Tag Archives: सिडनी

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

नेपालबाट अष्ट्रेलिया आउनेलाई यहाँ आएपछी गर्नुपर्ने कामको बारेमा धेरै थोरै थाहा त भईनै सकेको हुन्छ। नेपालमा कन्सल्टेन्सी वा कलेजका प्रतिनिधीसँग समेत सोधपुछ गरेर यसबारे धेरैले सूचना पाएका नै हुन्छन्। तर पनि धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा कसरी काम खोज्ने, पाउने र गर्ने भन्नेमा त्यति धेरै स्पष्ट भएर आएको पाईंदैन। यसो हुनाको कारण अष्ट्रेलियामा रहेका आफन्त वा साथिभाईले काम मिलाईदिइहाल्छन् वा उनीहरूको …

Read More »

स्वाद लिनै पर्ने सिड्नीका सात नेपाली रेष्टुरेन्ट

खाना र स्वादका लागी हामी नेपाली पनि विश्वका अरू देश र तिनका निवासी भन्दा कम छैनौं। नेपालमा रहेको जातिय, सांस्कृतिक अनि परम्परागत विविधताले गर्दा हाम्रो भात–भान्छाको स्वादमा पनि विविधता थपेको छ। जसले गर्दा तराई, पहाड र हिमालको समिश्रण हाम्रो खानाको थालीमा समेत पाउन सकिन्छ। जसले हाम्रो जिब्रो र ‘टेस्ट बड’हरूलाई धेरै मात्रामा सन्तुष्ट पारिरहेको हुन्छ। ‘नेपाली जहाँ जहाँ छन्, नेपाल …

Read More »

अष्ट्रेलियामा नेपालीले काम पाउन मुस्किल पर्ने कारणहरू

अष्ट्रेलियामा हरेक दिन नयाँ नयाँ अवसरहरू खुलिरहेका हुन्छन् काम तथा रोजगारीका लागी। यहाँका रोजगारीका सूचना दिने वेबसाइटहरू हेर्ने हो भने दैनिक ३५ हजार जति नयाँ कामदार तथा कर्मचारी माग भएका सूचना अपडेट भएको पाउन सकिन्छ। तर यहाँ धेरै जसो विदेशबाट आउने विद्यार्थी तथा आप्रवासीले रोजगार पाईहाल्न मुस्किल हुने कारण चाही यहाँको भाषा, रोजगारी प्रक्रिया र अनुभवको कमी हुने गरेको छ। …

Read More »

सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलियामा घर: हतारमा किनेर फुर्सतमा पछुतो नहोस् - NepaliPage

अष्ट्रेलियामा आउने नेपालीहरू चाहे स्टुडेन्ट भिजामा होस् या नेपालबाट नै पीआर लिएर, उनीहरूको सुरूवाती दिनका अनुभवहरू खासै फरक हुँदैनन्। तर, स्टुडेन्ट भिजामा आउनेलाई पीआर लिएर आउनेलाई भन्दा आर्थिक दबाब बढी हुन्छ। अष्ट्रेलियामा आईसकेपछी सबैभन्दा सुरूमा नै उनीहरूलाई पर्ने समस्या भनेको काम र कोठाको हो। हुन त नेपालबाट आउनेहरूले आफन्त वा साथीभाईसँग सुरूवाती दिनमा सहयोगको लागि व्यवस्था मिलाएर नै आएका हुन्छन्। …

Read More »

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट

नेपालमा देख्ने र सुन्ने भन्दा धेरै फरक छ अष्ट्रेलियाको अवस्था विशेष विद्यार्थि भिषामा आउनेका लागी। कामको शैली, उपलब्धता अनि प्रकृतीको फरकपनको कारण नेपालमा रहँदा परेको अष्ट्रेलियाको आकर्षण सुरूको केही महिनामा नै जमिनमा खसेर धुजा धुजा नै हुन्छ। (यहाँ हेर्नुस नेपाली विद्यार्थीको अनुभव) नेपालमा अष्ट्रेलिया पुगेपछी त जे पनि गरिन्छ भन्ने हुन्छ। त्यसमा एजुकेशन कन्सल्टेन्सीले नि साताला २० घण्टा काम गर्न पाईन्छ अनि घण्टाको २० डलरको दर भनेर सुनाएपछी त मख्खै पो परिरहीएको हुन्छ। नेपालमा बसेर हिसाब गर्दा सबै म्यानेज हुने देखिए पनि यहाँ अष्ट्रेलिया आएको पाँच देखी छ महिना सम्म काम नपाउने सम्भावना पनि हुनसक्छ। काम नै पाएको छैन भन्नेको संख्या पनि धेरै नै छ। यहाँबाट हेर्नुस अष्ट्रेलियाको मेलबर्नमा स्टुडेन्ट भिजामा आएका नेपाली विद्यार्थीके भन्छन् (यहाँ क्लिक गर्नुस) काम नपाईने साथै खर्च र यहाँको समाज, शैलीसँग परिचित हुन केही समय लाग्ने भएपनि अष्ट्रेलिया गर्न सक्नेका लागी लरोतरो विकल्प चाहिँ होईन। तर त्यसका लागी नेपालबाट आर्थिक व्यवस्थापन सँगै यहाँ काम लाग्ने शीप समेत सिकेर आउनु उपयुक्त हुन्छ। जसले यहाँ अष्ट्रेलियामा रहन बस्न सजिलो गराउँछ तर यी सबै भन्दा महत्वको कुरा हो नेपालमा अष्ट्रेलिया आउनु अघी नै यहाँका कुराहरू जानेर आउनु। त्यसका लागि हरेक विद्यार्थीले आफ्नो करिअर, अर्थतन्र साथै परिवार र अष्ट्रेलियामा भविष्य लगायतका बारेमा सानो तिनो अनुसन्धान नै गरेर आउनु राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई, काम र सामाजिक व्यवाहर जान्नको लागी न त अष्ट्रेलियामा रहेकालाई सोध्नुपर्छ न त कन्सल्टेन्सी नै धाउनुपर्छ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका वेवसाइट र कामदार खोज्ने साइटहरू अष्ट्रेलिया आउने योजना बनाउँदा नै हेरेको खण्डमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ। सामान्य पनि अष्ट्रेलिया आउने सोच बनाउनु भएको छ भने यी छ वटा वेबसाइट हेरेर यहाँको बारेमा पहिले बुझ्नुस् :

Read More »

अष्ट्रेलियामा विकेण्ड

सप्ताहन्त, अर्थात विकेण्ड। अष्ट्रेलियामा यसको छुट्टै पो महत्व छ त। साताको दुई दुई दिन बिदा हुने देश जो परयो। शुक्रबार देखी नै यहाँका होटल, पब र रेष्टुरेन्टहरूमा विकेण्ड लाग्छ, बोटल फोरिन्छन्, गर्लफ्रेण्ड फेरिन्छन् अनि बैंक कार्डको क्रेडिट फेरिन्छ। उही रहने त शरिर र सोमबार देखीको काम गर्ने शैली र व्यस्तता मात्रै। धोकेर, बोकेर, ठोकेर, झुमेर, घुमेर, खेलेर, झेलेर, वाइन ओमन सबमा भुले पनि आईतबार मध्य दिनमा घर फर्केपछी विधिपूर्वक सकिन्छ एउटा अष्ट्रेलियन विकेण्ड। त्यो सिड्नीमा पनि उही हो अनि मेलबर्न, क्यानबेरा र पर्थमा पनि उही हो। तर फरक के भने यहाँ बस्नेको वर्ग र हैसियत अनुसार विकेण्ड फरक हुन्छ, गतिविधी के गरिन्छ भन्ने। हामी नेपालीहरू मध्ये सबैको यस प्रतिको धारणा चैं आफ्नो वर्ग र यहाँको सेटलमेन्ट हेरेर फरक फरक छ, हुनसक्छ। तर पनि सबैको लागी विकेण्डका दुई दिनले साताका अरू पाँच दिन भन्दा फरक नै महत्व राख्छ। बिदाको समय भएकाले आफन्त साथीभाई भेटघाटको अवसर जुटाउन पनि सकिन्छ भने यी दुई दिनमा काम गरेर साताका अरूदिनमा भन्दा धेरै कमाउन सकिन्छ। ट्याक्समा काम गर्नेहरूका लागी रोजगारदाताले यी विकेण्डका दुई दिन अरू दिन भन्दा धेरै नै बढी पे गरिरहेका हुन्छन्। त्यसैले नर्सिङ तथा अरू सेवा क्षेत्रमा काम गर्नेले सितीमिति विकेण्डका समयमा पाएको सिफ्ट छोड्दैनन्। र, छोड्नु पनि हुँदैन। यहाँ आएको नै पैसा कमाउन र जिवनमा सम्पन्ता ल्याउन जो हो।

Read More »

अष्ट्रेलियामा कामका लागी ३० वेबसाइट

‘अष्ट्रेलिया गएपछी त भै हाल्छ नि’, ‘अष्ट्रेलिया गएपछी त जे पनि गरि हालिन्छ नि’, ‘सबैले कमाइ राछन्’ नेपालमा अष्ट्रेलियाको काम र यहाँको कमाई बारे यसरी ढुक्क भईन्छ कि लाग्छ जहाजबाट ओर्लने बित्तिकै कसैले समातेर काममा राखिहाल्छ। तर सिड्नी होस् या मेलबर्न नेपालबाट जेट चढेर उडेको सपना ओर्लँदा ‘जेट ल्याग’ले भन्दा बढी काम नपाएर भाउन्न भइसकेको हुन्छ। अष्ट्रेलियाको सिडनीमा अरू शहरमा भन्दा बढी काम पाउने सम्भावना छ भनिन्छ तर काम पाइएन भनेर फेसबुकमा गुनासो गर्नेको कमी भने कहिलै देखिएको छैन। काम नपाएको बताउने जसरी बढीरहेका छन् त्यो भन्दा धेरै अष्ट्रेलियामा नेपालीलाई काम खोजिदिने धेरै छन् फेसबुकमा। यदाकदा त्यस्ता काम खोजिदिने र यहाँ काम छ भनेर स्टाटस हाल्नेहरूले मानिसको ध्यान तान्नको लागी मात्र त्यसो गरेको भनेर आलोचना पनि सुनिन्छ। मनिट्रान्सफर, कन्सल्टेन्सी लगायतको व्यवसायलाई सघाउका लागी कामको सूचना राख्नेहरुको संख्या धेरै छ। त्यसो त त्यसरी कामको सूचना दिनेहरू नेपालबाट भाईबहिनी आउँछन् उनीहरूलाई काम मिलाइदिनुपरयो भनेर समाजसेवामा लागेका हैनन् उनीहरूको आफ्नै काम छ। आफूलाई कसैले पठाउँछ सुचना र थाहा पाइयो भने राख्नेहुन्। त्यती राखिदिनु नै ठूलो कुरा हो यहाँ। त्यसको सत्य तथ्य बुझ्ने काम तपाईं हामी जो काम खोजी रहेका छौं उसैको हो। तर यस्ता सूचना राख्नेहरूको संख्या नि धेरै भईसकेको छ। सन् २०१४ सम्म अष्ट्रेलियामा काम भन्ने मात्र प्रोफाइल थियो अहिले त दर्जन भन्दा धेरै भइसकेको छ। यसरी नेपालीहरुले राखेका कामका सूचनाहरू मार्फत काम पाउने भनेको नेपालीले नै हो। त्यसैले अष्ट्रेलिया आउनु अघि देखी नै यस्ता प्रोफाइल र पेजहरूलाई फलो गर्नु बुद्धिमानी नै हुन्छ। तर याद गर्नुस अष्ट्रेलियामा सबै भन्दा सजिलै काम पाउने भनेको आफन्त, साथीभाईको भनसुनबाट नै हो। नत्र सिधै खासै सिप नभएको मानिसलाई काम दिने कमै भेटिन्छन्। फेसबुकमा नेपाली दाजुभाईका मार्फत आएका विग्यापनबाट काम दिने पनि नेपाली नै भएकाले काम गर्न र सिक्न सजिलै हुन्छ तर पैसा भने थोरै दिने र कतिपयले ढिलो अनि कतिले पैसा नै नदिने खाइदिने गरेको पनि सुनिन्छ। त्यसैले काम र काम लगाउनेले गर्ने पे को बारेमा पहिले नै स्पष्ट बुझ्नुस। काम लगाउनेको नाम, नम्बर सुरक्षित राख्नुस साथै सके र मिलेसम्म कामको कुरा र भेट्ने समयका बारेमा मेसेजबाट कुरा गर्नुस र मेसेज सुरक्षित राख्नुस् यदी पछी कामको पैसा नदिएको खण्डमा तपाईंसँग प्रमाण पनि हुन्छ। यसरी फेसबुकबाट नेपाली नेपालीको सहकार्यबाट मिलेको काम राम्रो भयो भने त ठिकैछ नत्र केही अनुभव भएपछी र यहाँको चालचलन बुझेपछी तपाई अर्को काम खोज्न अनि पाउन सक्नुहुन्छ।

Read More »

विदेशीले हरेराम गाउँदा

हामी धेरैलाई लाग्छ धर्म कर्म गर्ने अनि भजन गाउने भनेको ५० वर्ष कटेपछी हो। धेरैलाई जिन्दगी चलाउनको लागी गर्नुपर्ने सबै सांसारिक काम गरेर उमेर पाको हुँदै गएपछी काशी नुहाएर, गौ दान गरेर सबै पाप पखालिन्छ अनि बैकुण्ठ तर्ने हो भन्ने लाग्छ। धर्म र संस्कृती प्रति नेपालीहरूको बुझाइ नमिलेकै कारण आफ्नै संस्कार, परम्परा र संस्कृती अनि अभ्यासलाइ नेपालीहरुले पैस्वीकरण (मोनिटाइज) गर्न सकेका छैनन्। हाम्रो 'संस्कृत', हाम्रो योग, हाम्रो आयुर्वेद सबै भारतको भइसकेको छ। बहुदल, प्रजातन्त्र अनि स्वतन्त्रताको नाममा देश र समाजलाइ नै कहाली लाग्दो गरिबी तिर धकालिएको छ। अार्थिक मात्र नभएर नेपाल र नेपाली समाज सोचले पनि धेरै गरिब भइसकेको छ। जुन दैनिक समाचारपत्र अनि अनलाइनका खबरमा पढ्न देख्न पाईन्छ। राजनीतिक रूपमा कम्युनिष्टहरु धेरै भएकाले पनि संस्कार संस्कृतिलाई सम्पन्नताको बाटोमा लगाउने भन्दा पनि गरिबीको गीत गाउने र विदेशी एजेन्टसँग मित लाउनेमा नै बढि जोड छ। यही कारण हुनुपर्छ उमेर र पाखुरीमा बल रहँदा सम्म हरेक हुने नहुने सबै काम गर्छन् अनि उमेर घर्कंदै गएपछी मात्रै मन्दिर धाउन सुरू। हेडक्वार्टर देखी वडा क्वार्टर सम्मका कामरेडका चर्तिकला हेर्नुस् त। नेपालमा यस्तो छ भने विदेश गएका नेपालीको हाल पनि उस्तै हो। तीजमा महिनाभर दरको नाममा 'बीफ' समेत पड्काउन बेर लाग्दैन, वाईन भनेको त आजकल रक्सी नै हैन भन्ने न्यूरोड मै स्थापित हुन लागिसक्यो, न्यूओर्क, सिड्नीका के कुरा गर्नु गहुँतै भइसको वाइन त। सिडनी अनि अष्ट्रेलियाका अरू सहरमा बस्ने नेपालीका फेसबुकमा अपलोड गरिएका फोटा हेर्नुस वीकेण्ड भनेर बियरको दुईचार बोटल अघि राखेर फोटो नहाल्ने त सोसाइटीमा नै पर्दैनन्। टन्न ढल्ने गरि जलपान हुने समाजसेवा वाला भोजको आयोजना सातै पिच्छे हुन्छ तर अलिकति सत् संगत हुने कुरा भनेको चैं 'घाममा सुकाइदेउ' नै हो।

Read More »

‘महाभूकम्प ७२’ सिड्नीमा सम्झना

भौतिक रूपमा गत वर्षको 'महाभूकम्प ७२'ले अष्ट्रेलिया अनि सिडनीमा बस्ने नेपालीहरूलाई हल्लाएन। तर यहाँ रहे बसेका नेपालीको हंश भने धरहरा भन्दा धेरै डरलाग्दो पाराले हल्लियो जसको धक्का आजसम्म पनि महशुस गरिरहिएको छ। जुन आफन्त गुमाउनुमा जोडिएको हुनसक्छ या परिवारको भौतिक संचरना र सम्वृद्धी गुमाउनुमा। दुवै हिसाबमा सिडनीमा रहेका नेपालीलाई भूकम्पले हल्लाएको थियो र आज पनि पराकम्पनको समाचारले मुटुमा चसक्क हुन्छ। देशको माया मात्र होईन अवस्थाको पत्तो पनि विदेशमा रहँदा बस्दा धेरै हुन्छ। यतिखेर नेपालबाट अष्ट्रेलिया आएर यतैको संसारमा रमाइरहेका नेपालीले नेपालको वर्तमान मात्र हैन भविष्य पनि भयावह नै देखेका छन् जुन काठमाडौंमा देखिएका भत्किएका संरचना भन्दा बढी नै डरलाग्दो छ। नेपालका राजनीतिक दलको दिशा र दशाले नै स्पष्ट देखाइसकेको छ की उनीहरू यत्रो ठूलो संकट समाधानका लागी न तयार थिए, छन्। यो उनीहरूको बुता भन्दा बाहिरको साबित भइसकेको छ किनकी जनताले सिंहदरबारबाट हुने नियुक्तिमा आफन्तको भागबण्डा र माफियागिरीमा काँध थाप्ने बाहेक गएको वर्षमा राजनीतिक दल र सरकारको संरचनाबाट नगण्य मात्रै काम भएको भोगेका छन्। सिडनी सायद विदेशमा बसेका नेपालीहरू मध्ये ठूलो संख्या सम्वृद्ध छ यहाँ, ले सम्झनामा नेपालमा जस्तै धरहरा ठड्यायो बत्तिको प्रकाशको। सोमबार 'एनज्याक डे'को सार्वजनिक बिदाको दिन अष्ट्रेलिया इतिहास सम्झँदै थियो भने नेपालीहरू नेपालको महाबिपत्ति! 'कहिल्यै नहोस्' भन्दै सिडनीमा बसोबास गर्ने नेपालीहरू सिडनीको प्रमुख केन्द्र नजिकैको 'एशफिल्ड पार्क'मा भेला भएका थिए। कार्यक्रमको आयोजना गरेको थियो 'नेपाली अष्ट्रेलियन युथ एशोसिएसन' (नया)ले। कार्यक्रम आयोजनाका लागि नयाको टीमलाई धन्यवाद नै दिनुपर्छ

Read More »

दर्शन गर्नै पर्ने सिड्नीका छ मन्दिर

मन्दिर, नेपाली मात्र हैन पूरा भारतवर्षको सभ्यताको सुरू बिन्दु यही हो। मन्दिरलाई कसैले हिन्दू देवी देवताको पूजा उपासनासँग मात्र जोडेर हेर्छ भने त्यो पूर्ण नहुन सक्छ। मन्दिर आस्था र विश्वासको प्रतिक मात्र नभएर मानव सभ्यताको पनि सूचक हो। पौराणिक भारतवर्ष अनि यतिखेरको एशिया र मध्यपूर्वको एउटा ठूलो हिस्साले बोकेको सभ्यताको एउटा महत्वपूर्ण बिन्दु हो मन्दिर। जहाँबाट हाम्रो दिन सुरू हुन्छ र अनि समाप्ति पनि। मन्दिर हाम्रो सभ्यता हो अनि आराधना र जिवनको एउटा स्कुलिङ। यो यस्तो ठाउँ हो जहाँ जिवन देख्न बुझ्न अनि अनुभव गर्न सकिन्छ। काठमाण्डौंको पशुपतिनाथको मन्दिर पुगेका हरेकले यो अनुभव गरेको हुनुपर्छ। त्यसो त भारतका मन्दिर पुग्नेले पनि त्यस्तै अनुभव गर्छन्। मन्दिरमा पुगिसकेपछी मानिसको मन संलिन्छ, भगवानको डरै सही त्यसले मानिसलाई केही भएपनि सतमार्गमा लाग्न प्रेरितै गर्छ भलै मानिसहरू मन्दिरबाट निस्कन पाएको छैन निच काममा किन नलागुन। मन्दिरको वातावरणले मानसिक र मनोवैग्यानिक रूपमा मानिसलाई स्फुर्त बनाउँछ। त्यसैले मानसिक तथा भावनात्मक स्वास्थ्यका लागी पनि मन्दिर जानु आवश्यक हुन्छ। अष्ट्रेलिया जस्तो व्यस्त, व्यक्तिवादी अनि भौतिक समाजमा त मन्दिर र सतसंग अत्यावश्यक नै छ।

Read More »