Tag Archives: पे

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

नेपालबाट अष्ट्रेलिया आउनेलाई यहाँ आएपछी गर्नुपर्ने कामको बारेमा धेरै थोरै थाहा त भईनै सकेको हुन्छ। नेपालमा कन्सल्टेन्सी वा कलेजका प्रतिनिधीसँग समेत सोधपुछ गरेर यसबारे धेरैले सूचना पाएका नै हुन्छन्। तर पनि धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा कसरी काम खोज्ने, पाउने र गर्ने भन्नेमा त्यति धेरै स्पष्ट भएर आएको पाईंदैन। यसो हुनाको कारण अष्ट्रेलियामा रहेका आफन्त वा साथिभाईले काम मिलाईदिइहाल्छन् वा उनीहरूको …

Read More »

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि ‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले नेपाली युवा आशिष परियार सहितका क्लिनरलाई उक्त रकम परिपूर्ति गर्ने भएको हो। एबीसीमा प्रकाशित समाचार अनुसार सो कम्पनि नेपाली युवा आशिष परियारलाई ५० हजार अष्ट्रेलियन डलर र अर्का …

Read More »

अष्ट्रेलियामा कामका लागी ३० वेबसाइट

‘अष्ट्रेलिया गएपछी त भै हाल्छ नि’, ‘अष्ट्रेलिया गएपछी त जे पनि गरि हालिन्छ नि’, ‘सबैले कमाइ राछन्’ नेपालमा अष्ट्रेलियाको काम र यहाँको कमाई बारे यसरी ढुक्क भईन्छ कि लाग्छ जहाजबाट ओर्लने बित्तिकै कसैले समातेर काममा राखिहाल्छ। तर सिड्नी होस् या मेलबर्न नेपालबाट जेट चढेर उडेको सपना ओर्लँदा ‘जेट ल्याग’ले भन्दा बढी काम नपाएर भाउन्न भइसकेको हुन्छ। अष्ट्रेलियाको सिडनीमा अरू शहरमा भन्दा बढी काम पाउने सम्भावना छ भनिन्छ तर काम पाइएन भनेर फेसबुकमा गुनासो गर्नेको कमी भने कहिलै देखिएको छैन। काम नपाएको बताउने जसरी बढीरहेका छन् त्यो भन्दा धेरै अष्ट्रेलियामा नेपालीलाई काम खोजिदिने धेरै छन् फेसबुकमा। यदाकदा त्यस्ता काम खोजिदिने र यहाँ काम छ भनेर स्टाटस हाल्नेहरूले मानिसको ध्यान तान्नको लागी मात्र त्यसो गरेको भनेर आलोचना पनि सुनिन्छ। मनिट्रान्सफर, कन्सल्टेन्सी लगायतको व्यवसायलाई सघाउका लागी कामको सूचना राख्नेहरुको संख्या धेरै छ। त्यसो त त्यसरी कामको सूचना दिनेहरू नेपालबाट भाईबहिनी आउँछन् उनीहरूलाई काम मिलाइदिनुपरयो भनेर समाजसेवामा लागेका हैनन् उनीहरूको आफ्नै काम छ। आफूलाई कसैले पठाउँछ सुचना र थाहा पाइयो भने राख्नेहुन्। त्यती राखिदिनु नै ठूलो कुरा हो यहाँ। त्यसको सत्य तथ्य बुझ्ने काम तपाईं हामी जो काम खोजी रहेका छौं उसैको हो। तर यस्ता सूचना राख्नेहरूको संख्या नि धेरै भईसकेको छ। सन् २०१४ सम्म अष्ट्रेलियामा काम भन्ने मात्र प्रोफाइल थियो अहिले त दर्जन भन्दा धेरै भइसकेको छ। यसरी नेपालीहरुले राखेका कामका सूचनाहरू मार्फत काम पाउने भनेको नेपालीले नै हो। त्यसैले अष्ट्रेलिया आउनु अघि देखी नै यस्ता प्रोफाइल र पेजहरूलाई फलो गर्नु बुद्धिमानी नै हुन्छ। तर याद गर्नुस अष्ट्रेलियामा सबै भन्दा सजिलै काम पाउने भनेको आफन्त, साथीभाईको भनसुनबाट नै हो। नत्र सिधै खासै सिप नभएको मानिसलाई काम दिने कमै भेटिन्छन्। फेसबुकमा नेपाली दाजुभाईका मार्फत आएका विग्यापनबाट काम दिने पनि नेपाली नै भएकाले काम गर्न र सिक्न सजिलै हुन्छ तर पैसा भने थोरै दिने र कतिपयले ढिलो अनि कतिले पैसा नै नदिने खाइदिने गरेको पनि सुनिन्छ। त्यसैले काम र काम लगाउनेले गर्ने पे को बारेमा पहिले नै स्पष्ट बुझ्नुस। काम लगाउनेको नाम, नम्बर सुरक्षित राख्नुस साथै सके र मिलेसम्म कामको कुरा र भेट्ने समयका बारेमा मेसेजबाट कुरा गर्नुस र मेसेज सुरक्षित राख्नुस् यदी पछी कामको पैसा नदिएको खण्डमा तपाईंसँग प्रमाण पनि हुन्छ। यसरी फेसबुकबाट नेपाली नेपालीको सहकार्यबाट मिलेको काम राम्रो भयो भने त ठिकैछ नत्र केही अनुभव भएपछी र यहाँको चालचलन बुझेपछी तपाई अर्को काम खोज्न अनि पाउन सक्नुहुन्छ।

Read More »