्दमा उतारेका छन्, हेर्नुस

Read More »