कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि ‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले नेपाली युवा आशिष परियार सहितका क्लिनरलाई उक्त रकम परिपूर्ति गर्ने भएको हो। एबीसीमा प्रकाशित समाचार अनुसार सो कम्पनि नेपाली युवा आशिष परियारलाई ५० हजार अष्ट्रेलियन डलर र अर्का एक क्लिनरलाई ४० हजार डलर तिर्न सहमत भएको छ।
काम खोज्दै हुनुहुन्छ? यहाँबाट रिजुम डाउनलोड गरेर एप्लाई गर्नुस्

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने - NepaliPage
श्रम शोषणमा परेका नेपाली युवा आशिष परियार ! उनलाई उनले काम गरेको कम्पनिले ५० हजार डलर परिपूर्ति गर्ने भएको छ ! तस्विर: लाउरा/एबीसी न्युज

 

एंग्लीकेयर एज्ड केयरमा क्लिनिङको काम गर्ने नेपाली युवा परियारलाई कम्पनिले तिन वर्ष देखी घण्टाको १४ डलरको दरले काम लगाईरहेको थियो। उनीहरूलाई सुपरएनुएसन, पे स्लिप साथै वार्षिक बिदाको कुनै सुविधा दिइएको थिएन। एंग्लीकेयरको वारिङउड एज्ड केयर फेसिलिटीमा काम गर्ने परियारले पटक पटक गार्जियनसँग उनको कम ‘पे’को ’boutमा कुरा उठाउँदा पनि सुनुवाइ नभएको एबीसीलाई बताएका छन्।

लामो समय सम्म कम ‘पे’मा काम गरेका उनले कम्पनिबाट आफ्नो कुराको सुनुवाइ नभएपछी ‘हेल्थ सर्भिस युनियन’मा गुनासो गरेका थिए। ‘हेल्थ सर्भिस युनियन’ले यसलाई गम्भिरताका साथ लिएर एज्ड केयरमा क्लिनिङको काम गर्ने कामदारहरूको पक्षमा लबिङ सुरू गरेको थियो। उनीहरूले एज्डकेयर क्षेत्रमा कम ‘पे’ पाउने परियार मात्र नरहेको र उक्त कम्पनिले समस्याको चपेटामा परेका धेरैलाई धम्क्याएर, थर्काएर काम लगाउने गरेको पनि खुलेको थियो।

‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले एज्ड केयरहरूमा काम गर्ने कामदारहरूलाई न्युनतम ‘पे’ समेत नदिएको खुलेपछी एज्डकेयर सेवा दिने कम्पनि ‘ईस्टिया’ले उसका न्यू साउथ बेल्सका साइटबाट ‘गार्जियन प्रोपर्टी सर्भिसेज’लाई हटाएर आफ्नै क्लिनरहरू नियुक्त गर्न थालेको थियो। परियारले काम गर्ने एज्ड केयरले भने उनलाई ‘अण्डर पे’ गरिएको’bout अनभिज्ञ रहेको बताएको छ।

एबीसीको समाचार यहाँबाट पढ्नुस् !

यो पनि पढ्नुस् : काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्

NAATI CCL Nepali

यो पनि पढ्नुहोस्

दरो मन चाहिन्छ अष्ट्रेलियामा - NepaliPage

दरो मन चाहिन्छ अष्ट्रेलियामा

अष्ट्रेलिया भनेपछी नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको छ यतिखेर। चाहे छोरालाई पढाउन होस् या …

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ