काम खोज्दै हुनुहुन्छ, यी वेबसाइट नछुटाउनुस्

नेपालबाट कन्सल्टेन्सीबाट पाएको जानकारी, साथीभाईले दिएको हौसला अनि फेसबुकमा देखेको अष्ट्रेलियामा रहेका साथीहरूको चमक दमकले अष्ट्रेलियालाई ‘भाग्यमानी देश’ मानेर काठमाण्डौंको विमानस्थलबाट उडेको एउटा सपना सिड्नीमा अवतरित भएको केही सातामा नै कामको खोजिमा लखतरान भईसक्दछ। किनभने अष्ट्रेलियामा काम र कमाईको कुरा नेपालमा गरे सुने भन्दा फरक नै छ।’राजाका छोरी खेलीखाई बढेका..’ जस्ता नेपाली विद्यार्थीहरू एकै पटक अष्ट्रेलियामा ‘क्लिनिङ’, ‘हाउसकिपिङ’ अनि ‘किचन ह्याण्ड’को शारिरीक फूर्तीका साथ गर्नुपर्ने काममा ‘एडजस्ट’ हुन सजिलै सक्दैनन्। त्यसको लागि दुई चार हप्ता समय लाग्नु पनि जरूरी नै छ। नेपालको ‘ह्याङ ओभर’ पनि सकिनु परयो अनि पढाई र त्यसको ‘फि’ तिर्नका लागी गर्नुपर्ने व्यवस्थापनको जिम्मेबारीले पनि पोल्नुपरयो त्यसपछी त ‘काम भनेको जे पनि गरिन्छ’ भन्ने भनाई वास्तविकतामा परिणत भइहाल्छ। त्यसपछी अष्ट्रेलियाको कुनै पनि शहर चाहे सिड्नी होस् या मेलबर्न या त तासमानियाको होबार्ट नै किन नहोस्। विद्यार्थीले काम नपाउने र नगर्ने भन्ने हुँदैन। किनभने कामको लागी ‘डेडिकेसन’को ‘डोज’ यति धेरै हुन्छ कि त्यस अवस्थामा असम्भव भन्ने नै केही हुँदैन।

अष्ट्रेलियामा आएको केही समय पछी काम पाईन्छ, अलिकता धैर्य पनि गर्नुपर्छ अनि व्यवस्थापन पनि। व्यवस्थापन भनेको पैसाको पनि हो अनि आफ्नो सिपको पनि। अष्ट्रेलिया आईसकेपछीको सुरूको दुई हप्ता भनेको अष्ट्रेलियालाई बुझ्ने यहाँको कामको गति अनि मानिसहरूको शैलीलाई नियाल्ने समय हो। किनभने यो सुरूको समयमा तपाईंले काम खोज्न पनि त्यति दोहोर्नुहुँदैन र काम पाउनु पनि हुँदैन। त्यसो त साथीभाई वा आफन्तले नेपालमा हुँदा देखी नै यस्तो काम गर्नुपर्छ र यसरी गर्ने हो भनेर बुझाएको खण्डमा आएको भोलिपल्ट देखी नै काम पाउने र गर्ने पनि हुनसक्छ। तर पनि सुरूको दुई हप्ता मेलबर्न वा सिड्नी जता भएपनि शहर हेर्नु र यहाँको शैलीलाई नियाल्नु उचित हुन्छ। यही समयमा ‘यूट्युब’मा हेरेर कस्ता काम कसरी गर्ने भन्ने ‘आईडिया’ पनि बनाउन सकिन्छ। त्यसो त अष्ट्रेलियाका मिडिया, अष्ट्रेलियामा भएका नेपालीहरूका ‘फेसबुक ग्रुप’ र सूचना आदान प्रदान गर्ने संजालहरूमा जोडिने समय पनि यही नै हो।

त्यससँगै सुरू गर्नुपर्छ काम खोज्न। काम खोज्ने भनेर ‘डोर टो डोर’ नै जानु पर्छ भन्ने पनि छैन। धेरै जसो कामका सूचनाहरू फेसबुक ग्रुप तथा विभिन्न ‘जबसर्च’ वेबसाइटहरूमा राखिएका हुन्छन्। ‘गमट्री’ अष्ट्रेलियाको सबैभन्दा सजिलो र धेरैले प्रयोग गर्ने वेबसाइट हो काम तथा अन्य आवश्यकता र बिक्रिकालागी। काम मिलाएर खोज्ने हो भने  काम पाइएन भनेर फेसबुकमा गुनासो गर्ने अवस्था छैन। तर काम नपाएको बताउने र अष्ट्रेलियामा नेपालीलाई काम खोजिदिने धेरै छन् फेसबुकमा, बढ्दो क्रममा। यध्यपी त्यस्ता काम खोजिदिने र यहाँ काम छ भनेर स्टाटस हाल्नेहरूले मानिसको ध्यान तान्न र हुण्डी तथा कन्सल्टेन्सी गर्नेहरूले व्यवसाय अघि बढाउन बल्छी थाप्ने काम गरेका हुन् भन्नेहरु पनि धेरै छन्। यस्ता पेजहरूबाट ठगिएको र महंगो कोर्समा राम्रोसँग विद्यार्थीलाई नबुझाई सारेको जस्तो आरोप पनि लाग्ने गरेको छ।

हुन त धेरैले आफन्त, साथीभाई र ‘रिफरेन्स’बाट मात्र काम पाईन्छ अष्ट्रेलियामा भन्दछन् तर त्यो मात्र सत्य होईन। सिप, व्यक्तित्व, स्वभाव र शैली सही भयो भने अष्ट्रेलियामा कसैले दुई शब्द नभनिदिएरै पनि काम पाउन सकिन्छ। त्यसका लागी काम खोज्ने तरिका मिल्नुपरयो। मिलेको रिजुम र सकारात्मक स्वभाव साथै नयाँ कुरा सिक्नलाई उत्सुक हुने हो भने अष्ट्रेलियाका रोजगारदाताले तपाईंलाई मन नपराउने र अनुभव खोज्ने भन्ने हुँदैन। बरू चिनेका, नेपाली नै ‘कन्ट्र्याक्टर’, ‘सबकन्ट्र्याक्टर’ले बरू ‘ट्रायल’को नाममा लामो समय सित्तैमा काम लगाउने, उचित पैसा नदिने र कतिपय अवस्थामा पैसा नै खाइदिने समेत भएको पाइन्छ।

त्यसैले अष्ट्रेलिया आएको एक दुई हप्तामा यहाँका रोजगारका सूचना हुने वेबसाइट तथा नेपालीपेज जस्ता अनुभव र शैली साझे गर्ने वेबसाइटहरू पढ्ने र तिनमा दिएका जानकारीहरूलाई पालन गर्दै कामका लागी ‘अप्लाइ’ गरेको खण्डमा काम पाउन गाह्रो हुँदैन। बुझ्नुस्, अष्ट्रेलियामा रोजगारदाताले कुनै पनि आधारमा तपाईंलाई भेदभाव गर्न पाउँदैन र तपाईले पाउने ‘तलब’ यहाँ ‘पे’ भन्ने चलन छ त्यो अरूको भन्दा फरक हुँदैन। क्याजुअलमा काम गर्दा २५ प्रतिशत सम्म बढी ‘पे’ पाइन्छ। त्यसैले आफ्नो नेपालको अनुभव र  सिपलाई समेटेर ‘रिजुम’ बनाउनुस् र आफूलाई मिल्ने खालका पदहरूमा आवेदन (अप्लाई) गर्नुस्। अनलाईन अप्लाई गरेर यहाँका कम्पनीहरूमा काम गर्दा उनीहरूले तपाईंलाई भेदभाव गर्ने भन्ने हुँदैन भने ‘ट्याक्स’, ‘सुपर’, ‘इन्सुरेन्स’ लगायतका धेरै प्रणालीमा तपाई जोडिनुहुन्छ। साथै  उनीहरूले साप्ताहिक राम्रो पैसा पनि दिन्छन र काम पनि अलिक सजिलो नै हुन्छ। यस्ता कम्पनिमा काम गर्दा करमा पे (तलब) दिने भएकाले ठगिने सम्भावना कम हुन्छ भने अरू काममा भन्दा पैसा पनि धेरै हुन्छ। यहाँ त्यस्ता  कम्पनिको रोजगारीको सूचना हुने वेबसाइटको लिंक क्षेत्रगत रूपमा वर्गिकरण गरेर दिइएको छ जसबाट तपाई आफ्ना वरपर भएका कामका अवसरहरू बारे जान्न र उपयुक्तमा एप्लाई गर्न सक्नुहुन्छ:

Websites for General Jobs in Australia

jobsearch.gov.au

seek.com.au

mycareer.com.au

au.indeed.com

jobsjobsjobs.com.au

employment.byron.com.au

careerone.com.au

jobsearch.com.au

Recruitment Agencies to find a job in Australia

russorecruitment.com.au

adecco.com.au

ipa.com.au

halls.com.au

michaelpage.com.au

drakeintl.com.au

kellyservices.com.au

ambit.com.au

hayas.com.au

randstad.com.au

sladegroup.com.au

skilled.com.au

australianpersonnel.com.au

mosaicrecruitment.com.au

manpower.com.au

programmed.com.au

bluestonerrecruitment.com.au

chandlermacleod.com.au

positionsvacant.com.au

bluecollar.com.au

jobseeker.org.au

यहाँबाट हेर्नुस्, कोल्स, टार्गेट, बनिङ्स, केमार्टमा भ्याकेन्सी

For Government Jobs

job-directory.com.au

jobs.qld.gov.au

careers.vic.gov.au

apsjobs.gov.au

jobs.wa.gov.au

iworkfor.nsw.gov.au

jobs.act.gov.au

careers.nt.gov.au

iworkfor.sa.gov.au

jobs.tas.gov.au

Websites to find a job in your industry - NepaliPage

For Hospitality/Travel/Tourism Jobs

pinnaclepeople.com.au

wineindustryjobs.com.au

hospitalitybiz.com.au

For IT Jobs

mtr.com.au

capablestaff.com.au

For Accounting Jobs

abtrecruitment.com.au

communicatcareers.com.au

ambition.com.au

edenritchie.com.au

For jobs in Art and Films

if.com.au

artshub.com.au

अष्ट्रेलियामा कामका लागी ३० वेबसाइट

Jobs in Health and Community Organizations

australiavolunteers.com

ahha.asn.au

health.qld.gov.au

health.vic.gov.au/jobs

healthstaffrecruitment.com.au

Websites to find a job in your industry - NepaliPageFor Education sectoral Jobs

gu.edu.au/jobs

tafe.qld.gov.au

uq.edu.au

qut.edu.au

jcu.edu.au/jobs

scu.edu.au

teachers.on.net

अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्

Websites for Other Jobs

oneumbrella.com.au

dfp.com.au

astonmanam.com.au

automotivepersonnel.com.au

bellby.com.au

impexpersonnel.com.au

techstaff.com.au

nenesis.net.au/links/jobs

workingin.com

jobwire.com.au

frontlineretail.com

© Copyright 2018, All Rights Reserved. नेपालीपेजका कुनै पनि लेख वा अरू सामग्री पुन:उत्पादन वा प्रकाशनका लागी लिखित स्वीकृती अनिवार्य छ। अनधिकृत रूपमा कहिं कसैले प्रयोग गरेको भेटिएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने जानकारी गराउँदछौं।

NAATI CCL Nepali

Check Also

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!