समाचार

एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव

एनआरएन अष्ट्रेलियाले विद्यार्थी बारे माग्यो सुझाव - NepaliPage

गैर-आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको हितमा कसरी प्रभावकारी ढंगमा काम गर्न सकिन्छ भनेर सार्वजनिक रूपमा नै सुझाव संकलन थालेको छ।

Read More »

भत्कने आशंकामा सिड्नीको ३० तले भवन खाली गराईँदै

भत्कने आशंकामा सिड्नीको ३० तले भवन खाली गराईँदै - NepaliPage

सिड्नीमा रहेको एक आवासिय गगनचुम्बी भवन भत्कन लागेको आशंकामा खाली गराईएको छ। ओलम्पिक पार्कमा रहेको ओपल टावर अपार्टमेन्ट भत्कने आशंकामा त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको हो। उक्त भवनमा बस्नेहरूले विहान देखी नै भवनबाट संरचना भाँचिएको जस्तो आवाज आएपछी भवन भत्कने आशंका गरेर सो भवनका बासिन्दाहरू भवन छोडेर निस्केका हुन्। न्यू साउथ वेल्स प्रहरीले सोमबार मध्यान्न करिब पौने तिनबजे त्यहाँका बासिन्दाले …

Read More »

एएनएए नेतृत्वमा मधु पुडाशैनी

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एनएए)मा नयाँ नेतृत्व चुनिएको छ। संस्थाको ४२ औ बार्षिक साधारण सभाबाट डा. मधु पुडाशैनीलाई अध्यक्षमा चयन गरेको हो।

Read More »

डेलाईट सेभिङ: यसरी मिलाउनुस् घडीमा समय

फोन, कम्प्युटर तथा अरू ‘ईलेक्ट्रोनिक्स’ उपकरणहरूमा आँफै समय मिल्ने भएपनि भित्तामा घडी राख्नुभएको छ भने पक्कै पनि घडीको समय मिलाईसक्नु भयो होला। भित्तेघडी मिलाइसक्नुभयो भने यदी तपाईंको कारको घडी ‘म्यानुअल’ हो भने त्यसको समय पनि मिलाइहाल्नुस्। किनभने भोली आइतबार विहान  गते आईतबार विहानबाट अष्ट्रेलियाका राज्यहरू न्यूसाउथवेल्स, भिक्टोरिया, तासमानिया, साउथ अष्ट्रेलिया र अष्ट्रेलियन क्यापिटल टेरिटरीमा विहानबाट ‘डेलाइट सेभिङ टाइम’ सुरू हुँदैछ। …

Read More »

अष्ट्रेलियामा ६० हजारको भिजा रद्द

अष्ट्रेलियाले विभिन्न मुलुकबाट आएका ६० हजारको भिजा रद्द गरेको यहाँको अध्यागमन तथा सीमा सुरक्षा विभागले जनाएको छ। यो संख्या अार्थिक वर्ष २०१५-२०१६ को हो। विभिन्न देशबाट फरक फरक भिजामा अष्ट्रेलिया आएकाहरूको यति धेरै संख्यामा भिजा रद्द हुनुको कारण भने फरक फरक रहेको जनाएको छ। भिजा रद्द हुने मध्ये ठूलो संख्यामा अष्ट्रेलियामा भिजामा उल्लेख भएको समय भन्दा बढी समय यहाँ रहेका(ओभर स्टे)हरू रहेका छन्। भिजामा अनुमति मिलेको समय भन्दा बढी बसेको कारण रद्द हुनेहरूको संख्या १५ हजार रहेको छ। यी मध्ये अधिकांश आफैले विभागमा सम्पर्क गरेका हुन्। अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ ईमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) सेक्रेटरी माईकल पेज्जोलो ले १७ अक्टोबर २०१६ मा यहाँको सिनेटको कानुन तथा संवैधानिक मामला सम्बन्धी कमिटीलाई जानकारी दिने क्रममा भिजा रद्दबारेको यो तथ्यांक सार्वजनिक भएको हो। यही समयावधीमा विभागले गैरकानुनी कामदारबारे ४०० भन्दा बढी चेतावनी जारी गरिसकेको जनाएको छ।

Read More »

‘महाभूकम्प ७२’ सिड्नीमा सम्झना

भौतिक रूपमा गत वर्षको 'महाभूकम्प ७२'ले अष्ट्रेलिया अनि सिडनीमा बस्ने नेपालीहरूलाई हल्लाएन। तर यहाँ रहे बसेका नेपालीको हंश भने धरहरा भन्दा धेरै डरलाग्दो पाराले हल्लियो जसको धक्का आजसम्म पनि महशुस गरिरहिएको छ। जुन आफन्त गुमाउनुमा जोडिएको हुनसक्छ या परिवारको भौतिक संचरना र सम्वृद्धी गुमाउनुमा। दुवै हिसाबमा सिडनीमा रहेका नेपालीलाई भूकम्पले हल्लाएको थियो र आज पनि पराकम्पनको समाचारले मुटुमा चसक्क हुन्छ। देशको माया मात्र होईन अवस्थाको पत्तो पनि विदेशमा रहँदा बस्दा धेरै हुन्छ। यतिखेर नेपालबाट अष्ट्रेलिया आएर यतैको संसारमा रमाइरहेका नेपालीले नेपालको वर्तमान मात्र हैन भविष्य पनि भयावह नै देखेका छन् जुन काठमाडौंमा देखिएका भत्किएका संरचना भन्दा बढी नै डरलाग्दो छ। नेपालका राजनीतिक दलको दिशा र दशाले नै स्पष्ट देखाइसकेको छ की उनीहरू यत्रो ठूलो संकट समाधानका लागी न तयार थिए, छन्। यो उनीहरूको बुता भन्दा बाहिरको साबित भइसकेको छ किनकी जनताले सिंहदरबारबाट हुने नियुक्तिमा आफन्तको भागबण्डा र माफियागिरीमा काँध थाप्ने बाहेक गएको वर्षमा राजनीतिक दल र सरकारको संरचनाबाट नगण्य मात्रै काम भएको भोगेका छन्। सिडनी सायद विदेशमा बसेका नेपालीहरू मध्ये ठूलो संख्या सम्वृद्ध छ यहाँ, ले सम्झनामा नेपालमा जस्तै धरहरा ठड्यायो बत्तिको प्रकाशको। सोमबार 'एनज्याक डे'को सार्वजनिक बिदाको दिन अष्ट्रेलिया इतिहास सम्झँदै थियो भने नेपालीहरू नेपालको महाबिपत्ति! 'कहिल्यै नहोस्' भन्दै सिडनीमा बसोबास गर्ने नेपालीहरू सिडनीको प्रमुख केन्द्र नजिकैको 'एशफिल्ड पार्क'मा भेला भएका थिए। कार्यक्रमको आयोजना गरेको थियो 'नेपाली अष्ट्रेलियन युथ एशोसिएसन' (नया)ले। कार्यक्रम आयोजनाका लागि नयाको टीमलाई धन्यवाद नै दिनुपर्छ

Read More »

‘एसाइनमेन्ट’ को कारण हुनसक्छ भिजा क्यान्सिल

यतिखेर अष्ट्रेलियाका विश्वविद्यालयमा अध्ययन गर्ने अधिकांश एसाइनमेन्ट तयार गर्न अनि मिड-सेमेस्टर परिक्षा दिनमा व्यस्त छन्। यो समय नै एसाइनमेन्ट अनि परिक्षाको हो। सन् २०१६ को पहिलो सेमेस्टर यतिखेर आधा आधी भएको छ। कतिको यहाँको अध्ययन भरखर सुरू भएको होला त कतिको सकिने तरखरमा होला। एसाइनमेन्ट तयार पार्ने हतारोमा धेरै विद्यार्थीले  त्यसको शुद्धता, शैली अनि त्यसमा अरूको विचार वा सामग्री प्रयोग अनि आफ्नो योगदान स्पष्ट छुट्याउँदैनन्। त्यसको त काम गरेर यूविभर्सिटीको फी तिर्नुपर्ने अनि घरमा पनि पैसा पठाउनु पर्ने दबाबका बीच एसाइनमेन्ट मिले र सकेसम्म कपि पेस्ट अनि प्याराफेज गरेर र नसक्ने नै छाँट आयो भने चैं किनेर पनि काम चलाउने अवस्था बन्छ। यसो गर्दा चलाख नहुने र आफ्नो क्षमता अनुसार वातावरण नबनाउने हो भने त्यसले विद्यार्थीको भिजा समेत क्यान्सिल हुने संभावना रहन्छ। पछिल्लो सात महिनामा मात्र अष्ट्रेलियामा ९,००० जति  विदेशी विद्यार्थीको भिजा क्यान्सिल भएको समाचार आयो। धेरैको मन, मस्तिष्कमा यसले डर र कम्पन पनि पैदा गरयो। हरेक चौमास अनि वर्ष आउने यस्ता समाचार र तथ्यांकले तिनलाई बढी झट्का दिन्छ जो काम बढी पढाई कम गर्छन् अनि विश्वविद्यालयमा उपस्थीति र परिक्षामा राम्रो नतिजा हुँदैन। त्यसो त अष्ट्रेलियाको विद्यार्थी भिसा पाउँदा स्वीकार गरेका सर्तहरू पूरा नगरेको अवस्थामा पनि डर धेरै लाग्छ 'कतै इल्लिगल हुने त होईन?'  पछिल्लो समय अष्ट्रेलियन दैनिक अखबार 'द अष्ट्रेलियन'मा प्रकाशित आलेखले एसाइनमेन्ट सही तरिकाले नगरेको कारण विद्यार्थीहरूको भिजा क्यान्सिल भएको उल्लेख गरेको छ। ईण्डियनसाइटडटकमडटएयूले प्रकाशन गरेको समाचार अनुसार पाकिस्तानबाट अष्ट्रेलिया पढ्न आएका एक विद्यार्थीको भिजा अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले एसाइनमेन्टको कारण नै खारेज गरिदिएको छ। 'प्लेजरिज्म' अर्थात बौद्धिक चोरीको कारण देखाएर अष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले पाकिस्तानी विद्यार्थी शाहियार खानको विद्यार्थी भिजा खारेज गरेको हो। मेलबर्नको 'टेक्निकल एजुकेसन डेभलोपमेन्ट ईन्स्टिट्युट'मा अध्ययनरत उनले आफ्नो एसाइनमेन्टहरू ईन्टरनेटमा उपलब्ध सामग्रीहरू सारेर तयार पारेका थिए। उनले एसाइनमेन्टहरूमा अरूले तयार पारेको सामग्रीहरू हुबहु सारेर बुझाएकोअष्ट्रेलियन अध्यागमन तथा सिमा सुरक्षा विभागले जनाएको द अष्ट्रेलियनको आलेखमा उल्लेख छ। अनुसन्धान तथा अध्ययनमा प्रयोग भएका सामग्रीको स्रोत उल्लेख गर्न समेत खान चुकेका थिए। अरूको लेख तथा विचारलाई सारेर आफ्नो दाबी गर्नुलाई बौद्दिक चोरी (प्लेजरिज्म) मानिन्छ।

Read More »

हृवात्तै बढे अष्ट्रेलियामा नेपाली

मानिस वास्तवमा जिवनको खोजमा आफ्नो घर, परिवार, समाज, सम्प्रदाय अनि देशको घेराबाट बाहिर निस्कन्छ। मानिसको यो यात्रा सुख, शान्ति अनि प्रगतिको लागि हो। आजको युगमा जुन देशमा आफ्नो ज्ञान, सीप, योग्यता, कुशलताको सम्मान हुन्छ अनि अवसरहरु मिल्छन् मानिसले त्यहीँ आफ्नो डेरा लगाउँछ। माइग्रेसनको सामान्य सिद्धान्त त्यही हो। स्वास्थ्य सुविधाको सहज उपलब्धता एवं शिक्षा र रोजगारीको उपलब्धताका कारण आरामदायी जिवन धेरै नेपालीहरुलाई अष्ट्रेलियाले आकर्षा गर्ने कारण यही नै हो। पछिल्लो १० वर्षमा अष्ट्रेलिया आउने र यहीँ बसोबास गर्ने नेपालीको संख्या बढ्नुको कारण पनि यही हो। विधिको शासन, स्वतन्त्र न्याय प्रणाली, रोजगारीको सहज उपलब्धता अनि विश्वव्यापी अवसर यही कारण हो विश्वका धेरै देशबाट मानिसहरु अष्ट्रेलिया ओइरने। त्यसमा पनि यो देशले क्षमता भएका विश्वका जो कोहीलाई पनि यहाँ बस्न र काम गर्न दिन्छ, भलै केही प्रक्रिया भने पुरयाउनु चैं पर्छ। अष्ट्रेलियाको स्किल्ड माइग्रेसन प्रोग्राम अर्न्तगत विश्वभरबाट यहाँ पढ्न आउने र परमानेन्ट रेसिडेन्सी (पीआर) लिएर बस्नेहरुको सँख्या उल्लेख्य हुँदै जाँदा नेपालीको पनि संख्या बढेको छ।

Read More »

७ महिनामा ९ हजार विद्यार्थिको भिजा क्यान्सिल

अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इम्रि्रेसन एण्ड बोर्डर प्रोटेक्सन) ले गत सात महिनामा करिब नौ हजार अर्न्तराष्ट्रिय विद्यार्थीहरुको भिसा खारेज गरेको छ। अष्ट्रेलियाको दैनिक अखबार द अष्ट्रेलियनमा प्रकाशित एक आलेखमा मार्च २०१६ सम्मको सात महिनामा विभागले नौ हजारको संख्यामा भिजाहरु क्यान्सिल गरेको उल्लेख छ। अष्ट्रेलियामा स्टुडेन्ट भिजामा विभिन्न कोर्स अध्ययनका लागि आउने अर्न्तराष्ट्रिय विद्यार्थीहरु मध्ये भिजामा उल्लेख भएका र्सतहरु पालन नगर्ने विद्यार्थीहरुको भिजा विभागले खारेज गर्ने गरेको छ। गत वर्षमात्र विभागले करिब ११ हजार विद्यार्थीको भिजा खारेज गरेको थियो। जसमध्ये २९८ जना विद्यार्थीलाई देश निकाला गरिएको थियो भने बाँकी भिजा खारेज पछि स्वेच्छिक रुपमा नै आफ्नो देश फर्केका थिए। अष्ट्रेलियामा अध्ययनका लागि भनेर स्टुडेन्ट भिजामा आउने अर्न्तराष्ट्रिय विद्यार्थी मध्ये हरेक वर्ष८ देखी १० हजारको भिजा क्यान्सिल हुने गरेको छ। 'फेक डकुमेन्ट' (जाली कागजात) बनाएर आउने, नक्कली विद्यार्थी तथा अष्ट्रेलियामा आइसकेपछि पढाइ भन्दा पनि अरु काममा बढी लाग्ने विद्यार्थीहरुको भिजा धेरै क्यान्सिल हुने गरेको छ। अष्ट्रेलियाको रजिर्स्र्टज माइग्रेसन एजेन्टहरुको एक समुहले सात महिनामा भएको ९ हजार जनाको भिजा क्यान्सिलको तथ्यांकले यो वर्षभिजा क्यान्सिल हुनेको संख्या १५ हजार नाघ्ने अनुमान गरेको छ।

Read More »