भाँडा हान्ने पलायनवादी भन्नेलाई अष्ट्रेलियाको जवाफ

‘अंगुर अमिलो’ भने झैं अमेरिका, जापान, अष्ट्रेलिया लगायत युरोपेली मुलुक जान नसकेका र मध्यपूर्वका मुलुक जान नचाहेका अधिकांशले सामाजिक, जिवनशैली वा राजनीतिक विषयमा विदेशमा रहेका नेपालीले गर्ने टिप्पणीमा ‘पलायनवादी’, ‘भाँडा माझ्ने’, ’घण्टा हान्ने’ जस्ता शब्दहरू प्रयोग गरेर फेसबुक, ट्वीटर जस्ता सामजिक संजाल खुबै उल्ली-बिल्ली गर्छन्। अष्ट्रेलिया या अमेरिकामा भएकाहरूले चाहीँ यस्ता विषयमा आफूलाई सुरक्षित र रक्षात्मक राख्दै प्रसंगहरू मोडिरहेका हुन्छन्। नेपालको आर्थिक अवस्था र भौतिक सुविधाको अवस्था बारे हामी सबै जानकार नै छौं, सबै राम्रो हुँदो हो त ‘नत्र कसलाई रहर हुन्छ घर छाडेर जाने….गाउँ छाडेर जाने… अनि देशै छाडि जाने….’ बोलको गीत नै नबन्दो हो।

चाहे अष्ट्रेलिया होस् या अमेरिका एउटा खुला सत्य के हो भने यहाँ आएका अधिकांश नेपालीले पाउने र गर्ने काम भनेको धेरै अवस्थामा मध्यपूर्वका देशमा गर्ने हाम्रै दाजुभाईले गर्ने काम भन्दा खासै फरक हुँदैन। त्यता जस्तै यता पनि अलिक पहिले नै आएकाहरूले मधस्तकर्ता (सानो तिनो तालिम लिएर नेपालीहरू (धेरै प्रसंगमा)कै लागी कामगर्ने विभिन्न खाले एजेन्ट) को काममा लागेका हुन्छन्। यहाँका सोसियल लिडर अधिकाँश तिनै हुने गर्छन्। मध्यपूर्व र यहाँमा फरक यत्ति हो यहाँ धेरै काम मेशिनले गर्ने हुँदा शारिरीक परिश्रम तुलनात्मक रूपमा पर्छ र कमाई चाहिँ नेपाल वा मध्यपूर्वमा एक महिनामा हुने जति यहाँ एकै दिनमा हुन्छ। यस्तै अर्को सार्वजनिक सत्य पनि के हो भने हामी नेपालीहरू विदेशमा पैसा र त्यससँग जोडिएको सम्पन्नता र उन्नतीको लागी विदेश आएका हौं, आउने हौं अनि विदेश जानका लागी मरिहत्ते गर्ने हौं। भलै फेसबुक र ट्वीटरमा जे जे लेखे पनि जति नै हामी नेपालीहरूको आशा र भरोषा विदेश जाने र धन कमाउनेमा नै छ। हाम्रो पालाको मात्र कुरा होईन बुबा र बाजेको पालामा पनि यही नै थियो वास्तविकता र त गाउँमा घन्कन्थ्यो ‘विदेशै जाम्ला धन कमाई ल्याम्ला लाउला नि तिलौरी…..’

यो पनि पढ्नुस: 

नेपाली विद्यार्थीको आँखाबाट अष्ट्रेलिया

विदेशीनु नै वास्तविकता हो अनि देश चल्ने आधार पनि। नत्र ६०-७० ठूला सरकारी तथा सार्वजनिक उधोग बन्द हुँदा अनि भारतले ६-७ महिना नाकाबन्दि गर्दा पनि देशको अर्थतन्र जहाँको तहीँ हुन्थ्यो? तर पनि कता कताबाट रिस, आक्रोश र जलन मिश्रित प्रज्वलनशिलताले सामाजिक संजालमा निस्कन्छ ‘पलायनवादी’, ‘भाँडा हान्ने, ‘घण्टे’ अनि ‘ट्वाइलेट सफा गर्ने’ कुरा। फेसबुकमा देखिने अष्ट्रेलिया, अमेरिकाको सम्पन्नता र जिवनशैली माथिको ‘सुतली बम’ बनेर पड्कन्छन् यी शब्द र प्रसंग। एउटा कमजोर ‘डिफेन्स’को रूपमा।

केही दिन अघि फेसबुकमा सेयर हुँदै आएको एउटा भिडियोमा चैं अष्ट्रेलियामा रहेका एक नेपाली युवाको ‘दम’ भन्छन् नि ‘गट’ देखीयो। हामी नेपालीको आर्थिक विवशता र यहाँको संघर्षलाई लिएर अजय गिरीले युट्युबमा भिडियो बनाएर अपडेट गरेका छन् ‘विदेशमा नेपालीले भाँडा माझ्छन्’ भन्नेहरूलाई दमको जवाफ।

हेर्नुस भिडियो:

(भिडियो खुलेन भने यहाँ क्लिक गर्नुस)

NAATI CCL Nepali

Check Also

यी हुन् विश्व कै धनिहरूले रूचाएका पाँच देश

माइग्रेसन, अर्थात बसाईं सराईं। यो मानिसको आदीकाल देखीको आवश्यकता अनि प्रक्रिया हो। आदीमकालमा मानिसहरू फिरन्ते प्रकृतिका थिए। कृषि युगमा आएपछी मात्र मानिसले खेती गर्ने र घरबास बाँध्न सुरू गरेका हुन्। औधोगिक कालमा आएपछी भने सुख, सुविधा र आय आर्जनको बाटो हेरेर शहरीकरण र आवाशिय विकास हुन थालेको हो। स्वास्थ्य, शिक्षा, व्यापारको विकासले मानिसले शहर, बजार अनि डाउनटाउन र सिबिडीको कन्सेप्ट विकास गरयो। पछिल्ला युगमा भएका अन्तर्राष्ट्रिय बजार, बाणिज्य अनि अर्थतन्रको विकासले हामी पूर्ण रूपमा विश्वग्राम अर्थात ग्लोबल भिलेजको रूपमा रूपान्तरण भइसकेका छौं। कुनै पनि देशको रक्षा, विकास अनि अर्थ र राजनीतिक व्यवस्था यतिखेर सबै विश्वकै साझा चासोको भएका छन्। अनि हामी नागरिक आफैमा ग्लोबल सिटिजन (ग्लोबल सिक) भइसकेका छौं। त्यसलै त जता अवसर छ उतै सर्छौं बसाईं। ईमिग्रेन्ट, माईग्रेन्ट वा पलायनवादी जे भने पनि यो सब अवसरले डोरयाएको यात्रा हो। हामी सामान्य मानिस त आफ्नो सिप र क्षमताले गरिखाने भनेर संसारका विभिन्न देशका सिमा नाघेर हिंड्छौं भने व्यापार गर्ने व्यापारीको त कुरै नगरे हुन्छ। दुईचार पैसा जता धेरै हुन्छ त्यतै लाग्नु व्यापारीको धर्म नै हो। ‘मिलेनियर’, ‘मिलेनायर’ जे भने पनि धनी अनि करोड र अर्बका पतिहरू अवसरवादी हुन्छन्। हामी सामान्य नागरिक भन्दा त लाख चलाख। अवसर कता छ भन्ने पहिले आँकलन गरेर त्यसै अनुसारको व्यवहार गर्छन्। नेपालका धनाढ्य चौधरी चाचा देखी खेतान अंकल सम्मलाई नै हेर्नुस न। अनि एनआरएन भनेर छिरेका महतो अंकलको ट्याक्स हेभनको पैसा र एनसेलले छलेको कर नबिर्सनुस् नि। अन्तर्राष्ट्रिय वेपारीको त नकुरा गरम। पछील्लो न्यू वर्ड वेल्थ नामक रिपोर्टले सन् २०१५ मा विश्वका धनिमानिसहरू, उही के मिलेनायर कता कता बसाईं सरे, कुन देशबाट निस्के कुन देशमा छिरे भन्ने फेरिहस्त सार्वजनिक गरेको छ। जसले अष्ट्रेलिया, अमेरिका, क्यानडा, इजरायल, युएई र न्यूजिल्याण्डलाई धनीहरूले रुचाएको देशका रूपमा देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!