क्यानबेराको नोमिनेसन खुल्दै, थोरै प्वाईन्ट हुनेलाई हुनसक्छ समस्या

अष्ट्रेलियाको राजधानी क्षेत्र (अष्ट्रेलियन क्यापिटल टेरिटरी, एसीटी)ले फेरि ‘स्टेट नोमिनेसन’ खुलाउने भएको छ। सिड्नीबाट नजिक र पीआरका लागी क्यानबेराको नोमिनेसन प्रक्रिया सजिलो भएकाले अचानक धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानबेरामा केन्द्रित हुन थालेपछी गत जुनमा क्यानबेराले एसीटीले ‘स्टेट नोमिनेसन’ बन्द गरेको थियो। सबक्लास १९० भनिने अष्ट्रेलियाको स्थायी भिजा (परमानेन्ट भिजा) पाउने सजिलो माध्यमका रूपमा ‘स्टेट नोमिनेसन’लाई लिईन्छ। यस प्रकारको नोमिनेसन पाउनेले १९० भिजा पाउनका लागी आफूसँग ६० प्वाईन्ट मात्र भए हुन्छ। जसका कारण माईग्रेसन प्रक्रियाको पास प्वाईन्ट ६५ पुग्नको लागी ‘स्टेट नोमिनेसन’बाट थप पाँच प्वाईन्ट मिल्छ।

अष्ट्रेलियन क्यापिटल टेरिटरी सरकारले आफ्नो ‘माईग्रेसन पोर्टल’मा गत जुनमा बन्द गरेको स्टेट नोमिनेसन २९ नोभेम्बरबाट खुल्ने जानकारी दिएको छ। क्यानबेराले राज्यमा माग भएका पेशाहरूमा स्थायी बसोबासका लागी ईच्छुकहरूलाई उनीहरूको निवेदन र राज्यमा उनीहरूको सम्बन्धको आधारमा नोमिनेसन दिने नदिने निर्णय गर्दछ। क्यानबेराको दक्ष पेशाको सूचिमा रहेका पेशा र उक्त पेशामा आबद्द हुने पढाई गरेकाहरूलाई स्थायी बसोबासको लागी सिफारिस गर्ने सम्बन्धमा यतिखेर भने क्यानबेराले महत्वपूर्ण परिवर्तन गरेको छ। अष्ट्रेलियन क्यापिटल टेरिटरी सरकारले पहिले जस्तो जसले पहिले निवेदन दर्ता गरायो उसैलाई पहिले सिफारिस गर्नुको सट्टा जसको धेरै प्वाईन्ट छ उसैलाई ‘स्टेट नोमिनेसन’ दिने बताएको छ। जुन अष्ट्रेलियाका अन्य राज्यहरूको मापदण्डसँग मिल्दो जुल्दो रहेको छ। धेरै नेपाली विद्यार्थी पढ्ने राज्य न्यू साउथ वेल्सले ‘स्टेट नोमिनेसन’का लागी राज्यमा आफ्नै पेशामा काम गरेको र अंग्रेजी भाषामा दक्ष हुनुपर्ने मापदण्ड राखेको भएपनि यतिखेर सिड्नी लगायत प्रमुख शहरमा बढेको जनसंख्याको चापलाई हेरेर न्यू साउथ वेल्सले यतिखेर ‘स्टेट नोमिनेसन’ को मापदण्ड तयार पार्ने भनेर कमिटी नै गठन गरेको छ।
यो पनि पढ्नुस्: यी हुन् अष्ट्रेलियामा धेरै माग भएका पेशा 

गत जुनमा अरू राज्यबाट धमाधम विद्यार्थीहरू ‘स्टेट नोमिनेसन’ पाउने संभावनाको आधारमा क्यानबेरा बसाई सरेपछी र त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढ्न थालेपछी अचानक सरकारले ‘स्टेट नोमिनेसन’ दिन बन्द गरेको थियो। लामो समय सरोकारवालाहरूसँग छलफल गरेपछी केही आधारभूत मापदण्डमा परिवर्तन गरेर फेरी क्यानबेराले ‘पीआर’का लागी ‘स्टेट नोमिनेसन’ दिन सुरू गर्न लागेको हो। जुनमा भएको परिवर्तनले ‘पीआर’को आशामा क्यानबेरा सरेका विद्यार्थीहरूको तत्काल ‘पीआर’ पाउने संभावना बन्द गरेको थियो। पूर्णरूपमा अब हुने भनिएको परिवर्तनको विवरण सार्वजनिक नभईसकेको भएपनि क्यानबेरा सरकारले अहिले सार्वजनिक गरेको जानकारीले ‘स्टेट नोमिनेसन’ ‘मेरिट’मा आधारित हुने स्पष्ट पारेको छ। यस्तो हुनु भनेको कम प्वाईन्ट हुनेहरूलाई अझै पनि क्यानबेराको ‘स्टेट नोमिनेसन’ मुस्किलको कुरा हुनु हो।

अष्ट्रेलियन क्यापिटल टेरिटरी सरकारको वेबसाइटमा राखिएको वक्तव्यमा जुन २०१८ मा ‘स्टेट नोमिनेसन’ निलम्बित हुँदाको अवस्थामा १९० भिजाको लागी ‘स्टेट नोमिनेसन’ पाउन योग्य भएकाहरू नयाँ ‘मेरिट’मा आधारित प्रक्रियाका लागी योग्य हुने र उनीहरूले केही थप प्वाइन्ट पाउन सक्ने संकेत गरिएको छ। क्यानबेराको यो नयाँ परिवर्तन यो वर्ष २०१८-१९ को बाँकी रहेको ‘स्टेट नोमिनेसन’हरूका लागी लागु हुनेछ।

यो पनि पढ्नुस्: नेपाल पैसा पठाउने भरपर्दो तरिका

सेप्टेम्बरमा अष्ट्रेलियन क्यापिटल टेरिटरी सरकारले आफ्नो ‘स्टेट नोमिनेसन’ नीतिमा गरेको परिवर्तनका कारण भविष्य अन्यौलमा परेको भन्दै ठूलो संख्यामा ‘पीआर’को आकांक्षामा क्यानबेरा सरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। अहिले गर्न लागिएको यो परिवर्तन भन्दा अघि अष्ट्रेलियन क्यापिटल टेरिटरी सरकारले आफ्नो माईग्रेसन नीतिमा १२ महिना अष्ट्रेलियन क्यापिटल टेरिटरीमा बसेको र कम्तिमा तोकिएको तहमा अध्ययन गरेको विद्यार्थीलाई ‘स्टेट नोमिनेसन’को लागी योग्य हुने भन्ने थियो। जसको आधारमा ठूलो संख्यामा विद्यार्थी क्यानबेरा क्षेत्रमा सरेका थिए।

धेरै समय देखी चर्चामा आएको ‘क्यानबेरा म्याट्रिक्स’का रूपमा यो अष्ट्रेलियन क्यापिटल टेरिटरी सरकारको ‘मेरिट’मा आधारित ‘नोमिनेसन’ लागु भएको खण्डमा ६० प्वाईन्टका साथ क्यानबेरामा ‘पीआर’ पाउने आशामा सरेकाहरूलाई समस्या पर्न सक्छ। जसले क्यानबेरा पुगेर एक वर्ष विताउँदा ‘नाटी’ तथा ‘पीटीई’मा आवश्यक प्वाईन्ट बढाउनका लागी तयारी नगरेकाहरूको लागी क्यानबेरा सरकारले गर्ने यसखालको परिवर्तनले थप समस्या दिन सक्छ। यद्यपी यो नीति परिवर्तनका विवरणहरू सार्वजनिक भईसकेको छैन।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …