दरो मन चाहिन्छ अष्ट्रेलियामा

अष्ट्रेलिया भनेपछी नेपालमा मरिहत्ते गर्ने प्रवृत्तिको विकास भएको छ यतिखेर। चाहे छोरालाई पढाउन होस् या छोरीको बिहे गर्न अभभावक अष्ट्रेलियासँग कै नाता खोज्छन्। जसले गर्दा यतिखेर ‘प्लस टु’ को पढाई सकिनासाथ अब माथिल्लो तहमा के पढ्ने भन्दा पनि कुन देश जाने अष्ट्रेलिया कि अमेरिका? भनेर रोज्नुपर्ने अवस्था बनिसकेको छ। राजनीतिक रूपमा अस्थिर देशमा भ्रष्ट्राचारका कारण अार्थिक सम्पन्नता र करिअर विकाको कुनै संभावना नै नदेखेर युवा पुस्ता हरेक अन्तराष्ट्रिय उडानमा सपना बोकेर उड्नुपर्ने बाध्यता नै बनेको छ। यो बाध्यता विस्तारै अनिवार्य हुन लागेको जस्तो देखिन्छ, अभिभावक नै यसखालको वातावरण घरमा पैदा गर्छन्। जसले सानो उमेरमा नै युवाहरूलाई आर्थीक, मानसिक र सामाजिक दबाबमा राख्न थालेको छ। जसको प्रभाव यतिखेर अष्ट्रेलियाका सबअर्वहरूमा देख्न सकिन्छ, नेपालीहरू बस्ने युनिट पिच्छे यस्ता दबाब र प्रभावका नतिजाहरू झगडा, बेमेल, डिभोर्स अनि मानसिक समस्याका रूपमा उत्पन्न भएका छन्।

नेपालमा अभिभावक तथा युवाहरूले अष्ट्रेलियाको सपना देख्दै गर्दा नेपालको संस्कार, संस्कृती, रितीथिती सँग यहाँको  संस्कार, संस्कृती, रितीथितीको फरक’bout अध्ययन गर्नु बुझ्नु साथै आफू र परिवारलाई त्यसबाट उत्पन्न हुने प्रभावसँग पहिले नै तयार पार्नु जरूरी हुन्छ। नेपालमा रहँदा नै अष्ट्रेलिया पुगेपछी कसरी खर्च र कलेज तथा युनिभर्सिटीको फीहरू तिर्ने, बस्न खान र अन्य खर्चहरू कसरी जोहो गर्ने भन्ने योजना बनाउनु पर्छ ता कि यहाँ आएपछी विद्यार्थीलाई आर्थिक कारणले धेरै दबाब नपरोस्। अष्ट्रेलियामा विद्यार्थीका रूपमा रहँदा गर्नुपर्ने कामको प्रकृति तथा अष्ट्रेलियाको रोजगार बजारको अवस्था हेरेर त्यही अनुसारको सीप सिकेर आउनु जरूरी हुन्छ। ताकी काम र पैसाको कुरामा यता आएपछी धेरै तनाव नहोस्।

नेपालीमा एउटा भनाई छ ‘चिन्ता ले चितामा पुरयाउँछ’ जुन यहाँ अष्ट्रेलियामा चरितार्थ हुँदै गइरहेको छ। त्यसैले सन्तानलाई दबाब र चिन्ताको सामना गर्न नेपालबाट नै दरो मन र मुटु बनाएर पठाउनु जरूरी छ अभिभावकले। त्यसो त चिन्ता लिएर हुने चाहीँ केही होईन हरेक समस्यालाई अवसरमा बदल्न र समाधान गर्न चिन्ता भन्दा पनि चिन्तन जरूरी हुन्छ। त्यसैले अष्ट्रेलियाको संस्कृती, जिवनशैलीसँगै यहाँ आएर गर्नुपर्ने काम, कमाईको सम्भावनाहरू’bout विद्यार्थी मात्र होइन अभिभावक समेत जानकार हुनु पर्दछ।

नेपालको संस्कृति, धर्म र परम्पराको कारण नै बालबालिका एवं छोराछोरीहरू अभिभावकको संरक्षण र निगरानीमा हुर्कन्छन्। यो खासमा विश्वका अन्य पश्चिमा मुलुकहरूमा बिरलै मात्र देख्न पाइन्छ। पश्चिमा मुलुकहरू व्यक्तिवादी र हाम्रो नेपाली समाज समाजवादी भएकाले युवा तथा किशोरहरूलाई एक खालको मानसिक र आर्थिक संरक्षण छ भने नैतिक र चारित्रिक सुधारका लागी परिवार र समाजको हस्तक्षेपकारी भूमिका छ। जसले गर्दा युवाको चिन्ता समाज र परिवारले गर्छ साथै करिअर र व्यवसायमा अघि बढ्नका लागी सहयोगी भूमिका पनि खेल्छ। यसखालको वातावरणमा हुर्केका किशोर-किशोरीहरू अष्ट्रेलिया आइसकेपछी यहाँ  भोग्ने आर्थिक, पढाई र कामसँगै संस्कार र जिवनशैलीको दबाबले ‘कल्चरल शक’ (सांस्कृतिक झट्का) सँगै  ‘फिजिकल शक’ (शारिरीक झट्का)को महशुस गर्छन्। नेपालमा बाबुआमाले स्कुल कलेजको बस सम्म छोड्न जाने वा गाडीमा नै पुरयाउन जाने गरेर हुर्काएको बच्चा एकै पटक अष्ट्रेलियामा रेल, बस र फेरि पत्ता लगाएर कलेज र काममा जाने अनि रेष्टुरेन्टमा उभिएर दिनभर काम गर्नुपर्ने अवस्थामा पुग्दा कत्रो झट्का महशुस गर्छ? त्यसको ख्याल र योजना बाबु आमाले नेपालमा नै गर्नुपर्दछ। यस्तो झट्का बेहोर्नुपर्दा धेरै किशोर तथा युवा मनलाई थाम्न असफल पनि हुनसक्छन्।दरो मन चाहिन्छ अष्ट्रेलियामा - NepaliPage

नेपालबाट अष्ट्रेलिया आउन चाहनेले पहिले नै बुझ्नुपर्छ, अष्ट्रेलियाको समाज नेपाल भन्दा बिलकुल फरक छ। अष्ट्रेलियामा नागरिक तथा व्यक्तिगत स्वतन्त्रताको तह नेपालमा भन्दा धेरै नै माथि छ। यहाँका सबैकुराहरू व्यक्तिमा भर पर्छ। व्यक्तिवादी सोचाई र चिन्तनले गर्दा यहाँका किशोर तथा युवा बालिग भइसकेपछी आफ्नो’boutमा सोच्ने र आफ्नो जिवनका ’boutमा आफै स्वतन्त्र रूपमा निर्णय लिने गर्दछन्। बालिग भएपछी अभिभावकको घर छोडेर आफ्नै शैलीको जिवनयापन गर्ने चलन सामान्य नै हो। हाम्रो पूर्विय सभ्यतामा जन्मे हुर्केर त्यसै अनुसाको मान्यता, संस्कार, संस्कृतीमा हुर्केकाहरू विदेशमा जाँदा पहिले निक्कै गाह्रो हुने गर्दछ। यहाँको व्यक्तिवादी चिन्तन, स्वतन्त्र जिवनयापन र तिब्र प्रतिस्पर्धा लगायतका कारण अष्ट्रेलिया आउनासाथ कतिपय चैं आत्तिनसक्छन्, आत्तिन्छन्। त्यसो त अष्ट्रेलियामा विद्यार्थीलाई यस्ता कुराहरूमा सहयोग गर्ने र सूचित गर्ने नेपाली संस्थाहरू र साथीभाईको संगत पाउन पनि गारो छ। सम्भव नै छैन भन्दा पनि फरक नपर्ने अवस्था छ।

यसबाहेक अष्ट्रेलियामा आईसकेपछी हुने संगत र साथीभाईको अभाव, नेपालमा जस्तो खेलकुद र घरबाहिरका गतिविधिहरू खासै नहुने भएकाले काम, पढाई र दैनिकीको तनावले होमसिक हुने, मानसिक सन्तुलन नै खलबलिन सक्ने तथा आत्महत्याको सोच आउने सम्म पनि हुनसक्छ। एकैपटक नेपालबाट अष्ट्रेलिया आएर यहाँको संस्कृती र शैलीमा भिज्न नसक्दा ‘कल्चरल शक’ (सांस्कृतिक झट्का) का कारण हिनताबोधको जन्म हुने तथा आफूलाई एक्लो ठान्ने र आत्मबल कमजोर हुनसक्ने  हुन्छ।

अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आउन जति सजिलो छ यहाँको वातावरणमा भिज्न र यहाँको शैली अपनाउन त्यति सजिलो छैन। त्यसको मुख्य कारण हो पैसा। कागजमा जे दाबी गरेर आएको भएपनि धेरै नेपाली अभिभावकले नेपालबाट फि तिरेर पढाउने योजनाका साथ छोराछोरी अष्ट्रेलिया पठाएका हुँदैनन्। र सबै समस्याको कारण नै आधारभूत रूपमा यही नै हो। अष्ट्रेलियाको समाजसँग घुलमिल र समायोजन हुन समस्या, सही संगत र परामर्शको अभाव, दैनिकको दबाब र जिवनशैलीको खुलापन सबै कुराहरूले गर्दा अष्ट्रेलिया काम तथा अध्ययनको लागी आउनेहरू काम गर्न वा पढ्न छोडेर अरू कुलतमा लाग्ने सम्भावना पनि बढी नै हुन्छ।

अष्ट्रेलियामा रहेको यौनको खुलापन र वेश्यालयको सहज उपलब्धता, साथीसँगतको प्रभाव र लागुपदार्थको सहज पहुँचको अवस्थाले नेपाली युवाहरू जानेर वा नजानेर यस्ता कुरामा फस्न सक्ने सम्भावना पनि छ। अनि फसिरहेको कुराहरू सार्वजनिक रूपमा सामाजिक संजालमा नै ब्याप्त छ। केही अात्महत्याका घटना यस्ता कुरामा जोडिएको अनौपचारिक कुराकानीमा आउँछन् र अनौपचारिक रूपमा नै हराउँछन्। कमाउन पर्ने दबाब, काम नपाइरहेको अवस्था, पाएपनि ‘सिफ्ट’ नमिलिरहेको बेलामा ‘१०-५ को काम वा सातै दिन काम हानेर के गर्छस्, रेसिडुअल इन्कम पनि हुने खासै काम नगरी राम्रै कमाइ हुने’ नेटवर्क बनाएर सामान तथा सेवा बेच्नेहरूको सपनाको व्यापारीहरूले सुनाउने नेटवर्किङका फाईदाका कुरा सुनेर खटाइ बढी कमाइ कम हुने काममा बरालिने र आर्थिक समस्यामा फसिरहेका धेरै विद्यार्थी सिड्नीमा नै छन्। अष्ट्रेलिया आउनु अघि नै नेपालमा नै यहाँको समाज, संस्कृती, काम र पढाईको शैली’bout जानकारी लिएर मानसिक रूपमा नै बलियो भएर आउनुपर्छ। अभिभावकले पनि छोराछोरीको सपना चाहना अनुसार मात्र विदेश पठाउनुपर्छ। पैसा छ वा पैसा कमाउनु पर्छ भनेर मात्र दबाबमा अष्ट्रेलिया पठाउनु हुँदैन। छोराछोरी अष्ट्रेलिया पठाउने अभिभावकले बुझ्नै पर्छ ‘दरो मन चाहिन्छ अष्ट्रेलियामा’, त्यसैले छोराछोरी पठाउनेहरू सबै खालका नतिजाका लागी तयार भएर बस्नुस्,  ‘होप फर बेस्ट, प्रिपियर फर द अोर्ष्ट’

NAATI CCL Nepali

यो पनि पढ्नुहोस्

अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो - NepaliPage

अष्ट्रेलियामा नर्सलाई पनि पीआर पाउन गाह्रो

अष्ट्रेलियामा नेपालीहरूले राम्रो भविष्य भएको र पीआर अर्थात् स्थायी रूपमा नै अष्ट्रेलिया बस्न पाईने भिजाका लागी समेत सजिलो भनेर लिईएको विषय तथा पेशामा रहेकाले समेत पीआर पाउन निक्कै गाह्रो रहेको तथ्यांकले देखाएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ