Tag Archives: एनआरएन

एन.आर.एन. सँघका धमिरा र कमिलाहरू

मलाई वास्तवमा एन.आर.एन. सँघप्रति औधी दया पलाएको छ ।  हेरौं न, एक दशकअघिसम्म त्यत्रो तामझाम थियो, एन.आर.एन. सँघको । कुनै बडेमानको मल्टीनेशनल कम्पनी जसको कुनै ब्यापारिक स्वार्थ छैन, देशमा आएर उलटपुलट गरिदिन्छ झैं चर्चा भयो । संसारभरका नेपालीले कमाएका डलर, युरो, येन र पाउन्ड अब नेपालमा ओइरिन्छ, संसारभरका नेपालीको सीप बोइङ चढेर आउँछ, ठूलो उथलपुथल हुन्छ, यस्तै उस्तै बतास चल्यो । त्यसताका एन.आर.एन. सँघका अध्यक्षको हैसियत भारतीय र अमेरिकी राजदूतको भन्दा कम थिएन । पद भन्दा पदको मर्यादा ठूलो । मन्त्रीको त कुरै छोडीदिउँ । यी ६-६ महिनामा बदलिने मन्त्रीहरू महत्वपूर्ण अप्वोइन्टमन्ट रद्द गरेर एन.आर.एन. सँघको अध्यक्ष उपस्थित हुने कार्यक्रममा पुग्थे । एन.आर.एन. सँघको अध्यक्षसँग चिनजान र हिमचिम बढाउन लालयीत हुन्थे । आखिर बतास नचलिकन हात हल्लिंदैन, बतास जता चल्यो झारपातहरू त्यतै-त्यतै पिछा लाग्ने न हो!

Read More »

एनआरएनएको सहयोग दाँतमा लागेपछी

एनआरएनको सहयोग दाँतमा लागेपछी - NepaliPage

एनआरएनए अष्ट्रेलियाले विद्यार्थीलाई सहयोग गरिरहेको समाचार सुरूदेखी पढेकोले अष्ट्रेलियामा विद्यार्थी भिजामा रहेको म, खानै नपाउने अवस्था नहुनेमा ढुक्क नै थिएँ। आफूलाई तत्काल समस्या नपरेकोले सुरू सुरूका सहयोग विरतणहरूको जानकारी भएपनि धेरै चासो राखेको थिईन। २८ जुन २०२० मा फेरी एनआरएनएले थप सामग्रीहरू दोश्रो चरणको रूपमा विद्यार्थीहरूलाई वितरण गर्न लागेको सुनेपछी आफूबस्ने ठाउँ नजिकै भएको वितरणमा सहभागी भईयो। एक झोला विविध …

Read More »

एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव

एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव - NepaliPage

गैर-आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको हितमा कसरी प्रभावकारी ढंगमा काम गर्न सकिन्छ भनेर सार्वजनिक रूपमा नै सुझाव संकलन थालेको छ।

Read More »