सन् २०१९ का लागी खुल्यो अष्ट्रेलिया अवार्डस्, पढ्न, बस्न र हवाईटिकट सहितको छात्रवृत्ति

अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागी अष्ट्रेलिया  सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको अवसर दिने भएको छ। ‘अष्ट्रेलिया अवार्डस्’को  २०१९ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्नातकोत्तर तहमा अध्ययनका लागि यसखालको अवसर मिल्न लागेको हो। अष्ट्रेलियाले ‘अष्ट्रेलिया अवार्डस्’ मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका विद्यार्थीका लागी यसखालको अवसर दिने गर्दछ।

अष्ट्रेलियामा स्नातकोत्तर अध्ययनका लागि दिने यसखालको छात्रवृत्ति प्राप्त गर्नका लागि व्यवसायिक तथा व्यक्तिगत दक्षता साथै राम्रो शैक्षिक योग्यता अावस्यक पर्दछ। अष्ट्रेलियामा बस्ने र पढ्ने अवसरका लागि छात्रवृत्ति वितरणमा नेपालको विकास र परिवर्तनमा सकारात्मक छाप छोड्न सक्ने सम्भावनालाई पनि प्रमुख प्राथमिकताका साथ हेर्ने गरिन्छ। नेपालमा ‘अष्ट्रेलियन अवार्डस्’का लागि महिला, अपांगता भएका तथा सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखिएको छ। ‘अष्ट्रेलियन अवार्डस्’मा नेपालबाट छानिनेहरूमा आधा महिला हुने छन्। अष्ट्रेलियाले नेपाली नागरिकलाई दिने ‘अष्ट्रेलिया अवार्डस्’ मध्ये ५० प्रतिशत महिलाका लागि हुने अष्ट्रेलियाको विदेश मामला तथा व्यापार विभागले जनाएको छ।

यसबारेको विस्तृत जानकारी अंग्रेजी भाषामा यहाँ छ (क्लिक गर्नुहोस्)

नेपालीलाई अष्ट्रेलिया पढ्न छात्रवृत्ति, खान बस्न र हवाईटिकट पनि दिने
अष्ट्रेलिया नेपालीहरूका लागी अध्ययन र माईग्रेसनको आकर्षक गन्तव्य हो ।

‘अष्ट्रेलिया अवार्डस्’ छात्रवृत्तिका लागि शिक्षा, स्वास्थ्य, आर्थिक विकास, प्रशासन (सरकारी कर्मचारीलाई मात्र), अपांगता, लैंगिक, समावेसी साथै जलस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। यो छात्रवृत्तिका लागी आवेदकको अंग्रेजी भाषिक योग्यता आईएलटीएस (एकेडेमिक)मा कुल ६.५ स्कोर (सबै ब्याण्डमा कम्तिमा ६) वा सो बराबरको अन्य कुनै अंग्रेजी भाषा परिक्षाको प्राप्तांक तोकिएको छ।

योग्यता के छ?

सन् २०१९ का लागी खुल्यो अष्ट्रेलिया अवार्डस्, पढ्न, बस्न र हवाईटिकट सहितको छात्रवृत्ति - NepaliPage

अष्ट्रेलियन सरकारको ‘अष्ट्रेलिया अवार्डस्’ले विभिन्न ‘फेलोसिप’ र ‘स्कलरसिप’को माध्यमबाट विश्वका नयाँ पुस्तालाई अष्ट्रेलियामा अध्ययन, अनुसन्धान र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्दछ। नेपालमा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विकास सहयोग मार्फत गरिबी निवारण तथा मानविय विकासको क्षेत्रहरू जस्तै शिक्षा, प्रशासन तथा सुक्ष्म उद्यमशिलता विकासमा मदत गर्दै आईरहेको छ। यसखालको छात्रवृत्ति नेपाल बाहेक पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाका विद्यार्थीका लागी पनि उपलब्ध छ।

अष्ट्रेलियामा पढ्न र करिअर बनाउन यस्ता विश्वविद्यालय पनि छान्न सकिन्छ 

Application opening date: 1 February 2018

Closing date: 30 April 2018

Book Australia Awards information seminar session click here 

के के कागजपत्र चाहिन्छ? अष्ट्रेलिया अवार्डस् आवेदनका लागी?

सन् २०१९ का लागी खुल्यो अष्ट्रेलिया अवार्डस्, पढ्न, बस्न र हवाईटिकट सहितको छात्रवृत्ति - NepaliPage

अष्ट्रेलिया अवार्डस् का बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस्

अष्ट्रेलिया अवार्डस् को वेबसाईट यहाँ छ ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …