NAATI CCL Nepali बाट पाउनुस् पीआरको लागी ५ प्वाइन्ट

‘स्किल्ड माईग्रेसन प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाको पीआर लिने सोचमा रहेका विद्यार्थीहरूलाई ‘माईग्रेसन प्रोग्राम’मा बढिरहेको प्रतिस्पर्धाले पढाई सकेर पीआरको योजना बनाएकाहरूको लागी तनाब बढाइरहेको अवस्थामा अनुवादक तथा दोभाषेहरूको राष्ट्रीय प्रत्यायन प्राधिकरण (National Accreditation Authority for Translators and Interpreters (NAATI))ले अंग्रेजी भाषा बाहेकको मातृभाषा हुनेका लागी माईग्रेसन प्रोसेसमा सहयोगी हुने खालको नयाँ भाषा परिक्षा सुरू गरेको छ। Credentialed Community Language (CCL)परिक्षाका रूपमा NAATI ले सुरू गरेको यो भाषा परिक्षा पास हुनेले माईग्रेसन प्रक्रियामा थप ५ प्वाइन्ट पाउनेछन्। जसले गर्दा नेपाली विद्यार्थीहरूलाई  ‘स्किल्ड माईग्रेसन प्रोग्राम’ मा आफ्नो ‘स्कोर’ बढाउन सहयोग पुग्ने देखिन्छ। ‘प्रो राटा’ मा रहेका एकाउन्टिङ, आइटी जस्ता विषयमा अष्ट्रेलियामा अध्ययन गरेर यहीँ स्थायी बसोबास गर्न चाहनेहरूका लागी CCL परिक्षा आफ्नो भाषिक क्षमता प्रदर्शन गर्ने मात्र नभएर बसोबास प्रक्रियामा सहयोगीका रूपमा यही वर्ष २०१८ बाट सुरू हुन लागेको हो।

NAATI ले यस भाषा परिक्षाका बारेमा भनेको छ, ‘डिपार्टमेन्ट अफ होम अफेयर्समा गरिने अंकमा आधारित भिजा आवेदनमा NAATI CCL परिक्षा पास गरेकाहरूले CCL का लागी प्वाइन्ट दाबी गर्न सक्दछन्।’ NAATI ले अष्ट्रेलियामा भाषा अनुवाद तथा दोभाषेहरूको मापदण्ड तथा प्रमाणिकरणको काम गर्छ। NAATI ले यस अघि पनि नेपाली-अंग्रेहजी, अंग्रेजी-नेपाली अनुवाद तथा दोभाषेको परिक्षा मार्फत प्रत्यायन (मान्यता, Accreditation) दिँदै आएको थियो। परिक्षा बाहेक NAATI ले तोकेको विषय (कोर्ष)हरू कम्तिमा डिप्लोमा तहमा पढेर पनि अनुवादक तथा दोभाषेको प्रमाणपत्र तथा मान्यता पाउन सकिन्छ।

NAATI CCL परिक्षा पास गरेकाहरूले माईग्रेसन प्रक्रियामा ५ प्वाइन्ट पाउने भएपनि उनीहरूले अनुवादक वा दोभाषे भएर काम भने गर्न पाउँदैनन्। NAATI ले CCL परिक्षाका बारेमा दिएको जानकारीपत्रमा स्पष्ट शब्दमा NAATI CCL परिक्षा पास गरेकाले अनुवादक वा दोभाषेका रूपमा काम गर्न नपाउने उल्लेख छ। NAATI ले अगाडी सारेको CCL परिक्षा यस अघिको पारप्रौढ दुभाषिया (Paraprofessional Interpreter)को परिक्षा जस्तै छ। CCL परिक्षामा Paraprofessional Interpreter को परिक्षामा रहेको अष्ट्रेलिया र नेपाली भाषा प्रयोग हुने अर्को देशमा रहेको सामाजिक तथा सांस्कृतिक पक्षको ज्ञान र व्यवसाहिक आचारसंहिता सम्बन्धी प्रश्नहरू समावेस गरिएको छैन।

माईग्रेसन प्रक्रियामा प्वाइन्टका लागी नेपालीहरूले धेरै जसो Paraprofessional Interpreter को परिक्षा दिने गरेका छन्।

कसरी दिने NAATI CCL test?

NAATI ले CCL परिक्षा दिनका लागि समय निश्चित गर्ने र परिक्षा दिने प्रक्रियालाई यसरी चित्रमा सजिलोसँग उल्लेख गरेको छ।

चित्र नखुले यहाँ क्लिक गर्नुस् 

NAATI ले यसपालीबाट सुरू गरेको CCL परिक्षाको सबैभन्दा राम्रो पक्ष भनेको यो परिक्षा ईच्छुकहरूले अष्ट्रेलियाका विभिन्न शहरहरूमा नै दिनसक्छन्। नेपाली विद्यार्थीहरू जो अष्ट्रेलियाका विभिन्न शहरमा छन् उनीहरूले जहाँ बस्छन् त्यहीँ नै यसको परिक्षा दिन सक्छन्। सिड्नी बाहेक एडिलेड, ब्रिसबेन, क्यानबेरा, होबार्ट, मेलबर्न र पर्थमा NAATI CCL परिक्षा दिन सकिन्छ।

NAATI CCL परिक्षाको परिक्षा शुल्क ८०० डलर रहेको छ। भने यो परिक्षामा सामेल हुनका लागी कुनै पनि कोर्ष पढेको हुनुपर्दैन। NAATI CCL परिक्षाको पहिलो चरण मार्चको १९-२३ का बिच हुनेछ।

 

यहाँबाट NAATI CCL परिक्षा शुल्क विवरण विस्तृतमा हेर्नुहोस् 

यहाँबाट NAATI CCL परिक्षाका लागी सहयोगी सामग्री हेर्नुहोस् 

यहाँबाट NAATI CCL परिक्षाका लागी थप सहयोगी सामग्री हेर्नुहोस् 

NAATI CCL बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुस् 

NAATI CCL बारे छलफल र जानकारीको लागी फेसबुक ग्रुपमा जोडिनुस् 

 

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …