नझुक्किनुस वाइवाइमा…

‘हुलास चामल अमेरिकामा पनि…’ कलाकार सन्तोष पन्तले यसरी टेलिभिजन विज्ञापनमा बोल्दा ल सियो बन्दैन भनेको देशको चामल अमेरिका सम्म पुग्ने भएछ भनेर सानोमा कम्ता खुसी लाग्थेन। जब ठूलो भएर बुझ्ने भइयो थाहा भयो हामी नेपालीले कृषि प्रधान देश भनेर पढे पनि चामल चाहिँ भारतबाट आयात गरेर नै खाने रहेछौं। अझ थाहा भयो २०४६ सालमा प्रजातन्त्र आएपछी गणतन्त्र आउने समय सम्ममा तीन हजार भन्दा धेरै नेपाली उद्योग कलकारखाना बन्द भएका रहेछन्। नुन देखी सुन, चामल देखी घुन सबै विदेशबाट ल्याउन पर्ने परनिर्भर परजिवी भएका रहेछौं प्रजातान्त्रिक अधिकारले सुसज्जित टाउकामा जनही ४० हजार भन्दा बढीको अन्तर्राष्ट्रिय ऋण बोकेर। सानोमा सानिमाको घर नारायणगढ जाँदा सानोबाले हेटौंडा कपडा कारखानामा काम गर्ने सुनेको मैले याक चुरोटको बट्टा चाहीँ देखेकै हो, काठमाडौं आउँदा रोपवे देखियो ट्रली चढिओ अनि चोभारको सिमेन्ट कारखाना चैं श्रीमतीसँग घुम्न गएको। सबै बिरक्त लाग्ने औद्योगिक विकासको चित्र देख्दा, जताततै बन्द भएका पंचायतकालिन विकास र औधोगिकरण।

अष्ट्रेलिया आएपछि साँच्चै हुलास चामल पाईन्छ कि भनेर पनि खोजियो, जे भएनि आफुलाई ‘मेड इन नेपाल’सँग लगाब छ। नेपालीका ग्रोसरी पसलमा दाल, चामल सबैजसो त भारत कै हुने रहेछन्। नेपालीलाई तान्ने भनेको ‘वाइवाइ’ चाउचाउले रहेछ। नेपालमा वाइवाइ खाएको बानी त्यसमा पनि अष्ट्रेलियामा ‘वाइवाइ’ भनेपछी अहो नेपालको चाउचाउ भन्ने हुने नै भयो। हुन त चिनियाँ हो की थाई ग्रोसरीमा पनि पाईन्छ ‘वाइवाइ’ स्वाद मिठो लागेन। नेपालीमा पाईने वाइवाइको चाहिँ स्वाद नेपालको सँग मिल्छ (कसै कसैले चाहीँ नेपालबाट ल्याएको भन्दा फरक छ पनि भने है)। नेपालको स्वाद जस्तै नहुनुको कारण चाहिँ यहाँ अष्ट्रेलियामा पाईने वाइवाइ चाउचाउ नेपाली नभएका कारण हो। हामी सबैले नेपालमा सानै देखी देखेको र खाएको हुनाले वाइवाइ नेपाल कै हो भन्ने लाग्छ। त्यसमा पनि नेपाली उद्योपति विनोद चौधरी (नेपाली मिलेनियर, न्युडल किङ पनि भनिन थालेको छ)को व्यापारिक समुह ‘चौधरी ग्रुप’को उत्पादन भएकाले पनि अष्ट्रेलियामा नेपाली ग्रोसरीमा देखिने वाइवाइमा एक खालको आफ्नोपन चैं छ। तर

नझुक्किनुहोस अष्ट्रेलियामा तपाईं हामीले किनेर खाने वाइवाइ चाउचाउ चैं भारतमा बनेको हो।

Wai Wai noodles 3

Wai Wai noodles 4
नो एमएसजी नलेखे पनि ‘हलाल’ चैं लेखिएको छ
Wai Wai noodles1
वाइवाइ चाउचाउ मिसाएर बनाएको चटपटको स्वाद चैं भिन्नै हुन्छ। एउटा विकेण्डमा ट्राई गर्नुस्।

हेर्नुस अष्ट्रेलियामा पाईने वाइवाइमा नेपालको नाम प्राविधिक सहयोगमा भन्ने ठाममा मात्र उल्लेख छ।

Wai Wai noodles2
उत्पादन चैं पुरापुर भारतको हो है

के फरक पर्छ?

नेपालमा बनेको भएपनि भारतमा बनेको भएपनि वाइवाइ भनेको वाइवाइ नै हो। यहाँ डलरमा नै किन्नुपर्छ। तर फरक यो हो कि भारतमा बनेको वाइवाइ खाँदा त्यसबाट हुने नाफा भारतमा जान्छ, तपाईंले खाएको वाइवाइलाई तिरेको १५ डलर (प्याकेट)को लाभांश नेपालमा पुग्दैन।

अरू भन्दा महँगो छ वाइवाइ

Woolworth Homebrand Chiken Noodles
हेर्दा सेतो रंगको देखिएपनि उलवर्थको यो चाउचाउ मुल्य र स्वास्थ्य दुवैको दृष्टीले ठिक छ

अष्ट्रेलियाका ठुला सुपरमार्केटमा पाइने अरू चाउचाउ भन्दा महँगो छ वाइवाइ खासमा। ७५ ग्रामको वाइवाइ उलवर्थको ८५ ग्रामको चिकेन न्युडल भन्दा दोब्बर भन्दा बढी मुल्यको छ। अष्ट्रेलियाका अरू ग्रोसरीमा पाईने चाउचाउहरूमा नो एमसजी (मोनोसोडियम ग्लुकामेट) हालिएको छैन भनेर स्पष्ट लेखिएको देखियो तर वाइवाइमा त्यस्तो देखिएन तर वाइवाइले अष्ट्रेलियाको बजारको हिसाबमा ‘हलाल’ भने लेखेको छ। अष्ट्रेलियन सरकार खाध्यान्नमा एमसजीको प्रयोगबारे यस्तो भन्छ यहाँबाट पढ्नुहोस्

Mi Goreng Noodles
व्यक्तिगत रूपमा मलाई यो चाउचाउमा राखिने सस र मसला राम्रो लाग्छ

वाइवाइले नेपालमा गुणस्तर कायम राख्न नसकेर गुणस्तर चिन्ह राख्ने हैसियत गुमाएको थियो भने भारतमा पनि तामिलनाडूमा वाइवाइमा प्रतिबन्ध लागेको थियो।

NAATI CCL Nepali

लेखक: मदनमणि

सन् २०१३ मा स्टुडेन्ट भिजामा आएका मदनमणि अष्ट्रेलियामा अध्ययन, रोजगार, जिवनशैली, माईग्रेसन लगायतका विषयमा लेख्छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचार साथै अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको 'प्रोजेक्ट म्यानेजमेन्ट' र फेडरेसन यूनिभर्सिटीको सफ्टवेयर ईन्जिनियरिङका विद्यार्थी रहेका उनीसँग नेपालमा मिडिया अध्यापन, फोटोग्राफी र पत्रकारिता गरेको अनुभव छ। अष्ट्रेलिया आउनु अघि उनी अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध थिए।

Check Also

दर्शन गर्नै पर्ने सिड्नीका छ मन्दिर

मन्दिर, नेपाली मात्र हैन पूरा भारतवर्षको सभ्यताको सुरू बिन्दु यही हो। मन्दिरलाई कसैले हिन्दू देवी देवताको पूजा उपासनासँग मात्र जोडेर हेर्छ भने त्यो पूर्ण नहुन सक्छ। मन्दिर आस्था र विश्वासको प्रतिक मात्र नभएर मानव सभ्यताको पनि सूचक हो। पौराणिक भारतवर्ष अनि यतिखेरको एशिया र मध्यपूर्वको एउटा ठूलो हिस्साले बोकेको सभ्यताको एउटा महत्वपूर्ण बिन्दु हो मन्दिर। जहाँबाट हाम्रो दिन सुरू हुन्छ र अनि समाप्ति पनि। मन्दिर हाम्रो सभ्यता हो अनि आराधना र जिवनको एउटा स्कुलिङ। यो यस्तो ठाउँ हो जहाँ जिवन देख्न बुझ्न अनि अनुभव गर्न सकिन्छ। काठमाण्डौंको पशुपतिनाथको मन्दिर पुगेका हरेकले यो अनुभव गरेको हुनुपर्छ। त्यसो त भारतका मन्दिर पुग्नेले पनि त्यस्तै अनुभव गर्छन्। मन्दिरमा पुगिसकेपछी मानिसको मन संलिन्छ, भगवानको डरै सही त्यसले मानिसलाई केही भएपनि सतमार्गमा लाग्न प्रेरितै गर्छ भलै मानिसहरू मन्दिरबाट निस्कन पाएको छैन निच काममा किन नलागुन। मन्दिरको वातावरणले मानसिक र मनोवैग्यानिक रूपमा मानिसलाई स्फुर्त बनाउँछ। त्यसैले मानसिक तथा भावनात्मक स्वास्थ्यका लागी पनि मन्दिर जानु आवश्यक हुन्छ। अष्ट्रेलिया जस्तो व्यस्त, व्यक्तिवादी अनि भौतिक समाजमा त मन्दिर र सतसंग अत्यावश्यक नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!