समाज

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने

अष्ट्रेलिया नै हल्लाउने गरेर टेलिभिजन र ईन्टरनेटका माध्यममा प्रशारण भएको एज्ड केयरमा रहेका एक ८० बर्षे वृद्धलाई एज्ड केयरका कर्मचारीले जुत्तै जुत्ताले हिर्काएको भिडियोको असर जासुसीका लागी प्रयोग हुने क्यामेरामा परेको छ। पटक पटक एज्ड केयरमा बस्ने वृद्धवृद्धा माथि एज्ड केयर कर्मचारीहरूले अभद्र् व्यवहार गरेको घटनाहरू पटकपटक समाचारबाट सार्वजनिक भईरहेको …

Read More »

बा-आमालाई अष्ट्रेलिया ल्याउँदा ध्यान दिनु पर्ने कुराहरू

अष्ट्रेलियामा सेटल भएका घर किनेका छोरा-बुहारी, छोरी‍-ज्वाईंहरूले बा,आमा, सासु ससुरालाई यहाँ ल्याउँदा यस्ता कुरामा ध्यान दिनुपर्ने देखिन्छ !

Read More »

नेपालीहरू जात बोकेरै अष्ट्रेलिया

जातवादी संस्थाहरू बढी सक्रिय हुने क्रमसँगै नेपालमा हट्दै गएको जातिय विभेद अष्ट्रेलियामा देखिन थालेको छ। एकै समुच्च जाति वा समुदाय नेपाली हुनुपर्नेमा यो जात र त्यो जात भन्नेहरू बढ्नु अष्ट्रेलियाको नेपाली समुदायका लागी गम्भिर संकेत हो। जसको नकारात्मक प्रभाव देखिन सुरू भईसकेको छ

Read More »

दरो मन चाहिन्छ अष्ट्रेलियामा

दरो मन चाहिन्छ अष्ट्रेलियामा - NepaliPage

अष्ट्रेलिया भनेपछी नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको छ यतिखेर। चाहे छोरालाई पढाउन होस् या छोरीको बिहे गर्न अभभावक अष्ट्रेलियासँग कै नाता खोज्छन्। जसले गर्दा यतिखेर ‘प्लस टु’ को पढाई सकिनासाथ अब माथिल्लो तहमा के पढ्ने भन्दा पनि कुन देश जाने अष्ट्रेलिया कि अमेरिका? भनेर रोज्नुपर्ने अवस्था बनिसकेको छ। राजनीतिक …

Read More »

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि ‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले नेपाली युवा आशिष परियार सहितका क्लिनरलाई उक्त रकम परिपूर्ति गर्ने भएको हो। एबीसीमा प्रकाशित समाचार अनुसार सो कम्पनि …

Read More »

सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलियामा आउने नेपालीहरू चाहे स्टुडेन्ट भिजामा होस् या नेपालबाट नै पीआर लिएर, उनीहरूको सुरूवाती दिनका अनुभवहरू खासै फरक हुँदैनन्। तर, स्टुडेन्ट भिजामा आउनेलाई पीआर लिएर आउनेलाई भन्दा आर्थिक दबाब बढी हुन्छ। अष्ट्रेलियामा आईसकेपछी सबैभन्दा सुरूमा नै उनीहरूलाई पर्ने समस्या भनेको काम र कोठाको हो। हुन त नेपालबाट आउनेहरूले आफन्त वा …

Read More »

बुझेर मात्र आउनुस अष्ट्रेलिया

फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर र व्यवसाय छोडेर अष्ट्रेलिया हान्निनको लागी पर्याप्त तापमान श्रृजना गर्ने ‘उत्प्रेरक’का रूपमा काफी छ। अष्ट्रेलियाको …

Read More »

फेसबुकका भित्तासँगै आमाका हँसिला मुहारहरु

विदेश भन्ने बितिकै छिटो-छिटो आफ्नो गन्तव्य तिर हतार-हातर गरेर हिडिरहेका मानिसहरुको हूल दिमाग मा घुम्न थाल्छ, किनभने मैले बच्चा बेलाबाटै सिनेमा मा तेस्तै देख्दै आएको थिए। यहाँ समय को ईज्जत गर्ने मान्छे हरुको बसोबास छ, दौड धुप अनि हतार मै समय बितेको पत्तो हुन्न। आज कामबाट अलि चाडै आए अनि थकित भएर बेडको एक छेउमा लडिरहेको मेरो ल्यापटप खोले ,बिचरो ल्यापटप दिनभरि फुर्सद हुन्न एस्लाई। अनि हत-पत ल्यापटप खोले, यता आउनु भन्दा पहिलाको फोटो हरु खोज्न थाले, अनि अचानक आज भन्दा करिब चार वर्ष अगाडी आमा सँग खिचिएको मेरो फोटो पाए। अनि फेसबुक को भित्ता मा पछारे, प्रसङ्ग आमा को मुख हेर्ने दिन को थियो। आजभोली चलन नै नया आएको छ। बिहानै फेसबुक बाटै १ लाइक गरेर कैले पशुपति कैले मनकामना अनि कैले पाथीभरा को दर्शन गरिन्छ। जे होस् दर्शन गर्न लाईन पनि बस्न परेको छैन, अनि मन्दिर सम्म पुग्दा लाग्ने समय र लागत नि बचेको छ। कहिलेकाही त लाग्छ भगवान लाई मेरो गोजी को अवस्था राम्रैसग थाहा भएर होला एस्तो दर्शन गर्ने प्रचलन चलाउनु भएको। आज भोलि जन्मदिन पनि फेसबुक मा फोटो हालेर मानिन्छ, आमा -बुबा को मुख हेर्ने दिन पनि फेसबुकम़ा फोटो हालेर मानिन्छ, येस्तै गतिमा जाने हो भरे त कुनदिन बाट श्राद्ध पनि फेसबुक बाटै पिण्डको फोटो अपलोड गरेर गर्ने दिन नि नआउला भन्न सकिन्न। आमा ले बच्चा बेलामा मलाई नुहाईदिदै भन्नु हुन्थ्यो यति गरेर हुर्कायो नि पछि बुढी ल्याएपछि छाडेर गइहाल्छस्। हुन नि मैले आमालाई बेलैमा छाड्नु पर्यो तर कारण मेरी श्रीमती नभएर मेरै पढाई थियो। मेरी आमा जसले खासै पढने मौका पाउनु भएको थिएन, तर पनि उहाँले मलाई घर भन्दा टाढा काठमाण्डौं पढन पठाउनु भयो। उहाँलाई पढाइको महत्व राम्रो सँग थाहा थियो। अनि त्यसपछि दसैँ बाहेक अरु चाड-पर्वमा सितिमिति घर पुगीदैनथ्यो। दिदीहरुले फेसबुक मै फोटो अपलोड गरेर भाईटिका लगाइएदिनुहुन्थ्यो, फेसबुक मै फोटो अपलोड गरेर राखी लगाइएदिनुहुन्थ्यो धन्न फेसबुकले गर्दा निधार र हात खाली राख्न परेन।

Read More »