Tag Archives: सुन्दरी

यो सिड्नी, समुन्द्र र सुन्दरी

अष्ट्रेलियाको प्रमुख शहर र व्यवसायको केन्द्र अनि नेपाली सपनाले अवतरण पाउने शहर सिड्नीका सडकको कथा पनि त्यही हो। नेपाली सपनाहरु सहज रुपमा अवतरण हुन्छन् अनि जहाजको लामो यात्राले दिएको तनाव नसकिँदै बसाइँ, काम अनि विश्वविद्यालय, क्याम्पसका शूल्कहरुले दिने तनाव सुरु हुन्छ। सम्पन्नता र प्रजातन्त्र झल्काउने सडकसँगै सपनाहरु ट्राफिक छलेर अगाडी बढ्नछन्। सपना र अर्थतन्त्रको मेल गराउने चक्करमा विश्वविद्यालय, क्याम्पसका एसाइनमेन्टले पनि कम तनाब गराउँदैनन्। सबै तनाबहरु मेटाउने एउटै ठाउँ अनि उपाय हुन्छ समुन्द्र। पृथ्वी र चराचर जगतको विसर्जन समेट्ने समुन्द्र शान्त बनाउँछ तन मनलाई। सायद त्यसैले होला धेरै तनाव र दबाब सहन नसक्ने (नेपालीको तुलनामा, नेपालीलाई दुख र तनाबमा पनि हाँस्न सक्ने जातीका रुपमा लिइन्छ) अंग्रेजहरु शरिरमा न्यूनतम बस्त्र लगाएर समुन्द्रको किनारमा लम्पसार पुग्न पुग्छन्। वीच भनेर चिनिने समुन्द्रका किनाराहरु साँच्चै मानिसलाई तरंगको माध्यमबाट शान्त बनाउँछन्। मानसिक शान्ती दिन्छन् अनि शरिरलाई चुस्ती र ताजगी। साँच्चै यस्तो लाग्छ यी समुन्द्रका किनाराहरु मानिसका दुखलाई किनारा लगाएको अनुभूति गर्नका लागि नै सजाइएका हुन्। नेपाली त्यसमा पनि मध्यमवर्गको मनमा बसेको सिड्नीको अभिन्न अंगहरु हुन यहाँका सामुन्दी किनारा। पर्यटनको महत्वपूर्ण आकर्षण अनि जिवनकै अभिन्न अंग। जहाँ यहाँका हरेक मानिस स्वतन्त्र र सुरक्षित महशुस गरेर निक्कै कम बस्त्रले लाज ढाकेर प्राकृतिक रुपमा पुग्न अनि समुन्द्रको छाल सँगै आफूलाई बगाउने प्रयास गर्छन्। सायद त्यही प्रयासमा उनीहरुको तनाव पनि बग्छ। समुन्द्रबाट निस्केका हरेक सुन्दरी र सुन्दर(ब्यूटीफूल र ह्याण्डसम)हरु तनाव रहित देखिन्छन्। सिड्नी अवतरण गरेका नेपाली युवाका लागि समुन्द्रको यस्ता किनाराहरु रोमान्चक र मनोरञ्जनात्मक मात्र हुँदैन। अरु पनि केही थप हुन्छ, जो उसले नेपालमा देख्न र अनुभव गर्न पाएको हुँदैन। जसको अनुभवका लागि काठमाडौंका धनाढ्य र सम्पन्नहरु थाइल्याण्डको पताया पुग्छन्। समुन्द्र र सुन्दरीहरुको छालसँगको गतिविधि अनि बालुवाको सुताइ र मन्द मन्द हावा परमानन्द भै गो। सायद सामुन्द्री किनारा मानिसमा मादकता पनि भरिदिन्छ, त्यसैले होला धेरैले हनिमुन गन्तव्य पनि बनाउँछन् यसलाई। त्यो कुजी पनि हुन सक्छ, मेन्ली वा बोन्डी।

Read More »