काम

यस्ता राम्रो कमाई हुने काम, अष्ट्रेलियामा मान्छे पाउनै गाह्रो

विद्यार्थीले अष्ट्रेलिया आउनासाथ काम गर्न पाउने

वर्षको एकलाख हाराहारीको तलब सुविधा भएका कामका लागी अष्ट्रेलियामा मानिस पाउन गाह्रो रहेको सुन्दा पत्याउन मुस्किल हुन्छ।

Read More »

सिड्नीका पोलपोलमा नेपाली विज्ञापन

सिड्नीका पोलपोलमा नेपाली विज्ञापन - NepaliPage

आफ्नै व्यवसाय गर्छु वा आफ्नै सिपले केही गर्छु भन्नेका लागी पनि पोल चाहिँ विज्ञापन गर्ने राम्रो माध्यम हो। विशेष गरेर बाटो काट्ने ठाउँमा राखिएका पोलहरू जसमा पैदल यात्रुले बाटो काट्नका लागी सडकका सवारी रोक्न दबाउने ‘स्वीच’ सहितको भाँडो टाँसिएको हुन्छ तिनले विज्ञापन गर्नमा निक्कै सघाउँछन्।

Read More »

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने

अष्ट्रेलियाले  विद्यार्थीलाई धेरै समय काम गर्न दिने - NepaliPage

अष्ट्रेलिया नै हल्लाउने गरेर टेलिभिजन र ईन्टरनेटका माध्यममा प्रशारण भएको एज्ड केयरमा रहेका एक ८० बर्षे वृद्धलाई एज्ड केयरका कर्मचारीले जुत्तै जुत्ताले हिर्काएको भिडियोको असर जासुसीका लागी प्रयोग हुने क्यामेरामा परेको छ। पटक पटक एज्ड केयरमा बस्ने वृद्धवृद्धा माथि एज्ड केयर कर्मचारीहरूले अभद्र् व्यवहार गरेको घटनाहरू पटकपटक समाचारबाट सार्वजनिक भईरहेको समयमा अष्ट्रेलियाभर जासुसी क्यामेराको बिक्री ह्वात्तै बढेको समाचार माध्यमहरूले जनाएका …

Read More »

किन काम पाईंदैन अष्ट्रेलियामा? बुझ्न र खोज्न परयो !

अष्ट्रेलिया 'राजाका छोरी खेलीखाई बढेका..' पाराकाहरूका लागी होईन, यो त परिश्रमी मौरीहरूको लागी अवसरको राजधानी हो। यहाँ दिनको १४ घण्टा किचनमा घोटिएर पढाई, खाना, बसोबास र फुर्मास गरेर पनि विद्यार्थीहरूले नेपालमा रहेका परिवारलाई धान्ने पैसाको जोहो हाँसी हाँसी गर्छन्। साताको ७० घण्टा काम गरेर, विश्वविजेता जस्तै समुन्द्रको छेउ र पबमा निस्फिक्री रमाउँछन् अनि फेसबुकमा फेसनेबल फोटो चिप्काउँछन्। 

Read More »

कति कमाउनु हुन्छ तपाईं अष्ट्रेलियामा ?

नेपालीमा भनाई नै छ ‘लोग्ने मानिसको कमाई र स्वास्नी मानिसको उमेर नसोध्नु, तर अष्ट्रेलियामा धेरैको चासो भनेको अरूको कमाईमा नै हुने गर्दछ। नेपाली नेपाली बिच कमाउने र देखाउनेको प्रतिस्पर्धा नै छ। त्यति मात्र कहाँ हो र? अष्ट्रेलियामा आफूभन्दा साना वा पछी आएकाहरूले कमाएको देखेर जल्ने र छिर्के हान्न खोज्नेको पनि कमि छैन। काम र ‘सबकन्ट्र्याक्ट’को कुरामा यस्तो प्रतिस्पर्धाले नेपाली नेपालीमा …

Read More »

यताबाट खोज्नुस् डार्बिनमा काम

पीआरको अभिलाषा सहित धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू 'डार्बिन' जान थालेसँगै त्यहाँ काम पाउने र खोज्ने कुरामा पनि ध्यान दिनुपर्ने भएको छ। 'सिड्नी' वा 'मेलबर्न'बाट 'डार्बिन' गएका साथीभाईहरूको संख्या हेरेर मात्र भन्दा पनि आफ्नो आर्थिक अवस्था, संभावना र 'भिजा'को समयावधि हेरेर निर्णय लिनु आवस्यक छ।

Read More »

यहाँबाट हेर्नुस्, कोल्स, टार्गेट, बनिङ्स, केमार्टमा भ्याकेन्सी

कोल्स, बनिङ्स, अफिसवर्क्स, टार्गेट, केमार्ट। हाम्रा दिन यीनको नाम नसुनी, यीनका स्टोरमा नगईकन सकिँनै सक्दैनन्। दैनिक आवश्यकताका सामान खरिदका लागी यी हाम्रा आवश्यकता हुन्। हामी जस्ता हजारौंले सयौं थरीका सामान हरेक दिन किन्छन् यहाँ। मानिको आवतजावत त सामानको बिक्रीसँगै यी राम्रा व्यवसाय हुन्। अनि हुन् राम्रा रोजगारदाता जो हामीलाई काम लगाउन र त्यसको यथोचित मूल्य दिन पनि चाहन्छन्। अष्ट्रेलियाको ठुला मध्येको एक सार्वजनिक कम्पनि वेशफामर्सको स्वामित्वमा रहेका उल्लेखित र अरू १६ कम्पनिहरू काम र दाम मात्र होइन करिअर विकासको लागी पनि उपयुक्त स्थल हुन्। वेशफामर्स अष्ट्रेलियाको ठूलो कम्पनि मात्र हैन ठूलो रिटेल चेन पनि हो अनि नीजि क्षेत्रको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी। वेशफामर्सको सन् २०१५ को वार्षिक प्रतिवेदनका अनुसार यसका २ लाख ५ हजार भन्दा धेरै कर्मचारी छन्। वेशफामर्स अन्तर्गतका कम्पनीहरूले नियमित जस्तो भ्याकेन्सी खोलीरहेका हुन्छन् उनीहरुको करिअर पेजमा राखिने यस्ता रोजगारका अवसरहरू तपाईंको लागी पनि उपयुक्त हुनसक्छ। अष्ट्रेलियामा केही समयको अनुभव छ र भाषामा दक्षता छ भने यी कम्पनीका अवसर तपाईंको लागी हुन सक्छ। त्यसका लागि साप्ताहिक रूपमा यी १६ वेबसाइटमा अवसरहरू छन् छैनन् हेर्नुस्।

Read More »

अष्ट्रेलियामा कामका लागी ३० वेबसाइट

‘अष्ट्रेलिया गएपछी त भै हाल्छ नि’, ‘अष्ट्रेलिया गएपछी त जे पनि गरि हालिन्छ नि’, ‘सबैले कमाइ राछन्’ नेपालमा अष्ट्रेलियाको काम र यहाँको कमाई बारे यसरी ढुक्क भईन्छ कि लाग्छ जहाजबाट ओर्लने बित्तिकै कसैले समातेर काममा राखिहाल्छ। तर सिड्नी होस् या मेलबर्न नेपालबाट जेट चढेर उडेको सपना ओर्लँदा ‘जेट ल्याग’ले भन्दा बढी काम नपाएर भाउन्न भइसकेको हुन्छ। अष्ट्रेलियाको सिडनीमा अरू शहरमा भन्दा बढी काम पाउने सम्भावना छ भनिन्छ तर काम पाइएन भनेर फेसबुकमा गुनासो गर्नेको कमी भने कहिलै देखिएको छैन। काम नपाएको बताउने जसरी बढीरहेका छन् त्यो भन्दा धेरै अष्ट्रेलियामा नेपालीलाई काम खोजिदिने धेरै छन् फेसबुकमा। यदाकदा त्यस्ता काम खोजिदिने र यहाँ काम छ भनेर स्टाटस हाल्नेहरूले मानिसको ध्यान तान्नको लागी मात्र त्यसो गरेको भनेर आलोचना पनि सुनिन्छ। मनिट्रान्सफर, कन्सल्टेन्सी लगायतको व्यवसायलाई सघाउका लागी कामको सूचना राख्नेहरुको संख्या धेरै छ। त्यसो त त्यसरी कामको सूचना दिनेहरू नेपालबाट भाईबहिनी आउँछन् उनीहरूलाई काम मिलाइदिनुपरयो भनेर समाजसेवामा लागेका हैनन् उनीहरूको आफ्नै काम छ। आफूलाई कसैले पठाउँछ सुचना र थाहा पाइयो भने राख्नेहुन्। त्यती राखिदिनु नै ठूलो कुरा हो यहाँ। त्यसको सत्य तथ्य बुझ्ने काम तपाईं हामी जो काम खोजी रहेका छौं उसैको हो। तर यस्ता सूचना राख्नेहरूको संख्या नि धेरै भईसकेको छ। सन् २०१४ सम्म अष्ट्रेलियामा काम भन्ने मात्र प्रोफाइल थियो अहिले त दर्जन भन्दा धेरै भइसकेको छ। यसरी नेपालीहरुले राखेका कामका सूचनाहरू मार्फत काम पाउने भनेको नेपालीले नै हो। त्यसैले अष्ट्रेलिया आउनु अघि देखी नै यस्ता प्रोफाइल र पेजहरूलाई फलो गर्नु बुद्धिमानी नै हुन्छ। तर याद गर्नुस अष्ट्रेलियामा सबै भन्दा सजिलै काम पाउने भनेको आफन्त, साथीभाईको भनसुनबाट नै हो। नत्र सिधै खासै सिप नभएको मानिसलाई काम दिने कमै भेटिन्छन्। फेसबुकमा नेपाली दाजुभाईका मार्फत आएका विग्यापनबाट काम दिने पनि नेपाली नै भएकाले काम गर्न र सिक्न सजिलै हुन्छ तर पैसा भने थोरै दिने र कतिपयले ढिलो अनि कतिले पैसा नै नदिने खाइदिने गरेको पनि सुनिन्छ। त्यसैले काम र काम लगाउनेले गर्ने पे को बारेमा पहिले नै स्पष्ट बुझ्नुस। काम लगाउनेको नाम, नम्बर सुरक्षित राख्नुस साथै सके र मिलेसम्म कामको कुरा र भेट्ने समयका बारेमा मेसेजबाट कुरा गर्नुस र मेसेज सुरक्षित राख्नुस् यदी पछी कामको पैसा नदिएको खण्डमा तपाईंसँग प्रमाण पनि हुन्छ। यसरी फेसबुकबाट नेपाली नेपालीको सहकार्यबाट मिलेको काम राम्रो भयो भने त ठिकैछ नत्र केही अनुभव भएपछी र यहाँको चालचलन बुझेपछी तपाई अर्को काम खोज्न अनि पाउन सक्नुहुन्छ।

Read More »

अष्ट्रेलियामा धेरै माग भएका ५ कामदार

अष्ट्रेलियालाई अवसरको राजधानीको रूपमा लिइन्छ विकासशील मुलुकहरूमा। त्यसैले अतिकम विकसित देखी विकासोन्मुख र विकासशील देशका शिक्षित जनशक्ति अष्ट्रेलिया ओइरिने क्रम बढ्दो छ। विशेष गरेर अष्ट्रेलियाको सुखद र आनन्दको जिवनले अरू देशका मानिसलाई यहाँ आउनको लागी उत्प्रेरित गर्दछ। यहाँको सार्वजनिक सेवा, यातायातको सुविधा, स्वास्थ्य, शिक्षा र करिअर सम्भावनाका कारण मानिसहरू अष्ट्रेलियालाई माइग्रेसनको सबैभन्दा उत्तम बिकल्पको रूपमा लिन्छन्। यही कारण नै संयुक्त राष्ट्र संघले अष्ट्रेलियालाई बस्नको लागि विश्वकै दोश्रो उत्तम मुलुकको रूपमा राखेको छ। विधिको शासन साथै अवसर र सुविधाले अष्ट्रेलियालाई जिवन यापनको लागी एउटा सुखद अवसरको भूमि बनाएको छ। धेरै नेपालीहरू विद्यार्थी तथा दक्ष आप्रवासीका रूपमा वर्षेनी अष्ट्रेलिया आउने गर्दछन्। अष्ट्रेलियाले दक्ष कामदारका रूपमा पनि धेरै विदेशीलाई ४५७ भिजाको माध्यमबाट यहाँ ल्याउने गर्दछ। यो ४५७ भिजा अष्ट्रेलियामा कामदारका रूपमा छिरेर यहाँको स्थायी बसोबासका लागी पीआर अर्थात परमानेन्ट रेसिडेन्सी पाउने एउटा बाटो हो। अष्ट्रेलियाको संघिय सरकारले हरेक वर्ष यो ४५७ भिजाको माध्यमबाट ५० हजार विदेशी कामदारलाई अष्ट्रेलिया आउने अनुमति दिन्छ।

Read More »