कसरी बन्ने आकर्षक ?

आकर्षणको केन्द्रमा रहन र समाज वा समुहको चासोमा रहन सबैलाई मन पर्छ। मानव स्वभाव नै हो अरूले तारिफ गर्दा मख्खिने। आफूलाई धेरैले मन पराउन र तारिफ गरुन भन्ने चाहना सबैमा हुन्छ। विशेष गरेर युवा उमेरमा मानिस धेरै तारिफ र आकर्षण चाहन्छ। त्यसो त युवा उमेरमा मिल्ने विपरितलिंगीको तारिफ त स्वर्गिय अनुभव नै हुन्छ। उमेरको मनोविज्ञान हो यो। तर पनि मुख्य कुरा भनेको यस्तो आकर्षणको विज्ञानमा ध्यान दिनुपर्ने कुरा के हो भने कुनै पनि व्यक्तिको पहिचान उसको कुराकानीको ढंगबाट हुन्छ। यदि राम्रो शैली ढंगबाट कुराकानी गर्ने गरेको खण्डमा जो कोहीलाई पनि आकषिर्त गर्न सकिन्छ। आकर्षणको सबालमा रंग, रुप र आकारले खास धेरै अर्थ र महत्व राख्दैन। व्यक्तित्वको हिसाबमा यस्ता अवधारणा कमै प्रभावकारी हुन्छन्। प्रभावकारी वक्ताहरू मानिसहरूमा आफ्नो प्रभाव राख्नका लागी समय, परिस्थिती र उपस्थित मानिसहरूको मनस्थितीलाई हेरेर कुरा गर्छन्।

पढ्नुस्: यसरी घटाउन सकिन्छ मोटोपन 

यदी तपाईं सामाजिक अगुवा हुनुहुन्छ या अष्ट्रेलियामा आफ्नो व्यवसाय गरिरहनुभएको छ भने तपाईंलाई यो आवश्यक छ कि तपाईंको कुराले मानिसलाई आकर्षित गरोस्। व्यवसाय होस् या जिवनका अरू नै पक्ष मानिस आफ्नो उचाई र धरातलमा टिक्नका लागी उसको बोली बिक्नु जरूरी हुन्छ। जव तपाईंको कुरामा आकर्षणको चमक कम हुन्छ स्वभाविक हो तपाईंको सबैखालको प्रभावकारिता कम हुन्छ। त्यसैले आकर्षणमा रही रहनका लागी तपाईंसँघ तर कुरा गर्ने ढंग यस्तो हुनुपर्दछ कि तपाईंको अगाडीको व्यक्ति तपाईंको कुरा सुन्नका लागि बाध्य होस्, अंग्रेजीमा भनिन्छ नि ‘spellbind’। यसका लागि आवश्यक हुन्छ कि तपाईं जुन विषयमा बोलिरहनुभएको हुन्छ त्यो विषयमाथि तपाईंको पूर्ण पकड हुनुपर्दछ। हामी मध्ये धेरैलाई आफूले कुनै कुरा जानेको छैन भन्न जस्तो असजिलो केही लाग्दैन। तर, जुन विषयमा ज्ञान छैन त्यस विषयमा एक शब्द पनि बोल्नु राम्रो होइन। आफूलाई ज्ञान नै नभएको र आफ्नो क्षेत्र नै नभएको कुरामा बोल्दा बौद्धिक घेरामा मात्र होईन कि साधारणका आँखामा पनि आफू तल परिन्छ भन्ने सँधै याद हुनैपर्छ। तपाईं यदी व्यक्तित्वलाई प्रभावशाली र आकर्षक राख्न चाहनुहुन्छ भने निम्न कुराहरूमा ध्यान दिनैपर्छ। ­

 

  • सधैं सोचेर ­सम्झेर बोल्ने। भनाई नै छ नि बन्दुकको गोली र मान्छेको बोली गएपछी फर्कँदैन।­
  • अरुको कुरा धैर्यपूर्वक सुन्ने। ­सानै देखी हामीले सुन्दै आएका छौं कि हाम्रो दुई कान र एक मुख हुनुको कारण पनि धेरै सुन्नु र अड्कलेर बोल्नु भन्नेको संकेत हो। त्यसो त ‘टाउकाको मोल’ लोककथाको पाठ पनि यहीँ लागु हुन्छ।
  • अरुको कुरा पूरा सुनिसकेपछि मात्र बोल्न थाल्ने। आफूमात्र बोल्ने र अरूको पुरा कुरै नसुन्ने मानिसले सही र प्रभावकारी विचार प्रस्तुत गर्न सक्दैन। ­
  • आवाजमा ध्यान दिने, ठूलो स्वरले नबोल्ने। ­चर्को बोल्दैमा तपाईंको कुरा सत्य र माथि पर्ने होईन बरू आफू माथि पर्न सक्दो विनम्र हुनुपर्छ।
  • जुन विषयमा बोल्ने हो त्यसमा ज्ञान र अधिकार भएको हुनुपर्छ। ­आफ्नो अध्ययन, अनुभव र अनुसन्धानको क्षेत्र होईन भने त्यस्ता विषयमा चुप लाग्नु नै सही हुन्छ।
  • खाना खाने समयमा बोल्न हुँदैन। ­पार्टी वा भेट जता भएपनि खाना खाँदै कुराकानी गर्नु सभ्य मानिँदैन।
  • गल्तीलाई ढाकछोप गर्ने र सही सावित गर्ने कोसिस गर्न हुँदैन। ­आफ्नो नजिकको भन्दैमा जायज नाजायज सबै कुरामा ढाकछोप गर्दा आफैलाई घाटा पर्दछ। नेपालीमा भनाई नै छ नि ‘मुख ढाक्नु’ त्यसो गर्नु हुँदैन।
  • कुराकानीका क्रममा आफ्नो स्तरमाथि ध्यान दिनुपर्छ। आफूले बहन गरेको जिम्मेवारी, सामाजिक संस्थाहरुमा पाएको पद आदीलाई ध्यानमा राख्नु महत्वपूर्ण हुन्छ। ­
  • अष्ट्रेलिया होस् या नेपाल भन्दा ठूलो मानिससँग कुरा गर्दा सम्मानजनक शब्द र शैलीको प्रयोग गर्नुपर्छ। अष्ट्रेलियामा सबै उस्तै हो भनेर अपशब्द वा त्यस्तो झल्काउने शब्दहरू प्रयोग गर्नबाट टाढैं बस्नुपर्छ। अष्ट्रेलियनहरुको लागी सामान्य जस्तो लागे पनि नेपालीहरूसँबको कुराकानीमा ‘एफ…’वाला शब्दहरू कुराकानीमा नल्याउनु धेरै राम्रो।
  • अष्ट्रेलियन अनुभव बताउने वा नयाँ आएकाहरुलाई ‘आइडिया’ दिने भन्दैमा सुन्ने व्यक्तिको रुचि र जानकारीको अवस्थालाई पनि ख्यालै नराखी मौका पाएँ भनेर फूर्ति दिने हिसाबमा एकोहोरो गफ पनि दिनु हुँदैन।
  • कुराकानी वा प्रस्तुतीको क्रमलाई लामो बनाउने भनेर गलत शब्द र सन्दर्भको प्रयोग गर्नु कदापी उचित हुँदैन। ­
  • आफूभन्दा सानो र भरखर नेपालबाट आएका संघर्षरतहरुसँग कुरा गर्दा उनीहरुसँग सीमित कुरामात्र गर्ने। ­
  • बोल्दा मुखबाट थुक नउछिटि्टओस् भन्नेमा ध्यान दिनु पनि अति नै महत्वपूर्ण हुन्छ, विशेष अष्ट्रेलियामा यसको ख्याल गर्नै पर्छ। ­
  • सार्वजनिक स्थल विशेष गरेर, पार्क, रेल, बस लगायतमा सानो स्वरले कुरा गर्ने र फोनको कुराकानीलाई सानो स्वरमा सिमित गर्ने। रेलको ‘साइलेन्ट क्यारिज’मा बसेर हल्ला नगर्ने। अष्ट्रेलियामा अरूको सुविधा वा असुविधाको समेत ख्याल गर्ने चलन छ। ­
  • हरेक जस्तो साता अष्ट्रेलियामा नेपाली समुदायका सदस्य कसै न कसैको पार्टी, भोजमा सरिक भईरहेका हुन्छन्। यसरी सहभागी हुँदा कसैको पनि काम, कमाई, सम्बन्ध, व्यवसाय वा कुनै पनि व्यक्तिगत कुराहरूमा टीका टिप्पणी नगर्ने।
  • मानिसहरूको लवाई, खवाई वा अरू शारिरीक शैली प्रतिको टिप्पणीबाट बच्ने। ­
  • कसैको पनि कुरा नकाट्ने। साथै कसैले कसैको कुरा काटिरहेको छ भने त्यस्तो ठाउँ, टेबल, कार्यक्रम वा कुनोमा नै नबस्ने। ­
  • कसैको पनि व्यक्तिगत विषयमा आधारित भएर नाम वा उपनाम राख्ने कुराबाट बच्ने, भारतीय वा चिनियाहरूको लागी समेत त्यस्ता शब्दको प्रयोग नगर्ने। ­
  • हँसिलो चेहरा सबैको लागी आकर्षणको विषय बन्ने भएकाले हरेकसँग मन्द रुपमा हाँसेर कुरा गर्ने। अष्ट्रेलियाका सडकमा देखिने हरेक अनुहारले नचिनेका मानिसलाई पनि हाँसेर ‘हाव आर यु माइट’, ‘ गुड माइट’ भनेको देख्नुभएकै होला। यो देश र संस्कार नै त्यस्तै। समस्या कसलाई पो छैन र?
  • खानामा वा भेट्न आएको साथीभाई वा पाहुनाको कुरा ध्यान दिएर सुन्ने र सम्झने। आफै जान्ने नपल्टने, संवाद भनेको दुवै पक्षको हो भन्ने ख्याल राख्ने, मेरो गोरूको बाह्रै टक्का नगर्ने र एउटै कुरा पटक पटक दोहोरयाएर नगर्ने अनि नसोध्ने। ­
  • बच्चाहरूको अगाडि आफूभन्दा ठूलालाई सम्मान पूर्वक बोल्ने र बच्चाहरुसँग मायालु पारामा कुरा गर्ने।
NAATI CCL Nepali

Check Also

विदेशीले हरेराम गाउँदा

हामी धेरैलाई लाग्छ धर्म कर्म गर्ने अनि भजन गाउने भनेको ५० वर्ष कटेपछी हो। धेरैलाई जिन्दगी चलाउनको लागी गर्नुपर्ने सबै सांसारिक काम गरेर उमेर पाको हुँदै गएपछी काशी नुहाएर, गौ दान गरेर सबै पाप पखालिन्छ अनि बैकुण्ठ तर्ने हो भन्ने लाग्छ। धर्म र संस्कृती प्रति नेपालीहरूको बुझाइ नमिलेकै कारण आफ्नै संस्कार, परम्परा र संस्कृती अनि अभ्यासलाइ नेपालीहरुले पैस्वीकरण (मोनिटाइज) गर्न सकेका छैनन्। हाम्रो 'संस्कृत', हाम्रो योग, हाम्रो आयुर्वेद सबै भारतको भइसकेको छ। बहुदल, प्रजातन्त्र अनि स्वतन्त्रताको नाममा देश र समाजलाइ नै कहाली लाग्दो गरिबी तिर धकालिएको छ। अार्थिक मात्र नभएर नेपाल र नेपाली समाज सोचले पनि धेरै गरिब भइसकेको छ। जुन दैनिक समाचारपत्र अनि अनलाइनका खबरमा पढ्न देख्न पाईन्छ। राजनीतिक रूपमा कम्युनिष्टहरु धेरै भएकाले पनि संस्कार संस्कृतिलाई सम्पन्नताको बाटोमा लगाउने भन्दा पनि गरिबीको गीत गाउने र विदेशी एजेन्टसँग मित लाउनेमा नै बढि जोड छ। यही कारण हुनुपर्छ उमेर र पाखुरीमा बल रहँदा सम्म हरेक हुने नहुने सबै काम गर्छन् अनि उमेर घर्कंदै गएपछी मात्रै मन्दिर धाउन सुरू। हेडक्वार्टर देखी वडा क्वार्टर सम्मका कामरेडका चर्तिकला हेर्नुस् त। नेपालमा यस्तो छ भने विदेश गएका नेपालीको हाल पनि उस्तै हो। तीजमा महिनाभर दरको नाममा 'बीफ' समेत पड्काउन बेर लाग्दैन, वाईन भनेको त आजकल रक्सी नै हैन भन्ने न्यूरोड मै स्थापित हुन लागिसक्यो, न्यूओर्क, सिड्नीका के कुरा गर्नु गहुँतै भइसको वाइन त। सिडनी अनि अष्ट्रेलियाका अरू सहरमा बस्ने नेपालीका फेसबुकमा अपलोड गरिएका फोटा हेर्नुस वीकेण्ड भनेर बियरको दुईचार बोटल अघि राखेर फोटो नहाल्ने त सोसाइटीमा नै पर्दैनन्। टन्न ढल्ने गरि जलपान हुने समाजसेवा वाला भोजको आयोजना सातै पिच्छे हुन्छ तर अलिकति सत् संगत हुने कुरा भनेको चैं 'घाममा सुकाइदेउ' नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *