यसकारण लिन छोडे नेपालीले एज्ड केयरको तालिम

एक समय थियो काठमाण्डौंबाट ठूलो सपनाको भारी बोकेर अष्ट्रेलियामा झरेका हरेक नेपालीको सिड्नीको जिन्दगी ‘एज्ड केयर’को तालिम लिनुबाट सुरू हुन्थ्यो। कमाई र कामको सुरक्षा दुवै हिसाबले आकर्षक मानिएका कारण यो तालिम नलिने कोही हुन्थेनन् भन्दा पनि हुन्छ। सिड्नी वा अष्ट्रेलियाको अरू शहरमा यतिखर स्थापित भईसकेकाहरू मध्ये धेरैको आर्थिक हैसियत यही पेशाले उठाइदिएको हो भन्दा पनि फरक पर्दैन। ‘रजिष्टर्ड नर्स’ भएकाहरूको त यो पहिलो पाइला नै भयो। यतिखेर  ‘रजिष्टर्ड नर्स’ भएकामा करिब ९० प्रतिशत भन्दा धेरै यसैको जगबाट उठेका हुन् भन्दा गलत भईंदैन। नेपालीहरूमा यस्तो आकर्षण रहेको ‘एज्ड केयर’ अझै अष्ट्रेलियामा नेपालीबीच सबैभन्दा लोकप्रिय पेशा हो यो। धेरै ‘पीआर’ भएका वा विद्यार्थी भिजामा आएका ‘डिपेन्डेन्ट’हरूका बीच ‘नर्सिंङ’को काम गर्ने भनेर चिनिने यो पेशा के महिला के पुरूष सबैमा उत्तिकै आकर्षक छ। वृद्धावस्थाका लागी युवा उमेरमा नै कमाएर योजनावद्ध रूपमा गरेको लगानी हुने हुनाले यसमा बजार र अर्थतन्त्रमा हालै हुने परिवर्तनले फरक पारिहाल्दैन (रिटेल र अरू सेवामुलक पेशामा जस्तो) भन्ने विश्वास रहेकाले अष्ट्रेलियामा रहेका नेपाली सबैभन्दा सुरक्षित पेशाका रूपमा लिन्छन् यसलाई। अष्ट्रेलियाको बढ्दो पाको जनसंख्याको कारण पनि यो क्षेत्र रोजगारीका लागी भविष्य भएको पेशा भएको यसमा भविष्य देख्नेहरू बताउँछन्।

केही वर्ष अघि सम्म नेपालीले भविष्य र सुरक्षित मानेको पेशा ‘एज्ड केयर’मा लाग्नको लागी तालिम लिनेको संख्या भने आजकल ह्वात्तै घटेको छ। ‘एज्ड केयर’को तालिम दिने संस्थाहरूमा जाने विद्यार्थीको संख्याले नै यस क्षेत्रमा नेपालबाट नयाँ आउनेहरूको चासो र आकर्षण छैन भन्ने देखाउँछ। त्यसो त यस्ता तालिम दिने संस्थाहरुले फेसबुक तथा अष्ट्रेलियाका नेपाली भाषाका पत्रिकाहरूमा गर्ने विज्ञापन र प्रचार प्रसारको मात्रामा आएको कमीले नै यसमा आकर्षण छैन भन्ने प्रष्ट्याउँछ। यतिखेर नेपालीहरू तालिमका लागी जाने तथा नेपालीलाई प्राथमिकतामा राखेर खोलिएका  ‘एज्ड केयर’ तालिम दिने संस्थाहरू तालिम लिनेको संख्यामा कमी भएर संचालक नै अन्य व्यवसाय तथा पेशामा लाग्नुपर्ने अवस्थामा छन् भने कति ‘डिप्लोमा’का विभिन्न कोर्ष पढाउने कलेजका रूपमा परिवर्तन भएका छन्। एज्ड केयरको क्षेत्रमा लाग्न तथा यसको तालिम लिने विषयमा नेपाली विद्यार्थीहरू नलाग्नुका कारण भने यस्ता छन्:

 

१. भिजा क्यान्सिल हुने डर

अष्ट्रेलियामा विद्यार्थी भिजामा आउने विद्यार्थी र तिनका ‘डिपेन्डेन्ट’को भिजाको सर्त नै तिन महिना भन्दा धेरै लामो समयको तालिममा सहभागी हुन नपाउने भन्ने छ। पछील्लो समयमा अष्ट्रेलियन सरकारले गरेको परिवर्तनले ‘एज्ड केयर’को तालिमको समयावधी पहिले जस्तो लचक छैन। पछिल्लो समय यो तालिमको अवधी तिन महिना भन्दा लामो भएका कारणले यसखालको तालिम लिँदा भिजाका सर्तहरू भंग गरेको ठहर्छ र भिजा नै क्यान्सिल हुने संभावना रहन्छ।  ‘एज्ड केयर’को तालिम र कोर्षमा भएको परिवर्तन पछी केही नेपाली विद्यार्थीहरूको भिजा यसै कारण क्यान्सिल भएर नेपाल फर्कनुपरेको गाईंगुईं सुनिएको थियो।

 

२.  ‘एज्ड केयर’ तालिम लिनै धेरै समय र पैसा लाग्छ

सुरूमा सजिलै हुने र पैसा पनि दुई किस्तामा तिर्न सकिने साथै काम खोज्न पनि सहयोग गर्ने भनेर ‘एज्ड केयर’ तालिम दिने संस्थाहरूले विज्ञापन र फेसबुकका ग्रुपहरूमा हल्ला गरेपनि तालिम सक्न लामो समय लाग्ने र खर्चालु हुने भएकाले यसमा विद्यार्थीहरूको आकर्षण कम भएको हो। नेपालबाट आउनासाथ एकहजार देखी एकहजार पाँचसय अष्ट्रेलियन डलर ‘एज्ड केयर’ तालिममा लगानी गर्नु भनेको मुस्किलकै कुरा हो। त्यसमा पनि नेपालबाट आएको चार देखी पाँच महिनामा आठ देखी १४ हजार डलर कलेज तथा यूनिभर्सिटीलाई फि तिर्ने दबाब छँदैछ। त्यसो त तालिम आफूले ‘एसाइनमेन्ट’ सकेपछी सकिईहाल्ने भएकाले एक महिनामा नै सकिन्छ भनेपनि तालिम दिनेहरूले कक्षामा खासै नपढाउने, आउनै पर्दैन भने पनि ‘एसाइनमेन्ट’ सकाउने बेलामा यो वा त्यो वहानामा तालिमको समयावधीलाई लामो बनाईदिने गर्छन्। त्यसो त विद्यार्थी जसलाई सँगै काम गर्नुपर्ने पनि दबाब छ उनीहरूको लागी काम सँगै यो तालिमलाई अघि बढाउने सुविधा पनि धेरै सन्दर्भमा मिल्दैन। साथै ‘प्लेसमेन्ट’का लागी समय छुट्याउँदा अर्को नियमित काम गर्न नभ्याउने समस्या पनि छ जसले आर्थिक भार नै निम्त्याउने नै हो।

यो पनि पढ्नुस् : काम खोज्नका लागी यहाँबाट बनाउनुस् रिजुम 

३. काम नै नपाउनेको संख्या धेरै

‘एज्ड केयर’को काम पाएपछी आर्थिक रूपमा अलिक सजिलो अवस्थामा परिन्छ भन्ने सुनेर तालिम लिएका धेरैले काम नै पाएनन्। ‘एज्ड केयर’मा काम पाउनका लागी भाषा, अनुभव, आफ्नै कार र उहीसंस्थामा काम गरेकाहरूको सिफारिस लगायतका पूर्वसर्तहरू रहेका कारण ‘एज्ड केयर’ तालिम दिने संस्थाहरूले काम खोज्न सहयोग गर्छौं भनेकै आधारमा तालिम लिएकाहरूको उल्लेख्य संख्याले काम नै पाएन। त्यसो त ‘एज्ड केयर’हरू शहर भन्दा केही पर हुने भएकाले काम, बसाईं र कलेजको दूरी मिलाउन नसकेर काम नपाउने पनि धेरै भए। यतिखेर सिड्नीमा एक युनिटमा बस्ने चारजना मध्ये एकजनाले ‘एज्ड केयर’तालिम लिएको अवस्था छ भन्दा हुन्छ तर काम गरिरकेकाहरूको संख्या तालिम लिएर हजार १५ सय खर्च गरेकाको भन्दा धेरै कम छ।

 

४. ‘एज्ड केयर’ तालिम दिनेहरूको शैली

तालिम लिन भर्ना गर्ने बेलामा कोर्ष लचक छ, समय मिलाइदिन्छु, काम खोज्न सहयोग गर्छु भने पनि त्यो सब बजारमा विद्यार्थी तान्नको लागी गरिएको चिप्लो कुरा भन्ने धेरै विद्यार्थीको अनुभवले सिद्ध गरेकाले पनि विद्यार्थीहरू यतातिर आकर्षित हुन छोडेका हुन्। कतिपय नेपाली तालिम दिने संस्थाहरूले सुरूमा भर्ना हुने र पैसा तिर्ने बेलामा भनेको अनुसारको व्यवहार नदेखाउने, विद्यार्थीलाई ‘कस्टमर’को जस्तो सम्मानपूर्वक व्यवहार नगर्ने तथा सिकाउने र कक्षा नै नलिने साथै  ‘एसाइनमेन्ट’हरूमा अनावश्यक झमेला भिडाउने गरेका छन्। एउटा निश्चित प्रक्रिया र प्रणाली बनाएर तालिम सम्पन्न नगर्ने गर्दा यसको समयावधी र तालिम लिँदा लाग्ने खर्च बढेको पहिलेका विद्यार्थीको अनुभव पछिल्लाले देखे सुनेको हुनाले यसमा हुने खर्चको अनुमानले नै विद्यार्थी आकर्षित छैनन्। त्यसो त ‘प्लेसमेन्ट’ अर्को ठूलो विषय छ।

यो पनि पढ्नुस्: क्याजुअल कामका लागी यस्ता एजेन्सीमा रजिस्टर हुनुस्

५. भरखर आएका विद्यार्थीलाई अनुपयुक्त

 

भविष्यका लागि सुरक्षित र आर्थिक रूपमा राम्रो भने पनि ‘एज्ड केयर’को तालिम भरखर नेपालबाट आउने विद्यार्थीको लागी उपयुक्त छैन। सुरूमै ठूलो खर्च र तालिम सक्न नै चार देखी छ महिना लाग्ने भएकाले नेपालबाट नै राम्रै आर्थिक योजना बनाएर आएका बाहेक अरू विद्यार्थीको लागी आउँदासाथै ‘एज्ड केयर’को तालिम गर्नु आर्थिक हिसाबले अनुपयुक्त नै छ। ‘सिंगल’ अर्थात् श्रीमान् वा श्रीमती बिना आउनेहरूको लागी त यो तालिम लिनु कि पढ्नु की दैनिक काम गर्नु समय मिलाउन नै मुस्किल हैन कि असम्भव नै छ।

NAATI CCL Nepali

Check Also

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!