Tag Archives: भिजा

अष्ट्रेलियामा भिजा अवधी नाघेर अवैध बस्ने ६४ हजार

अष्ट्रेलियाको अध्यागमन कानुन र त्यसको पालना कडा मानिएपनि पछिल्लो पटक सार्वजनिक भएको एक तथ्यांक भने अचम्म पार्ने खालको छ। अष्ट्रेलियाको अध्यागमन विभागको एक तथ्यांक अनुसार अष्ट्रेलियामा ६४ हजार भन्दा धेरै विदेशी नागरिक अवैध रूपमा बसिरहेका छन्। विभागको तथ्यांक अनुसार ती व्यक्तिहरू उनीहरूलाई अष्ट्रेलियामा विभिन्न प्रयोजनका लागि दिईएको भिजाको म्याद सकिएपछी पनि अष्ट्रेलियामा नै रहेका हुन्। भिजाका सर्त तथा अध्यागमन कानुन …

Read More »

यो हो अष्ट्रेलियाको नयाँ पीआर लिस्ट, नेपालबाटै पाउन सकिन्छ पीआर

विदेशी कामदारमाथिको भर हटाउने र अष्ट्रेलियनलाई रोजगारी श्रृजना गर्ने मालकम टर्नबुल सरकारको निर्णयले अष्ट्रेलियामा व्यापार, अध्ययन तथा कामका लागी आउने विदेशीहरु झस्किरहेको समयमा नयाँ वर्षको लागी अष्ट्रेलियन सरकारको दक्ष पेशाको सूचि सार्वजनिक भएको छ। अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१७-२०१८ का लागी दक्ष जनशक्तिको सूचि सार्वजनिक गरेको छ। जसमा मिडियम एण्ड लङ टर्म …

Read More »

नेपालीलाई अष्ट्रेलिया पढ्न छात्रवृत्ति, खान बस्न र हवाईटिकट पनि दिने

Australian Scholarship opens for Nepalese Students

अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागी अष्ट्रेलिया  सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको अवसर दिने भएको छ। ‘अष्ट्रेलिया अवार्डस्’को  २०१८ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनका लागि यसखालको अवसर मिल्न लागेको हो। अष्ट्रेलियाले ‘अष्ट्रेलिया अवार्डस्’ मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका …

Read More »

अष्ट्रेलियामा ६० हजारको भिजा रद्द

अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिजा रद्द गरेको यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले जनाएको छ। यो संख्या अार्थिक वर्ष २०१५-२०१६ को हो। विभिन्न देशबाट फरक फरक भिजामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिजा रद्द हुनुको कारण भने फरक फरक रहेको जनाएको छ। भिजा रद्द हुने मध्ये ठूलो संख्यामा अष्ट्रेलियामा भिजामा उल्लेख भएको समय भन्दा बढी समय यहाँ रहेका(ओभर स्टे)हरू रहेका छन्। भिजामा अनुमति मिलेको समय भन्दा बढी बसेको कारण रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ। यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन्। अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा यहाँको सिनेटको कानुन तथा संवैधानिक मामला सम्बन्धी कमिटीलाई जानकारी दिने क्रममा भिजा रद्दबारेको यो तथ्यांक सार्वजनिक भएको हो। यही समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ।

Read More »

अष्ट्रेलिया प्रोसेस गर्न कुन कन्सल्टेन्सी ठीक?

अष्ट्रेलिया आउने सोच बनाएका सबैको मनमा खड्कने प्रश्न हो यो। कुन कन्सल्टेन्सी ठीक होला, कुनबाट प्रोसेस गरे छिटो भिजा लाग्ला अनि रिफ्युज नहुने गरी कसले गरि देला भन्ने सबैलाई लागिरहेको हुन्छ। त्यसैले त अष्ट्रेलिया आउने सोच बनाएका नेपालमा हुने धेरैले अष्ट्रेलिया आएका साथीभाई तथा आफन्तलाई सोध्ने एउटा प्रमुख प्रश्न हो ‘कुन कन्सल्टेन्सीबाट प्रोसेस गरेको?’ धेरैलाई अष्ट्रेलिया आइपुगेको साथी वा आफन्त कुनै कन्सल्टेन्सी विशेषको विशेष योग्यता वा क्षमताका कारण पुगेको हो कि भन्ने पनि हुन सक्छ। तर अष्ट्रेलिया पुगेको साथी वा आफन्तले यूनिभर्सिटी छनौट, भर्ना तथा भिजा प्रोसेस गरेको कन्सल्टेन्सी नै वा मात्रै ठीक हो कि भन्ने सोच्नु चैं गलत हो। तर अष्ट्रेलिया आइसकेका साथीभाईको अनुभवबाट सिक्न खोज्नु सहि भएपनि यसमा विचार गर्नुपर्ने कुरा चैं उक्त कन्सल्टेन्सीले प्रतिनिधित्व गर्ने वा विद्यार्थी पठाउने कलेज वा यूनिभर्सिटी हुन्। ति कलेज र युनिभर्सिटीको ट्युसन फी, लोकेसन र उक्त लोकेसनमा काम पाउने सम्भावना र बस्नको लागी युनिट तथा घरको उपलब्धता र शुल्कबारे पहिले नै बुझ्नु उपयुक्त हुन्छ। यतिखेर काठमाडौं र देशका प्रमुख शहरहरूमा अष्ट्रेलिया विद्यार्थी पठाउने कन्सल्टेन्सीको संख्या यसरी बढिरहेको छ कि हरेक चार तले घरको एउटा तलामा कन्सल्टेन्सीको अफिस छ। यसरी संख्यामा भएको बढोत्तरीले सृजना गरेको सकारात्मक छनौटको अवसर पनि दिएको छ। त्यसो त अष्ट्रेलिया जान चाहनेको भिडलाई प्रयोग गरेर छिटो पैसा कमाउँ भन्नेहरू पनि कम छैनन् वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा। त्यसैले अष्ट्रेलिया अध्ययनका लागी आउने सोच बनाएकाहरूले सबैभन्दा पहिले आफ्नो क्षमता, अष्ट्रेलियाको आवस्यकता र वास्तविकता बारे बुझ्नु अनिवार्य हुन्छ। जसले अष्ट्रेलिया आउनेक्रममा ठगिने, बढी खर्च हुने, गलत निर्णय लिने तथा अष्ट्रेलिया आइसकेपछी पछुतो लाग्ने, धेरै संघर्ष र दुख गर्न पर्ने हुन पनि सक्छ। त्यसैले कन्सल्टेन्सीहरूको भिडमा अष्ट्रेलिया आउन चाहनेले सही कन्सल्टेन्सीको छनौट गर्नु पनि आवश्यक हुन्छ।

Read More »