अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू

एजुकेशन कन्सल्टेन्सी, खासमा हुनपर्ने चाहीँ ‘शैक्षिक परामर्शदाता’का रूपमा यीनीहरूको भूमिका विद्यार्थीलाई उनीहरूको योग्यता साथै आर्थीक र अरू क्षमताको आधारमा उनीहरूले पाउन सक्ने शैक्षिक तथा ‘करिअर’ क्षेत्रको सफलताको सुझाव दिने हो। तर, अष्ट्रेलियामा नेपाली विद्यार्थी ओइरिने सिलसिला बढेसँगै एजुकेशन कन्सल्टेन्सी खोल्ने र खुलिने क्रम पनि ह्वात्तै बढेको छ। जसले गर्दा कानुनी र व्यवसायिक प्रक्रिया पुरयाउन सक्ने जो कसैले पनि नाफा धेरै हुने क्षेत्रको रूपमा एजुकेशन कन्सल्टेन्सीमा लगानी गर्ने क्रम बढेको छ। यसो हुँदा सित्तैमा विद्यार्थीलाई कलेज र कोर्सबारे सामान्य जानकारी त मिलेको छ तर भविष्य अन्यौल र खतरामा पर्ने संभावना पनि धेरै छ। यतिखेर धेरै एजुकेशन कन्सल्टेन्सी विद्यार्थीलाई शैक्षिक योग्यता साथै आर्थीक र अरू क्षमताको आधारमा उनीहरूले पाउन सक्ने शैक्षिक तथा ‘करिअर’ क्षेत्रको सफलताको सुझाव दिने भन्दा पनि आफूलाई कमिसन धेरै मिल्ने कलेज तथा कोर्षमा भर्ना गराउने, कलेज तथा कोर्ष सार्ने तर्फमात्र अग्रसर देखिन्छन्। विद्यार्थीलाई करिअर र भविष्य सँगै खर्चको व्यवस्थापनका उपाय बुझाउनु भन्दा पनि राम्रो ‘यूनिभर्सिटी’मा पढिरहेकोलाई सस्तो ‘कलेज’मा सार्नेकाम पछिल्लो समय धेरै हुने गरेको छ। यसक्रममा एजुकेशन कन्सल्टेन्सीका एजुकेशन कन्सल्टेन्टहरूको ध्यान विद्यार्थीमा भन्दा पनि  ‘भिजा एक्सटेन्सन’, ‘इन्सोरेन्स’ लगायतका अन्य पक्षबाट हुने शुल्क तथा कमिशनको आमदानीमा हुने गरेको छ।

अष्ट्रेलियाको पढाई, खर्च र कामको तादात्म्य मिलाउन नसक्दा धेरै विद्यार्थीहरूको अष्ट्रेलियन सपना पीडादायी रूपमा अन्त्य भएका छन्। धेरै नेपाली विद्यार्थी अष्ट्रेलिया आईसकेपछी कलेज, कोर्ष परिवर्तन पछी समस्यामा पर्ने गरेका छन्। धेरै आत्महत्या तथा मानसिक समस्याहरू कोर्ष, कलेज र पैसासँग जोडिएको भेटिन्छ। यस्तो अवस्थामा अष्ट्रेलियाका वरिष्ठ कानुन व्यवसायी डा. समशेर सिंह थापा सामाजिक संजाल फेसबुकमा नेपाली विद्यार्थीलाई ‘कन्सल्टेन्सी’ छान्ने सवालमा यस्तो सुझाव दिनुहुन्छ। 

”आजकल बिद्यार्थीहरुलाई “परामर्श” दिने “परामर्शदाताहरु” को संख्या दिन दिनै बढेको देखिन्छ। धेरै जसो परामर्शदाताहरुले विद्यार्थीलाई निस्वार्थ र विज्ञ सेवा प्रदान गरि रहेका छन् जसले गर्दा विद्यार्थी मात्र हैन, उनीहरुको परिवार, समाज र देशलाई नै फाइदा पुगेको छ। तर केहि परामर्शदाताहरु भने नामको लागि मात्रै निर्दोष विद्यार्थिहरुको भविष्यमाथि नै खेलवाड गरिरहेछ। त्यस्ता परामर्शदाताहरुको पहिचान गरि वास्तविक र निष्कपट परामर्शदाताहरुले कारवाही गर्नु पर्ने देखिन्छ। अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

परामर्शदाता छान्दा विद्यार्थीहरुले अपनाउनु पर्ने कुराहरु:

 

सर्वप्रथम अस्ट्रेलिया मा बिद्यार्थी पठाउदा परामर्शदातालाई अग्रेजी भाषाको केहि मात्रामा ज्ञान हुनु पर्दछ। तसर्थ, परामर्शदातालाइ अंग्रेजीमा, आफ्नै अगाडी, कलमले-कागजमा (कम्प्युटरमा हैन), वहाँको अनुभवको बारेमा कम्तिमा एक अनुच्छेद (प्याराग्राफ) लेख्न लगाउने रे हेर्ने, वहाको एक अनुच्छेद लेखाई बाट थाहा हुन्छ, “रानी पोखरीमा कति पानी छ भनेर”।

 

ठूला ठूला कुरा र संघ संस्थाको पदाधिकारी, म्यानेजिंग डाइरेक्टर हुँ कम्पनीको भन्ने जस्ता कुराको वास्ता नगर्ने। अष्ट्रेलियामा संस्था खोल्न पनि सजिलो छ र कम्पनी खोल्न पनि सजिलो छ, आफ्नो कम्पनीमा आफुलाई जे टाइटल दिए पनि भो। त्यो सब ठूलो कुराको विद्यार्थिलाई दिने परामर्श संग कुनै सम्बन्ध छैन।

 

प्रवेशाज्ञा (भिसा) को निवेदन पनि गरिदिन्छु भन्यो भने अधिकार प्राप्त छ कि छैन सोध्ने र उनीहरुको सम्पर्क ठेगाना, इमेल, आदि दिन लगाउने,विद्यार्थिको आफ्नै ईमेलमा लग ईन गरेर दर्ता गर्न नदिने।

 

पैसा सके सम्म बैंक बाट दिने, नगद दिएमा तेस्को रसिद लिने।

 

बैंक लोन, पार-पाचुके गरेको कागज जस्ता कागजात तयार गरिदिन्छु भनेर पैसा लिएमा, सो कागजात हरु सक्कली हो कि हैन, जाँच बुझ गरेर मात्रै पेश गर्ने।

 

ट्रयाईबुनल (न्यायाधिकरण), कोर्ट (अदालत) जस्तो ठाउमा अपिल (Appeal ) गर्छु भने सो गर्न पाउने हो कि हैन, बुझ्ने किनकि यहाँ यस विषयमा धेरैले ठगेको पाइएको छ।

 

आफ्नो पढाइ छुट्यो वा बिचमा खाली (gap ) भयो, वा भिसा थप्दा वा बदर गर्न लागेमा “काबु बाहिरको परिस्थिति परेको” देखाउन परेमा, वास्तविकता कसरी पेश गर्ने भन्ने बारेमा, जस्तो, बनावटी रुपमा, हजुरआमा.-हजुरबा मरेको, वा क्यान्सर भएको, डेडी- ममी बिरामी भएको आदि कारणले Depression भएको, मनोरोग विशेषज्ञ (Psychiatrist ) वा मनोवैज्ञानिक (Psychologist) कोमा गएर उपचार गरि रहेको जस्ता कागजात पेश गर्दा सत्य नभएमा बहाना नबनाउने र बनाउन सल्लाह दिएमा विश्वाश नगर्ने। वरु जुवा, रक्सि आदि को लतले गर्दा पढाइ छुटेको भए तेही तथ्यलाई पेश गर्ने र सो सँग सम्बन्धित निकाए सँग परामर्श लिने, त्यस्तो लत पनि काबु बाहिरको परिस्थिति मानिन सक्छ। यस्ता किसिमका बहाना प्राय सबै लाइ थाहा भै सकेको छ।

विद्यार्थिले पनि, छोटो बाटो नरोज्ने, आफ्नो करिअर भन्दा पनि “पी आर ” पाउन तिर मात्रै नलाग्ने र “औषधि” किन्न परेमा “Cafe ” जाने वा “टाउको” दुखेमा साथि लाइ सोधेर औषधि खाने किसिमको प्रबित्ति छाड्ने/ सके सम्म, सम्बन्धित ठाउमा जाने र आफैले धेरै कुरा गुगल गरेर हेर्ने हो भने, “फलानाले ठग्यो” ” विश्वाश गरें”, “ठूलो अफिस थियो”, “खैरे पनि थियो” “अरु दुइजना ले तेही ठाउमा वहाँ को कुरामा हो मा हो मिलाए”, ” नगद नै माग्नु भो” “मेरै इमेल प्रयोग गर्नु भो ” जस्ता कुरा भोलि गर्नु पर्दैन।

कानुन व्यवसायी डा. समशेर सिंह थापाको सामाजिक संजाल फेसबुकको स्टाटसमा यहाँबाट गएर यसबारेमा थप छलफल गर्न सकिन्छ। 

NAATI CCL Nepali

Check Also

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!