शैली

छिटो फुल अष्ट्रेलियन लाईसेन्स लिँदा होला भिजा, नागरिकता नै रद्द

अष्ट्रेलियामा नक्कली नेपाली लाईसेन्स बनाउने, किन्ने र त्यसैको आधारमा कार चलाउनेको संख्या बढीरहेको छ। जुन प्रकारान्तले स्वयंको ज्यान, अरूको जिवन र भिजा, यहाँ दुख गरेर पाएको यहाँको 'पीआर' तथा 'सिटीजनसिप' सबैको लागी खतरनाक हुन्छ। समाचारहरूले त्यही नै देखाईरहेका छन्।

Read More »

यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल

यसकारण छैनन्, अष्ट्रेलियामा नेपाली व्यवसायी सफल - NepaliPage

गैर आवासिय नेपाली महासंघ अष्ट्रेलियाले सिड्नीमा गरेको दोस्रो राष्ट्रिय उद्यमी भेलामा वक्ताहरूले अष्ट्रेलियामा नेपाली व्यवसायी असफल रहनुका कारणहरू किटेर नै तिनलाई बदलेर मात्र नेपाली व्यवसायीले अष्ट्रेलियामा सफलता पाउन सक्ने सुझाव दिए।

Read More »

बुलबुलको सिड्नी शो पछि…

कथामा व्यथाहरू भएपनि फर्मुला अनुसार राखिएका गीतहरूले जुरुक्क त बनाए नै अन्तर्मनलाई पनि छोए। ठेट नेपाली संघर्षमा बनेको ‘टिपिकल’ नेपाली शब्द र शैलीहरू पच्याउँदै संयोजन गरेको हुनाले अभिनय र प्रस्तुति पनि मिलेको देखियो बुलबुलमा।

Read More »

यसरी बनौं तनावमुक्त

भनिन्छ ‘चिन्ताले चितासम्म पुरयाउँछ’, त्यसैले मानिसहरू चिन्ताबाट परै बस्न चाहन्छन्। तर पनि चिन्ता यस्तो चिज छ कि जसले छायाँले भन्दा धेरै पच्छ्याउँछ। छायाँले बरू सित्तलमा पच्छ्याउँदैन चिन्ताले त मध्यरात पनि भन्दैन।

Read More »

कसरी बन्ने आकर्षक ?

कसरी बन्ने आकर्षक ?

आकर्षणको केन्द्रमा रहन र समाज वा समुहको चासोमा रहन सबैलाई मन पर्छ। मानव स्वभाव नै हो अरूले तारिफ गर्दा मख्खिने। आफूलाई धेरैले मन पराउन र तारिफ गरुन भन्ने चाहना सबैमा हुन्छ। विशेष गरेर युवा उमेरमा मानिस धेरै तारिफ र आकर्षण चाहन्छ। त्यसो त युवा उमेरमा मिल्ने विपरितलिंगीको तारिफ त स्वर्गिय अनुभव नै हुन्छ। उमेरको मनोविज्ञान हो यो। तर पनि मुख्य …

Read More »

सिड्नीमा चल्छन् चन्द्रमा घुमेर आए जस्ता बस

पश्चिमा मुलुकमा जस्तो तथ्यांक, अनुसन्धान, तर्क र कानुनमा चल्ने भएको भए नेपालमा सार्वजिनक यातायात र दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या निक्कै कम हुन्थ्यो। धेरै जनाको ज्यान जाने गरि दुर्घटना भएका समयमा मिडियामा सार्वजनिक सवारीहरूको अवस्था, नियम, सिण्डीकेट आदी इत्यादी विषयमा समाचार, विश्लेषण अनि आलेखहरू आउँछन्। नेता, मन्त्री, सम्बन्धित नियामक तथा सरकारी कार्यालयका कर्मचारी ‘बाईट’ दिन्छन् र सबै कुरा ‘डिमेन्सिया’ लागेको …

Read More »

भाँडा हान्ने पलायनवादी भन्नेलाई अष्ट्रेलियाको जवाफ

‘अंगुर अमिलो’ भने झैं अमेरिका, जापान, अष्ट्रेलिया लगायत युरोपेली मुलुक जान नसकेका र मध्यपूर्वका मुलुक जान नचाहेका अधिकांशले सामाजिक, जिवनशैली वा राजनीतिक विषयमा विदेशमा रहेका नेपालीले गर्ने टिप्पणीमा ‘पलायनवादी’, ‘भाँडा माझ्ने’, ’घण्टा हान्ने’ जस्ता शब्दहरू प्रयोग गरेर फेसबुक, ट्वीटर जस्ता सामजिक संजाल खुबै उल्ली-बिल्ली गर्छन्। अष्ट्रेलिया या अमेरिकामा भएकाहरूले चाहीँ यस्ता विषयमा आफूलाई सुरक्षित र रक्षात्मक राख्दै प्रसंगहरू मोडिरहेका हुन्छन्। …

Read More »

नझुक्किनुस वाइवाइमा…

‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा …

Read More »

अष्ट्रेलियामा विकेण्ड

सप्ताहन्त, अर्थात विकेण्ड। अष्ट्रेलियामा यसको छुट्टै पो महत्व छ त। साताको दुई दुई दिन बिदा हुने देश जो परयो। शुक्रबार देखी नै यहाँका होटल, पब र रेष्टुरेन्टहरूमा विकेण्ड लाग्छ, बोटल फोरिन्छन्, गर्लफ्रेण्ड फेरिन्छन् अनि बैंक कार्डको क्रेडिट फेरिन्छ। उही रहने त शरिर र सोमबार देखीको काम गर्ने शैली र व्यस्तता मात्रै। धोकेर, बोकेर, ठोकेर, झुमेर, घुमेर, खेलेर, झेलेर, वाइन ओमन सबमा भुले पनि आईतबार मध्य दिनमा घर फर्केपछी विधिपूर्वक सकिन्छ एउटा अष्ट्रेलियन विकेण्ड। त्यो सिड्नीमा पनि उही हो अनि मेलबर्न, क्यानबेरा र पर्थमा पनि उही हो। तर फरक के भने यहाँ बस्नेको वर्ग र हैसियत अनुसार विकेण्ड फरक हुन्छ, गतिविधी के गरिन्छ भन्ने। हामी नेपालीहरू मध्ये सबैको यस प्रतिको धारणा चैं आफ्नो वर्ग र यहाँको सेटलमेन्ट हेरेर फरक फरक छ, हुनसक्छ। तर पनि सबैको लागी विकेण्डका दुई दिनले साताका अरू पाँच दिन भन्दा फरक नै महत्व राख्छ। बिदाको समय भएकाले आफन्त साथीभाई भेटघाटको अवसर जुटाउन पनि सकिन्छ भने यी दुई दिनमा काम गरेर साताका अरूदिनमा भन्दा धेरै कमाउन सकिन्छ। ट्याक्समा काम गर्नेहरूका लागी रोजगारदाताले यी विकेण्डका दुई दिन अरू दिन भन्दा धेरै नै बढी पे गरिरहेका हुन्छन्। त्यसैले नर्सिङ तथा अरू सेवा क्षेत्रमा काम गर्नेले सितीमिति विकेण्डका समयमा पाएको सिफ्ट छोड्दैनन्। र, छोड्नु पनि हुँदैन। यहाँ आएको नै पैसा कमाउन र जिवनमा सम्पन्ता ल्याउन जो हो।

Read More »

नेपाली हुलाकले अष्ट्रेलियाको घर-घरमा ल्याइदिन्छ सामान

अष्ट्रेलियामा भरखरै आएका हुन् या यतै एक दुई दशक बिताएका सबैलाई फिल हुने कुरा धेरै हुन्छन्। ती मध्ये नेपालको जस्तो कपडा, शैली धेरै मिस हुन्छन् विशेष गरेर चाडवाडमा। लगाउनका लागी कपडा अनि घरमा राख्नको लागी नेपालमा बनेका सामानहरू। भगवानका मूर्ति पनि हुनसक्छन् अनि सजावटका सामान पनि। जुन अष्ट्रेलियामा किन्न पाईंदैन, नेपालबाट ल्याउनको लागी ल्याइदिने मानिस पनि भेटिंदैन। नेपालमा किनेर पठाइदिने आफन्त जति पनि भेटिन्छन्, हुन्छन् तर ल्याइदिने भने पाउन गारो नै हुन्छ। किनभने प्लेनबाट आउनेले ३० देखी ४० केजी मात्र सामान ल्याउन पाउँछन् त्यती सामान चैं आफ्नै हुन्छ। अरूको लागी दुख कसले बेसाइ दिओस्। अष्ट्रेलियाको विभिन्न सवअर्वमा बस्ने नेपालीका लागी दशैं, तिहार, तीज अनि अरु नेपाली चाडपर्वमा नेपाली सामान अनि कपडाहरूले निक्कै महत्व राख्छन्। नेपालबाट पहिलो पटक आउनेहरूले सुरूमा नल्याएका धेरै चिज हुन्छन् जुन यहाँ काम र बसाईंमा सेटल भएपछी आवश्यक बन्छ तर सजिलै नेपालबाट ल्याउने उपाय पत्तो लाग्दैन। नेपालबाट कसरी कुरीयर गरेर ल्याउने पनि थाहा हुँदैन अनि कुन कुन कम्पनीले कतिमा कसरी ल्याइदेला भन्ने थाहा पाउन पनि गाह्रो नै हुन्छ, किनकी धेरै समय काममा नै बिताउनु पर्ने आवश्यकता पनि छ र बाध्यता पनि। त्यसमाथी पढाई। एसाइनमेन्टको प्रेसर र तनावको त कुरै नगरूम। यस्तै धेरै अष्ट्रेलियन जिवनका आरोह अवरोहमा हामी धेरैलाई थाहा नभएको वा ख्याल नगरेको कुरा के हो भने नेपालबाट कुनै पनि सामान ल्याउनको लागी सजिलो उपाय छ, झण्झट पनि नहुने र घरमा नै आईपुग्ने। न कसैलाई फोन गर्नु पर्छ न त कतै सामान बुझ्न तथा लिनको लागी नै जानु पर्छ। साथै लाग्ने पैसा पनि सस्तो छ। त्यो हो नेपालको हुलाक। नेपालमा धेरैले हुलाक सेवाको प्रयोग गर्दैनन्। त्यसमा पनि अष्ट्रेलिया आएकाहरूले त गरेको आशा अलिक कम नै राख्दा हुन्छ। नेपालको हुलाक सेवा विभाग, त्यसका हाकिम अनि संचार मन्त्रालयका अधिकारी र मन्त्रीलाई पनि केही भेउ नहोला हुलाकलाई कसरी प्रयोग गर्नुपर्छ र यसको सेवा कसरी लिने यसले सेवा कसरी दिने तर तपाईं हामी अष्ट्रेलियामा बस्नेलाई थाहा छ हुलाकको प्रयोग कसरी गर्नुपर्छ। अष्ट्रेलिया पोष्टले त्यसको राम्रो उदाहरण दिएको छ संसारलाई नै कसरी व्यवसायिक बनाउने हुलाकलाई भनेर।

Read More »