पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन

अष्ट्रेलियाले गत वर्ष देखी स्थायी बसोबास (पीआर)को व्यवस्थामा केही कडा नीति लिएपछी स्थायी रूपमा अष्ट्रेलिया बसेर करिअर र जिन्दगी बनाउने सपना साँचेका विद्यार्थीहरू दबाब र तनाबमा छन्। अष्ट्रेलियाई सरकारले गरेको आप्रवासन (माईग्रेसन) मामलामा गरेको कडाई र सिड्नी, मेलबर्न जस्ता मुख्य शहर ताक्नेबीचको कडा प्रतिस्पर्धाका कारण मध्यम स्तरका विद्यार्थीका लागी अष्ट्रेलियाको पीआर अग्लो डाँडाले छेकिएको गन्तव्य जस्तो बन्न पुगेको छ। बढ्दो माईग्रेसन प्वाईन्टका कारण उमेर उकालो लागेकाहरूलाई झन अंग्रेजी र नेपाली भाषामा समेत दक्षता साबित गर्नुपर्ने काम थपिएको छ भने सम्बन्धित पेशामा काम गरेको अनुभव समेत सिड्नी, मेलबर्नमा बस्नको लागी आवश्यकता बन्न पुगेको छ। पहिले पहिले पीआरका लागी ६० प्वाईन्ट पास मार्क्स र ५५ प्वाईन्ट पुल मार्क्स रहेकोमा यसपटक दुवैमा ५ प्वाईन्ट बढाईएपछी सबैलाई थप प्वाईन्ट जोहो गर्ने तनाब छ। त्यसका लागी नेपाली अंग्रेजी अनुवाद परिक्षा नाटी तथा अंग्रेजी भाषा परिक्षा पीटीईमा कस्सिनुपर्ने भएको छ। जसमा सोचे जस्तो सफलता पाउन सजिलो छैन।

हरेक समस्यासँग जुध्नका लागी समाधानका उपाय हुन्छन् भने जस्तै सरकारले गरेको परिवर्तनसँगै केही नयाँ अवसरहरू पनि देखा परेका छन्। सिड्नी, मेलबर्न भन्दा बाहिरको अष्ट्रेलिया, धेरैले रूरलभन्ने गरेको ग्रामिण अष्ट्रेलियाका शहरहरू विद्यार्थीका नयाँ पीआर गन्तव्य बनेका छन्। अष्ट्रेलियामा रहेका माईग्रेसन तथा एजुकेशन एजेन्टहरूले सिड्नी तथा मेलबर्नमा पढाईसकेकाहरूलाई तासमानिया, क्यानबेरा तथा डार्बिन जान सुझाई रहेका छन् भने पीआर तथा पीआरको संभावनाको सपना देख्दै ती राज्य तथा शहरमा सर्नेहरूको संख्या उल्लेख्य भईसकेको छ। पीआरका लागी अष्ट्रेलियाका प्रमुख शहर र राज्य बाहेकका राज्यहरूले पीआर नोमिनेसनका लागी राखेका अनेकन सर्तहरूले विद्यार्थीहरूले पहिले योजना बनाएको भन्दा धेरै लामो समय अस्थायी भिजामा बस्नुपर्ने भएको छ। तासमानिया, क्यानबेरा तथा डार्बिनमा पीआरको लागी नोमिनेसनमा पर्नको लागी ति राज्यमा कम्तिमा एक वर्ष पढेको वा ६ महिना वा सो भन्दा बढि समय आफ्नो पढाईको क्षेत्रमा नै पूर्णकालिन काम गरेको हुनुपर्ने व्यवस्था छ। जसले गर्दा मुख्य पढाईको विषय सकेर विद्यार्थीहरू फेरी पीआरको नोमिनेसनको लागी अर्को कम्तिमा एक वर्षको पढाईमा लाग्नु पर्ने भएको छ। जसले खर्च साथै तनाब र शहर सर्नुपर्ने बाध्यता बनाएकोछ।पीआरका लागी कता जाने? क्यान्वेरा, तास्मानिया कि डार्बिन - NepaliPage

यो पनि पढ्नुस्: अष्ट्रेलियामा धेरै माग भएका पेशाहरू

यिनै बाध्यतालाई स्वीकार गरेर विद्यार्थीहरू सिड्नी, मेलबर्न तथा पर्थ र ब्रिजबेनका विभिन्न शहरबाट तासमानिया, क्यानबेरा तथा डार्बिन लागेका छन्। यता पढाई सक्किन पाएको छैन उता अर्को कोर्षमा ज्वाइन हुने विद्यार्थीको हतारो र भिडले एजुकेशन एजेन्टहरूलाई वर्षभरी नै असारछ। विद्यार्थीको गन्तव्य सेटगर्नमा अहम् भूमिका खेल्ने उनीहरू आफैले पनि कलेज खोलिसकेका छन्। जसको जता कलेज छ उसले उतै जाँदा राम्रो छ भन्ने गरेका कारण विद्यार्थी आफैले आफ्नो अवस्था र संभावना विचार गरेर निर्णय लिनु उत्तम हुने देखिन्छ।

तासमानिया

तासमानिया, अष्ट्रेलियाको टापु राज्य हो। हुन त अष्ट्रेलिया आफैमा विशाल टापु हो जसलाई हामीले एक देश एक महादेश भनेर पढ्दै आएका छौं। तासमानियाले ६ महिना देखी आफ्नै क्षेत्रमा पूर्णकालिन काम गरेर बसेको व्यक्तिलाई भिजा १९० अर्थात् पीआरका लागी मनोनित गर्छ भने २ वर्ष तासमानियामा पढेका विद्यार्थीले पनि १९० पाउने संभावना हुन्छ। एक वर्ष तासमानियामा बसेर पढेकाले ४८९ भिजा अर्थात् सर्तहरू पालना गरेपछी २ वर्ष पछी पीआर पाउने भिजाका लागी मनोनित गर्छ। यसबारेमा तासमानियाको माईग्रेसन वेबसाईटबाट स्पष्ट बुझ्नुहोस्। तासमानियामा विद्यार्थीहरू जान थालेपछी नयाँ कलेजहरू पनि खुलेका हुनाले यहाँको फी पनि सस्तो हुन थालेको छ। यहाँको समस्या बनेको काम नपाउनु रहेको विद्यार्थीहरू बताउँछन्। अष्ट्रेलियाको सार्वजनिक संचारमाध्यम एसबीएसले तासमानिया गएका धेरै भारतीय विद्यार्थीहरू काम तथा खाना नपाएर समस्यामा परेका साथै केही समाजसेवीले निशुल्क खानाको व्यवस्था गरेको समाचार प्रकाशन गरेको थियो।

तासमानियामा काम खोज्नका लागी यहाँबाट हेर्नुस् काम मिलाउने एजेन्सीहरू 

क्यानबेरा

अष्ट्रेलियाको राजधानी शहर भएपनि क्यानबेरा अरू शहरभन्दा शान्त देखिन्छ। हालै रेल तथा अन्य भौतिक पूर्वाधारहरूको विकास हुन थालेको यो शहरमा भित्रने विदेशी विद्यार्थीहरू केही महिना अघि राज्यले गरेको माईग्रेसन योजना र रणनीतिको परिवर्तन पछी अर्को राज्यमा सर्नेक्रम तिब्र बनेको छ। क्यानबेरामा नै एक वर्ष विताएकाहरूको पनि पीआरको संभावना अझै बादलमा नै रहेको आशंका छ। यहाँ काम पाउने संभावना ठिकै भएपनि धेरै विद्यार्थीको संख्या बढ्दा क्लिनिङको कामका लागी पनि पीटीईमा सबै ब्याण्डमा सात ल्याएको हुनपर्ने सर्तहरू रोजगारदाताले राखेको विद्यार्थीहरूको भनाई छ। क्यानबेराको पीआर संभावना बारे यहाँबाट थप स्पष्ट हुनुहोस्

क्यानबेरामा काम खोज्नका लागी यहाँबाट हेर्नुस् काम मिलाउने एजेन्सीहरू 

डार्बिन

अष्ट्रेलियाको तातो मौसम भएको राज्यको प्रमुख शहर डार्बिनमा पीआरको आशामा भित्रने विद्यार्थीहरूको संख्याले बजार र व्यवसाय झन तातो बनेको छ। करिब करिब अन्य राज्य जस्तै सर्त र प्रावधान भएको डार्बिनमा काम पाउने संभावना भने तुलनात्मक रूपमा धेरै रहेको विद्यार्थीहरू बताउँछन्। नेपालीहरू नै मुख्य विद्यार्थी रहेको डार्बिनमा यातायात, घरभाडा साथै रासनपानीको मुल्य केही सस्तो रहेको छ। मुख्य गरेर रोजगारीको संभावना धेरै भएको कारण धेरै विद्यार्थीहरू डार्बिन रोजिरहेका छन्। नर्दन टेरिटरीले अन्य राज्यबाट त्यहाँ सर्नेहरूको लागी आर्थिक सहायताको समेत पहल लिएपछी धेरै विद्यार्थीमा डार्बिनमा धेरै संभावना रहेको विश्वास पलाएको देखिन्छ। विशेष गरेर विद्यार्थीका रूपमा भन्दा पनि पीआर पाईसकेपछी बस्न, छोराछोरी हुर्काउन, पढाउन र घरबार जोड्न सजिलो र सहुलियत हुने भएकाले विद्यार्थीका लागी डार्बिन पनि राम्रो गन्तव्य बन्ने देखिन्छ। डार्बिनको पीआर संभावना बारे यहाँबाट थप स्पष्ट हुनुहोस्

डार्बिनमा काम खोज्नका लागी यहाँबाट हेर्नुस् काम मिलाउने एजेन्सीहरू 

अष्ट्रेलिया आएर दुई चार वर्ष संघर्षपूर्ण जिवन काटेर पीआरका लागी योग्य हुँदै गर्दा थपिएको अर्को झण्झटले विद्यार्थीलाई विचलित हुने अवस्थामा पुरयाउने भएकाले समुदाय र यस क्षेत्रलाई व्यवसाय बनाएकाहरूले यसमा विशेष ध्यान दिनु आवश्यक छ। त्यसो त विद्यार्थीहरूले पीआरका लागी आफूबसेको शहर र राज्य छोड्नु अघि नै खर्च, बसोबास, रोजगारी लगायतका विषयमा अध्ययन गरेर मात्र कदम चाल्नु बुध्दिमानी हुने देखिन्छ। किनभने सबै कुराको निश्चित एउटा मात्र समाधान हुँदैन विकल्पहरूका बारेमा अध्ययन नगर्दा आफ्नो भागमा नपर्ने दुख पनि बेसाउनुपर्ने हुनसक्छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …