Tag Archives: नेपाली विद्यार्थी

‘एसाइनमेन्ट’ को कारण हुनसक्छ भिजा क्यान्सिल

यतिखेर अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश एसाइनमेन्ट तयार गर्न अनि मिड-सेमेस्टर परिक्षा दिनमा व्यस्त छन्। यो समय नै एसाइनमेन्ट अनि परिक्षाको हो। सन् २०१६ को पहिलो सेमेस्टर यतिखेर आधा आधी भएको छ। कतिको यहाँको अध्ययन भरखर सुरू भएको होला त कतिको सकिने तरखरमा होला। एसाइनमेन्ट तयार पार्ने हतारोमा धेरै विद्यार्थीले  त्यसको शुद्धता, शैली अनि त्यसमा अरूको विचार वा सामग्री प्रयोग अनि आफ्नो योगदान स्पष्ट छुट्याउँदैनन्। त्यसको त काम गरेर यूविभर्सिटीको फी तिर्नुपर्ने अनि घरमा पनि पैसा पठाउनु पर्ने दबाबका बीच एसाइनमेन्ट मिले र सकेसम्म कपि पेस्ट अनि प्याराफेज गरेर र नसक्ने नै छाँट आयो भने चैं किनेर पनि काम चलाउने अवस्था बन्छ। यसो गर्दा चलाख नहुने र आफ्नो क्षमता अनुसार वातावरण नबनाउने हो भने त्यसले विद्यार्थीको भिजा समेत क्यान्सिल हुने संभावना रहन्छ। पछिल्लो सात महिनामा मात्र अष्ट्रेलियामा ९,००० जति  विदेशी विद्यार्थीको भिजा क्यान्सिल भएको समाचार आयो। धेरैको मन, मस्तिष्कमा यसले डर र कम्पन पनि पैदा गरयो। हरेक चौमास अनि वर्ष आउने यस्ता समाचार र तथ्यांकले तिनलाई बढी झट्का दिन्छ जो काम बढी पढाई कम गर्छन् अनि विश्वविद्यालयमा उपस्थीति र परिक्षामा राम्रो नतिजा हुँदैन। त्यसो त अष्ट्रेलियाको विद्यार्थी भिसा पाउँदा स्वीकार गरेका सर्तहरू पूरा नगरेको अवस्थामा पनि डर धेरै लाग्छ 'कतै इल्लिगल हुने त होईन?'  पछिल्लो समय अष्ट्रेलियन दैनिक अखबार 'द अष्ट्रेलियन'मा प्रकाशित आलेखले एसाइनमेन्ट सही तरिकाले नगरेको कारण विद्यार्थीहरूको भिजा क्यान्सिल भएको उल्लेख गरेको छ। ईण्डियनसाइटडटकमडटएयूले प्रकाशन गरेको समाचार अनुसार पाकिस्तानबाट अष्ट्रेलिया पढ्न आएका एक विद्यार्थीको भिजा अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले एसाइनमेन्टको कारण नै खारेज गरिदिएको छ। 'प्लेजरिज्म' अर्थात बौद्धिक चोरीको कारण देखाएर अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले पाकिस्तानी विद्यार्थी शाहियार खानको विद्यार्थी भिजा खारेज गरेको हो। मेलबर्नको 'टेक्निकल एजुकेसन डेभलोपमेन्ट ईन्स्टिट्युट'मा अध्ययनरत उनले आफ्नो एसाइनमेन्टहरू ईन्टरनेटमा उपलब्ध सामग्रीहरू सारेर तयार पारेका थिए। उनले एसाइनमेन्टहरूमा अरूले तयार पारेको सामग्रीहरू हुबहु सारेर बुझाएकोअष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले जनाएको द अष्ट्रेलियनको आलेखमा उल्लेख छ। अनुसन्धान तथा अध्ययनमा प्रयोग भएका सामग्रीको स्रोत उल्लेख गर्न समेत खान चुकेका थिए। अरूको लेख तथा विचारलाई सारेर आफ्नो दाबी गर्नुलाई बौद्दिक चोरी (प्लेजरिज्म) मानिन्छ।

Read More »

अष्ट्रेलियामा काम र कमाई मेलबर्नका नेपाली विद्यार्थीको अनुभव

धेरैले अष्ट्रेलियन जिवनको रौनक र चक्का चौंध का बीच नेपाली अनि अरू अन्तर्राष्ट्रिय विद्यार्थीले गर्नुपर्ने दुख र बाँच्नको लागी गरेको संघर्षको अर्को पाटोलाई ख्यालै नगरेको पाईन्छ। नेपालबाट अष्ट्रेलियाको सपना देख्दा नै यस्ता कुरामा ध्यान दिनु पर्छ यदी अष्ट्रेलिया आउने नै हो भने। नत् ट्वीटरका बरिष्टहरूले गरेझैं अंगुर अमिलो छ को शैली अपनाउँदा हुन्छ। ‘पलायनवादी’, ‘घण्टा हान्ने’, ‘भाँडा माझ्ने’ जस्ता टर्मिनोलोजी निशुल्क तयार छ। चिया पसलमा अनि ट्वीटरमा बस्नुस् विदेशमा काम गरेर दाम र भविष्य बनाउन खोज्नेलाई गाली गर्नुस्। स्नातक तथा स्नातकोत्तर तहमा अष्ट्रेलियामा पढ्ने अनि यतै सेटल हुने सोच भएकाहरूले माध्यमिक तहमा पटक पटक जाँचमा सप्रसंग ब्याख्या गरेको ‘जिन्दगी केबल फुलैफुलको बिछ्यौना होईन…यो त काँडै काँडाले भरिएको….संघर्ष पनि हो…।’ भन्ने लाईनलाई बिर्षनु भएन। अष्ट्रेलिया चम्किला गाडी, सुकिला साडी र सेक्सी नारीको मात्र देश होईन, क्लिनिङ, किचनह्याण्ड अनि हाउसकिपिङमा पसिना बगाएर यूनिभर्सिटीको फी र बैंकको ऋण चुक्ता गर्नेहरूको पनि हो। दुख, परिश्रम पनि गर्नुपर्छ, चोकै पिच्छे रहेका पब र युवतीका हब त जिन्दगीको अर्को पाटो मात्र हो। नेपाली विद्यार्थीको लागी पनि अरूको जस्तै काम र पढाईको पेलान नियमितता यहाँ कुरेर बसेकै छ। भिजा जोगाउनु पर्ने अनिवार्यतामा काम खोज्ने, गर्ने अनि पढाईमा पनि कमी हुन दिनु नहुने अरु मापदण्ड बन्छन् यहाँ जिन्दगीको त्यसैले नेपालमा बसेर अष्ट्रेलियाको गुलियो सपना देख्नेहरूले गुलियोले दाँत बिगार्न सक्ने तर्फ पनि सचेत हुनै पर्छ। त्यसको लागी यहाँका विद्यार्थीको अनुभवबाट सिकेर अष्ट्रेलियाको राम्रो प्लानिङ गर्नु उचित हुन्छ।

Read More »