Tag Archives: न्यूसाउथवेल्स

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट

कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ साथै ‘भिजा फी’ छुट - NepaliPage

यदी अष्ट्रेलिया सरकारले गरेको तयारी व्यवहारमा लागु भयो भने कोरोना प्रकोपका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘वर्क भिजा’ र ‘भिजा फी’मा छुट मिल्ने छ। कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न अष्ट्रेलिया सरकारले भिजा सम्बन्धी केही प्रावधानहरू परिवर्तन गर्न लागेको छ। यसको घोषणा केही सातामा नै हुने दाबी दि अष्ट्रेलियनले गरेको छ। यो पनि पढ्नुस्: अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी डर लाग्दो शोषणमा रहेको …

Read More »

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।

Read More »

न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना

न्यूसाउथवेल्समा आजदेखी मोबाईल क्यामेरा, गाडी चलाउँदा फोन उठाउनेलाई ठूलो जरिवाना - NepaliPage

सिड्नी तथा न्यूसाउथवेल्सका अन्य शहरहरूमा बस्नुहुन्छ र गाडी चलाउँदै फोनमा कुरा गर्ने बानी छ भने आजै देखी थप सावधान हुनुस्। आज डिसेम्बर १, आजदेखी अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा गाडी चलाउँदा मोबाईल फोन चलाउनेको फोटो खिच्ने क्षमता भएका क्यामेराहरू संचालनमा आएका छन्।

Read More »

यसकारण महत्वपूर्ण छ ‘डेलाइट सेभिङ’

पक्कै पनि घडीको समय मिलाईसक्नु भयो। आज अप्रिल ३ गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ समाप्त भएको छ। आज विहान ३ बजे घडिको घण्टा सुई फेरी दुईमा लैजानुपर्थ्यो। घरमा घडी भएकाले हिजो सुत्नु अघि वा आज उठेपछी समय मिलाउनु नै भयो होला। कसैले मिलाउन विर्सेको भए आज त पक्कै मिलाउनु हुन्छ किनभने भोली सोमबार देखी काममा जानु छ अनि मोबाईलमा समय १ घण्टा अघि भइसक्यो। अष्ट्रेलिया लगायत विश्वका कतिपय मुलुकले हरेक वर्ष डेलाइट सेभिङ टाईम भनेर केही मिनेट वा घण्टा घडीको समयलाई एडजस्ट गर्छन्। किनभने ती देश र भूभागमा घाम छिटो वा ढीलो उदाउँछ। अष्ट्रेलियामा आज घडीको समय मिलाउनु भयो भनेसी यसको मतलब हो आजबाट घाम यी राज्यमा १ घण्टा जतिसमय छिटो लाग्छ। खासमा यो घामसँगै समय मिलाउने काम सुरू भएको धेरै लामो समय भइसकेको छ। यससँग देशको अर्थतन्त्र, मानिसको काम गर्ने क्षमता साथै तपाईं हाम्रो स्वास्थ्य समेत जोडिएको छ।

Read More »