Tag Archives: डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा बढी काम गरेपनि भिजा क्यान्सिल नगरिने! यो पनि पढ्नुस्: अष्ट्रेलियाबाट नेपाल पैसा पठाउँदा ध्यान दिनु पर्ने कुराहरु कोरोनाको प्रभाव फेरी बढ्दै जाँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विद्यार्थी भिसामा तोकिएको सिमा भन्दा बढी समय काम गर्न दिने भएको छ। कोरोनाका कारण अन्य देशसँगको आवागमनको सम्बन्ध बिच्छेद भएको अवस्थामा …

Read More »

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।

Read More »

अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता

अगस्तको इन्भिटेसन राउण्ड: थोरै आमन्त्रण धेरै चिन्ता - NepaliPage

अष्ट्रेलियाई सरकारले अगस्तको महिनामा जम्मा एकसय जनालाई अष्ट्रेलियाको ‘परमानेन्ट रेसिडेन्सी’ (स्थाई आवासिय) भिजा मानिने भिजा उपवर्ग १८९ का लागी आवेदन दिन आमन्त्रण गरेपछी अष्ट्रेलियाको स्थायि निवासी बन्ने चाहना राखेका धेरैलाई थप चिन्ता परेको देखिन्छ। अगस्त ११ मा अष्ट्रेलियाको गृह विभाग (डिपार्टमेन्ट अप होम अफेयर्स)ले सार्वजनिक गरेको भिजा निवेदन दिन आमन्त्रण गरेकाहरूको तथ्यांकले धेरैलाई आफू उक्त उपवर्गको भिजाका लागी योग्य नहुने …

Read More »

अष्ट्रेलियाले दिने पीआरको संख्या अर्को वर्ष घट्ने

अष्ट्रेलियाका मुलधारका समाचार माध्यमका अनुसार अष्ट्रेलिया सरकारले अागामी वर्ष दिने स्थायी आवासिय भिजा (पीआर)को संख्यामा कटौती गर्ने योजना बनाएको छ। जस अनुसार अर्को वर्ष अर्थात् सन् २०१९ मा अष्ट्रेलियाले स्थायी बसोबासको अधिकार सहितको भिजा (पीआर) को संख्यामा ३० हजार कटौती गर्ने छ। अहिले सम्म अष्ट्रेलियाले वार्षिक एकलाख ९० हजारलाई स्थायी बसोबासको अधिकार सहितको भिजा (पीआर) दिने गरेको छ। यो सँगै अष्ट्रेलियाले वार्षिक …

Read More »

पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्

Read More »

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

विद्यार्थीलाई करिअर र भविष्य सँगै खर्चको व्यवस्थापनका उपाय बुझाउनु भन्दा पनि राम्रो 'यूनिभर्सिटी'मा पढिरहेकोलाई सस्तो 'कलेज'मा सार्नेकाम पछिल्लो समय धेरै हुने गरेको छ

Read More »

सन् २०१९ का लागी खुल्यो अष्ट्रेलिया अवार्डस्, पढ्न, बस्न र हवाईटिकट सहितको छात्रवृत्ति

अष्ट्रेलिया अवार्डस्

योग्य नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियाको छात्रवृत्ति कार्यक्रम 'अष्ट्रेलिया अवार्डस्' मार्फत अष्ट्रेलियाका विश्वविद्यालयमा पढ्ने अवसर मिल्छ। साथै पढ्ने क्रममा हुने सबै खर्चहरू जस्तो कि फिल्डवर्क, हवाई टिकट र खानेबस्ने प्रवन्धका लागी समेत विद्यार्थीले सरकारबाट पैसा पाउँछन्।

Read More »

NAATI CCL Nepali बाट पाउनुस् पीआरको लागी ५ प्वाइन्ट

National Accreditation Authority for Translators and Interpreters (NAATI)ले अंग्रेजी भाषा बाहेकको मातृभाषा हुनेका लागी माईग्रेसन प्रोसेसमा सहयोगी हुने खालको नयाँ भाषा परिक्षा सुरू गरेको छ। Credentialed Community Language (CCL)परिक्षाका रूपमा NAATI ले सुरू गरेको यो भाषा परिक्षा पास हुनेले माईग्रेसन प्रक्रियामा थप ५ प्वाइन्ट पाउनेछन्।

Read More »

विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने

विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने - NepaliPage

अष्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ)ले विभिन्न भिजामा अष्ट्रेलियामा रहेकाहरूको कर विवरणको लेखा परिक्षण फेरी सुरू गर्ने बताएको छ। यसले दुई करोड भन्दा बढीसँख्याका विद्यार्थी, आप्रवासी र विभिन्न अन्य भिजामा रहेका साथै उनीहरूलाई अष्ट्रेलिया आउन सघाउने माइग्रेसन एजेन्टहरूलाई समेट्ने छ।

Read More »

अष्ट्रेलियामा भिजा अवधी नाघेर अवैध बस्ने ६४ हजार

अष्ट्रेलियाको अध्यागमन कानुन र त्यसको पालना कडा मानिएपनि पछिल्लो पटक सार्वजनिक भएको एक तथ्यांक भने अचम्म पार्ने खालको छ। अष्ट्रेलियाको अध्यागमन विभागको एक तथ्यांक अनुसार अष्ट्रेलियामा ६४ हजार भन्दा धेरै विदेशी नागरिक अवैध रूपमा बसिरहेका छन्। विभागको तथ्यांक अनुसार ती व्यक्तिहरू उनीहरूलाई अष्ट्रेलियामा विभिन्न प्रयोजनका लागि दिईएको भिजाको म्याद सकिएपछी पनि अष्ट्रेलियामा नै रहेका हुन्। भिजाका सर्त तथा अध्यागमन कानुन …

Read More »