Tag Archives: सिफारिस गरिएको

स्वाद लिनै पर्ने सिड्नीका सात नेपाली रेष्टुरेन्ट

खाना र स्वादका लागी हामी नेपाली पनि विश्वका अरू देश र तिनका निवासी भन्दा कम छैनौं। नेपालमा रहेको जातिय, सांस्कृतिक अनि परम्परागत विविधताले गर्दा हाम्रो भात–भान्छाको स्वादमा पनि विविधता थपेको छ। जसले गर्दा तराई, पहाड र हिमालको समिश्रण हाम्रो खानाको थालीमा समेत पाउन सकिन्छ। जसले हाम्रो जिब्रो र ‘टेस्ट बड’हरूलाई धेरै मात्रामा सन्तुष्ट पारिरहेको हुन्छ। ‘नेपाली जहाँ जहाँ छन्, नेपाल …

Read More »

यो हो अष्ट्रेलियाको नयाँ पीआर लिस्ट, नेपालबाटै पाउन सकिन्छ पीआर

विदेशी कामदारमाथिको भर हटाउने र अष्ट्रेलियनलाई रोजगारी श्रृजना गर्ने मालकम टर्नबुल सरकारको निर्णयले अष्ट्रेलियामा व्यापार, अध्ययन तथा कामका लागी आउने विदेशीहरु झस्किरहेको समयमा नयाँ वर्षको लागी अष्ट्रेलियन सरकारको दक्ष पेशाको सूचि सार्वजनिक भएको छ। अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१७-२०१८ का लागी दक्ष जनशक्तिको सूचि सार्वजनिक गरेको छ। जसमा मिडियम एण्ड लङ टर्म …

Read More »

यहाँबाट हेर्नुस अष्ट्रेलियामा उपलब्ध हुने छात्रवृत्ति

यहाँबाट हेर्नुस अष्ट्रेलियामा उपलब्ध हुने छात्रवृत्ति

अष्ट्रेलियामा पढ्ने भनेपछी आफैले सबै ट्युसन फि तिरेर पढ्नुपर्ने र त्यो व्यवस्था गर्नको लागी दिनरात खटिएर काम गर्नुपर्ने भन्ने नै मनमा आउँछ। जुन सत्य पनि हो। अष्ट्रेलियाका विभिन्न शहरमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू चाहे नेपाली हुन् या भारतीय वा चाइनिज नै किन नहुन। सबैले कलेज र युनिभर्सिटीको फि तिर्नका लागी कस्सिएर काम गर्नै पर्छ अष्ट्रेलियामा रहेका हामी सबैले भोगेको सत्य यही …

Read More »

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

भारतवर्ष शिक्षा र चेतनाको विकासमा संसारमा नै अग्रणी मानिन्छ तर यतिखेर उत्तरआधुनिक विश्व चेतमा पश्चिमा संसार शिक्षाको ‘हब’का रुपमा स्थापित छ । पश्चिमको भौतिक सम्पन्नता र सामरिक विकासले औद्योगिकरण साथै त्यसको आधारमा उभिएको शिक्षा व्यवस्थाले यूरोप, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकले यतिखेर नेपाल मात्र होइन विश्वका सबै विकासोन्मुख तथा कम विकसित मुलुकका युवालाई आकर्षित गरेका छन् । आप्रवासन, रोजगारी तथा शिक्षा यतिखेरको अर्थव्यवस्था कै मेरुदण्ड बनेको छ, त्यसैले त यूरोप, अमेरिका अनि अष्ट्रेलिया अरु महादेश र मुलुकका विद्यार्थी भित्रयाउनमा लागि परेका छन् । यतिखेरको ‘ट्रेण्ड’ बनेको छ नेपालमा अध्ययनका लागि विदेश जाने विषय । भ्रष्टाचार, कुशासन, अस्थिर, अपराधीकरण भएको राजनीतिका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ । यतिखेर अभिभावकहरुमा रहेको छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविश्य बनाओस् भन्ने चाहनाका कारण विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ । काठमाडौंमा शैक्षिक परामर्शदाताको कार्यालमा अष्ट्रेलिया अध्ययनको बारेमा बुझ्दा धेरैलाई पहिले अष्ट्रेलिया त पुगुँ त्यसपछि त गरिहालिन्छ नि भन्ने लागिरहेको हुन्छ । अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

Read More »