अब उलिजजाँदा झोला कि घरबाट लाने कि किन्ने

‘ग्रोसरी’का लागी उलवर्थ (उलिज) जानेहरूले अब ‘अल्दी’मा जस्तै झोलाको जोहो गरेर जानुपर्ने अवस्था छिट्टै आउने भएको छ। अष्ट्रेलियाको ठूलो ‘रिटेल चेन, उलवर्थले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिकका झोला नदिने पक्का भईसकेको छ। यस्ता प्लास्टिकका ब्याग चलाउने विषयमा उलवर्थका सबै स्टोरहरूका लागि समय सीमा तोकिएको छ।  न्यूसाउथवेल्स, भिक्टोरिया र वेस्टर्न अष्ट्रेलियाका उलिज सुपरमार्केटहरूका साथसाथै सोही कम्पनीका बीडब्ल्यूएस, मेट्रो तथा पेट्रोल पम्पमा रहेका पसल तथा बिक्री केन्द्रले २० जुनबाट निःशुल्क रूपमा दिइने प्लास्टिकका ब्यागहरू दिन बन्द गर्नेछन्। यो व्यवस्था यसअघि तोकिएको समयभन्दा १० दिन अगाडी देखी नै लागु गर्न लागिएको हो।

‘हाम्रो टिम यो योजनालाई क्रमिक रूपमा कार्यान्वयन गर्नका लागि कडा मेहनत गरिरहेको छ ताकि वातावरणमा हामीले छिटोभन्दा छिटो सकारात्मक रूपमा प्रभाव पार्न सकौं’ उलिजका प्रमुख कार्यकारी अधिकृत ब्राड बान्डुसीले एक विज्ञप्तिमा भनेका छन्- ‘हामीलाई थाह छ, यो हाम्रा ग्राहक र स्टोरका टिम दुवैका लागि निकै ठूलो परिवर्तन हो, हामी दुवैका लागि संक्रमणकालीन अवस्था अवरोधरहीत होस बनाउने प्रयासमा छौं।’  न्यूसाउथवेल्स, भिक्टोरिया र वेस्टर्न अष्ट्रेलियाकाका १२ वटा स्टोरहरूले एक पटक मात्र प्रयोग गर्न मिल्ने अहिले उपभोक्ताले ‘चेकआउट’ गर्दा पाउने प्लास्टिकका झोला क्रमश: विस्थापित हुनेछ। यसखालको विस्थापनको काम गत बुधबारबाट सुरू भईसकेको छ।

उलिजले यसरी सित्तैमा सामान राख्ने पातला प्लास्टिकका झोला नदिने भएपछी किनमेल गर्नेहरूसँग आफैले झोला बोकेर जानुपर्ने वा स्टोरहरूमा पुनःप्रयोग गर्न मिल्ने झोला किन्नु पर्नेछ। यो भनेको अहिलेको अष्ट्रेलियाको सबैभन्दा सस्तो ‘रिटेल चेन’ अल्दीले गरेको जस्तै व्यवस्था हो। उलिजले वार्षिक ३ अर्ब २० करोड झोला उपभोक्तालाई सामान ‘प्याक’ गर्नका लागी निःशुल्क बाँड्दै आइरहेको छ।
तस्मानिया, साउथ अष्ट्रेलिया, क्यानबेरा र नर्दन टेरोटेरीमा यसअघि नै त्यहाँका राज्य सरकारहरूले एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिकको झोलामाथि प्रतिबन्ध लगाइ सकेका छन्। उलवर्थ र उसका प्रतिस्पर्धी कोल्सले गत जुलाईमा प्लास्टिक मुक्त अष्ट्रेलिया अभियानका लागि सहमति जनाएका थिए, जसको समय सिमा ३० जून तारिख तोकेका थिए। अहिले त्यो प्लास्टिक मुक्त अभियान १० दिन अघि नै सुरू हुनलागेको हो। प्लास्टिक प्रतिबन्ध गर्ने अभियान वातावरणीय समूहहरू प्लानेट आर्क र बुमर्‍याङले अगाडि बढाएका हुन्।
‘वेलायत र आयरल्यान्डजस्ता देशहरूका अनुभवले के देखाएका छ भने प्लास्टिकका झोलामाथि सानो शुल्क लगाउँदा त्यसले प्लास्टिकका झोला प्रयोगमा ८५ प्रतिशतसम्म कमी हुन सक्छ, किनकी किनमेल गर्न आउने मानिसले पुनः प्रयोग गर्न मिल्ने विकल्प अंगाल्छन्। त्यसले हामी अष्ट्रेलियामा पनि यो कार्य गर्न सक्छौं भन्नेमा विश्वस्त छौं,’ प्लानेट आर्कका प्रमुख कार्यकारी अधिकृत पल कल्मेन्को भनाईलाई एसबीएसले उदृत गरेको छ।
गत बुधबारबाट निःशुल्क प्लास्टिक झोला नपाइने स्टोरहरूको सूचि: 

एनएसडब्लू (न्यूसाउथवेल्स): मारायोङ्ग, ग्रिनवे भिलेज, डुराल, मुल्लुम्बिम्बी

भीआइसी (भिक्टोरिया):  विन्धाम भ्याली, टेलोर्स लेक्स, टूराक

क्वीएलडी (क्विन्सल्याण्ड): मुसाम, नूसा सिभिक

डब्लूए(वेस्टर्न अष्ट्रेलिया):  सिंग्लटन, साउथ फ्रेमन्टल, कोस्टल

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …