अष्ट्रेलियाले क्षमतावान नेपाली विद्यार्थी, अनुसन्धाता एवम् शिक्षाविद्ले समेत भाग लिन पाउने ठूलो राशीको छात्रवृत्तिको सन् २०१९ को संस्करणको लागी निवेदन खुला गरेको छ। अष्ट्रेलियन सरकारले ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’ अन्तर्गत अष्ट्रेलियाले आफ्ना साझेदार मुलुकका क्षमतावानहरूलाई अष्ट्रेलियामा पढ्न, तालिम लिन र व्यवसायिक दक्षता हासिल गर्न सहयोग गर्ने गर्दछ। सन् २०१९ को लागी खुला गरिएको यो छात्रवृत्ति कार्यक्रमको निवेदन दिने म्याद १५ नोभेम्बरको दिन सकिँदैछ।
यो छात्रवृत्ति कार्यक्रमले यात्रा तथा अष्ट्रेलियाका सुरूवाती दिनमा सामन्जस्य मिलाउन लाग्ने खर्च, मासिक पकेट खर्च, स्वास्थ्य बीमा, यात्रा बीमा साथै पढाईको शुल्क बेहोर्छ। यो छात्रवृत्ति पाउने विद्यार्थीले मासिक तीन हजार अष्ट्रेलियन डलर पकेट खर्च, तीन हजार अष्ट्रेलियन डलर यात्र खर्च, चार हजार अष्ट्रेलियन डलर बसोबासको सामन्जस्य मिलाउने खर्च साथै अध्ययनको लागी लाग्ने सबै शुल्क पाउनेछन्।
यहाँ क्लिक गरेर यसबारेमा सबै अंग्रेजीमा पढ्नुहोस्
अष्ट्रेलियन सरकारले सबै खर्च बेहोर्ने यो छात्रवृत्ति कार्यक्रमले क्षमतावान विद्यार्थी, अनुसन्धाता र व्यवसायिक विद्लाई दक्षता अभिवृद्धीको अवसर दिनेछ। अष्ट्रेलिया सरकारको यो छात्रवृत्ति कार्यक्रम स्नातकोत्तर, अनुसन्धान, व्यवसायिक शिक्षा तथा तालिम र ‘एक्जुकेटिभ’ गरि चार श्रेणीलाई समेट्ने खालको छ। यस कार्यक्रमका सफल सहभागीले अधिकतम दुईलाख ७२ हजार पाँचसय अष्ट्रेलियन डलर सम्म र ४ वर्षको ‘पीएचडी’ सम्मको अध्ययन गर्न पाउनेछन्।
यो पनि पढ्नुहोस्: अष्ट्रेलियामा छात्रवृत्तिका अवसरहरू
‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’ को वेबसाइटमा उल्लेख भए अनुसार, नेपाल अष्ट्रेलिया सरकारको प्रमुख प्राथमिकतामा रहेको छ।
के हो ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’?
यो’ईण्डेभिअर लिडरशिप प्रोग्राम’ अष्ट्रेलिया सरकारले अष्ट्रेलियालाई वैश्विक शिक्षा, अनुसन्धान तथा तालिमको केन्द्रको रूपमा विकास गर्न र अन्तर्राष्ट्रिय अन्तर्क्रियालाई बढावा दिनका लागि सुरू गरेको छात्रवृत्ति कार्यक्रम हो। यसले विश्वका अष्ट्रेलियाले प्राथमिकतामा राखेका देशहरूका विद्यार्थी, अनुसन्धाता तथा विज्ञहरू बीचको अन्तरसम्बन्ध, अन्तर्क्रिया तथा संजालको विकास गर्दछ। यो छात्रवृत्ति पाउनेले आफ्नो क्षेत्रमा विज्ञता र दक्षता हासिल गर्ने साथै वैश्विक संजालमा संलग्न हुन पाउने र त्यसखालको संजाल सम्पर्क बढाउने अवसर पाउँदछन्।
कसलाई मिल्छ यो छात्रवृत्ति?
यो’ईण्डेभिअर लिडरशिप प्रोग्राम’ले आफ्नो क्षेत्रमा दक्षता र संभावना भएका व्यक्तिलाई अघि बढ्नको लागी मदत गर्दछ। ‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’को वेबसाइटमा नै यसले क्षमतावान व्यक्ति, शैक्षिक सेवा प्रदायक तथा विद्यार्थीहरूलाई अध्ययन, व्यवसायिक विकास तथा अनुसन्धान र दक्षता विकासका लागी सहयोग गर्ने उल्लेख छ।
छात्रवृत्तिको समय तालिका
‘ईण्डेभिअर लिडरशिप प्रोग्राम’को सूचना
यो पनि पढ्नुहोस्: अष्ट्रेलियाले नेपाली विद्यार्थीको लागी छात्रवृत्ति खोल्यो
यो छात्रवृत्ति कार्यक्रमबारे थप जान्न यहाँ क्लिक गर्नुहोस्
अष्ट्रेलियामा अध्ययनको पेज यता छ ईण्डेभिअर लिडरशिप प्रोग्राम २०१९ को निवेदन खुल्यो
छात्रवृत्ति निर्देशिका यहाँबाट हेर्नुहोस्
यस कार्यक्रमका लागी अष्ट्रेलियाको प्राथमिकतामा रहेका देशको सूचि यता छ।
यहाँ बाट तपाईं छात्रवृत्तिका लागी निवेदन दिने पेजमा पुग्न सक्नुहुन्छ।