अष्ट्रेलिया आउने सोच्दै हुनुहुन्छ? यस्ता वेबसाइट हेर्न थाल्नुस्

पछिल्लो समय नेपालीहरूमा अष्ट्रेलिया आउनु नियमित प्रक्रिया बनेको छ। १२ कक्षा पछी पढ्न अष्ट्रेलिया आउने र यतै सेटल भएर बस्नेहरूको संख्या बढ्दै गएको छ। अघिल्लाहरूले लिएको बाटो नै पछ्याएर विद्यार्थी उमेरमा नै अष्ट्रेलियन विश्वविद्यालय तथा कलेजमा पढ्न आउनेको सँख्या पनि दिनानुदिन बढिरहेको छ। त्यसो त केही उमेर घर्केका र नेपालमा नै करिअरको सफलता पाईसकेकाहरू पनि कम छैनन अष्ट्रेलिया हान्निनेमा। त्यसको एक मात्र कारण हो यहाँ हुने कमाई अनि निश्चित मापदण्ड पुरयाएपछी पीआर अनि नागिकता लिएर सँधै यहाँ बस्न र यहाँको नागरिक सेवा तथा सुविधा (शिक्षा, उपचार, पेन्सन साथै भौतिक पूर्वाधारहरू) को समान (अष्ट्रेलियनले सरह) उपभोगको अवसर हो। यसका कारण अष्ट्रेलियाको आकर्षण नेपालमा उल्लेख्य छ, त्यसमा यता अष्ट्रेलियामा बस्नेले फेसबुक जस्ता सामाजिक संजालमा राख्ने गाडी, घर अनि घुमघामका फोटोहरूले पनि अष्ट्रेलिया जाम जाम बनाउन थालेको छ। यस्तो आकर्षणलाई अवसर बनाउन जुटेका एजुकेशन कन्सल्टेन्सीहरू व्यवसायिक लाभ हुने भएपछी अष्ट्रेलियाको बखान गर्न चुक्ने कुरै भएन। कुन कोर्ष? कुन विश्वविद्यालय? कति फी? सबैको फेरिहस्त लिएर काठमाण्डौंको  पुतलीसडकमा लहरै बसेका छन्। (पुतलीसडकलाई त विदेश अध्ययनमा जानेको हब नै भने हुन्छ)।

नेपालको लाईसेन्सले नै गाडी चलाउन पाईन्छ अष्ट्रेलियामा (यहाँबाट जान्नुहोस्)

तर, नेपालमा देख्ने र सुन्ने भन्दा धेरै फरक छ अष्ट्रेलियाको अवस्था विशेष विद्यार्थि भिषामा आउनेका लागी। कामको शैली, उपलब्धता अनि प्रकृतीको फरकपनको कारण नेपालमा रहँदा परेको अष्ट्रेलियाको आकर्षण सुरूको केही महिनामा नै जमिनमा खसेर धुजा धुजा नै हुन्छ। (यहाँ हेर्नुस नेपाली विद्यार्थीको अनुभव) नेपालमा अष्ट्रेलिया पुगेपछी त जे पनि गरिन्छ भन्ने हुन्छ। नेपालमा बसेर हिसाब गर्दा सबै म्यानेज हुने देखिए पनि यहाँ अष्ट्रेलिया आएको पाँच देखी छ महिना सम्म काम नपाउने सम्भावना पनि हुनसक्छ। काम नै पाएको छैन भन्नेको संख्या पनि धेरै नै छ। यहाँबाट हेर्नुस अष्ट्रेलियाको मेलबर्नमा स्टुडेन्ट भिजामा आएका नेपाली विद्यार्थीके भन्छन् (यहाँ क्लिक गर्नुस)

काम नपाईने साथै खर्च र यहाँको समाज, शैलीसँग परिचित हुन केही समय लाग्ने भएपनि अष्ट्रेलिया गर्न सक्नेका लागी लरोतरो विकल्प चाहिँ होईन। तर त्यसका लागी नेपालबाट आर्थिक व्यवस्थापन सँगै यहाँ काम लाग्ने शीप समेत सिकेर आउनु उपयुक्त हुन्छ। जसले यहाँ अष्ट्रेलियामा रहन बस्न सजिलो गराउँछ तर यी सबै भन्दा महत्वको कुरा हो नेपालमा अष्ट्रेलिया आउनु अघी नै यहाँका कुराहरू जानेर आउनु। त्यसका लागि हरेक विद्यार्थीले आफ्नो करिअर, अर्थतन्र साथै परिवार र अष्ट्रेलियामा भविष्य लगायतका बारेमा सानो तिनो अनुसन्धान नै गरेर आउनु राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई, काम र सामाजिक व्यवाहर जान्नको लागी न त अष्ट्रेलियामा रहेकालाई सोध्नुपर्छ न त कन्सल्टेन्सी नै धाउनुपर्छ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका वेवसाइट र कामदार खोज्ने साइटहरू अष्ट्रेलिया आउने योजना बनाउँदा नै हेरेको खण्डमा पनि धेरै कुरा थाहा पाउन सकिन्छ।

तर, अष्ट्रेलियाका बारेमा के र कहाँ कुन वेबसाइटमा पढ्ने भन्ने निक्कै महत्वको कुरा हो। आजकल सामाजिक संजालमा आकर्षण बटुलेर क्लिक तान्ने हिसाबमा खोलिएका वेबसाइटहरूले सत्य र तथ्यपूर्ण कुराहरू नलेखेको पनि हुनसक्छ। त्यसैले अष्ट्रेलिया जाने योजना बनाएकाहरूले अष्ट्रेलियाका बारेमा लेखिएका कुरा कसले लेखेको र लेख्ने मानिस कहाँ बस्छन् र उनको पृष्ठभूमि के हो भन्नेमा पनि ख्याल गर्नुपर्छ। नत्र भने वास्तविकता भन्दा बाहिरको कुराले तपाईंलाई भ्रमित पारिरहेको पनि हुनसक्छ।

 

तपाईं पनि अष्ट्रेलिया आउने सोच बनाउनु भएको छ भने यी छ वटा वेबसाइट हेरेर यहाँको बारेमा पहिले बुझ्नुस् :

१. नेपालीपेज

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइट
नेपाली लक्षित यो वेबसाइटले विशेष गरेर अष्ट्रेलियामा भरखर आएका विद्यार्थी तथा स्थाय आवाशीय भिजा (पीआर) लिएर आएकाहरूका विषयमा लेख्छ। अष्ट्रेलियाको जिवन, यहाँको कानुन, काम र करिअर विकासको सम्भावना लगायतका विषय जान्नको लागी यो वेबसाइटले सहयोग गर्दछ।

२. गृह विभाग

अष्ट्रेलिया आउन चाहनेका लागी सबैभन्दा भरपर्दो र एकमात्र सुचनाको स्रोत भनेको अष्ट्रेलिया सरकारको गृह विभाग (डिपार्टमेन्ट अफ होम अफेयर्स)को वेबसाइट नै हो। यो वेबसाइटमा तपाईंका लागी अष्ट्रेलिया आउन के के उपाय र भिजा उपलब्ध हुनसक्छन्, तिनको निवेदन प्रक्रिया, प्रणाली र अष्ट्रेलियाको अवसरहरूका बारेमा आवश्यक पर्ने सबै सूचना यसमा राखिएको छ। साथै तपाईंले निवेदन दिन लागेको भिजाको सर्त तथा सुविधाहरू सबै बारेमा यहाँबाट थाहा पाउन सकिन्छ। त्यसो त यो वेबसाईट अष्ट्रेलिया माईग्रेसनको गेट वे नै हो। अष्ट्रेलिया स्टुडेण्ट भिजा वा पीआर जेमा आउने योजना भए पनि पहिलो हेर्नु र पढ्नुपर्ने वेबसाईट यही नै हो। यसबाट तपाईंले आफुले अष्ट्रेलियामा पढ्न खोजेको विषयबाट पीआर पाउन सकिन्छ कि सकिन्न भन्ने पनि थाहा पाउन सक्नुहुन्छ। अष्ट्रेलियाको पीआर प्रक्रिया बारे यहाँबाट जान्न सकिन्छ क्लिक गर्नुस्

३. शिक्षा विभाग

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटविशेष गरेर विद्यार्थी भिजामा अष्ट्रेलिया आउने अर्थात् पढ्नको लागी अष्ट्रेलिया आउन चाहनेका लागी यो वेबसाइट सबैभन्दा महत्वको वेबसाइट हो। यो वेबसाइटको अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई पढाउनको लागी तयार कोर्ष तथा विश्वविद्यालय एवम् कलेजहरूको सूचिले तपाईंलाई कुन कोर्ष, कुन कलेज अनि कुन शहरमा तपाईंको छनौटको विषय पढाई हुन्छ र त्यसको लागी कति शुल्क लाग्छ भन्नेको जानकारी दिन्छ। यसबाट आफु आउन चाहेको शहर, विषय र पढ्ने कोर्षको लागि लाग्ने खर्चको हिसाब निकाल्न सकिन्छ। भने त्यसै अनुसारको तयारी गर्नपनि यसबाट प्राप्त सूचनाले सहयोग गर्छ।

४. स्टडी अष्ट्रेलिया

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटस्टडी अष्ट्रेलिया, अष्ट्रेलियाको सरकारको अष्ट्रेलियन शिक्षा प्रवर्धन गर्ने वेबसाइट हो। विशेष गरेर अन्तर्राष्ट्रिय विद्यार्थीको लागी एकै स्थानबाट जानकारी दिने हिसाबले यो वेबसाइट संचालित छ। यसले तपाईंलाई अष्ट्रेलियाको शिक्षा र तपाईंले छानेको करिअरका बारे जानकारी दिन्छ। यो वेबसाइटलाई अष्ट्रेलिया अध्ययनको गेट वेका रूपमा लिन सकिन्छ।

५. माईग्रेसन ब्लग

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटयो अष्ट्रेलियाको सरकारी तवरबाट नै संचालित ब्लग हो। अध्यागमन तथा सिमा सुरक्षा विभाग अन्तर्गत संचालन भएको यो ब्लगले भिजा, माईग्रेसन, अष्ट्रेलियाको अध्ययन तथा यहाँको अध्यागमन कानुन बारे सजिलो र उदाहरण सहित घटनाहरू र तिनले दिने नतिजाहरूको बारे लेख्दछ। यो ब्लग पढेपछी अष्ट्रेलिया माईग्रेसन र अध्ययनको लागी के कस्तो पाईला सार्ने भन्नेमा स्पष्ट हुन सकिन्छ।

६. गमट्री

अष्ट्रेलिया आउने योजना बनाउनु अघि हेर्नुपर्ने ६ वेबसाइटअष्ट्रेलियामा काम र करिअर विकास खोज्नेका लागि धेरै रोजगारी वेबसाइट तथा वर्गीकृत वेबसाइटहरू छन्। त्यसो त साथीभाईको सिफारीस र लिंक्डईन जस्ता प्रोफेसनल नेटवर्कको माध्यम ठूला कम्पनिहरूले अपनाउने गरेका छन् यो सबैलाई नै थाहा भएको कुरा हो। त्यसमा पनि सीक गमट्री भन्दा स्ट्याण्डर्ड र लोकप्रिय मानिन्छ तर पनि अष्ट्रेलियाको अनुभव नभएको र विद्यार्थी तथा अन्य भिजामा भरखर आएकाहरूको लागी काम खोज्ने एउटा भरपर्दो माध्यम हो यो। त्यसैले यो वेबसाईटबाट तपाईंले नेपालमै बसेर यहा कस्तो काम, कति समयको लागि, कति पैसा कमाउने गरि पाउन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ। त्यसो त यहाँको घरभाडा र कोठाको उपलब्धता, सामानरहरूको मूल्य सबैको बारेमा जानकारी लिन सक्नुहुन्छ।

यसबाहेक अष्ट्रेलियाका समाचार माध्यमहरु पढ्नु अति नै जरूरी हुन्छ जसले तपाईंलाई अष्ट्रेलियाको समसामयिक अवस्था समाज र आर्थिक विकासबारे ताजा राख्छ।अष्ट्रेलियाका धेरै अनलाईन समाचार पोर्टलहरू पढ्नको लागी पैसा तिरेर ग्राहक बन्नुपर्छ। त्यसैले निशुल्क उपलब्ध हुने वेबसाइटहरू पढ्न छुटाउनु हुँदैन। विशेष गरेर निम्न समाचार पोर्टलका खबरमा ‘अपडेट’ रहने हो भने अष्ट्रेलिया आएपछी तनाबमा परिँदैन।

न्युजडटकमडटएयु

सन्डेमर्निंङ हेराल्ड

दि गार्डियन 

त्यसबाहेक अष्ट्रेलियाको काम खोज्ने प्रमुख वेबसाइट सिक हेर्नु पनि आवश्यक छ। यसबाहेक अन्य वेबसाइट र विशेष गरेर फोरमहरु पढ्नु आवश्यक हुन्छ यदी योजनाबद्ध रूपमा अष्ट्रेलिया प्रवेश र बसोबासको स्थायी प्रबन्ध गर्ने हो भने।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …